प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
समाचार : लागुऔषध
लागुऔषध सहित ३ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-१३

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थित आदमघाट किरानचोक जाने भित्रि सडक खण्डमा च्याङ्ली पिडाबाट आदमघाट तर्फ आउँदै गरेको बा ३ ख ९०९२ नं.को बसलाई अस्थाई प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको टोलिले रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार गजुरी गाउँपालिका-५, बस्ने वर्ष अन्दाजी १७ को सञ्जिब तामाङले बोकेको कालो झोला भित्र ३ थान पहेलो डब्बा, सोहि बस्ने वर्ष अन्दाजी २५ को अर्जुन तामाङले बोकेको निलो झोलाबाट पहेलो ३ थान गरि जम्मा ६ थान सामान र जिल्ला काश्की पोखरा महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ५५ को दामोदर गिरी सहित ३ जनालाई शंका लागी नियन्त्रणमा लिई अस्थाई प्रहरी पोष्ट आदमघमा ल्याईराखेकोमा तालुक इलका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि आई उक्त बट्टाखोलि हेर्दा बट्टा भित्र गाँजाको धूलो (पोल्याण्ड) जस्तो देखिने पहेलो कलरको धुलो ७ किलो १० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप  अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गजुरी ल्याईएको ।

लागुऔषध सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-११-११

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजारमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको ५ जनाको टोलीले  गस्ति गर्दै जाने क्रममा सडक छेउमा हिडीरहेकी देश भारत जिल्ला बेतिया १४ बस्ने वर्ष अन्दाजी ३६ की रिना देबीलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको कपडाको बुटेझोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाजाँ ५ किलो १०६ ग्राम फेला परेको । निज रिना देबीसँगै हिडेरहेको सोहि-१०, बस्ने वर्ष अन्दाजी ३५ को रुपेश कुमार र अन्दाजी वर्ष ४० को राकेश कुमार समेतलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा ल्याईएको ।

लागुऔषध सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-१०-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बुद्धचोक स्थित सार्वजनिक स्थलमा लागुऔषध ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ५ जना प्रहरी टोलीले जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को विजय सहनीलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राजेपाम ५७ पत्तामा (५७० ट्याबलेट) रहेको र निजसँगै रहेको जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १८ को मनिस गुप्तालाइ समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित तीन जना मानिस नियन्त्रणमा
२०८२-१०-१९

मकवानपुर, मनहरी गाउँपालिका-९, ज्यामिरे स्थित पुर्व पश्चिम सड्क खण्डबाट अन्दाजी १५० मिटर भित्री सड्क खण्डमा रोकी राखेको UP32FF0055 नम्बरको भारतीय कारलाई इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटीएको गस्ति टोलीले उक्त कारमा रातो प्लास्टिकले बेरेको पोका लोड गरी राखेको अबस्थामा देखी चेकजाँच गर्दा लागुऔषध गाँजा अन्दाजी ७ किलो बरामद भएको । कार र कारमा सवार देश भरत उत्तर प्रदेश जिल्ला मुजफरपुर थाना कोतपाल बस्ने अन्दाजी वर्ष २३ को मुसिर मिया, सोहि बस्ने वर्ष २० को जुबेर मिया र सोहि वस्ने वर्ष ४० की साबिता खातुनलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१३

चितवन, कालिका नगरपालिका-४, छिमेकी टोल स्थित प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरी निरीक्षकको गस्ती टोलीले भरतपुरबाट जुटपानी तर्फ आउँदै गरेको प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त मोटरसाइकलमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१०, बस्ने वर्ष ४६ को बसन्तराज गोतामे र सोहि ईच्छाकामना गागँपालिका-१, बस्ने वर्ष ५० को तिलकराज गिरीको साथबाट लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला परेको । निजहरूलाई मोटरसाइकल र लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलका प्रहरी कार्यालय टाँडीमा पठाईएको ।

लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।

अवैध लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-०९-२१

चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।

५३ किलो ५७० ग्राम लागुऔषध गाँजा सहित ७ जना मानिस नियन्त्रणमा
२०८२-०९-१६

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजार स्थित रहेको इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुर कार्यालय अगाडी चेकपोष्टमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको चेकिङ टोलीले चितवन तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७७०१ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-९, अठारे बस्ने वर्ष अन्दाजी ३० को हिरालाल प्रजा, सोहि बस्ने वर्ष १९ को सुकराम प्रजा, अन्दाजी वर्ष १९ को राम शरण प्रजा, अन्दाज वर्ष २५ की विन्दु माया प्रजा, अन्दाजी वर्ष २९ की रन्जिता प्रजा, अन्दाजी वर्ष ३० की सुक्रमाया प्रजा र जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-९ अठोरा घर भई हाल जिल्ला चितवन राप्ति नगरपालिका-९ पिप्ले बस्ने वर्ष अन्दाजी ४८ को होमराज अधिकारीलाई चेकजाँच गर्दा निजहरूको साथमा रहेको पछाडी भिर्ने झोलामा कपडाले बेरी लुकाई छिपाई ल्याएको सबै झोलामा गरी लागुऔषध गाँजा तौल गर्दा ५३ किलो ५७० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१४

धादिङ, धुनिवेशी नगरपालिका-८, खानिखोला स्थित पृथ्वी लोकमार्गमा बुटवलबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०४३४ नं.को बसमा सवार जिल्ला पाल्पा रिब्दिकोट गाउँपालिका-८, बस्ने हरि बहादुर घर्ति मगरको मोबाईल हराएको भनि इलाका प्रहरी कार्यालय खानिखोलामा जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका-७, बस्ने वर्ष ३७ को दिनेश कुमार खत्रीको कालो ब्याग भित्र उक्त मोबाईल लुकाएर राखेको र निजको झोलामा डिजिटल तराजु समेत फेला परेको हुँदा शंका लागी चेकजाँच गर्दा निजले बोकेको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको अन्दाजी २.७० ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा राखिएको । 

३० किलोग्राम लागुऔषध गाँजा सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०९-०८

धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट बजार स्थित पृथ्विलोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चौकी बैरेनिबाट प्रहरी नायव निरीक्षक र अस्थाई पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षकको  कमाण्डमा खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट बुटवल तर्फ जाँदै गरेको लु २ ख ६२३१ नं.को बसलाई रोकी चेकजाँच गर्दा बसको डिक्कीमा लुकाई राखेको कालो,हरियो र रातो ३ वटा रङ भएको भिर्ने झोलाहरूमा अन्दाजी ३० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला धादिङ गजुरी गाउँपालिका-७ बस्ने वर्ष ३५ को चन्द बहादुर तामाङ, सोहि बस्ने वर्ष १९ को युके तामा र सोहि बस्ने अन्दाजी वर्ष ४५ को चन्द बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

११ किलोग्राम लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख १६१७ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिटमाथि रहेको र्‍याकमा २ वटा पछाडि भिर्ने कालो झोलामा लागुऔषध गाँजा अन्दाजी ११ किलोग्राम फेला परेको । चितवन राप्ति नगरपालिका-१२, भञ्ज्याङ  बस्ने वर्ष अन्दाजी २३ को निसान प्रजा र चितवन राप्ति नगरपालिका-१२, यउरालिटार नजिक बस्ने अन्दाजी २३ को सागर प्रजा दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-०८-१४

मकवानपुर, थाहा नगरपालिका-६ बज्रबाराहीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५५ ट्याब्लेट, स्पास्मो १४ ट्याब्लेट, स्टेगन १० पिस र नगद १४ हजार ३ सय ३० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा थाहा नगरपालिका-१ ओखरगाउँ बस्ने २४ वर्षीय सुजन प्रधान र सोही नगरपालिका-१ कट्टी बगल बस्ने २४ वर्षीय अशोक तामाङ रहेका छन् । अस्थायी प्रहरी पोष्ट बज्रबाराहीबाट खटिएको प्रहरीले पालुङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.३-०२-०११ प ४८१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ तिनताप्केबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-७ बस्ने ३० वर्षीय सुनिल आचार्य र सोही नगरपालिका-८ बस्ने ३१ वर्षीय किरण कार्की रहेका छन् । प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरीले बस्तीपुरबाट लेवर्टतर्फ आउँदै गरेको म.प्र.०३-०३२ प ३०१७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१०

चितवन, रत्ननगर नगरपालिका-१४, पारिजात चोक स्थितमा प्रहरी चौकी जुटपानीबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा जिल्ला चितवन रत्ननगर नगरपालिका-१६ बस्ने ३५ वर्षीय हरी बिष्टको साथबाट लागुऔषध ब्राउन सुगर ३२० मिलीग्राम, जिल्ला बारा कलैया नगरपालिका-७ घर भई हाल जिल्ला चितवन कालिका नगरपालिका-६ बस्ने ४० वर्षीय अबदुल अन्सारी भन्ने नेजाबुद अन्सारीको साथबाट १४० मिलीग्राम ब्राउन सुगर  र जिल्ला चितवन रत्ननगर नगरपालिका-१४ बस्ने ४० वर्षीय बलराम श्रेष्ठको लागुऔषध सहित ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा पठाएको छ ।

लागुऔषध सहित ५ जना मानिस नियन्त्रणमा
२०८२-०७-२७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५, सानोपोखरा स्थित मनोज पराजुलीको घरको पछाडी रहेको खाली जग्गामा लागुऔषधको कारोबार तथा लुकाई छिपाई राख्न खाल्डो समेत खनेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सो स्थानबाट लागुऔषध ट्रामाडोल ट्याब्लेट ८३०० पिस  फेला परेको । लागुऔषध सहित सो स्थानमा रहेका जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-२, बस्ने वर्ष अन्दाजी ३५ को राजिव लामा, सोहि हेटौंडा उपमहानगरपालिका-१७, बस्ने वर्ष अन्दाजी २० को प्रवेश बरैली, सोहि हेटौंडा उपमहानगरपालिका-४, बस्ने वर्ष अन्दाजी २० को निशान कोईराला, जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२, कुर्ले बस्ने वर्ष अन्दाजी २३ को दिपेश संजेल र जिल्ला मकवानपुर बकैया गाउँपालिका-१२, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, बस्ने वर्ष अन्दाजी १९ को अशोक स्याङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०७-१६

नुवाकोट, बिदुर नगरपालिका-४, बट्टार स्थित जगत बहादुर श्रेष्ठको घरमा डेरा गरि बस्ने वडा-९, डिबजार घर भएको वर्ष अन्दाजी ३४ को सन्तोष सार्की र निजको भाई सोहि बस्ने वर्ष अन्दाजी ३२ को बसन्त सार्किले लागुऔषध सेवन गर्छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई निजहरु बसेको कोठामा खानतलासी गर्दा कोठाबाट TRAMADOS HYDRO CHLORIDE CAPSOLES नामक लागुऔषध ७७ ट्याप्लेट, सो को प्रयोग भई खाली अवस्था रहेको २२ पत्ता, SPASMO नामक लागु औषध १३५ ट्याप्लेट, सो को प्रयोग भई खाली अवस्था रहेको ३२ पत्ता फेला परेको थियो । निजहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०६-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७, घर भई हेटौंडा उपमहानगरपालिका-१०, स्थित आनन्द टोल स्थित श्री दवाडीको घरमा डेरा गरी बस्ने वर्ष अन्दाजी २८ को संजिब राज थिङको कोठामा लागुऔषध कारोबार भई रहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटि गई हेर्दा कोठा भित्र रहेको टि-टेबल माथी प्लाष्टिकको पुरिया बनाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १४ ग्राम ५२० मिलिग्राम फेला परेको । निज संजिव राज थिङ र कोठामा संगै रहेको हेटौंडा उपमहानगरपालिका-१४, बस्ने वर्ष अन्दाजी २२ की मनिषा थिङलाई लागुऔषध खैरो हिरोईन, नेपाली नगद रु.३१,०००।, डिजिटल तराजु थान १ र कोठा बाहिर रोकी राखेको निजहरुले प्रयोग गरेको बा ७३ प ५४९३ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिई जिल्ल प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भई गरिहेको ।

२२० किलोग्राम लागुऔषध गाँजा सहित दुई जना मानिस नियन्त्रणमा
२०८२-०६-२६

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, खटौती स्थित गोर्खाली होटेल अगाडि पार्किङ गरी राखेको BR 01 GB 8653 नं.को भारतीय TATA मिनि ट्रकमा लागुऔषध लुकाई छिपाई राखि चितवन तर्फ लैजाँदै छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी जोगिमाराबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोलि खटि गई उक्त नम्बरको ट्रकलाई नियन्त्रणमा लिई प्रहरी चौकी जोगिमारा धादिङमा ल्याई चेकजाँच तथा सोधपुछ गर्दा उक्त ट्रकको क्याबिन पछाडि ढालामा फलस बटन बनाई भित्र प्लाष्टिकले बेरी कालो डोरीले बाँधेको ३० पोकामा अन्दाजी २२० किलोग्राम लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित जिल्ला पर्सा बहुदरमाई नगरपालिका-४ बस्ने वर्ष २८ को दिनानाथ यादब र सोहि कालिकामाई गाउँपालिका-१ बस्ने वर्ष ५३ को कमल राउत कुर्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागू औषध सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-०६-१७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, सनोटकोलेनि स्थित  भित्रि सडक खण्डमा बा.प्र.०३-००१ च ११२८ न.को डिआई पिकअप गाडी रोकि लागुऔषध बिक्रि वितरण भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी हवल्दार डिल्लिराम शिवाकोटीको कमाण्डमा टोलि खटि गई चेकजाँच गर्दा उक्त गाडीको चालक सोहि स्थान बस्ने वर्ष अन्दाजी २६ को दिपेश खड्काको साथबाट लागुऔषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ८६० मिलिग्राम फेला परेको हुँदा सोहि गाडीमा सवार सोहि स्थान बस्ने वर्ष अन्दजी ३८ को दिपेश घिमिरे, वर्ष अन्दाजी ३४ को रामहरी अधिकारी सहित ३ जनालाई लागुऔषध र गाडी सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०६-०७

मकवानपुर, मनहरी गाउँपालिका-७, रिभर साईड स्थित लागुऔषध गाँजा ल्याउँदै छ भन्ने विशेष सुचनाको आधारमा इलका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी सहायक निरीक्षक मुकेश कुमार गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले बाटोको साईडमा रोकि राखेको मानिस नभएको ना.१ ह ६३८९ नं.को अटोलाई चेकजाँच गर्ने क्रममा उक्त अटो भित्र लुकाई छिपाई राखेको सेतो बोरा भित्र अन्दाजी १५ किलोग्राम लागुऔषध गाँजा फेला परेको । सोही स्थानमा बाटोको साईडमा बसि रहेको जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, बस्ने वर्ष अन्दाजी ४० को बिक्की भन्ने केदार स्याङ्तान प्रहरीले अटो चेक गर्न खोज्दा भाग्न खोजेकोले संका लागी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागी अटो, लागुऔषध गाँजा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरमा ल्याई राखिएको ।

१५० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०५-३१

मकवानपुर, भीमफेदि गाउँपालिका-२, भैसे चेकपोष्ट अगाडी प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको बा २ ख ३२१९ नं.को डिब्बा ट्रक भित्र रहेको स्टिलको दराज भित्र ६ पोका र स्टिलको बक्सा भित्र ६ पोका गरि जम्मा १२ पेटि अन्दाजी १५० किलोग्राम लागुऔषध गाँजा फेला परेको । ट्रक चालक जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ४१ को विर बहादुर तामाङलाई लागुऔषध गाँजा र ट्रक सहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर तर्फ पठाईएको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-१९

चितवन, माडि नगरपालिका-९, प्रहरी चौकी सोमेश्वर कार्यालय अगाडि प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा ठोरीबाट काठमाडौं तर्फ जाँदै  गरेको ना. ५ ख ४३७८ नं. को टुरिष्ट बसमा चेकजाँच गर्दा, उक्त बसको डिक्कि भित्र  सेतो रंगको प्लाष्टिकको बोरा भित्र रहेको कार्टुनमा लुकाई छिपाई ल्याइएको कोरेक्स (प्रति बोतल १०० ML)  २३६ बोतल, ट्रामाडोल ७ पत्तामा ७० क्याम्पसुल र गाँजा जस्तो देखिने पदार्थ अं.२०० ग्राम लागुऔषध फेला परेको । बसमा सवार जिल्ला चितवन माडि नगरपालिका-८, खरकट्टा बस्ने वर्ष २९ को सुजन थापालाई नियन्त्रणमा लिई  थप अनुसन्धानको लागि प्रहरी चौकी सोमेश्वर माडिमा ल्याइ  राखेको ।

लागुऔषध खैरो हिरोईन सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०५-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, न्युरेनी स्थित घरमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडा-१०, न्युरेनी बस्ने वर्ष अन्दाजी ३६ को विकास तामाङको घर कोठा भित्र बसी निज बिकास तामाङले लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ झोलामा सानो सानो प्याकिङ गर्दै हेटौडा-४, बस्ने वर्ष अन्दाजी ३४ को अब्दुल मन्सुरीलाई विक्रि गर्दै गरेको अवस्थामा लागुऔषध खैरो हिरोइन ३ ग्राम ७०० मिलि ग्राम फेला परेको । लागुऔषध सहित दुबै जनालाइ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाईएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-१६

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, बड डाँडा स्थित प्रहरी चौकी ताल्तीबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको गस्ति टोलिले शँका लागि जिल्ला मकवानपुर राक्सीराङ गाउँपालिका-९, बस्ने वर्ष ५० को अक्कल बहादुर घलान र सोहि बस्ने वर्ष अन्दाजी ५३ को घारे तामाङलाई सोधपुछ गर्ने क्रम्मा निज घारे तामाङले झोला फालि भागि फरार भएको र अकल बहादुर तामाङ लाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निज अकल बहादुर को साथबाट पछाडी बोक्ने कालो झोला भित्र रातो सेतो टेपले बेरिएको १ (पोका) अन्दाजी ४ किलो लागुऔषध गाँजा फेला परेको र घारे तामाङले फालि भागेको पछाडी बोक्ने कालो झोला भित्र रातो सेतो टेपले बेरिएको २ पोका अन्दाजी ४ किलो  लागुऔषध गाँजा र अन्दाजी ३०० ग्राम चरेस फेला परेको । लागुऔषध सहित निज अकल बहादुरलाई नियन्त्रणमा लिईएको र फरार रहेका घारे तामाङको खोजतलास कार्य भईरहेको ।

अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०५-१३

धादिङ, गल्छी गाउँपालिका-७, गल्छीमोड स्थित पृथ्वी लोकमार्गमा जिल्ला बाँके नेपालगन्ज बुलबुलिया बस्ने वर्ष अन्दाजी १४ को नंक राय र सोही ठेगाना बस्ने वर्ष अन्दाजी १२ को समिर रायलाई सडकमा बसि रहेको अबस्थामा प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरी टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा निजहरूले बोक्ने कालो झोला र रातो र हरियो कलरको जेब्रा झोला भित्र पहेलो टेपले बेन्डीङ गरी सेतो प्लाष्टिकले बेरिएको १२ पोका अन्दाजी १२/१४ किलो लागू औषध गाँजा फेला पारी उक्त लागू औषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित २ जना भरतीय नागरिक नियन्त्रणमा
२०८२-०५-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा विशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलीले भारतको रक्सौलबाट काठमाण्डौँ तर्फ आउँदै गरेको BR 01 PB 1802 नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडी तर्फको दुईवटै साईडको वडी भित्र लुकाई छिपाई ल्याएको कालो प्लाष्टिकको ३९ पोकामा रहेको DIAZEPAM 2ML को १९५० एम्पुल, NOOPHIN 2ML को १९५० एम्पुल, PHENERGAN 2ML को १९५० एम्पुल र Tramadol २४ पत्तामा २४० क्याप्सुल गरी जम्मा ५८५० एम्पुल र २४० क्याप्सुल फेला परेको । सुमो चालक देश भारत उत्तर प्रदेश राज्य बहराईच जिल्ला बलाई गाँउ बस्ने वर्ष अन्दाजी ३५ को किस्मत अलि र सहचालक सोहि बस्ने वर्ष अन्दाजी २८ को शाहरुख अलि सहित सुमोलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले पथलैयाबाट हेटौंडा बजार तर्फ आउँदै गरेको प्र.३-०३-००१ ह १०३ नं.को अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटोमा सवार जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका-२२, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क डेरा गरी बस्ने वर्ष अन्दाजी २९ की सम्झना थिङले बोकेको झोलाबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ३ ग्राम १५ मिलिग्राम र सोही अटोमा सवार जिल्ला सिन्धुली दुधौली नगरपालिका-९, घर भई हाल हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क बस्ने वर्ष अन्दाजी २३ की सोनिका क्षेत्रीले बोकेको झोला भित्र रहेको सेतो रंगको चार्जर भित्र लुकाई छिपाई ल्याएको लागुऔषध जस्तो देखिने सेतो गिलो पदार्थ २२ ग्राम २० मिलिग्राम फेला परेको । लागुऔषध सहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको ।

लागुऔषध ट्रामाडोल १७,४०० ट्याब्लेट सहित ४ जना नियन्त्रणमा
२०८२-०५-०३

चितवन, भरतपुर महानगरपालिका-९, बसपार्क स्थित बस्ने भिमदेबी भट्टचनले सञ्चालन गरेको न्यु धौलागिरी थकाली भान्साघर एण्ड लज माथि संका लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा टोली खट्टी चेकजाँच गर्ने क्रममा होटलको १०६ नं. कोठाबाट लागुऔषध ट्रामाडोल १७,४०० ट्याब्लेट फेला परेको । लागुऔषध सहित देश भारत बिहार चनपरिया घर बताउने बर्ष २४ को आर्यन कुमार, जिल्ला पर्सा ठोरी गाउँपालिका-२ बस्ने वर्ष २५ को सुर्य लामा सोहि बस्ने वर्ष २१ को बिनायक तामाङ र जिल्ला चितवन कालिका नगरपालिका १० बस्ने वर्ष २१ की शान्ती गुरूङलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पठाईएको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०५-०२

सिन्धुली, दुधौली नगरपालिका-९, दुधौली बजारबाट खरीयानी जाने पक्की पुल स्थितमा लागुऔषध बिक्री वितरण भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी दुधौलीबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा टोली खटिगई चेकजाँच गर्दा जिल्ला सिन्धुली दुधौली नगरपालिका-९, बस्ने वर्ष २७ को शुशिल कपाडीको साथबाट ५ बोतल र निजको घरमा गई खानतलासी गर्दा ७ बोतल गरी जम्मा-१२ बोतल, जिल्ला उदयपुर कटारी नगरपालिका-३, बस्ने वर्ष ४१ को मनोज कार्कीको साथबाट १ बोतल गरी जम्मा १३ बोतल ONEREX लागुऔषध फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०४-२८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ आउँदै  गरेको ना ७ ख ६९१ नं.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडी सिटमा सवार भई आएको जिल्ला चितवन राप्ति नगरपालिका-१२, तिरूवा बस्ने वर्ष अन्दाजी २७ को रोहित चेपाङको साथमा रहेको कालो झोलाबाट ७ किलोग्रम लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको । 

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, सिमाचोक स्थित रहेको फेमसतास होटलमा लागू औषध कारोवार भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी टोलि खटि गई सो होटलमा रहेका जिल्ला, मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, नवलपुर बस्ने अन्दाजी ३० वर्षीय बिशाल पौडेलले बोकेको झोला खानतलासी गरी हेर्दा लागू औषध ONEREX १५ बोटल (प्रति बोतल १०० ML) फेला परेको हुँदा निज संगै रहेको ऐ. हेटौंडा उपमहानगरपालिका-१२, पदमपोखरी बस्ने अन्दाजी २९ वर्षीय पाल्डुव लामा संग किनेको भनी बताएको हुँदा दुबै जनालाई लागू औषध सहित नियन्त्रणमा लिई निजहरुले प्रयोग गरेको ना २३ प ६८३७ नं. को मोटरसाईकल समेत नियन्त्रनमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०४-२२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले चितवनबाट बिरगंञ्ज तर्फ आउँदै गरेको ना ६ ख ९५३३ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको A साईडको ९ र १० नं. सिटमा सवार भई आएका जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, बस्ने वर्ष अन्दाजी १८ को संघर्ष तामाङको साथमा रहेको झोलाबाट लागुऔषध गाँजा अन्दाजी ४ किलोग्राम र सोहि स्थान बस्ने वर्ष अन्दाजी १५ को योशेप प्रजाको साथमा रहेको झोलाबाट अन्दाजी ५ किलोग्रम लागुऔषध गाँजा फेला परेको ।  लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध ६७१ किलो ६०० ग्राम लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-१०

चितवन, राप्ती न.पा.०१ स्थित लोथर पुल नजिकै चितवनबाट मकवानपुर तर्फ जाँदै गरेको UP 82 T 3921 नम्बरको भारतिय कन्टेनर ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा ड्राईभर क्याबिनको माथिको भागमा फल्स बटन बनाई प्याकिङ गरी लुकाई छिपाई राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनमा ल्याई चेकजाँच गर्ने क्रममा लागू औषध गाँजा जस्तो देखिने बस्तु तौल गर्दा ६७१ किलो ६०० ग्राम फेला पारेको । उक्त भारतिय नं. प्लेटको ट्रक र ट्रक चालक देश भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला तुर्कालिया घर भएका वर्ष ३७ को  शेख सविल अखतरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको । 

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा  नारायणगढबाट बिराटनगर तर्फ जाँदै गरेको प्र.१.-०१-००१ ख ३६७३ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको डिक्किमा निलो झोला भित्र रहेको ५ किलोग्राम लागुऔषध गाँजा फेला परेको । उक्त बसमा सवार जिल्ला सुनसरी ईनरुवा नगरपालिका-७, घर भई हाल बिराटनगर महानगरपालिका-६, बस्ने वर्ष अन्दाजी १८ को आश नारायण चौधरीले ल्याएको भनी खुल्न आएको । निजलाइ लागुऔषध सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थितमा लागू औषध सेवन गरेर बसिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले फारलाईन स्थितमा चेकजाँच गर्ने क्रममा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, बस्ने अन्दाजी २९ वर्षीय साजन थिङ, जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-१ बस्ने अन्दाजी ३५ वर्षीय बिनोद प्रजा, जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-११, थानाभर्‍याङ बस्ने वर्ष अन्दाजी १८ की सम्झना घलान र जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका-३ बस्ने वर्ष १८ की प्राचिन राईको साथबाट लागू औषध ट्रामाडोल लेखिएको २३ ट्यावलेट सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

११ किलोग्राम लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०३-२२

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिम्टार स्थित पृथ्वी लोकमार्गमा आदमघाटबाट चितवन तर्फ जाँदै गरेको जिल्ला धादिङ गजुरी गाउँपालिका-७ किरान्चोक बस्ने वर्ष ३६ को राजेन्द्र खड्काले चलाएको बागमती प्रदेश ०३-००१ ह. २१२६ नं. को अटोलाई प्रहरी चौकी जोगिमाराबाट खटि गएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रम्मा उक्त अटोमा लुकाई छिपाई राखेको रातो निलो कलरको प्लास्टिकमा पोका पारेको ११ पोका अन्दाजी ११ किलो लागुऔषध गाँजा फेला परेको छ । उक्त लागुऔषध गाँजा सहित अटो र निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध खैरोहिरोईन सहित मानिस नियन्त्रणमा
२०८२-०३-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, आरामपुर स्थित सोही स्थानको मानेडाँडा बस्ने सन्त बहादुर पाख्रिनको छोरा वर्ष अन्दाजी ३४ को बिनोद पाख्रिनले लागुऔषधको कारोवार गरिरहेको छ भन्ने  विशेष सुचनाको आधारमा खबर प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई निजललाई शंका लागि चेकजाँच  गर्दा निजले लगाएको पाईन्टको गोजिमा लुकाइ छिपाइ गरीराखेको  सानो सानो ८ पुरीयामा अन्दाजी ०.९ मिली ग्राम लागु औषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको । निजलाई लागुऔषध खैरोहिरोईन सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०३-१९

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार स्थित पृथ्वी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी नायव निरीक्षक र प्रहरी चौकी जोगिमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले काठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४७४८ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्कीमा रातो पहेलो कलरको झोलामा अन्दाजी ५ किलोग्राम र NIKE लेखेको कालो कलरको झोलाबाट अन्दाजी २ किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । जिल्ला धादिङ सिद्धलेख गाउँपालिका-१, बस्ने वर्ष २६ को रोसन भट्ट र निलकण्ठ नगरपालिका-७, बस्ने वर्ष ३० को प्रकास पोखरेललाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेकोछ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

धादिङ, गल्छी गाउँपालिका-५, कोईलीखर्क स्थित बस्ने वर्ष अन्दाजी ४४ को अर्जुन तामाङको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जना प्रहरी टोलि खटि गई चेकजाँच गर्ने क्रममा निजको घरभित्र लुकाई राखेको हरियो कलरको जेब्रा झोला भित्र ४ पोका पोल्याण्ड अन्दाजी ४ के.जि. र सेतो कलरको बोराभित्र पोका पारी राखेको अन्दाजी ३ के.जि. लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा, पोल्यान्ड र निज व्यक्ति अर्जुन तामाङ समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अन्दाजी १० क्युन्टल बराबरको लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०३-१६

मकवापुर, कैलाश गाउँपालिका-५, कटहरे स्थित लागू औषध नियन्त्रण व्युरो काठमाण्डौंबाट खटिआएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला मकवानपुर, कैलाश गाउँपालिका-५, कटहरे बस्ने अन्दाजी ७३ वर्षीय हरि बहादुर वाईबा, सोही ठेगाना बस्ने अन्दाजी ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र अन्दाजी १९ वर्षीय राजेन्द्र लामाको घरमा खानतलासि गर्दा ५४ बोरा अन्दाजी १० क्युन्टल लागू औषध गाँजा (तौल गर्न बाकी)  फेलापारी लागू औषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थित पारिश्रमिक टोल बस्ने अन्दाजी ३६ वर्षीय आनन्द गुरुङको घरमा लागू औषध बिक्रि वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी टोली खटि गई चेकजाँच गर्दा निज आनन्द गुरुङ र सोही स्थान बस्ने वर्ष अन्दाजी ३४।३५ को डम्मर बहादुर थापा फेला पारी नियन्त्रणमा लिई चेक गर्दा कोठामा झोलाभित्र लुकाइ छिपाइ राखेको लागू औषध Tramadol जम्मा ५ पिस र लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ २ पुरिया (पलास्टिक सहित तौल गर्दा ३९ मिलिग्राम) फेला पारी उक्त लागू औषध सहित दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१२

सिन्धुली, कमलामाई नगरपालिका-९, भिमान चेकपोष्ट स्थित वि.पि. राजमार्गमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको चेकिङ टोलीले बर्दीबासबाट काठमाण्डौ तर्फ जादै गरेको म.प्र.०४-००१ज ०१५५ नम्बरको यात्रुबाहक EV हायस गाडिलाई रोकी चेक जाँज गर्दा गाडिको सिट नम्बर ६ मा सवार जिल्ला सर्लाही, बरहथवा नगरपालिका-७ बस्ने अन्दाजी ३० वर्षीय विक्रम चौधरीले लुकाई छिपाई ल्याएको रातो झोलाबाट लागू औषध (NITRAVET-10) - ९६ पत्ता (प्रति पत्ता ३० पिसको दरले जम्मा -२८८० पिस) र गाडिको छतमा राखेको जुटको बोराबाट लागू औषध ट्रामाडोल (TRAMADOL) - १,४५० पत्ता (प्रति पत्ता २० पिसको दरले जम्मा -२९,००० पिस) फेला पारी उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले भारतको मोतिहारीबाट काठमाण्डौँ तर्फ जान आउँदै गरेको BR01AW 1404 नम्बरको भारतीय कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कारको पछाडीको सिट मुनि र डिक्की भित्र फल्स बटम बनाई लुकाइ छिपाइ ल्याएको लागिऔषध Tramadol जम्मा २५,४५५ क्याप्सुल र लागुऔषध ONEREX १००Ml को १२० बोतल फेला परेको हुदाँ उक्त लागुऔषध सहित कार चालक देश भारत बिहार राज्य मोतिहारी जिल्ला पंचमिडिया बस्ने वर्ष अन्दाजी २६ को उपेन्द्र यादव, कारमा सवार सोही ठेगाना बस्ने वर्ष अन्दाजी २२ को संजित कुमार यादव   सोही कारमा सवार सोही ठेगाना बस्ने वर्ष अन्दाजी ३५ को सिकन्दर महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

हतियार, लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-३१

मकवानपुर, राक्सिराङ गा.पा.०१ स्थित राजु स्याङतानको घरमा ला.औ. तथा हातहतियार खरखजना लुकाई छिपाई राखेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास गर्ने क्रममा ऐ.ऐ. स्थित राजु स्याङतानलाई आफ्नै घर अगाडी फेला पारी रितपुर्वक शरीर तथा घर, गोठ समेतको खानतलासी गर्ने क्रममा निजको सुत्ने कोठाभित्र सिरानी मुनी कपडामा बेरी राखेको अवस्थामा 7.65 MM Universal made in Italy 025 लेखिएको म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र ऐ.को गोली (राउण्ड) १३ थान, गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरु भित्र कपडामा बेरी प्लाष्टिकको झोला भित्र राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र 8 mm लेखेको गोली ( कार्तुस ) १२ राउण्ड, लागुऔषध अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र ला.औ.गाँजा २२ किलो ८०० ग्राम फेला परेको हुँदा उक्त लागुऔषध तथा हातहतियार बरामद गरी निज राजु स्याङ्तानलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध तथा हातहतियार खरखजना समेतको कसुर मुद्धामा ७ को म्याद लिई थप अनुन्धान कार्य भईरहेको । साथै निज राजु स्याङतानको घरबाट अ. ५०० मिटरको दुरीमाचन्द्रलाल मोक्तानको बारीमा आँपको रुखको फेदमा प्लाष्टिकमा बेरी सेतो बोराको झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा घरेलु कटुवा पेस्तोल १ थान, ऐ.मा लाग्ने गोली ५ राउण्ड र ला.औ.अफिम जस्तो देखिने पदार्थ २ पोकामा १ किलो ४८० ग्राम फेला परेकोले उक्त हातहतियार तथा ला.औ.बरामद गरी थप अनुसन्धान कार्य भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-३०

काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-११, बाझो खेत बि.पि राजमार्गमा विशेष सूचनाको आधारमा पूर्वबाट काठमाण्डौ आउदै गरेको मे १ च३५९७ नम्बरको स्कार्पियो गाडिलाई अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङ र लागु औषध व्युरो कोटेश्वरबाट खटिएको ८ जनाको संयुक्त प्रहरी चेकिङ टोलीले उक्त गाडी रोकी चेकजाँच गर्ने क्रममा सोहि गाडीमा सवार जिल्ला ईलाम घर भई हाल भारतीय सेनामा कार्यरत ३२ वर्षीय सुमन राईको निलो झोला चेकजाँच गर्ने क्रममा खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने अन्दाजी ०७ ग्राम फेलापारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

१० किलोग्राम लागुऔषध गाँजा बरामद
२०८२-०२-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगन्जतर्फ जाँदै गरेको बा ३ ख ८३९४ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको क्याबिन भित्र यात्रा गरी आईइरहेका जिल्ला मकवानपुर कैलाश गाउँपालिका-२, बस्ने वर्ष अन्दाजी ४० की फुलमाया स्याङ्बोले बोकेको जेब्रा झोलामा अन्दाजी ५ किलो २०० ग्राम र सोही स्थान बस्ने वर्ष अन्दाजी ३० की निर्मला मोक्ताङले बोकेको खैरो रङको ब्यागबाट अन्दाजी ५ किलो १०० ग्राम लागुऔषध गाँजा गरी १० किलो ३०० ग्राम लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

८० किलोग्राम भन्दा बढी लागुऔषध गाँजा बरामद
२०८२-०२-१८

मकवानपुर, थाहा नगरपालिका-३, थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा लागुऔषध ओसार पोसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले डाँडाबासबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ५ च. ४४११ नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा प्लाष्टिकले बेरिएको लागुऔषध गाँजा १३ वटा प्याकेट तौल गर्दा ८० किलो १२० ग्राम रहेको र गाडी चालक जिल्ला गोर्खा, पालुङटार नगरपालिका-१० अन्दाजी २८ वर्षीय मधुसुदन अधिकारी र गाडीमा सवार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय नवराज खड्कालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, राटोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्ड अन्तर्गत प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नारायणगढबाट विरगंजतर्फ जाँदै गरेको बा.४ ख ७४७५ नं. को यात्रु वाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको सिटमा सवार जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ भोर्ले वस्ने वर्ष अन्दाजी २२ को भक्त बहादुर घलान र सोहि भिमफेदी गाउँपालिका-८, वस्ने वर्ष अन्दाजी २१ को सरोज स्याङ्तान माथि शंका लागि चेकजाँच गर्दा भक्त बहादुर घलानले बोकेको सेतो रङ्गको झोलाबाट अन्दाजी १ किलो ७०० ग्राम र सरोज स्याङ्तानले बोकेको निलो रङ्गको झोलाबाट अन्दाजी २ किलो गरि जम्मा ३ किलो ७०० ग्राम लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित दुबैजनालाई नियन्त्रमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-०५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी चोक स्थित गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुमन चापागाईको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नं.को बसलाई रोकी चेकजाँच गर्दा जिल्ला धादिङ गल्छि गाउँपालिका-४, बेल्खु स्थित अम्लेश्वर पेट्रोल पम्पबाट उक्त बसमा चढेका वर्ष ४४ को बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारीलाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको २ वटा कालो झोला भित्र प्लाष्टिकले पोको पारेको अन्दाजी १ किलोग्राम बराबरको ४/४ वटा गरी ८ वटा पोकामा अन्दाजी ८ किलोग्राम बराबरको लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-२६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, स्थित सडक डिभिजन कार्यालय अगाडि पुर्व पश्चिम सडक खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक हबल्दार बिजय अधिकारीको कमाण्डमा खटिएको मोटरसाईकल टोलीले नवलपुरबाट हेटौंडा बजार तर्फ जाँदै गरेको ना १३ प २१३६ नम्बरको मोटरसाईकल संकास्पद देखिएको कारण मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, नवलपुर बस्ने वर्ष अन्दाजी २४ को विनय जिम्बालाई नियन्त्रणमा लिई चेकजाँज गर्दा लागुऔषध Tramol 50 २०(बिस) ट्याबलेट फेला परेकोले निजलाई नियन्त्रणमा लिई आवश्‍यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । 

५,७५० लागुऔषध ट्याबलेट सहित २ जना मनिस नियन्त्रणमा
२०८२-०१-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले बाराको सिम्रनगढबाट हेटौंडा तर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००१च १४३८ नं.को योद्धा पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको बर्नटमा लुकाई छिपाई ल्याएको लागुऔषध TEERSCEN-5 लेखेको TRAMADOL HYDROCHLORIDE CAPSULE I.P 50 mg लेखेको एकिन गर्दा ५,७५० (पाँच हजार सात सय पचास) पत्तामा ५७,५००।– (सन्ताउन्न हजार पाँच सय) ट्याबलेट फेला परेको । उक्त लागुऔषध सहित गाडी र गाडी चालक जिल्ला बारा पचरौता नगरपालिका-७, बेनौली बस्ने वर्ष अन्दाजी २४ को जयनाथ पासवान र सह-चालक सोहि बस्ने वर्ष अन्दाजी २३ को सुनिल पटेललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भई रहेको ।

लागुऔषध सहित गाडी चालक नियन्त्रणमा
२०८२-०१-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले बारा अमलेखगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नं. को (यात्रु नभएको खाली) सुमो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको छत माथी रहेको बैकल्पिक टायर भित्र प्वाल पारी बोरामा लुकाई छिपाई ल्याएको लागुऔषध ONEREX लेखेको १०० ML को २२५ बोतल फेला परेको । गाडी र चालक जिल्ला पर्सा बहुदरमाई नगरपालिका-९, बस्ने वर्ष अन्दाजी २४ को मुमताज मियालाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागी तालुक जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको ।

लागुऔषध अफिम सहित मानिस नियन्त्रणमा
२०८२-०१-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी चेकपोईन्ट स्थित पुर्ब पश्चिम सडकखण्डमा प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटीएको चेकिङ टोलीले नारायणगढबाट कलैया तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नं.को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको अन्तिम सिटमा सवार जिल्ला चितवन राप्ती नगरपालिका-११, कोराक बस्ने वर्ष अन्दाजी २५ को बाबुराम तामाङले बसको दाहिने साइडको माथी र्‍याकमा राखेको खैरो रंगको झोला भित्र प्लाष्टिकको टेपले बेरिएको अवस्थामा ६ किलोग्राम लागुऔषध अफिम जस्तो देखिने पदार्थ फेला परेको । निज बाबुराम तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । 

५२ किलोग्राम लागुऔषध गाँजा सहित १ जना मानिस नियन्त्रणमा
२०८२-०१-०४

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँबस्ती स्थित ब्रर्मादेवी सामुदायिक बन भित्र सोहि मनहरी गाउँपालिका-६, रुपाचुरीबाट नयाँबस्ती तर्फ ७/८ जना व्यक्तिहरुले पिठ्युमा लागुऔषध गाँजाको पोका बोकेर पैदल आउँदै छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा टोली खटी जाँदा उक्त व्यक्तिहरुले प्रहरी टोलिलाई देख्ना साथ निजहरूले बोकेको लागुऔषध गाँजाको पोका सोही जंगलमा फालेर भाग्ने क्रममा एक जना जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, नयाँवस्ती बस्ने वर्ष अन्दाजी ५० को बाबुराम मोक्तानको साथबाट ८ के.जी. लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको र जम्मा प्लास्टिक सहित तौल गर्दा लागुऔषध गाँजा ५२ के.जि. फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०१-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा  प्रहरी चौकी राटोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले नारायणगढबाट बिरगन्ज तर्फ जाँदै गरेको ना ७ ख १५८७ को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका-९, कुरले बस्ने वर्ष अन्दाजी २४ को कमल प्रजा र कैलाश गाउँपालिका-१०, बेतिघारी बस्ने वर्ष अन्दाजी २९ की सुमित्रा प्रजाले बोकेको खैरो रंगको झोलामाथी संका लागी निजहरुको शरिर र झोला चेकजाँच गर्दा कमल प्रजाको साथबाट अन्दाजी ६ के.जि. र सुमित्रा प्रजाको साथबाट अन्दाजी ६ के.जि. लागुऔषध गाँजा गरी जम्मा अन्दाजी १२ के.जि. लागुऔषध गाँजा फेला परेको । निजहरूलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर  तर्फ पठाईएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-२४

चितवन, भरतपुर महानगरपालिका-१, पोखरा बसपार्क गौरेश्वर मन्दिर अगाडी वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको सादा पोसाकको टोलिले संकास्पद लागि चेकजाँच गर्ने क्रममा जिल्ला चितवन भरतपुर महानगरपालिका-४, लंकु बस्ने वर्ष ३६ को कृष्ण हरी कंडेलको साथबाट प्रतिबन्धित लागुऔषध डाईजेपाम २९ एम्पुल, फेनारगन २९ एम्पुल, ब्रोफिन नुफिन २९ एम्पुल गरि जम्मा ८७ एम्पुल, नगद रु १८०००/ (अठार हजार) रुपैया र निजले चढि आएको बा.प्र.०३-००३ प १७५३ नं.को मोटरसाईकल समेत नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई राखिएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित ३ जना नियन्त्रणमा
२०८१-१२-२२

मकवानपुर, थाहा नगरपालिका-७, घर भई हाल हेटौंडा उपमहानगरपालिका-४, नेपाल चोक डेरा गरी बस्ने वर्ष अन्दाजी ३४ को दिनेश गोलेको डेरा कोठामा लागुऔषध रहेको छ भन्ने बिशेष सुचनाको आधरमा प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि गई डेरा कोठामा चेकजाँच गर्दा नगद रु.३७,०००।– (सैतिस हजार), लागुऔषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ अन्दाजी २ ग्राम र onerex ११ बोटल फेला परेको । लागुऔषध सहित दिनेश गोले, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क बस्ने अन्दाजी वर्ष २८ को निरोज लामा (साथबाट रु.१५,०००।-) र सोही स्थान बस्ने अन्दाजी वर्ष ३३ को महमद मियालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुर ल्याई राखिएको  ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौरी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले विरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०८-००१ ज ००१९ नं. को यात्रु बाहक इभि गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार भई आएका जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, बस्ने वर्ष अन्दाजी २४ को राज श्रेष्ठ माथि शंका लागी निजको शरिर चेकजाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको कम्मरको भागमा रहेको बेल्ट लुप्पिमा प्वाल पारी दुइ वटा प्लाष्टिकको प्याकेट भित्र लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ अन्दाजी ७ ग्राम फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले सर्लाहीबाट पोखरातर्फ जादै गरेको ग १२ प ४९७८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल चालक जिल्ला सर्लाही, हरिपुर नगरपालिका-२ बस्ने अन्दाजी २६ वर्षीय राजेश तामाङ र पछाडी सवार जिल्ला कास्की, पोखरा महानगरपालिका-१९ बस्ने वर्ष अन्दाजी २० को निर्मल ढुङ्गेलको शरीर तथा निजहरूले बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको १९ पत्तामा (३० वटाको  दरले) ५७० वटा Tablet लागुऔषध  NITRAVET- 10 लेखेको फेला परेको हुदाँ निजहरू दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-१२-०४

धादिङ, गजुरी गाउँपालिका-२, रातामाटे स्थित राक्सीङबाट चालिसेतर्फ आउँदै गरेको बा. ९३ प. ३३४० नं. को पल्सर मोटरसाईकलमा लागुऔषध गाँजा ल्याउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा रातो जेब्रा झोला र खैरो लेदरको झोला भित्र अन्दाजी ६ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको । मोटरसाईकल चालक जिल्ला धादिङ गजुरी गाउँपालिका-३, वालसिङ्ग बस्ने वर्ष २३ को सुनिल तामाङ र सोहि बस्ने वर्ष ३५ को दिल बहादुर तामाङलाई लागुऔषध गाँजा र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८१-११-२०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ जाँदै गरेको बा ४ ख ७१६५ नं. को यात्रुबहाक बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको बिच गल्लिमा उभिएर सवार रहेका जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१, सानुभाबर बस्ने वर्ष अन्दाजी २३ को ईमान सिं घलानले पछाडि भिरेको झोला भित्र राखिएको २ के.जी. ८०० ग्राम लागुऔषध गाँजा र जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-२, सुनासौरा बस्ने वर्ष अन्दाजी २३ को रामचन्द्र घलानले भिरेको झोला भित्रबाट २ के.जी. ३०० ग्राम लागुऔषध गाँजा गरी जम्मा ५ के.जी.१०० ग्राम फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-११-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकीङ टोलीले सर्लाहीबाट काठमाडौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ४६५ नं. को यात्रु बाहक EV गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त गाडीको डाईबर सिट पछाडीको सिटमा सवार जिल्ला सर्लाही मलंगवा नगरपालिका-१ भेरीआही बस्ने वर्ष अन्दाजी २६ को नथुनि रामलाई शंका लागी चेकजाँच गर्दा निजको साथमा भएको झोलामा लुकाई छिपाई गरि ल्याएको लागुऔषध PHENERGAN- १९८ एम्पुल, स्टिरक टाँस नभएको-२९० एम्पुल र NOPHIN लेखेको स्टिकर २९० पिस फेला परेको । निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम सडक खण्डमा पथलैया तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको BR 05 X 7513 नम्बरको भारतिय मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक देश भारत बिहार राज्य आदापुर थाना हरपुर पंचायत वडा नम्बर ९ बस्ने अन्दाजी २६ वर्षीय अर्जुन कुमारको साथबाट OneRex १०० ml. को ४० बोतल लागुऔषध र नगद रू.१८०००।–(अठ्ठार हजार) भारतिय पैसा फेला पारी निजलाई र निजले चलाएको मोटरसाईकल सहितलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-१६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०३-००५प ९५९२ नम्बरको स्कुटर शंका लागी चेकजाँच गर्दा स्कुटर चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ बस्ने अन्दाजी ३० वर्षीय सुमन स्याङतानले बोकेको ब्यागमा लुकाइ छिपाइ ल्याएको डाइजापाम १२ एम्पुल, नुरफिन १९ एम्पुल, फेरानोन १६ एम्पुल र ४२ पिस एम्पुल फेला परेकोले निज र सोही स्कुटरको पछाडी सवार सोही ठेगाना बस्ने वर्ष १७ को प्रशुल देउवा र स्कुटर समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-१५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले हेटौंडाबाट बिरगन्ज तर्फ जादै गरेको बा.प्र.०३-००५प.९२८४ नं. को स्कुटरलाई शंका लागी रोकी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको अवस्थामा लागूऔषध गाँजा तौल गर्दा ५ के.जि.२०० ग्राम फेला परेको हो । स्कुटर चालक मकवानपुर कैलाश गाउँपालिका-९ नामटार घर भई हाल मकवानपुर हेटौडा उपमहानगरपालिका-११ थानाभर्याङ  बस्ने  वर्ष अन्दाजी ४० को कुमार सिं गोले रहेको छ । गाँजा सहित निज, स्कुटर समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

११ किलोग्रम गाँजा सहित २ जना नियन्त्रणमा
२०८१-१०-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, दिपज्योती डाँडा स्थित पुर्व पश्चिम सडक खण्डमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी नायव निरीक्षकको कमाण्डमा संयुक्त चेकिङ टोलीले नारायणगढबाट रौतहट तर्फ जाँदै गरेको लु १ ख ७३९५ नं.को यात्रुबाहाक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला पर्सा सखुवा पर्सौनी गाउँपालिका-१, दोहोरी बस्ने वर्ष अन्दाजी ४२ को सुरेश दाश थारुको साथमा रहेको कालो झोलामा प्लाष्ट्रिकले प्याकिङ गरेको ५ किलो ५६० ग्राम  र जिल्ला पर्सा पर्सागढी नगरपालिका-२, बागबना बस्ने वर्ष अन्दाजी २९ को अर्जुन महतो थारुको साथमा रहेको कालो झोलामा प्लाष्ट्रिकले प्याकिङ गरेको ५ किलो ४४० ग्राम गरी जम्मा ११ किलोग्राम (तौल गरेको)  लागुऔषध गाँजा फेला परेको । निजहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

१०१ किलोग्राम लागुऔषध गाँजा बरामद
२०८१-०९-२८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थितमा प्रहरी चौकी रातोमाटेबाट खटीएको प्रहरी टोलीले चितवन तर्फ बाट बिरगंज जानको लागी आउँदै गरेको DL 13 C 1561 नम्बरको भारतीय कारलाई शंका लागी चेकजाँच गर्दा उक्त कारको सिटमुनी फल्स बटम बनाई लुकाई छिपाई प्लाष्टिकमा प्याक गरी ल्याएको अवस्थामा लागुऔषध गाँजा १० पोका तौल गर्दा प्लाष्टिक सहित १०१ किलो बरामद भएको, बरामद भएको लागुऔषध गाँजा, कार र कार चालक जिल्ला पर्सा, बिरगंज महानगरपालिका-२६, अठराह सुगौली बस्ने अन्दाजी २० वर्षीय राजन राउत कुर्मी समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२५

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजार स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, मनहरीबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-७, रमौली बस्ने अन्दाजी २५ वर्षीय बिजय घिसिङ, जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-६, लोथर बस्ने अन्दाजी २७ वर्षीय कुल बहादुर थिङ र जिल्ला चितवन, राप्ती नगरपालिका-१ बस्ने अन्दाजी २६ वर्षीय राजेश थापा मगरको साथबाट क्रमश: devoxin-२४ ट्यावलेट (२ पत्ता ४ ट्याबलेट) RAMALDOL HYDROCHLORIDE CAPSULES -३३ ट्यावलेट (३ पत्ता ३ ट्याबलेट), TRAMALDOL HYDROCHLORIDE CAPSULES-२०० ट्याबलेट (२० पत्ता) र TRAMALDOL HYDROCHLORIDE CAPSULES- २५० ट्याबलेट (२५ पत्ता) बरामद गरी निजहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सिहत मानिस नियन्त्रणमा
२०८१-०९-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलिले बिरगन्जबाट हेटौंडा तर्फ आउँदै गरेको ना ७ ख ८४१४ नम्बरको यात्रुबाहक बसलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडी सिटमा सवार जिल्ला बारा, कोल्हवी नगरपालिका-१ बस्ने अन्दाजी २२ वर्षीय सियाराम राम र जिल्ला बारा, कोल्हवी नगरपालिका-५ बस्ने अन्दाजी ३३ वर्षीय अमित चौधरलाई शंका लागी चेकजाँच गर्दा निजहरुले बोकेको कालो झोलाबाट DIAZEPAM  2ML को १९८ पिस,  NOOPHINE 2ML को १९८ पिस, PHENERGAN 2ML को १९८ पिस गरी जम्मा ५९४ पिस अवैध लागुऔषध सहित निज दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२१

मकवानपुर, इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकचाँज गर्ने क्रममा जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, मनहरी बजार स्थित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, रमौली बस्ने अन्दाजी वर्ष २५ को बिजय घिसिङको साथबाट devoxin-२४ ट्यावलेट (२ पत्ता ४ ट्याबलेट) र TRAMALDOL HYDROCHLORIDE CAPSULES - ३३ ट्यावलेट (३ पत्ता ३ ट्याबलेट), सोहि लोथर-६, बस्ने अन्दाजी वर्ष २७ को कुल बहादुर थिङको साथबाट TRAMALDOL HYDROCHLORIDE CAPSULES-२०० ट्याबलेट ( २० पत्ता) र जिल्ला चितवन राप्ती नगरपालिका-१, लोथर बस्ने अन्दी वर्ष २६ को राजेश थापामगरको साथबाट  TRAMALDOL HYDROCHLORIDE CAPSULES-  २५० ट्याबलेट (२५ पत्ता) फेला परेको । निजहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०९-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ३०३ नम्बरको यात्रुबाहक EV गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा गाडीको पछाडी सिटमा सवार जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका-३, बसामाडी बस्ने अन्दाजी ४६ वर्षीय राज कुमार थिङ र जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका-३, लेवर्ट बस्ने अन्दाजी ३४ वर्षीय धन बहादुर भोलनको साथबाट क्रमशः अन्दाजी ५,५ किलोग्राम गरी जम्मा अन्दाजी १० किलोग्राम लागुऔषध गाँजा बरामद गरी उक्त लागुऔषध गाँजा सहित निजहरुलाई  नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको छ ।

लागुऔषध गाँजा सहित दुई महिला पक्राउ
२०८१-०९-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, नारायणी मल नजिकै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पिकेट डियुटीमा खटीएको प्रहरी टोलीले पैदल कपडाको झोला बोकी हिडि रहेका जिल्ल मकवानपुर कैलाश गाउँपालिका-५, भैराङ बस्ने अन्दाजी वर्ष ३० कि अंजली गोले र जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बसामाडी बस्ने अन्दाजी वर्ष ५१ कि ज्ञानुमायाँ गोलेलाई शंका लागी चेकजाँच गर्दा निजहरुले बोकेको २ वटा कपडाको झोला भित्र तौलियामा बेरी लुकाई छिपाई राखेको अवस्थामा अबैध लागुऔषध गाजा अन्दाजी १० किलो बरामद भएको ।  निजहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८१-०९-०४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित पूर्व पश्चिम सडक खण्डमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको चेकिङ टोलीले चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको लु २ ख १७४१ नम्बरको बसमा सवार भई आएका जिल्ला धादिङ बेनीघाट रोराङ गाउँपालिका-२, ताल्ली बस्ने वर्ष अन्दाजी ३५ को सोमीलाल चेपाङले आफु बसेको सिट भन्दा माथी र्‍याकमा राखेको भिर्नी झोलामा अन्दाजी १० किलो र सोहि बस्ने वर्ष अन्दाजी २० को किशोर चेपाङले काखमा राखेको भिर्नी झोकामा अन्दाजी १० किलो गरी जम्मा अन्दाजी २० किलो लागुऔषध गाँजा फेला परेकोले निजहरुलाई नियन्त्रणमा लिई आवश्‍यक कारवाहीको लागी तालुक जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

२३० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०८-२५

चितवन, राप्ती नगरपालिका-४, डडुवा स्थितमा धादिङबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ४३३७ नम्बरको ट्रकमा लागुऔषध गाँजा लुकाई छिपाई ल्याएको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भन्डारा, चितवनबाट प्रहरी टोली खटी गई चेकजाँच गर्दा ट्रक भित्र त्रिपाल मुनि लुकाई छिपाई २० पोकामा २३० किलोग्राम लागु औषध गाँजा बरामद गरि ट्रक चालक जिल्ला धादिङ, थाक्रे गाउँपालिका-१० बस्ने ३० वर्षीय दिनेस डंगोल र सोहि ट्रकमा सवार सोही ठेगाना बस्ने ३१ वर्षीय सुनिल डंगोललाई समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित दुई जना पक्राउ
२०८१-०८-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले हेटौंडाबाट पथलैया तर्फ जादै गरेको बा.प्र.०३-००१च १५८४ नम्बरको पिकअप गाडिलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त पिकअप गाडिको ढालामा खालि क्रेटले छोपी लुकाई छिपाई ल्याएको ५ बोरामा १० पोकामा जम्मा १७५ किलोग्राम लागुऔषध गाँजा फेला परेको । पिकअप गाडि, गाडि चालक जिल्ला मकवानपुर बकैया गाउँपालिका-४, बस्ने वर्ष अन्दाजी २४ को सुमन लामा र उक्त गाडिमा सवार सोहि-११, कालिदमार बस्ने वर्ष अन्दाजी २४ को सुशिल भोलनलाई  लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०८-१६

मकवानपुर, मनहरी गाउँपालिका-९, ज्यामिरे पूर्व पश्चिम सडक खण्डमा सिमपानीबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख २३४४ नम्बरको डिव्बा ट्रकलाई इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले शंका लागी चेकजाँच गर्दा चालक सिट भन्दा माथि क्याविनमा रातो र सेतो प्लाष्टिकले वेरेर लुकाई छिपाई ल्याएको (तौल गर्दा प्लाष्टिक सहित ५६ किलो) लागुऔषध गाँजा फेला परेको । ट्रक चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-८, सिमपानी बस्ने अन्दाजी वर्ष २७ को अनिल कुमार थिङ र सोहि ट्रकमा सवार सोहि  ९ बस्ने वर्ष अन्दाजी ३२ को राजेन्द्र मुक्तानलाई ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०८-०९

इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले जिल्ला धादिङ गजुरी गाउँपालिका-७, दरिङगाल स्थित दरिङगाल खोला पुल नजिकै बाटोमा सोहि किरानचोकबाट आदमघाट तर्फ आउँदै गरेको ना २६ प  ३७४६ नं.को पल्सर मोटरसाईकल र बा.प्र ३-०२-०१३ प ४०७६ न.को FZ मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोराहरू भित्र खैरो टेपले बेरी पोका पारेको अवस्थामा (४९) पोकामा रहेको अन्दाजी ४० (चालिस) किलो लागुऔषध गाँजा, मोवाईल थान-४,नगद रू.।- (आठ हजार) फेला परेको । उक्त  मोटरसाईकलमा  सवार जिल्ला धादिङ गजुरी गाउँपालिका-४ बालुवा डांडा बस्ने वर्ष २७ को सोम बहादुर तामाङ, सोहि अर्चले बस्ने वर्ष १८ को राम चेपाङ, सोहि बस्ने वर्ष २६ को सुब्बा प्रजा र सोहि दरिङगाल घर भई हाल जिल्ला चितवन राप्ती नगरपालिका-१, गडौली बस्ने वर्ष ३० को नर बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनसुन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०८-०७

सिन्धुली, कमलामाई नगरपालिका-९, चेकपोष्ट स्थित वि.पि. राजमार्गमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट प्रहरी निरीक्षकको कामाण्डमा खटिएको ट्राफिक सहितको चेकिङ टोलीले चितवनबाट हेटौंडा, सिन्धुली हुँदै बर्दीबास तर्फ जाँदै गरेको चालक जिल्ला चितवन साविक गितानगर-५, भई हाल परीवर्तीत भरतपुर माहानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३९ को शेर बहादुर लामाले चलाई ल्याएको बा.प्र.०३-००१ च २२८० नं. को हात्ती (ASHOK LEYLAND DOST LITE पिकअप) गाडिलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त गाडिमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध गाँजा प्लाष्टिक सहितको तौल-१८९ किलो फेला परेको । चालक र गाडि नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०७-२९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना १ ह ८३२४ नम्बरको अटोलाई रोकी  चेकजाँच गर्ने क्रममा उक्त अटोको पछाडी भागमा लुकाई छिपाई ल्याएको ३ पोका ३१ किलो लागुऔषध गाँजा फेला परेको । उक्त लागुऔषध गाँजा सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, बस्ने वर्ष अन्दाजी ३३ को शंकर स्याङ्तान, सोहि बस्ने वर्ष अन्दाजी ४० को रामशरण प्रजा र अटोलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको । 

१०० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०७-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित पूर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको चेकिङ टोलीले मनहरी तर्फबाट हेटौंडा तर्फ जान आउँदै गरेको प्रदेश ३-०१-०२४ च ६३६१ नम्बरको योद्धा पिकअप भ्यानलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा खाली क्रेटहरुको बिचमा लुकाई छिपाई ल्याएको ६ वटा सेतो बोरा भित्र  पोका पारी ल्याएको प्लाष्टिकले बेरिएको ११ प्याकेट अन्दाजी १०० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको छ । उक्त पिकअप भ्यान र चालक जिल्ला काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-१२, शंखु ओखरकोट बस्ने अन्दाजी  २९ वर्षीय किरण वाग्लेलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१८

चितवन, भरतपुर महानगरपालिका-१६, लप्टन डाँडा नजिकै गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन भरतपुर महानगरपालिका-१६, राधा कृष्ण टोल स्थितमा विकास तामाङको गोठमा जिल्ला चितवन, भरतपुर महानगरपालिका-१९, रामपुर बस्ने ३० वर्षीय विवेक गुरुङ, ऐ.ऐ. बस्ने वर्ष ३५ को विशाल तामाङ, ऐ.ऐ. लामाचोक बस्ने वर्ष ३५ को राजकुमार लामा तामाङ, ऐ.ऐ. १७ हरैया बस्ने वर्ष ३३ को अशोक ठाकुर हजाम, ऐ.ऐ. १६ गुरुङचोक बस्ने वर्ष ३८ को अशोक तामाङले लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सेवन गर्दै गरेको अवस्थामा फेला पारी निजहरुको साथबाट लागू औषध (ब्राउन सुगर) ३ ग्राम ६० मिली ग्राम, लागु औषध नाप्ने तौल मेसिन थान १,  नगद १५,२३० (१५ हजार दुईसय), मोवाईल थान ५, लागू औषध सेवन गर्नको लागि प्रयोग गरेको ब्लेड,लाइटर,५वटा सिक्का, थाल तथा तान्न प्रयोग गर्ने बेरेको अवस्थामा रहेको रू.५ र रू.१० को ६ वटा नोट सहित फेला पारी निजहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा बिरगन्जबाट हेटौंडा तर्फ आउँदै गरेको मधेश प्रदेश०३-००१ज.०४३१ नं. EV यात्रु बाहक गाडीमा सवार जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका-१२ बस्ने वर्ष अन्दाजी २५ को मनोज साहलाई शंका लागि चेकजाँच गर्दा दुवै खुट्टामा सेतो टेपले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध DIAJEPAM २५ पिस, PHEMERGAN २५ पिस र NOOPHINE २५ पिस गरि जम्मा ७५ पिस लागुऔषध फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-०३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३, स्थित प्रहरी चौकी बसामाडी कार्यालय अगाडी पूर्व पश्‍चिम सडकखण्डमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना३३प.९५७६ नं.को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२ बस्ने वर्ष अन्दाजी २६ को बुद्ध बहादुर डिम्डुङ र मोटरसाईकलमा सवार सोहि हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने वर्ष अन्दाजी २९ को नबिन रुम्बाको साथबाट लागुऔषध डाईजोपाम-४१पिस, फेनारगोन-४० बोनोरभाईन-४० गरी जम्मा १२१ पिस फेला परेको थियो । निजहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको । 

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०६-२२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले बिशेष सुचनाको आधारमा पालुङबाट बिरगंज तर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङ्कर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडी चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-९, ज्यामिरे बस्ने वर्ष अन्दाजी २६ को रोशन पुरी र सहचालक सोहि बस्ने वर्ष अन्दाजी २२ को धन बहादुर मल्ललाई शंका लागी रितपुर्वक निजहरुको शरीर तथा ट्याङकर समेतको खानतलासी गर्दा ट्याङकरको पाँचवटा डिब्बाहरु मध्ये ३ नं. को डिब्बा भित्र लुकाई छिपाई गरी ल्याइएको अवस्थामा ३९२ किलो लागुऔषध गाँजा फेला परेको । उक्त लागुऔषध, ट्याङकर सहित रोशन पुरी र धन बहादुर मल्ललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्यको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर  पठाएको । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०६-१५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी स्थित गोप्य सुचनाको आधारमा जिल्ला पुर्वी नवलपरासी विनय त्रिवेणी गाउँपालिका-३, घर भई जिल्ला रुपन्देही सिदार्थ गाउँपालिका-३, बस्ने वर्ष ३६ को दान बहादुर बि.क.ले बोकेको निलो झोलामा र जिल्ला रुपन्देही सत्यी गाउँपालिका-२, बस्ने वर्ष २० को चन्द हरीजनले बोकेको हरियो रंगको झोला भित्र अन्दाजी ७ किलो लागुऔषध गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी गल्छीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गजुरी पठाएको । 

लागुऔषध चरेस सहित मानिस नियन्त्रणमा
२०८१-०५-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चोक स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले काठमाण्डौंबाट पथलैया तर्फ जाँदै गरेको ना ७ ख ६०६१ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडीको सिटमा बसेका जिल्ला धादिङ गजुरी गाउँपालिका-८, बस्ने वर्ष ३६ को सुकमान तामाङ र सोहि बस्ने वर्ष ४२ को केदार तामाङले बोकेको झोलाबाट लागुऔषध चरेस जस्तो देखिने पदार्थ अन्दाजी १४ किलो फेला परेको । निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०५-१०

धादिङ, गजुरी गाउँपालिका-१, गजुरी बजार स्थित पृथ्वीलोकमार्गमा काठमाण्डौबाट बुटलतर्फ जाँदै गरेको लु २ ख ६८२३ नम्बरको बसमा लागु औषध गाँजा ल्याउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटी गएको प्रहरी टोलीले उक्त बस चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला धादिङ गजुरी गाउँपालिका-८ बस्ने वर्ष २७ को रमेश तामाङ र सोहि बस्ने वर्ष ४३ को भक्त तामाङको साथबाट ४ थान कालो खैरो झोलाभित्र अन्दाजी २१ किलो लागुऔषध गाँजा, OPPO कम्पनीको मोबाईल थान- १, Realme कम्पनीको मोबाईल थान-१ गरी जम्मा २ थान मोबाईल फेला परेको थियो । निजहरूलाई लगुऔषध गाँजा र मोबाइल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०६

सिन्धुली, कमलामाई नगरपालिका-८, बाधमारा जंगलमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिन्धुलीबाट खटिगएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मानिसले बोकेको पछाडि भिर्ने कालो झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध (EXIPLON – १५ बोतल (प्रति पिस १००ml), WINCEREX COUGH SYRUP – १४ बोतल (प्रति पिस १००ml) ) सहित २ जना मानिस सहित निजहरुले प्रयोग गरेको बा ९३ प ८८०८ नम्बरको पल्सर मोटरसाईकल र लागुऔषध खरिद गर्नको लागि आएका निम्न स्थान बस्ने निम्न व्यक्तिहरु र  प्रदेश २-०३-०२२ प ४४५० नम्बरको मोटरसाईकल समेत जिल्ला सिन्धुली कमलामाई नगरपालिका-८, हर्दिया स्थित नेहा पेट्रोल पम्पबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।ला.औ.सहित नियन्त्रणमा लिएको निम्न मानिसहरु  :- १)  जि. महोत्तरी औरी न.पा. ७ बस्ने बर्ष २१ को जय साह । २) जि. सिन्धुली क.न.पा. ७ माझिटार बस्ने बर्ष २० को दिलसन भन्ने लोकविक्रम आले मगर ।ला.औ.खरिद गर्न आएका निम्न मानिसहरू :-१)     जि. सिन्धुली क.न.पा. ५ चिसापानी बस्ने वर्ष २३ को मिलन पाख्रिन २)     ऐ.ऐ. ६ धुरा बजार बस्ने वर्ष २७ को सौगात लामा । 

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०४-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ जादै गरेको बा.प्र.०३-००१ ज ०३०३ नम्बरको माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-२, सुनारेसहर बस्ने अन्दाजी ३२ वर्षीय दुर्गा लामालाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले शरिरको भागमा टेपले बेरेर लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा जस्तो देखिने बस्तु नियन्त्रणमा
२०८१-०३-२८

मकवानपुर, राक्सिराङ गाउँपालिका-५, जिर्खे र आँपखोल्सीको बिच चैनपुर मनहरी भित्री सडक खण्डमा ईलाका प्रहरी कार्यालय, मनहरीबाट खटिएको प्रहरी टोलिले राक्सिराङबाट मनहरी तर्फ आउदै गरेको बा ६ च ८२५९ नम्बरको बोलेरो गाडी र बा.प्र.०६-००१ प ५५८९ नम्बरको मोटरसाईकललाई  रोकी चेकजाँच गर्न खोज्दा गाडी नरोकी फरार रहेकोमा उक्त सवारी साधनलाई  पछ्याउदै आउने क्रममा उक्त दुवै सवारी साधन मनहरी गाउँपालिका-७, मनहरी तर्फबाट फर्काइ सोहि दिशा तर्फ भाग्ने क्रममा प्रहरीले पुन: रोक्न खोज्दा प्रहरीले चलाएको मोटरसाईकललाई समेत ठक्कर दिइ उक्त सवारी बाटोको नालामा पर्न गई दुबै सवारी चालक फरार रहेकोमा बलेरो गाडीलाई  चेकजाँच गर्दा बीच भागको सिटमा लुकाई छिपाई ल्याएको रातो प्लाष्टिकले बेरेको १० वटा पोका लागुऔषध गाँजा जस्तो देखिने बस्तु अन्दाजी ४० किलोग्राम र दुबै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०३-२२

चितवन, भरतपुर महानगरपालिका-२९, जुगेडी स्थित चेक पोष्टमा प्रहरी चौकी जुगेडीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको लु ७० प ८२३२ नम्बरको बुलेट मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा सोही मोटरसाईकलको पछाडी सवार जिल्ला रुपन्देही, सिद्धार्थ नगरपालिका-८ बस्ने २६ वर्षीय राजेश शाहले पछाडी भिरेको कालो झोलामा ३ पोका अन्दाजी २ किलोग्राम लागुऔषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । मोटरसाईकल लिई मोटरसाईकल चालक फरार रहेको र निजको खोजतलास कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मिनि ट्रक र मानिस पक्राउ
२०८१-०३-१३

मकवानपुर, भिमफेदी गाउँपालिका-१, सामरी पुल नजिकै भित्री सडक खण्डमा रोकी राखेको बा ३ ख ४६१ नम्बरको मिनी ट्रकमा लागुऔषध गाँजा लुकाई छिपाई ल्याएको छ भन्ने विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मिनि ट्रक र मिनि ट्रक चालक जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका-४, बस्ने अन्दाजी ५१ वर्षीय पुर्ण बहादुर रुम्बालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई ट्रकलाई चेकजाँच गर्दा ट्रकको पछाडी पट्टी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको लागुऔषध गाँजा १ सय ७५ किलोग्राम बरामद भएकोले थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०३-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ जादै गरेको ना ७ ख १०५२ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको सिट नम्बर ११ मा  रहेको जिल्ला धनुषा, लक्षमिनिया गाउँपालिका-६ बस्ने अन्दाजी २८ वर्षीय मोहम्द मुस्ताख राइनलाई शंका लागि चेकजाँच गर्दा निज बसेको सिट माथिको डिक्किको झोलामा लुकाई छिपाई राखेको ३ किलो १७० ग्राम लागुऔषध गाँजा फेला पारी उक्त लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०३-०३

चितवन, राप्ती नगरपालिका-११, डुम्रीखाडी स्थित चेपाङ मार्गमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको गस्ती टोलीले थाकलटारबाट भण्डारा तर्फ आउँदै गरेको ना ५९ प ९९०८ नम्बरको बुलेट मोटरसाईकल शंका लागि रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल पछाडी सवार जिल्ला चितवन, रत्ननगर नगरपालिका-११ बस्ने २४ वर्षीय मनोज गुरुङले बोकेको झोलामा लागु औषध गाँजा ४ किलो ९०० ग्राम बरामद गरी निज मनोज गुरुङ, मोटरसाईकल चालक जिल्ला नबलपरासी, गैडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय सुशील पुन तथा मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०२-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वईन्टमा यस कार्यालयबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३ख ८३८२ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिट नम्बर ८ र ९ मा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने वर्ष २८ को जीवन लामा र सोहि बस्ने वर्ष १६ को शुक्लाङ भोलनलाई शंका लागी चेकजाँच गर्ने क्रममा जिवन लामाले बोकेको कालो झोला भित्र प्लाष्टिकले बेरेको अवस्थामा लुकाई छिपाई ल्याएको अन्दाजी २ किलो ५०० ग्राम गाँजा जस्तो देखिने बस्तु फेला परेको । निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि तालुक कार्यालयमा पठाईएको ।

लगुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३, लेवट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी बसामाडी लेवटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा बस्तिपुर तर्फबाट हेटौंडा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ज ००४६ नम्बरको म्याजिक रोकी राखेकोमा म्याजिकमा सवार सबै प्यासेन्जरहरु झरी गएकोले तत्काल उक्त म्याजिकलाई शंका लागि चेकजाँच गर्दा काठको मन्दिर भित्र दुई वटा कपडाको पोका फेला परेकोले उक्त पोका खोली हेर्दा लागु औषध गाँजा १० किलो ४४२ ग्राम फेला परेको । लगुऔषध सहित म्याजिक चालक लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, चुरियामाई पिपलबोट चेक पोइन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त चेकिङ टोलीले बिरगंजबाट  हेटौंडा तर्फ आउँदै गरेको बा ३ ख ४२ नं.को माईक्रोलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका १६ ईनर्वा बस्ने वर्ष अन्दाजी २१ को तवरेज आलमको साथबाट फेनारगन १०० पिस, सोहि बस्ने वर्ष अन्दाजी १८ को रवि दासको साथबाट डाईजेपाम १०० पिस र सोहि बस्ने वर्ष अन्दाजी २२ को रुस्तम अन्सारीको साथ बाट Noophin-१०० पिस लागुऔषध फेला परेको थियो । निजहरूलाई लगुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरि कार्यालय मकवानपुर पठाएको । 

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-१९

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना ५ ख ५२६७  नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त  बसमा  सवार यात्रु  जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने वर्ष अन्दाजी ४० को पाल्साङ मुक्तानलाई शंका लागी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको कालो झोला भित्र अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला पारीएको छ । निजलाई लागूऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको छ ।  

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-११

चितवन, राप्ती नगरपालिका-८ स्थितमा थ्री ग्रुपबाट बिरेन्द्रनगर तर्फ आउँदै गरेको ना ७ प ६५१९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिएको देखि ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरी टोलीले मोटरसाईकललाई उठाउन जाँदा उक्त मोटरसाईकलमा सवार जिल्ला चितवन, भरतपुर महानगरपालिका-४ बस्ने २२ वर्षीय सोम बहादुर लामा र जिल्ला चितवन, राप्ती नगरपालिका-८, थ्री ग्रुप बस्ने वर्ष १४ को अमर सुनारले बोकेको जेब्रा झोला शंका लागि चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई ल्याएको २ किलोग्राम लागुऔषध गाँजा फेला परेकोले मोटरसाईकल, लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित दुई जना नियन्त्रणमा
२०८०-१२-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट कांकडभिट्टा तर्फ आउँदै गरेको मे १ ख ३३३७ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर, बकैया गाउँपालिका-४ बस्ने अन्दाजी ३२ वर्षीया चमेली माया घलान र सोहि बसमा सवार जिल्ला मकवानपुर, बकैया गाउँपालिका-१०, मन्थली बस्ने २५ वर्षीया रोजिना घलानको साथबाट लागुऔषध गाँजा क्रमशः ६ किलो ५०० ग्राम र ६ किलो ४०० ग्राम फेला परेकोले लागुऔषध गाँजा सहित दुबै जनालाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध नाइट्राभेट सहित मानिस नियन्त्रणमा
२०८०-१२-०८

सिन्धुली, कमलामाई नगरपालिका-९, भिमान चोरखोला स्थित बि.पी. राजमार्गमा ईलाका प्रहरी कार्यालय भिमा सिन्धुलीबाट प्रहारी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुघौली नगरपालिका-१०, भर्ले बस्ने वर्ष ३९ को चन्द्र बहादुर तामाङले चलाएको बा ४ ख ६६९४ नं. को हाईसलाई चेकजाँच गर्ने क्रममा उक्त गाडिको १ नम्बर सिटमा सवार जिल्ला धनुषा शहिदनगर नगरपालिका-३, बस्ने वर्ष अन्दाजी २० को सन्तोष कुमार यादबले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राभेट १० (NITRAVER-10)  लेखिएको ४० पत्ता रहेको प्रत्येक पत्तामा ३० को दरले जम्मा १२०० (बाह्र सय) पिस बरामद गरिएको । निज सन्तोष कुमार यादबलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

१०० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-२९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित गुम्बाटोल भित्री सडक खण्डमा बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले रोकी राखेको BR 01BF5581 नम्बरको हुन्डाई कम्पनिको कार शंका लागी चेकजाँच गर्दा उक्त कारको पछाडी डिक्कि र पछाडि सिटको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखेको १२ पोका अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेकोले उक्त लागुऔषध गाँजा सहित कार, कार चालक जिल्ला बारा, जितपुर सिमरा उप-नगरपालिका-७, बस्ने वर्ष १९ को साबिर अंसारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध चरेस सहित २ जना नियन्त्रणमा
२०८०-११-२७

धादिङ, थाक्रे गाउँपालिका-३, अमर्ख स्थित महादेववेशीबाट मकवानपुर जाने भित्री सडक खण्डमा प्रहरी चौकी महादेववेशीबाट खटि गएको प्रहरी टोलिले चेकजाचँ गर्ने क्रममा आग्राबाट महादेववेशी तर्फ आउँदै गरेको ना ४ ख ४८३ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर, थाहा नगरपालिका-८, आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र सोही ठेगाना बस्ने २३ वर्षीय नारायण दमाईको साथबाट अन्दाजी ९ किलो ५०० ग्राम लागुऔषध चरेस फेला परेकोले उक्त लागुऔषध चरेस सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-११-२५

धादिङ, गजुरी गाउँपालिका-५, माने भन्ज्याङ स्थित ईलाका प्रहरी कार्यालय गजुरीबाट खटि गएको प्रहरी टोलीले माने भन्ज्याङबाटबाट मलेखु तर्फ जाँदै गरेको बा.प्र.०२-०३० प ७०२५ नम्बरको मोटरसाईकलमा चरेश जस्तो देखिने लागुऔषध बोकी जाँदै गरेको अवस्थामा शंका लागी मोटरसाईकललाई सोही स्थानबाट पिछा गर्दै जाने क्रममा जिल्ला धादिङ, गजुरी गाउँपालिका-२, मलेखु भन्ने स्थानमा उक्त मोटरसाईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कालो झोला भित्र ३ वटा घिउको बट्टामा ४ किलो ५३५ ग्राम चरेश जस्तो देखिने लागुऔषध र नेपाली रू ३०,०००।- (तिस हजार) नगद सहित मोटरसाईकल चालक जिल्ला धादिङ, गजुरी गाउँपालिका-४ बस्ने ३६ वर्षीय विजय प्रजा र पछाडी सवार सोही ठेगाना बस्ने ३२ वर्षीय सुरज तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ जाँदै गरेको ना.६ ख.३५५७ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला रौतहट, माधव नारायण नगरपालिका-१ बस्ने अन्दाजी २७ वर्षीय महेश कुमार यादवले बोकेको भिर्ने झोलालाई  शंका लागी चेकजाँच गर्ने क्रममा उक्त झोला भित्र लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला परेको हुँदा लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

४० किलोग्राम लागुऔषध गाँजा सहित ४ जना पक्राउ
२०८०-११-१६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको बा.३ ख.८३८२ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको पछाडी डिक्कीमा ४ ओटा झोलामा लागुऔषध गाँजा अन्दाजी १० किलोग्रामको दरले जम्मा अन्दाजी ४० किलोग्राम लागुऔषध गाँजा फेला पारी उक्त लागु औषध सहित जिल्ला चितवन, कालिका नगरपालिका-११ बस्ने अन्दाजी ३२ वर्षीय दिनेश चेपाङ, २२ वर्षीय प्रसान्त प्रजा, ४१ वर्षीय रमेश प्रजा, र सोही ठेगाना बस्ने अन्दाजी ४१ वर्षीय दिपलाल प्रजालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-१६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ जाँदै गरेको ना. ७ ख. ६०७६ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कपिलबस्तु घर भई हाल जिल्ला मकवानपुर, मनहरी गाउँपालिका स्थित डेरा गरी बस्ने अन्दाजी ३५ वर्षीया शिरपतिया चौधरीले बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा अन्दाजी १२ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

६२० किलो ४४ ग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-१५

धादिङ, गजुरी गाउँपालिका-२, बिहानी पेट्रोलपम्प स्थित पृथ्वी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय, धादिङबाट खटिएको प्रहरी टोलिले काठमाण्डौंबाट सर्लाही तर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ८३०९ नम्बरको टाटा मिनि ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मिनि ट्रकमा कबाडीको सामान भित्र लुकाई छिपाई राखेको ६२० किलो ४४  ग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध गाँजा सहित मिनि ट्रक र मिनि ट्रक चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-२२

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-५, आईटी पार्क स्थित पनौती बनेपा सडक खण्डमा प्रहरी चौकी पनौतीबाट खटिएको चेकिङ टोलिले सवारी चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको डिआई गाडी चेकजाँच गर्दा उक्त गाडीमा अप्रशोधित गाँजा प्लाष्टिकको विभिन्न साईजको ७३ बोरामा २८५ किलोग्राम फेला परेको हुदाँ गाडी सहित उक्त गाडीमा सवार जिल्ला नुवाकोट, बिरकोट नगरपालिका-११ घर भई हाल काठमाण्डौं बालाजुमा डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, जिल्ला रामेछाप, रामेछाप नगरपालिका-८, घर भई हाल काठमाण्डौं बालाजु डेरा गरी बस्ने २० वर्षीय संजिब तामाङ र सोही ठेगाना घर भई सोही ठेगाना बस्ने ५३ वर्षीया बिमला तामाङलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१८

सिन्धुली, कमलामाई नगरपालिका-६, माझिटार चेकपोष्टमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सुनसरीबाट काठमाण्डौं तर्फ आउँदै गरेको बा ७७ प ९७७ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला सुनसरी, बराहा नगरपालिका-३ बस्ने २९ वर्षीय खगेन्द्र बुढाथोकीले बोकेको पर्सबाट ०.११० ग्राम, मोटरसाईकलको फिल्टर भित्र लुकाई छिपाई कालो प्लाष्टिकमा राखेको प्लाष्टिक सहित ८.४३० ग्राम र प्लाष्टिक बाहेक ६.५३० ग्राम खैरो हिरोईन जस्तो पदार्थ पेला परेकोले उक्त लागु औषध सहित मोटरसाईकल र निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट बिराटनगर तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख.०४५३ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला सर्लाही, बागमती नगरपालिका-१२, बस्ने वर्ष अन्दाजी १९को निशान गोलेले सिट मुनी लुकाई छिपाई राखेको कालो रङको झोला शंका लागी चेकजाँच गर्दा उक्त झोला भित्र लागुऔषध गाँजा अन्दाजी १० किलोग्राम फेला परेको हुदाँ उक्त बसमा सवार जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-६ बस्ने अन्दाजी २८ वर्षीय ठाकुर बहादुर प्रजालाई समेत संका लागी लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-१७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणगढबाट बिराटनगर तर्फ जाँदै गरेको मे.१.ख.३१७१ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-२, बस्ने अन्दाजी ४४ वर्षीय जगत बहादुर थोकरले बोकेको झोला शंका लागी चेकजाँच गर्ने क्रममा उक्त झोला भित्र लुकाई छिपाई राखेको लागुऔषध गाँजा अन्दाजी ५ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणघाटबाट धरानतर्फ जाँदै गरेको को १ ख ७९१४ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला सिराहा, करजनहा नगरपालिका-८ बस्ने अन्दाजी ४२ वर्षीय राम सागर राउतले बोकेको झोला शंका लागी चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा अन्दाजी ५ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५,  रातोमाटे पिपल चौतारा स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ६१५५ नम्बरको सुमो गाडिलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडिको सिट नम्बर ८ मा सवार जिल्ला काठमाण्डौं, बागेस्वरी नगरपालिका-७, थलि बस्ने अन्दाजी २१ वर्षीय उमेश परियारलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने अन्दाजी १५ ग्राम (२ वटा सानो प्याकेट) फेला परेको हुदाँ लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंज तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८४  नम्बरको यात्रुबाहक माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त माईक्रो बसमा सवार देश भारत पश्चिम चम्पारन भाङगा थाना जिल्ला बेतिया घर भई हाल जिल्ला पर्सा, रङपुरटाडी स्थित मिठाई पसल संचालन गर्दै आएको अन्दाजी ४० वर्षीय जगु साह र संगै सवार देश भारत जिल्ला मझपपुर मिनापुर थाना मस्ताफा ग्राम बस्ने अन्दाजी ४० वर्षीया शाहिल देवीले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध अफिम जस्तो देखिने पदार्थ अन्दाजी १ किलोग्राम फेला पारी लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-०५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी बरिष्ठ निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र.०१ -००१ ख ५८६८ नं.को यात्रु बाहक ईलोक्ट्रोनिक गाडिरोकी चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार जिल्ला तनहु व्यास नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३२ को बंम बहादुर बि.क.लाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको दुबै खुट्टाको घुडा मुनि र तिघ्रामा टेपले बेरेर लुकाई छिपाई राखेको लागुऔषध डाईजेपाम-२५ एम्पुल, फेनारगन-२५ एम्पुल र नुफिन-२५ एम्पुल फेलापारी सोहि गाडीमा सवार जिल्ला नवलपरासी देवचुली नगरपालिका-७, बस्ने वर्ष अन्दाजी ३० को अर्जुन बि.क.को कम्मरको भागमा लुकाई छुपाई राखेको लागुऔषध डाईजामाप–६ एम्पुल, फेनारगन-६ एम्पुल, नुफिन-६ एम्पुल फेला परेको थियो । निजहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-०३

धादिङ, गजुरी गाउँपालिका-१, गजुरी बजार स्थितमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलिले काठमाण्डौंबाट हेटौंडा तर्फ जाँदै गरेको  बा. प्र. ०३-००१ ख १९६४ नम्बरको यात्रु बाहक बसलाई रोकी बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-६, गेदेबिसौना बस्ने अन्दाजी ३२ वर्षीय रबि भण्डारी, सोही ठेगाना बस्ने अन्दाजी वर्ष १९ को प्रेम अधिकारी र सोही ठेगाना बस्ने अन्दाजी वर्ष १८ को प्रमोद अधिकारीलाई शंका लागी बसबाट झारी चेकजाँच गर्ने क्रममा निजहरुको साथमा रहेको ३ वटा झोलाबाट अन्दाजी १४ किलोग्राम लागुऔषध गाँजा फेला पारी लागु औषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य  भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-२०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोइन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायणघाटबाट बिरगंज तर्फ जाँदै गरेको ना.४ ख.५९२२ नं.को यात्रु बाहक बस लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार देश भारत मोतिहारी बस्ने वर्ष अन्दाजी ३७ को जितेन्द्र जैसवाल र सोहि बस्ने वर्ष अन्दाजी ३७ को मनोज कुमारले पेट देखी छातिको भागमा पलास्टिकले बेरेर अन्दाजी २/२ किलो गरी जम्मा अ ४ किलो लागुऔषध गाँजा फेला परेको थियो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०९-१५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको BR 1 PB 3314 नं.को भारतिय सुमोलाई शंका लागी रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडि भागमा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ५ पोका अन्दाजी १५ किलो फेला परेको थियो । सुमो चालक जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालीका-२३, बस्ने वर्ष अन्दाजी ३० को रियाज देवानलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०९-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले चितवनबाट सर्लाही तर्फ जाँदै गरेको  ना.८ ख ७५०४ न.को बियर लोड डिब्बा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा बियरको काटुन सँगै सात वटा पोकामा अन्दाजी ८०/८५ किलो लागुऔषध गाँजा फेला परेको थियो । ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका-११, बज्रबाराही बस्ने वर्ष अन्दाजी २५ को सबिन गुरुङलाई ट्रक हसित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०९-०७

मकवानपुर, मनहरी गाउँपालिका-६,  स्थित प्रहरी चौकी सुनाचुरी अगाडि पूर्व पश्चिम सडक खण्डमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ७ ख ३११७ नम्बरको बसलाई शंका लागि प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त बसको सहचालक जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका-७, टांगा बस्ने २७ वर्षीय पर्वत दोर्जे योन्जनले बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको अन्दाजी ३ किलोग्राम लागु औषध गाँजा फेलापारी, चालक जिल्ला सल्यान, सारदा नगरपालिका-८, सिमपानी बस्ने ३१ वर्षीय राज कुमार ऐरी र सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०९-०६

चितवन, राप्ती नगरपालिका-१, दुबिचौर स्थित ईलाका प्रहरी कार्यालय, चितवनबाट खटिएको प्रहरी टोलिले पैदल हिडिरहेको ब्यक्तिहरूलाई शंका लागी झोला चेकजाँच गर्दा र्‍यापिङ गरेका लागुऔषध गाँजा २७ किलो ५०० ग्राम र गाजाँको धुलो १३ किलो २०० ग्राम फेला पारी निज व्यक्तिहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला चितवन, राप्ती नगरपालिका-१ बस्ने २० वर्षीय सुरेन्द्र चेपाङ, सोही ठेगाना बस्ने वर्ष १८ को जेठा चेपाङ, सोही ठेगाना बस्ने ५० वर्षीय कृष्ण बहादुर घलान, जिल्ला पर्सा बस्ने ५५ वर्षीय बमु चौधरी, सोही ठेगाना बस्ने २३ वर्षीय सरोज राउत र जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-९ बस्ने २० वर्षीय रोशन थिङ रहेका छन् । निजहरूलाई ईलाका प्रहरी कार्यालय, चितवनमा ल्याई अन्य अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थित भित्री सडक खण्डमा लागुऔषध बेचबिखन गरी रहेको छ भन्ने बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा टोली खटि गई जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने वर्ष अन्दाजी २७ को बिबेक वाईबा र जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने वर्ष अन्दजी २९ को सुरज मगर लाई फेला पारी चेकजाँच गर्ने क्रममा बिबेक वाईबाको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ अन्दाजी ३ ग्राम लागुऔषध फेला पारी लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई निजहरुको साथमा रहेको ना. ४५ प. ५२१६ नं.को २२० cc को पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

४७ किलोग्राम लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०८०-०८-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको DL.43 NB.5994 नम्बरको ईन्डियन बलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको मुनि फल्स बटन बनाई लुकाई छिपाई राखेको लागुऔषध गाँजा २७ पोका अन्दाजी ४७  किलोग्राम फेला पारी, उक्त बोलेरो चालक देश भारत मोतिहारी बस्ने अन्दाजी २४ वर्षीय भुषन कुमार र सोही गाडीमा सवार सोही ठेगाना बस्ने अन्दाजी वर्ष १५  को साजन सिंहरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८०-०८-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको बा १४ प ३७०८ नम्बरको कारलाई रोक्न खोज्दा नरोकी भागेको हुदाँ प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले उक्त कारलाई पिछा गर्दै जाने क्रममा बारा जिल्लाको एरियामा पुगी उक्त कारलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा उक्त कारको वरिपरी हेर्दा कार नजिकै जंगलमा लागुऔषध चरेश २ वटा बोरामा अन्दाजी २६ किलोग्राम फेला पारी कार चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-२७ बस्ने अन्दाजी ४२ वर्षीय रोशन दमाई र सोही कारमा सवार चितवन, खैरहनि नगरपालिका-१६ बस्ने अन्दाजी ५२ वर्षीय डियन महतोलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट नारायणघाट तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ७९१ नम्बरको यात्रु  बाहक माईक्रो गाडी लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार देश भारत बिहार राज्य पूर्वी चम्पाराम मोतिहारी बस्ने अन्दाजी २१ वर्षीय अमित कुमारलाई शंका लागी चेकजाँच गर्दा निजको शरिरको भागमा टेपले बेरेर ल्याएको अवस्थामा लागुऔषध डाईजेपाम १५० पिस, नुर्फिन १५० पिस र फेनार्गन १५० पिस फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित ३ जना नियन्त्रणमा
२०८०-०७-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरिक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायणघाटबाट बिरगंज तर्फ जाँदै गरेको ना.४ख ५९२२ नं.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर मनहरी गाउँपालिका-८, बस्ने वर्ष अन्दाजी ४० को मंगल थोकर, सोहि बस्ने वर्ष अन्दाजी १८ को दिपक मोक्तान र सोहि बस्ने वर्ष अन्दाजी ५० को बुद्धि मोक्तानलाई शंका लागी चेकजाँच गर्दा तिनै जनाको  साथबाट ३/३ किलो गरी लागुऔषध गाँजा अन्दाजी ९ किलो फेला परेको थियो । लागुऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०७-१८

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व  पश्चिम  सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जान आउदै गरेको बा.प्र.-०३-००१ख १७२६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त बसको B साईडको ११,१२ नम्बरको सिटको अगाडीको पानी राख्ने पकेटमा लुकाई राखेको अवस्थामा खैरो हिरोईन जस्तो देखिने लागुऔषध ८ ग्राम(तौल गर्दा) फेला परेको हुदा उक्त सिटमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१२ नौरङगे बस्ने वर्ष अन्दाजी ३३ को बिशाल दराई र चितवन भरतपुर महानगरपालिका-९ बस्ने वर्ष अन्दाजी २३ को अमृत दुरा लाई सोधपुछ गर्दा लागुऔषधको विषयमा आफुलाई थाहा नभएको भनी जानकारी गराएकोले थप अनुसन्धान तथा सोधपुछको लागी लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिईएको छ ।

लागुऔषध गाँजा सहित दुई जना पक्राउ
२०८०-०६-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, बिक्रम चोक स्थित भित्री सडकखण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बारा पथलैया तर्फ जाँदै गरेको बा प्र ०३-००५ प ६८१६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे बस्ने अन्दाजी ३८ वर्षीय धनराज घलान र सोही मोटरसाईकल पछाडि सवार सोही ठेगाना बस्ने अन्दाजी ३१ वर्षीय बिबेक भोम्जनले पछाडि भिरेको झोला भित्र लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला पारी मोटरसाईकल, लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०६-३०

चितवन, राप्ती नगरपालिका-१, बैधपानि स्थित मकवानपुरबाट चितवन तर्फ पैदल आउँदै गरेको जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-६ बस्ने ४५ वर्षीय अक्कल बहादुर लामा र जिल्ला चितवन, राप्ती नगरपालिका-२ बस्ने २४ वर्षीय सुवास मगर सोही ठेगाना बस्ने वर्ष १६ को उमेश तामाङ र ४१ वर्षीय कृष्ण बहादुर तामाङले लागूऔषध (गाँजा) बोकेर आउँदै छ भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलिले निजहरूलाई रोकि चेकजाँच गर्दा झोलामा लुकाई छिपाई ल्याउँदै गरेको १२ किलोग्राम लागूऔषध गाँजा र निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०६-२६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित पूर्व-पश्चिम सडक खण्डमा विशेष सूचनाको आधारमा ‍ईलाका प्रहरी कार्यालय, मनहरीबाट खटिएको प्रहरी टोलिले मनहरीबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ११७६ नम्बरको बोलेरो र सोही दिशाबाट जाँदै गरेको ना ५३ प ६११४ नम्बरको मोटसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा बोलेरो गाडीको बोरामा अन्दाजी ४० किलोग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध सहित बलेरो चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने ४१ वर्षीय अर्जुन प्रसाद थपलिया, मोटरसाईकल चालक जिल्ला पर्सा, बिन्दाबासिनी गाउँपालिका-४, बस्ने ४० वर्षीय बिनोद चौरासिया र सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०६-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व-पश्चिम सडकखण्डमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ५३ प ३९३० नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको मोबाईल नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा निजहरुको मोबाईल मार्फत हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा १२ च ९७४२ नम्बरको पिकअप गाडीमा लागुऔषध गाँजा आउँदै छ भन्ने सूचना प्राप्त हुना साथ उक्त पिकअपलाई सोही स्थानमा रोक्न खोज्दा प्रहरीलाई देखी भित्री सडक खण्ड तर्फ भाग्ने क्रममा बिक्रम चोक नजिक पिकअप गाडी छाडी चालक फरार भएको र उक्त गाडी चेकजाँच गर्दा गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लागुऔषध गाँजा अन्दाजी ७० किलोग्राम फेला पारी उक्त पिकअप गाडी, लागुऔषध गाँजा, मोटरसाईकल र मोटरलाईकल चालक जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बस्ने अन्दाजी २२ वर्षीय सन्देश प्रजा र पछाडी सवार सोही ठेगाना बस्ने अन्दाजी ३४ वर्षीय युबराज प्रजा लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-२१

ईलाका प्रहरी कार्यालय मनहरी बाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले बिशेष सुचनाको आधारमा गस्ती गर्दै जाने क्रममा जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, नयाँ बस्ती स्थित कुमार मोक्तान नाम बताउने व्यक्तिको घर अगाडी रोकी रहेको प्रदेश ३-०३-००१ प ४५४१ न.को मोटरसाईकलबाट ३ वटा बोरा र झोलामा राखीएको ६०२ बोतल codeine phosphate wincerex लेखिएको लागुऔषध । (प्रति बोतल १०० .मि.लि ग्राम), नेपाली नगद रु. ८,००,००० ( आठ लाख) र चरेस जस्तो देखिने अं.२० (बिस) ग्राम फेला परेको थियो ।  लागुऔषध सहित जिल्ला मकवानपुर कैलास गाउँपालिका-८, बस्ने वर्ष ३१ को बिकास मोक्तान, सोहि बस्ने वर्ष ३५ को राम बहादुर स्याङबो, जिल्ला पर्सा ठोरी गाउँपालिका-८, बस्ने वर्ष ३२ को जित बहादुर चापागाई, जिल्ला मकवानपुर मनहरी गाउँपालिका-४, रमनटार बस्ने वर्ष ३० को रामचन्द्र गोले र सोहि बस्ने वर्ष २० को दाल बहादुर मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-०३

सिन्धुली कमलामाई नगरपालिका-६, माझिटार चेकपोष्ट स्थित वि.पि. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाण्डौ तर्फ आउदै गरेको चालक जिल्ला सर्लाही मलङ्गवा नगरपालिका-१० बस्ने वर्ष २२ को लक्ष्मी पण्डितले चलाई ल्याएको HR 10 S3056 नम्बरको ईन्डियन कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडी भित्र NITRAVET-10, लेखिएको लागु औषध २०० पत्तामा (प्रति पत्ता ३० ट्याब्लेट) जम्मा ६०००(छ हजार) ट्याब्लेट र DIALEX-DC लेखिएको १०० ML को ७४९ (सात सय उनन्पचास) बोतल फेला पारी सोही कारमा सवार जिल्ला सर्लाही कोडैना गाउँपालिका-६ बस्ने वर्ष २० को सुनिल कुमार यादव, जिल्ला सर्लाही मलङ्गवा नगरपालिका-१ बस्ने वर्ष २० को नितेश कुमार यादव र जिल्ला धनुषा मिथिला नगरपालिका-३ बस्ने वर्ष २८ को पशुपति लामा र गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०५-२८

मकवानपुर, हेटौंडा उपमहानरपालिका-१०, भुटनदेवी मोड स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले पैदल यात्री सोहि ५ पिप्ले बस्ने वर्ष अन्दाजी ३१ को दिपेन्द्र सुनार र बागमती गाउँपालिका-६, फापरबारी बस्ने वर्ष अन्दाजी २१ की रुपा बिश्वकर्मालाई शंका लागी चेकजाँच गर्ने क्रममा दिपेन्द्र सुनारको साथबाट १२ ग्राम ३४० मिलिग्राम र रुपा बिश्वकर्माको साथबाट ४०० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेकोथियो । निजहरूलाई लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्या भईरहको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०५-२७

मकवानपुर, हेटौंडा उपमहानरपालिका-१५, रातोमाटे स्थित पूर्व-पश्चिम सडक खण्डमा हेटौंडा तर्फ बाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज ३६७७  नं.को सुमोमा लागुऔषध गाँजा ओसार पसार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले उक्त सुमो लाई रोकी चेकजाँच गर्ने क्रममा सिट मुनि लुकाई छिपाई राखेको ४ पोका लागुऔषध गाँजा (अन्दाजी ३० किलो) फेला  परेको थियो । सुमो चालक जिल्ला चितवन भरतपुर महानगरपालिका-२४, बस्ने वर्ष अन्दाजी ३३ को संगम गुरुङ र सुमोमा सवार जिल्ला बारा कबहिगोठ गाउँपालिका-२, बस्ने वर्ष अन्दाजी १५ को दिपेश यादवलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०५-१४

मकवानपुर राक्सिराङ गाउँपालिका-३, दमार स्थित प्रहरी चौकी चैनपुरबाट खटिएको गस्ती टोलिले पैदल यात्री जिल्ला मकवानपुर मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने वर्ष अन्दाजी ३८ को टेक बहादुर तामाङलाई शंका लागी चेकजाच गर्दा निजले बोकेको झोलामा लागुऔषध गाँजा अन्दाजी १०kg फेला पारी निजलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । मकवानपुर मनहरी गाउँपालिका-६, खयरघारी स्थित प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलिले ना३२प २९५५ नम्बरको मोटरसाइकल चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने वर्ष अन्दाजी २९ को सन्त लाल लामालाई शंका लागी चेकजाच गर्दा निजले बोकेको झोलामा लागुऔषध गाँजा २ kg र नगद रु. ५९,०००।–(अक्षरुपी उनान्साठी हजार मात्र)फेला पारी निजलाई उक्त लागुऔषध गाँजा, नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०५-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरीक्षको कमाण्डमा खटिएको चेकिङ टोलीले गाईघाट बाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ९८२३ नं.को यात्रु बाहक बस लाई   रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला सप्तरी राजबिराज घर बताउने वर्ष अन्दाजी २४ को मोहम्मद सोनु खान लाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको प्लास्टिकको झोला भित्र लागुऔषध नाईट्राजेपाम १५२ पिस, ट्रामाडोल–५ पिस, लागुऔषध फेला परेको थियो । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०५-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्र.ब.ना.निको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायघाट बाट बिरगंज तर्फ जाँदै गरेको बा.प्र.०३ -००१ ख २७५८नं.को यात्रु बाहक बस लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला पर्सा बहुद्रामाई नगरपालिका-६, गमरीया बस्ने वर्ष अन्दाजी ४७ को हिरालाल शाह र जिल्ला बारा बस्तिपुर बस्ने वर्ष अन्दाजी ४८ को धुरन साहलाई शंका लागी चेकजाँच  गर्दा निजले  बोकेको झोला भित्र लागुऔषध गाँजा अन्दाजी ५ किलो फेला परेको थियो । निजहरूलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०५-०५

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बसपार्क स्थित हेटौंडाबाट जनकपुर तर्फ जादै गरेको ना ५ ख २१६५ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले चेकजाच गर्ने क्रममा बस सवार जिल्ला धनुषा सागरनाथ नगरपालिका-८ बस्ने वर्ष ४३ को देब नारायण दास र जिल्ला सिराहा कर्जनहा नगरपालिका-८ बस्ने वर्ष ४२ को राम सागर साहले बोकेको पछाडी भिर्ने कपडाको कालो झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ९ के.जी. फेला पारी निज दुबैलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-३१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, भित्रि सडकखण्डमा म्याजिक चोक स्थित लागुऔषध बेच बिखन गरीरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली  खटि गई जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन बस्ने वर्ष अन्दाजी २९ को विज्ञान लामालाई फेला पारी चेकजाँच गर्दा निजको साथ बाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ अन्दाजी १ ग्राम ४९० मिली ग्राम र लागुऔषध गाँजा अन्दाजी ७० ग्राम सहित नगद रू.१६,५००।–(सोह्र हजार पाँच सय ) फेला परेको थियो । निजलाई लगुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-२७

मकवानपुर हेटौडा उपमहानगरपा-१५, रातोमाटे चेकपोष्ट  स्थित पूर्वपश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नाराणघाटबाट बिरगंजतर्फ जादै गरेको ना.८ ख ७३४६ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा बसमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका घर बताउने वर्ष अन्दाजी २२ की नानु घलानले बोकेको  ब्यागभित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ५ किलो फेला पारी निजलाई नियन्त्रणमा लिईएको छ । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर मनहरी गाउँपालिका-५, दरदरा बस्ने वर्ष अन्दाजी ३६ को राम सिंह वाईबाको घरमा लागुऔषध रहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, नेवारपानी मकवानपुरबाट टोली खटि गई निज सुत्ने कोठामा चेकजाँच गर्दा लागुऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ अन्दाजी १ kg, नाईट्राभेट ट्याब्लेट १० पत्ता (१५० पिस) फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-२१

सिन्धुली कमलामाई नगरपालिका-९ बसपार्क स्थित बि.पि.राजमार्गमा ईलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट खटिएको प्रहरी टोलीले बर्दिबासबाट सिन्धुली तर्फ आउदै गरेका चालक जिल्ला सिराहा कर्जन्हा नगरपालिका-१ बस्ने वर्ष २७ को गणेश ठाकुरले चलाई ल्याएको प्रदेस न.२-००७ प १४५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निजको साथबाट EXIPLON-100 ML को २ बोतल लागुऔषध फेला परेको र सोहि समय र स्थानमा महोत्तरीबाट सिन्धुलीतर्फ आउदै गरेको जिल्ला दोलखा भिमेश्वर नगरपालिका-५ बस्ने वर्ष २१ को इश्वर गजुरेलले चलाई ल्याएको बा ६७ प ६३४१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निजको साथमा NITRVET-10 १ पत्ता (जस्मा २ पिस प्रयोग भएको)  र मोटरसाईकल भित्र लुकाई छिपाई ल्याएको ३ पत्ता गरी जम्मा ४ पत्ता (५८ पिस) लागुऔषध र जनकपुरदेखि सिन्धुलीतर्फ आउदै गरेको जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका-४ बस्ने वर्ष २७ को आनन्द मुखियाले चलाई ल्याएको म.प्र. ०२-००७ प ९६५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा निजको साथबाट NITRAVET-10 लेखिएको १ पत्तामा १० पिस लागुऔषध  फेला पारी मोटरसाईकल चालक र  सोहि मोटरसाईकल पछाडी सवार जिल्ला धनुषा पिप्रा नगरपालिका-४ जनकपुर बस्ने वर्ष २० को ललित मण्डललाई समेत गरी ३ मोटरसाईकल र ४ जना मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व-पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा प्र ०३-००१ ख २३९८ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा सोही बसको पछाडिको डिक्किमा लुकाई छिपाई ल्याएको (डाईजेपाम-५०० एम्पुल, नोर्फिन–५०० एम्पुल र फेनारगन–४९८ एम्पुल, गरी जम्मा १४९८ एम्पुल) लागुऔषध फेला पारी लागुऔषध सहित सोही बसको सहचालक जिल्ला धनुषा बस्ने वर्ष अन्दाजी १८ को सागिर खानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०४-१७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले चितवनबाट  बिरगंज तर्फ आउँदै गरेको ना ८ ख ७३४६ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला धनुषा, महेन्द्रनगर नगरपालिका-१६ बस्ने वर्ष अन्दाजी १८ को रबि कुमार महराको झोलाबाट अन्दाजी लागुऔषध गाँजा ७ किलो ५० ग्राम र जिल्ला पर्सा, बिरगंज महानगरपालिका-९, रानीघाट बस्ने वर्ष अन्दाजी ३१ को धनराज गिरीको झोलाबाट अन्दाजी लागुऔषध गाँजा २ किलो १०० ग्राम फेला पारी जम्मा अन्दाजी ९ किलो १५० ग्राम लागुऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

३७८ बोतल मदिरा सहित मानिस नियन्त्रणमा
२०८०-०४-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले भैरहवा बुटवल हुँदै भारत सितामढी तर्फ जाँदै गरेको DL 8CAF 5837 नं.को इण्डियन कार लाई चेकजाँच गर्ने क्रममा उक्त कार भित्र अबैध रुपमा भन्सार छली ल्याएको ३७८ बोतल मदिरा फेला परेको । कार चालक देश भारत बिहार मौजफपुर रामनगर ग्राम बस्ने वर्ष अन्दाजी ३५ को चन्दन साह, देश भारत बिहार सितामढी बस्ने वर्ष अन्दाजी २४ को सुनिल कुमार र देश भारत बिहार सितामढी मेसोले ग्राम बस्ने वर्ष अन्दाजी ४० को रतन साहलाई मदिरा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-०४

धादिङ, गल्छी गाउँपालिका-६, महेस दोभानमा प्रहरी चौकी बैरेनि धादिङबाट खटिएको गस्ति टोलीले जिल्ला धादिङ गजुरी गाउँपालिका-७ किरानचोक बस्ने वर्ष ५० को भगवान पण्डितले बा.प्र.-०३-००१ ह ११४२ नम्बरको अटोमा अन्दाजी १० के.जी. लागुऔषध गाँजा सहित फेला पारी निज भगवान पण्डित र अटो चालक सहित नियंत्रणमा लिई थप अनुसन्धाक कार्य भईरहेको छ ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले  बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना.५ ख ८६८८ नम्बरको यात्रु बाहक माईक्रोलाई  शंका लागी चेक जाँच गर्दा माईक्रोमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका-२ राधेमाई बस्ने वर्ष अन्दाजी ३५ की किरण देबिनाले बोकेको झोलाबाट लागुऔषध डाईजेपामा-३५ पिस, फेनार्गन-६६ पिस, नुफिन -३४ पिस (जम्मा-१३५ पिस सबै 2 ml भएको) फेला पारी सवार निजको साथि देश भारत मतिहारी जिल्ला कलबारी मोडरीग्राम बस्ने वर्ष अन्दाजी २६ की पुनम देवी राम पनि संलन रहेको भन्ने बुझिएको, साथै उक्त लागुऔषध किनमेलमा संलग्न रहेको जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-९ HID बस्ने वर्ष अन्दाजी २७ को टेक बहादुर मगर लाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगर र प्रहरी चौकी, रातोमाटेबाट खटिएको चेकिङ टोलिले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५च ३३८४ नम्बरको कार शंका लागी चेकजाँच गर्दा कारको पछाडी डिक्किबाट ४७ किलोग्राम गाँजा जस्तो देखिने लागुऔषध फेला पारी कार चालक जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१४ बस्ने ४२ वर्षीय कन्हैयालाल महतो, जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१८, बस्ने वर्ष २० की दुसमेना खातुन, सोही ठेगाना बस्ने २१ वर्षीया पुजा कुमारी मण्डल र जिल्ला पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ बस्ने २५ वर्षीय बिनय चौधरी र कार सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको र प्र २-०३-००७ प ४७५४ नम्बरको मोटरसाईकल सहित जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१४ बस्ने २६ वर्षीय बिनोद मण्डल र सोही ठेगाना बस्ने ३९ वर्षीय बिनोद पासवानलाई समेत नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भईरहेको छ ।त्यसै गरी DL1GC 3035 नम्बरको ईण्डियन ट्रकको क्याबिनको मुनी १४ वटा पोकामा १४३.८  किलोग्राम गाँजा जस्तो देखिने लागुऔषध फेला पारी ट्रक चालक देश भारत, मोतिहारी गोबिन्द बारा बस्ने ६५ वर्षीय लाल बहादुर सहनीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागुऔषध ट्रकमा हाल्ने मानिसहरू DL12CA0578  नम्बरको ईण्डियन स्कारपियोमा आउँदैछ भनी जानकारी दिएको हुदाँ निजहरुलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१३ बस्ने २५ वर्षीया सन्तोस गुप्ता, जिल्ला बारा,  बिश्रामपुर गाउँपापालिका-४ बस्ने २४ वर्षीय सुरज साह, सोही ठेगाना बस्ने २१ वर्षीय गौतम कुमार साह, जिल्ला पर्सा, छिपहरमाई गाउँपालिका-३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र सोही ठेगाना बस्ने २८ वर्षीय रमेश यादवलाई पक्राउ गरी अन्य अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, कमाने स्थित विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, कमाने बस्ने ३१ वर्षीय बिशाल रावतको घरमा सोही ठेगाना बस्ने बर्ष १८ को सुमित वाईबा र हेटौंडा उपमहानगरपालिका-१०, निउरेनि बस्ने ३२ वर्षीय बिमल भोलनलाई कोठामा फेला पारी शरीर चेकजाँच गर्दा बिमल भोलनको साथबाट र बिशाल रावतको घर कोठाको दराजबाट खैरो हिरोईन जस्तो  देखिने २५  ग्राम लागुऔषध सहित र वेईट गर्ने मेसिन (काँटा) थान-१ ,नगद रू. ५०००।-, ठुलो मोबाईल-३ वटा, सानो मोबाईल-२ वटा फेला पारी लागुऔषध सहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको  छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०३-०९

धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९, मझिमटार चेकपोष्ट स्थित पृथ्वीलोक मार्गमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, गजुरी र प्रहरी चौकी जोगीमारा, धादिङबाट खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट भारत तर्फ जाँदै गरेको HR 38 U3431 नम्बरको भारतिय डिब्वा कन्टेनरलाई  चेकजाँच गर्ने क्रममा अन्दाजी ६१३ के.जी. लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थितमा अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको गस्ती टोलीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका-४, अदुवाबारी बस्ने वर्ष २५ को शंकर मिजारलाई अन्दाजी २ किलो ५०० ग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे स्थित पूर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ८६८८ नम्बरको माईक्रोलाई ईलाका प्रहरी कार्यालय, पशुपतीनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले उक्त माईक्रोलाई  रोकी चेकजाँच गर्दा माईक्रोमा सवार देश भारत मोतिहारी ४ बस्ने वर्ष अन्दाजी १७ को धिरज कुमारले सटको बाउलामा लुकाई-छिपाई ल्याएको अन्दाजी ५/६ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको, निजको साथी जिल्ला बारा, ईटयाही गाउँपालिका-१२ बस्ने वर्ष अन्दाजी १४ को बिष्णु कुमार सहित दुबै जनालाई नियन्त्रण लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-०३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४, मयुरधाप स्थित सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मयुरधाप, मकवानपुरबाट खटिएको गस्ति टोलिले हेटौंडा सिमेन्टबाट मुयुरधाप तर्फ जाँदै गरेको बा प्र ०२०२३ प १३७२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४, मयुरधाप बस्ने अन्दाजी २८ वर्षीय रूपेश ढुंगानाले भिरेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध ONEREX 100 ML को ४ बोत्तल, नगद रू. १९,३१५।-, मोबाईल थान २ फेला पारी उक्त लागुऔषधको सम्बन्धमा निजसँग सोधपुछ गर्दा निजले बाँकी लागुऔषध हेटौंडा सिमेन्ट फ्याक्ट्री स्थित तल्लो कोलनी केरा घारीमा दुई वटा भिर्नी झोलामा लुकाई छिपाई राखेको छु भनि जानकारी गराएको हुदाँ उक्त ठाउँमा प्रहरी पुगी दुई वटै झोला चेक गर्दा दुबै झोलाबाट २२९ बोत्तल ONEREX फेला पारी मोटरसाईकल, लागुऔषध र निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

९२ किलोग्राम लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८०-०२-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चौकी टोल स्थित हेटौंडा भैंसे सडक खण्डमा विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट हेटौंडा तर्फ आउँदै गरेको BR01BN 1518 नम्बरको भारतीय कारलाई चेकजाँच गर्दा लागुऔषध गाँजा अन्दाजी ९२ किलोग्राम फेला परेको थियो । कार चालक देश भारत मोझपरपुर बस्ने अन्दाजी वर्ष १८ को अमित कुमार, कारमा सवार जिल्ला पर्सा, सिखरमाई गाउँपालिका-९ बस्ने अन्दाजी ५० वर्षीय नैमुदिन मिया र जिल्ला मकवानपुर, कैलास गाउँपालिका-१०, बाझोखेत बस्ने अन्दाजी ६० वर्षीय बुद्धिमान थोकरलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

२०२ किलोग्राम लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८०-०१-१८

मकवानपुर, थाहा नगरपालिका-७, आग्रा बस्ने अन्दाजी ७६ वर्षीय भिम बहादुर थिङ, अन्दाजी ३९ वर्षीय शिवराज थिङ र ६७ वर्षीय ईन्द्र बहादुर थिङको घरमा लागुऔषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौंबाट खटिएको प्रहरी टोलिले भिम बहादुर थिङ र शिवराज थिङको घरबाट ३० वटा पोकाहरूमा २७ किलोग्राम गाँजाको धुलो र ईन्द्र बहादुर थिङको घरबाट १० वटा बोराहरूमा १७५ किलो लागुऔषध गाँजा गरी कुल जम्मा २०२ किलो लागुऔषध गाँजा फेला पारी निजहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-१२-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चौकीटोल स्थित तरकारी बजारबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौ जान आएको  BR 29 GB5486 नं.को भारतीय कागतीलोड बलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा लागुऔषध वनरेक्स २४० बोतल (प्रति बोतल 100 ml), डाइजेपाम १३ बट्टा (प्रति बट्टा ५० एम्पुल), नोरफिन ६ बट्टा (प्रति बट्टा १०० एम्पुल), फेनारगन १२० पत्ता (प्रति पत्ता ५ एम्पुल)  फेला परेको । निज चालक देश भारत जिल्ला सिवान पन्चायत ५ बस्ने वर्ष २६ को अमित कुमार र सोहि बस्ने वर्ष अन्दाजी २३ को अनिल कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१२-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे स्थित पूर्व पश्चीम सडक खण्डमा प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिईएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडा बजारबाट रातोमाटे तर्फ आउँदै गरेको ना ७ ख ६८३९ नं.को ट्रक लाई संका लागि चेकजाँच गर्ने क्रममा उक्त ट्रकको क्याबिनमा लुकाई छिपाई ल्याएको अन्दाजी २ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेका थिए । उक्त ट्रकको  चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने ओमनगर बस्ने वर्ष अन्दाजी ३४ को सुजन श्रेष्ठ र सोहि बस्ने वर्ष अन्दाजी ३१ को सन्तोष श्रेष्ठ लाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।  

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-१२-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले गौरबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २-०३-०२० प ६८६२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला रौतहट, राजपुर नगरपालिका-४ बस्ने अन्दाजी २० वर्षीय उमेश मन्सुरी र मोटरसाईकल पछाडी सवार सोही ठेगाना बस्ने अन्दाजी २२ वर्षीय महमद दहमिदको साथबाट लागुऔषध गाँजा ७ प्याकेट अन्दाजी १० ग्राम, नाईट्रोभेट १८ पिस, कोरेक्स १००ml को १ बोतल र मोटरसाईकल समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

१०८ किलोग्राम लागुऔषध गाँजा बरामद
२०७९-१२-०८

मकवानपुर, थाहा नगरपालिका-८, चौतरा बस्ने अन्दाजी ५७ वर्षीय लाल बहादुर घलान र सोही ठेगाना बस्ने अन्दाजी ५३ वर्षीय शेर बहादुर घलानको घरमा लागुऔषध गाँजाको धुलो विक्रि वितरण गर्ने गरेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली खटिई गई घर खानतलासी गर्दा लाल बहादुर घलानको घरबाट लागुऔषध गाँजाको धुलो अन्दाजी ४५ किलोग्राम र शेर बहादुर घलानको घरबाट लागुऔषध गाँजाको धुलो अन्दाजी ६३ किलोग्राम गरी जम्मा १०८ किलोग्राम लागुऔषध गाँजा फेला परेको र लाल बहादुर घलानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । शेर बहादुर घलान फरार र निजको खोजतलास कार्य भईरहेको छ ।

छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१२-०४

चितवन, राप्ती नगपालिका-२, राईटोल स्थित विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, भण्डारा, चितवनबाट खटिएको गस्ति टोलीले अन्दाजी ६०/६५ किलोग्राम लागुऔषध गाँजा बोकी ल्याउदै गरेको जिल्ला चितवन, राप्ती नगरपालिका-१२ बस्ने ३२  वर्षीय चन्द्र बहादुर प्रजा लागुऔषध गाँजा सहित पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ ।काभ्रेपलाञ्‍चोक, पाँचखाल नगरपालिका-२, देवीस्थान बस्ने ३० वर्षीय विश्व तामाङले लागु औषध (गाँजा) विक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले चेकजाँच गर्दा निजले आफ्नै घरमा लुकाई छिपाई राखेको  अन्दाजी १० किलोग्राम गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

७६ किलो ५०० ग्राम लागुऔषध गाँजा बरामद
२०७९-१२-०२

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-७, भुताहा र काभ्रेपलाञ्चोकको सिमाना नजिक प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा क्यानखोला कच्ची-सडक खण्डमा क्यानशिरबाट भुताहा तर्फ आउदै गरेको प्र ०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाईकल चालक जिल्ला सर्लाही, हरिवन नगरपालिका-२ बस्ने अन्दाजी २३ वर्षीय प्रलात कुमार थोकर र पछाडि सवार जिल्ला सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय देउकुमार स्याङ्तानलई चेकजाँच गर्ने क्रममा बोरा भित्र लागुऔषध गाँजा र अर्को नम्बर नखुलेको मोटरसाईकलमा दुई जना सवार व्यक्ति प्रहरी टोलीलाई देख्ना साथ मोटरसाईकलको बिचमा राखि ल्याएको बोरा फाली मोटरसाईकल सहित फरार भएको छ । उक्त दुई ओटा बोरामा जम्मा लागुऔषध गाँजा ७६ किलो ५०० ग्राम रहेको थियो । लागुऔषध गाँजा सहित मोटरसाईकल र २ जना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-११-१४

मकवानपुर, राक्सीराङ गाउँपालिका-८, गोठडाँडा बस्ने वर्ष ४८ को ठाकुराम मोक्तान र सोहि बस्ने बर्ष २५ को प्रेम घलानको घरमा लागुऔषध रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सहितको सिभिल टोलि-९ जना र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा १६ जना टोली समेत जम्मा २५ जनाको टोली खटी गई निजहरूको घर खानतलासी गर्दा लागुऔषध गाँजा ३४५ किलो ४०० ग्राम फेला परेको थियो । निज प्रेम घलान र ठाकुराम मोक्तानलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध र हतियार सहित मानिस नियन्त्रणमा
२०७९-११-१२

मकवानपुर, कैलाश गाउँपालिका-६ दुम्सिखर्क बस्ने वर्ष अन्दाजी ५५/६० को जित बहादुर थिङको घरमा लागुऔषध रहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा र थप ईलाका प्रहरी कार्यालय, पालुङबाट प्रहरी नायव निरीक्षकको कमाण्डको टोली समेत गरी जम्मा २५ जनाको प्रहरीको टोलीले निज व्यक्तिको घर खानतलासी गर्दा घरबाट भरुवा बन्दुक थान-१, कटुवा पेस्तोल थान-१ सोही मा लाग्ने ६ राउण्ड गोली र निजकै घर नजिक रहेको गोठबाट लागुऔषध गाँजा १५ सय १५ के.जी. र चरेश १३ के.जी. फेला पारेको थियो । उक्त लागुऔषध र हतियार बरामद गरी अनुसन्धानको लागी जित बहादुर थिङ सहित ५ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-११-११

सिन्धुली, मरिण गाउँपालिका-४, चुरे जङ्गल स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिईएको छ । हरिहरपुरगढी गाउँपालिका-७, हरलाभरला हुँदै लालबन्दी तर्फ ३ वटा मोटरसाईकलमा लैजाँदै गरेको अन्दाजी ११५ किलो लागुऔषध गाँजा प्रहरीले फेला पारेको थियो । प्र.२-०३-००१ प ८३७१, ना.३७ प ४२२९ र बा.७४.प २२८० नं.को  मोटरसाईकलहरू सहित ४ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिईएको थियो । नियन्त्रणमा आउने मानिसहरू हरिहरपुरगढी गाउँपालिका-७ बस्ने रमन सिंह वाईबाको छोरा वर्ष ५१ को चन्द बहादुर वाईबा, सोहि बस्ने पदम बहादुर वाईबाको छोरा वर्ष २७ को सूर्य बहादुर वाईबा, कालिदास वाईबाको छोरा वर्ष ४० को बिर्ख बहादुर वाईबा र जिल्ला सर्लाही लालबन्दी नगरपालिका-१४ बस्ने सुर्य बहादुर वाईबाको छोरा वर्ष ३२ को मनधोज वाईबा रहेका छन् । निजहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि ढुङ्गा, मुढा र खुकुरी प्रहार हुँदा प्रहरीले पेस्टोलबाट १ राउण्ड फायर गरि निजहरूलाई नियन्त्रणमा लिईएको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-११-०८

चितवन, राप्ती-१, लोथर स्थित प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिईएको छ । अस्थाई प्रहरी पोष्ट लोथरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पिप्लेबाट लोथर तर्फ आउँदै गरेको बा ३ च २५०४ नं.को टाटा डिआई गाडीमा लुकाई छिपाई ल्याएको लागुअैषध गाँजा अन्दाजी ५६ किलो फेला परेको थियो । चालक जिल्ला चितवन भरतपुर महानगरपालिका-१६ बस्ने ३० वर्षीय अर्जुन दर्जि र उक्त गाडीमा सवार जिल्ला चितवन राप्ती-१ बस्ने १५ वर्षीय सुजन चेपाङलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।    

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१०-१८

मकवनापुर, राक्सिराङ गाउँपालिका-५ चैनपुर बगर स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरी बाट प्रहारी निरिक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले बिशेष सुचनाको आधारमा चैनपुर मनहरी सडक खण्डमा लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने सोहि गाउँपालिका-५ बस्ने ३६ वर्षीय राम कुमार प्रजा रहेका छन् । ठाडेचुरी बाट घट्टे खोला तर्फ जाँदै गरेको ४/५ जना मानिसहरु पिठ्युमा बोरा बोकी हिडी रहेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देख्ना साथ पिठ्युमा बोकेको बोरा फाली भाग्न खोज्दा उक्त प्रहरीको टोलीले निज राम कुमार प्रजालाई नियन्त्रणमा लिएको हो । अन्य मानिसहरु फरार रहेको निजहरुको खोजतलास कार्य प्रहरीले जारी राखेको छ । उक्त बोरा खोली हेर्दा बोरा भित्र लागुऔषध गाँजा अन्दाजी १ क्विनटल १० किलोग्राम फेला परेको छ । घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सिन्धुलीः लागुऔषध सहित मानिस पक्राउ
२०७८-०७-१५

कार्तिक १५, कमलामाई नगरपालिका-६ माझिटार स्थित बि.पि. राजमार्गमा रहेको प्रहरी चेकपोष्टमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्र.स.नि.को कमाण्डमा खटिएको ५ जना प्रहरी टोलीले आबत-जाबत गर्ने सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा सर्लाहीबाट काठमाण्डौको लागी जाँदै गरेको ना १ ज ७४३९ नं.को उइङगर गाडीमा सवार जिल्ला सर्लाही बागमती नगरपालिकस-११ बस्ने वर्ष २३ को डेनिस बानियाले बोकेको झोला भित्र रहेको खैरो रंगको जिन्स ज्याकेटको अगाडीको भित्री साईडको खल्तीमा लुकाई-छिपाई राखिएको अवस्थामा WINCIRES लेखिएको १००ml को २ वटा बोत्तलमा लागुऔषध जस्तो देखिने झोल पदार्थ फेला परेको, निजलाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जि.प्र.का. सिन्धुलीमा भईरहेको ।

सिन्धुलीः- लागुऔषध सहित मानिस नियन्‍त्रणमा
२०७८-०७-१५

कार्तिक १५, कमलामाई नगरपालिका-६ माझिटार स्थित बि.पि. राजमार्गमा रहेको प्रहरी चेकपोष्टमा प्र.स.नि.को कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले आबत-जाबत गर्ने सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा सिराहा बाट काठमाण्डौको लागी जाँदै गरेको बा५ख ८९०४ नं.को हाईस रोकी चेकजाँच गर्दा उक्त हाईसकोमा सवार जिल्ला सिराहा सिराहा नगरपालिका-१८ बस्ने वर्ष २५ को मनोज कुमार कुर्मीले बोकेको झोलामा निम्नानुसारको लागुऔषध जस्तो देखिने झोल पदार्थ र गाँजा फेला परेको, निजलाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जि.प्र.का. सिन्धुलीमा भईरहेको । निम्नः१) Codiwell लेखेको १००ml  को बोत्तल २ थान २) Head $hampoos लेखेको ४०० ml को स्याम्पुको  बट्टामा  १ थान३) Dove लेखेको ४०० ml  को स्याम्पुको बाट्टमा थान १ ४) गाँजा ४१ ग्राम३९० मिलिग्राम

मकवानपुर:- लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०७-११

कार्तिक ११, मनहरी गाउँपालिका-७ स्थित कार्यालय अगाडी पुर्व पश्चिम सडक खण्डमा बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.७ ख.२०१९ नं.को यात्रु बाहक बसलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले रोकी चेकजाचँ गर्ने क्रममा उक्त बसको पछाडीको सिटमा बसी आएका देश भारत बिहार मोतिहारी बस्ने वर्ष २२ को सदाम अन्सारी र सोहि बस्ने वर्ष १६ को रोहन आलमको साथबाट नोरफिन ३४० एमपुल, फेनारगन ३०६ एमपुल र दाईजेपाम ३०० एमपुल गरी जम्मा ९४६ एमपुल लागुऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको । 

नुवाकोट:- लागुऔषध सहित मानिसहरु नियन्त्रण
२०७८-०७-१०

कार्तिक १०, बेलकोटगढी नगरपालिका-५ कोल्फुटार स्थित अस्थाई प्रहरी पोष्ट कोल्फुटारबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चेकिङ गर्ने क्रममा काठमाण्डौ बाट धुन्चे तर्फ आउँदै गरेको प्रदेश ३-०१ ००६ ख ०४०१ नं.को यात्रु बाहक बसमा सवार गरी आएको निम्न स्थान बस्ने निम्न व्यक्तिहरुको साथबाट निम्न लागुऔषध बरामत गरी निजहरुलाई नियन्त्रण लिई अनुसन्धान भईरहेको ।निम्न:-१. जिल्ला रसुवा कालिका गा.पा.२ घुम्ती बस्ने बर्ष २३ को रामलाल वाईवाको साथबाट नाईट्राभेट २६ ट्याबलेट,स्टागन १०ट्याबलेट ,KOFCABD५ ट्याबलेट र ट्यामा ६ ट्याबलेट ।   २. ऐ.२ काभ्रे बस्ने बर्ष २३ को विजय तामाङको साथ बाट नाईट्राभेट १२ ट्याबलेट । २)

मकवानपुर:- लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०७-०४

कार्तिक ४, हेटौडा उ.म.न.पा.१५ पिपल चौतरा स्थित पुर्व पश्चिम सडक खण्डमा ई.प्र.का. पशुपतिनगरबाट प्र.नि. को कमाण्डमा खटीएको चेकिङ् टोलिले हेटौडाबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नं. को माईक्रोबस लाई रोकी चेक जाँच गर्ने क्रममा माईक्रोबसमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-५ बस्ने वर्ष ४८ को प्रेम बहादुर पर्जा र सोहि बस्ने वर्ष २२ को रबिन्द्र प्रजा दुबै जनाको साथमा रहेको झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाजाँ अन्दाजी २/२kg गरी जम्मा ४ kg लागुऔषध फेला परेको, दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जि.प्र.का. मकवानपुरमा भईरहेको ।