प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-११-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-२, भैसे चेक पोष्ट  स्थित त्रिभुवन राजपथ सडक खण्डमा पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको ना.८ ख ३५६१ न.को यात्रु बाहक बसलाई यस.चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकीङ टोलीले चेकजाँच गर्दा बसमा सवार जिल्ला मकवानपुर थाहा नगरपालिका-८, देवीथान बस्ने वर्ष अन्दाजी १५ को तेज बहादुर कालिराजले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध चरेस जस्तो देखिने अन्दाजी २० किलो फेला परेको थियो । लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्या भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०३-२६

सिन्धुली, दुधौली नगरपालिका-७ पोखरे स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा खटिएको प्रहरी टोलीले इटहरीबाट काठमाण्डौतर्फ जाँदै गरेको चालक जिल्ला उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर-२ बस्ने बर्ष २३ को नविन दाहालले चलाइ ल्याएको बा५ख ५९८८ नम्बरको हायस गाडीलाई रोकी  शंका लागी चेकजाँच गर्दा उक्त गाडीको सवार जिल्ला सुनसरी हरिनगरा गाउँपालिका-३ बस्ने बर्ष १८ को सुमन कुशवाहाले  बोकेको झोला खोली हेर्दा झोला भित्र लुकाइ छिपाइ राखेको अवस्थामा  लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा १०५ ग्राम निज समेतलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको ।