प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न ।
२०८२-०३-२४

बागमती प्रदेश, धुलिखेल, काभ्रेपलाञ्चोक: आज मिति २०८२।०३।२४ गते तालुक नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा धुलिखेल, काभ्रेपलाञ्चोकमा संचालन भएको एक दिवसीय “प्रदेशस्तरीय सुरक्षा गोष्ठी” कार्यक्रम बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यता र श्रीमान गृह सचिव गोकर्णमणि दुवाडी ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त कार्यक्रममा, विशिष्ट अतिथि बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालज्यू, नेपाली सेनाका बलाधिकृत रथी निर्मल कुमार थापाज्यू, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाज्यू, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाज्यू, NDRRMA कार्यकारी प्रमुख ई. दिनेश भट्टज्यू, नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा समन्वय महाशाखा प्रमुख, सहसचिव श्री रामचन्द्र तिवारीज्यू, प्रदेश सुरक्षा समितिका पदाधिकारीज्यूहरू, बागमती प्रदेशका (१३) वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरू, सिनियर प्रहरी अधिकृतज्यूहरू लगायत विभिन्न संञ्चार माध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीज्यूहरुको उपस्थित रहेको थियो । कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाहरूको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीज्यूहरूले आ-आफ्नो जिल्लाको समग्र विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतका विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरज चन्द्र लामिछानेज्यूबाट “प्रदेश स्तरीय सुरक्षा गोष्ठी” मा बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू एवं अन्य अतिथिज्यूबाट राख्नु भएका विषयवस्तुका सम्बन्धमा आवश्यक निर्देशन सम्बोधन पश्चात कार्यक्रमका अध्यक्ष श्रीमान् गृह सचिव गोकर्णमणि दुवाडीज्यूको मन्तव्य सहित “प्रदेशस्तरीय सुरक्षा गोष्ठी” कार्यक्रम सम्पन्न भएको थियो ।

सबै समाचार
११ किलोग्राम लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०३-२२

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिम्टार स्थित पृथ्वी लोकमार्गमा आदमघाटबाट चितवन तर्फ जाँदै गरेको जिल्ला धादिङ गजुरी गाउँपालिका-७ किरान्चोक बस्ने वर्ष ३६ को राजेन्द्र खड्काले चलाएको बागमती प्रदेश ०३-००१ ह. २१२६ नं. को अटोलाई प्रहरी चौकी जोगिमाराबाट खटि गएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रम्मा उक्त अटोमा लुकाई छिपाई राखेको रातो निलो कलरको प्लास्टिकमा पोका पारेको ११ पोका अन्दाजी ११ किलो लागुऔषध गाँजा फेला परेको छ । उक्त लागुऔषध गाँजा सहित अटो र निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध खैरोहिरोईन सहित मानिस नियन्त्रणमा
२०८२-०३-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, आरामपुर स्थित सोही स्थानको मानेडाँडा बस्ने सन्त बहादुर पाख्रिनको छोरा वर्ष अन्दाजी ३४ को बिनोद पाख्रिनले लागुऔषधको कारोवार गरिरहेको छ भन्ने  विशेष सुचनाको आधारमा खबर प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई निजललाई शंका लागि चेकजाँच  गर्दा निजले लगाएको पाईन्टको गोजिमा लुकाइ छिपाइ गरीराखेको  सानो सानो ८ पुरीयामा अन्दाजी ०.९ मिली ग्राम लागु औषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको । निजलाई लागुऔषध खैरोहिरोईन सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-२०

मकवानपुर, भिमफेदि गाउँपालिका-१, बागझोरा स्थित हेटौंडा भैसे सडकखण्डमा प्रहरी चौकी भैसेबाट प्रहरी सहायक निरीक्षक र प्रहरी चौकी चौकीटोलबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त चेकिङ टोलिले सानोटारबाट हेटौंडा बजार तर्फ आउँदै गरेको बा.९४ प ८०८६ नं.को मोटरसाईकललाई रोकि चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ बस्ने अन्दाजी वर्ष ३६ को कुमार सिं गोलेले बोकेको झोलामा लागुऔषध गाँजा अन्दाजी ७ किलोग्रम फेला परेको । निजलाई लागुऔषध गाँजा र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०३-१९

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, मझिमटार स्थित पृथ्वी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी नायव निरीक्षक र प्रहरी चौकी जोगिमाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले काठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको ना ७ ख ४७४८ नं.को बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको डिक्कीमा रातो पहेलो कलरको झोलामा अन्दाजी ५ किलोग्राम र NIKE लेखेको कालो कलरको झोलाबाट अन्दाजी २ किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको । जिल्ला धादिङ सिद्धलेख गाउँपालिका-१, बस्ने वर्ष २६ को रोसन भट्ट र निलकण्ठ नगरपालिका-७, बस्ने वर्ष ३० को प्रकास पोखरेललाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेकोछ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१७

धादिङ, गल्छी गाउँपालिका-५, कोईलीखर्क स्थित बस्ने वर्ष अन्दाजी ४४ को अर्जुन तामाङको घरमा लागुऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ११ जना प्रहरी टोलि खटि गई चेकजाँच गर्ने क्रममा निजको घरभित्र लुकाई राखेको हरियो कलरको जेब्रा झोला भित्र ४ पोका पोल्याण्ड अन्दाजी ४ के.जि. र सेतो कलरको बोराभित्र पोका पारी राखेको अन्दाजी ३ के.जि. लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा, पोल्यान्ड र निज व्यक्ति अर्जुन तामाङ समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अन्दाजी १० क्युन्टल बराबरको लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०३-१६

मकवापुर, कैलाश गाउँपालिका-५, कटहरे स्थित लागू औषध नियन्त्रण व्युरो काठमाण्डौंबाट खटिआएको प्रहरी टोली र ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला मकवानपुर, कैलाश गाउँपालिका-५, कटहरे बस्ने अन्दाजी ७३ वर्षीय हरि बहादुर वाईबा, सोही ठेगाना बस्ने अन्दाजी ४८ वर्षीय बद्धि बहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले र अन्दाजी १९ वर्षीय राजेन्द्र लामाको घरमा खानतलासि गर्दा ५४ बोरा अन्दाजी १० क्युन्टल लागू औषध गाँजा (तौल गर्न बाकी)  फेलापारी लागू औषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थित पारिश्रमिक टोल बस्ने अन्दाजी ३६ वर्षीय आनन्द गुरुङको घरमा लागू औषध बिक्रि वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी टोली खटि गई चेकजाँच गर्दा निज आनन्द गुरुङ र सोही स्थान बस्ने वर्ष अन्दाजी ३४।३५ को डम्मर बहादुर थापा फेला पारी नियन्त्रणमा लिई चेक गर्दा कोठामा झोलाभित्र लुकाइ छिपाइ राखेको लागू औषध Tramadol जम्मा ५ पिस र लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ २ पुरिया (पलास्टिक सहित तौल गर्दा ३९ मिलिग्राम) फेला पारी उक्त लागू औषध सहित दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-१२

सिन्धुली, कमलामाई नगरपालिका-९, भिमान चेकपोष्ट स्थित वि.पि. राजमार्गमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको चेकिङ टोलीले बर्दीबासबाट काठमाण्डौ तर्फ जादै गरेको म.प्र.०४-००१ज ०१५५ नम्बरको यात्रुबाहक EV हायस गाडिलाई रोकी चेक जाँज गर्दा गाडिको सिट नम्बर ६ मा सवार जिल्ला सर्लाही, बरहथवा नगरपालिका-७ बस्ने अन्दाजी ३० वर्षीय विक्रम चौधरीले लुकाई छिपाई ल्याएको रातो झोलाबाट लागू औषध (NITRAVET-10) - ९६ पत्ता (प्रति पत्ता ३० पिसको दरले जम्मा -२८८० पिस) र गाडिको छतमा राखेको जुटको बोराबाट लागू औषध ट्रामाडोल (TRAMADOL) - १,४५० पत्ता (प्रति पत्ता २० पिसको दरले जम्मा -२९,००० पिस) फेला पारी उक्त लागू औषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले भारतको मोतिहारीबाट काठमाण्डौँ तर्फ जान आउँदै गरेको BR01AW 1404 नम्बरको भारतीय कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कारको पछाडीको सिट मुनि र डिक्की भित्र फल्स बटम बनाई लुकाइ छिपाइ ल्याएको लागिऔषध Tramadol जम्मा २५,४५५ क्याप्सुल र लागुऔषध ONEREX १००Ml को १२० बोतल फेला परेको हुदाँ उक्त लागुऔषध सहित कार चालक देश भारत बिहार राज्य मोतिहारी जिल्ला पंचमिडिया बस्ने वर्ष अन्दाजी २६ को उपेन्द्र यादव, कारमा सवार सोही ठेगाना बस्ने वर्ष अन्दाजी २२ को संजित कुमार यादव   सोही कारमा सवार सोही ठेगाना बस्ने वर्ष अन्दाजी ३५ को सिकन्दर महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

हतियार, लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-३१

मकवानपुर, राक्सिराङ गा.पा.०१ स्थित राजु स्याङतानको घरमा ला.औ. तथा हातहतियार खरखजना लुकाई छिपाई राखेको छ भन्ने प्राप्त बिशेष सूचनाको आधारमा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा गई खोजतलास गर्ने क्रममा ऐ.ऐ. स्थित राजु स्याङतानलाई आफ्नै घर अगाडी फेला पारी रितपुर्वक शरीर तथा घर, गोठ समेतको खानतलासी गर्ने क्रममा निजको सुत्ने कोठाभित्र सिरानी मुनी कपडामा बेरी राखेको अवस्थामा 7.65 MM Universal made in Italy 025 लेखिएको म्याग्जिन सहितको पेस्तोल १ थान, खाली म्यागजिन थप १ थान र ऐ.को गोली (राउण्ड) १३ थान, गोठको दोस्रो तल्लामा मकैको खोस्टा तथा पत्करहरु भित्र कपडामा बेरी प्लाष्टिकको झोला भित्र राखेको अवस्थामा कटुवा पेस्तोल १ थान र 8 mm लेखेको गोली ( कार्तुस ) १२ राउण्ड, लागुऔषध अफिम जस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र ला.औ.गाँजा २२ किलो ८०० ग्राम फेला परेको हुँदा उक्त लागुऔषध तथा हातहतियार बरामद गरी निज राजु स्याङ्तानलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट लागूऔषध तथा हातहतियार खरखजना समेतको कसुर मुद्धामा ७ को म्याद लिई थप अनुन्धान कार्य भईरहेको । साथै निज राजु स्याङतानको घरबाट अ. ५०० मिटरको दुरीमाचन्द्रलाल मोक्तानको बारीमा आँपको रुखको फेदमा प्लाष्टिकमा बेरी सेतो बोराको झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा घरेलु कटुवा पेस्तोल १ थान, ऐ.मा लाग्ने गोली ५ राउण्ड र ला.औ.अफिम जस्तो देखिने पदार्थ २ पोकामा १ किलो ४८० ग्राम फेला परेकोले उक्त हातहतियार तथा ला.औ.बरामद गरी थप अनुसन्धान कार्य भईरहेको ।

लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०२-३०

काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-११, बाझो खेत बि.पि राजमार्गमा विशेष सूचनाको आधारमा पूर्वबाट काठमाण्डौ आउदै गरेको मे १ च३५९७ नम्बरको स्कार्पियो गाडिलाई अस्थायी प्रहरी पोष्ट काभ्रेभन्ज्याङ र लागु औषध व्युरो कोटेश्वरबाट खटिएको ८ जनाको संयुक्त प्रहरी चेकिङ टोलीले उक्त गाडी रोकी चेकजाँच गर्ने क्रममा सोहि गाडीमा सवार जिल्ला ईलाम घर भई हाल भारतीय सेनामा कार्यरत ३२ वर्षीय सुमन राईको निलो झोला चेकजाँच गर्ने क्रममा खैरो हिरोईन ब्राउन सुगर जस्तो देखिने अन्दाजी ०७ ग्राम फेलापारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

१० किलोग्राम लागुऔषध गाँजा बरामद
२०८२-०२-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सड्क खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगन्जतर्फ जाँदै गरेको बा ३ ख ८३९४ नं. को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको क्याबिन भित्र यात्रा गरी आईइरहेका जिल्ला मकवानपुर कैलाश गाउँपालिका-२, बस्ने वर्ष अन्दाजी ४० की फुलमाया स्याङ्बोले बोकेको जेब्रा झोलामा अन्दाजी ५ किलो २०० ग्राम र सोही स्थान बस्ने वर्ष अन्दाजी ३० की निर्मला मोक्ताङले बोकेको खैरो रङको ब्यागबाट अन्दाजी ५ किलो १०० ग्राम लागुऔषध गाँजा गरी १० किलो ३०० ग्राम लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

विपद् व्यवस्थापनका लागि संयुक्त कृत्रिम अभ्यास कार्यक्रम (हातेमालो) सम्पन्न ।
२०८२-०२-२२

आन्तरिक मामिला तथा कानून मन्त्रालय हेटौंडाको आयोजना र सुरक्षा निकायहरूको समन्वय एवं सहकार्यमा विपद् व्यवस्थापन सम्बन्धी जलउद्धार संयुक्त कृत्रिम अभ्यास प्रदर्शनी कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय श्री बहादुर सिंह लामा (तामाङ) ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।मिति २०८२।०२।१६ गते देखी ऐ.२२ गते सम्म सञ्चालन भएको ७ दिने कार्यक्रम अन्तर्गत आज मिति २०८२।०२।२२ गते भरतपुर महानगरपालिका वडा नं. १ स्थित नारायणी नदि किनारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र स्काउट समेतको जल उद्धार सम्बन्धी अभ्यासको संयुक्त प्रदर्शनी गरिएको थियो । उक्त कार्यक्रममा माननीय मुख्य मन्त्रीज्यूबाट विपद्‍ उद्धारमा योगदान पुर्याउनु हुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी एवं अन्य सरोकारवाला निकायहरूलाई कदर-पत्र प्रदान गर्नुको साथै कार्यक्रम स्थलमा राखिएको विपद् उद्धारमा प्रयोग हुने सामाग्रीहरूको समेत अवलोकन गर्नु भएको थियो ।कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यू, मध्य पृतना हेडक्वाटर सुपारीटार हेटौंडाका उप-रथिज्यू, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखज्यूहरू, जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुखज्यूहरू, सिनियर प्रहरी अधिकृतज्यूहरू, जनप्रतिनिधि, संचारकर्मी, अस्पताल, स्काउट, नेपाल रेडक्रस, स्थानीय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।

८० किलोग्राम भन्दा बढी लागुऔषध गाँजा बरामद
२०८२-०२-१८

मकवानपुर, थाहा नगरपालिका-३, थानाबजार स्थित त्रिभुवन राजपथ सडक खण्डमा लागुऔषध ओसार पोसार भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट खटिएको प्रहरी चेकिङ टोलीले डाँडाबासबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा ५ च. ४४११ नम्बरको सुमोलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीको ढोका र डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा प्लाष्टिकले बेरिएको लागुऔषध गाँजा १३ वटा प्याकेट तौल गर्दा ८० किलो १२० ग्राम रहेको र गाडी चालक जिल्ला गोर्खा, पालुङटार नगरपालिका-१० अन्दाजी २८ वर्षीय मधुसुदन अधिकारी र गाडीमा सवार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-८ बस्ने अन्दाजी २५ वर्षीय नवराज खड्कालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, राटोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्ड अन्तर्गत प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले नारायणगढबाट विरगंजतर्फ जाँदै गरेको बा.४ ख ७४७५ नं. को यात्रु वाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको सिटमा सवार जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका १५ भोर्ले वस्ने वर्ष अन्दाजी २२ को भक्त बहादुर घलान र सोहि भिमफेदी गाउँपालिका-८, वस्ने वर्ष अन्दाजी २१ को सरोज स्याङ्तान माथि शंका लागि चेकजाँच गर्दा भक्त बहादुर घलानले बोकेको सेतो रङ्गको झोलाबाट अन्दाजी १ किलो ७०० ग्राम र सरोज स्याङ्तानले बोकेको निलो रङ्गको झोलाबाट अन्दाजी २ किलो गरि जम्मा ३ किलो ७०० ग्राम लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा सहित दुबैजनालाई नियन्त्रमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-०५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी चोक स्थित गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुमन चापागाईको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नं.को बसलाई रोकी चेकजाँच गर्दा जिल्ला धादिङ गल्छि गाउँपालिका-४, बेल्खु स्थित अम्लेश्वर पेट्रोल पम्पबाट उक्त बसमा चढेका वर्ष ४४ को बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारीलाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको २ वटा कालो झोला भित्र प्लाष्टिकले पोको पारेको अन्दाजी १ किलोग्राम बराबरको ४/४ वटा गरी ८ वटा पोकामा अन्दाजी ८ किलोग्राम बराबरको लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०१-२६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, स्थित सडक डिभिजन कार्यालय अगाडि पुर्व पश्चिम सडक खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक हबल्दार बिजय अधिकारीको कमाण्डमा खटिएको मोटरसाईकल टोलीले नवलपुरबाट हेटौंडा बजार तर्फ जाँदै गरेको ना १३ प २१३६ नम्बरको मोटरसाईकल संकास्पद देखिएको कारण मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, नवलपुर बस्ने वर्ष अन्दाजी २४ को विनय जिम्बालाई नियन्त्रणमा लिई चेकजाँज गर्दा लागुऔषध Tramol 50 २०(बिस) ट्याबलेट फेला परेकोले निजलाई नियन्त्रणमा लिई आवश्‍यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । 

मकवानपुरमा झुण्डी एकको मृत्यु
२०८२-०१-२२

मकवानपुर, बागमती गाउँपालिका-५, लालभीत्ती बस्ने कृष्ण बहादुर माझीको छोरा वर्ष अन्दाजी ३० को जिवन माझी आफ्नो घर भन्दा अन्दाजी ६०० मिटर उत्तर तर्फ चौरी खोलाको बगरमा रहेको आँपको बोटमा नाइलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, बागमती गाउँपालिका-५, लालभीत्ती बस्ने कृष्ण बहादुर माझीको छोरा वर्ष अन्दाजी ३० को जिवन माझी आफ्नो घर भन्दा अन्दाजी ६०० मिटर उत्तर तर्फ चौरी खोलाको बगरमा रहेको आँपको बोटमा नाइलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

५,७५० लागुऔषध ट्याबलेट सहित २ जना मनिस नियन्त्रणमा
२०८२-०१-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले बाराको सिम्रनगढबाट हेटौंडा तर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००१च १४३८ नं.को योद्धा पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीको बर्नटमा लुकाई छिपाई ल्याएको लागुऔषध TEERSCEN-5 लेखेको TRAMADOL HYDROCHLORIDE CAPSULE I.P 50 mg लेखेको एकिन गर्दा ५,७५० (पाँच हजार सात सय पचास) पत्तामा ५७,५००।– (सन्ताउन्न हजार पाँच सय) ट्याबलेट फेला परेको । उक्त लागुऔषध सहित गाडी र गाडी चालक जिल्ला बारा पचरौता नगरपालिका-७, बेनौली बस्ने वर्ष अन्दाजी २४ को जयनाथ पासवान र सह-चालक सोहि बस्ने वर्ष अन्दाजी २३ को सुनिल पटेललाई नियन्त्रणमा लिइ थप अनुसन्धान भई रहेको ।

लागुऔषध सहित गाडी चालक नियन्त्रणमा
२०८२-०१-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले बारा अमलेखगन्जबाट काठमाण्डौतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ४५१ नं. को (यात्रु नभएको खाली) सुमो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको छत माथी रहेको बैकल्पिक टायर भित्र प्वाल पारी बोरामा लुकाई छिपाई ल्याएको लागुऔषध ONEREX लेखेको १०० ML को २२५ बोतल फेला परेको । गाडी र चालक जिल्ला पर्सा बहुदरमाई नगरपालिका-९, बस्ने वर्ष अन्दाजी २४ को मुमताज मियालाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागी तालुक जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको ।

लागुऔषध अफिम सहित मानिस नियन्त्रणमा
२०८२-०१-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी चेकपोईन्ट स्थित पुर्ब पश्चिम सडकखण्डमा प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटीएको चेकिङ टोलीले नारायणगढबाट कलैया तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नं.को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको अन्तिम सिटमा सवार जिल्ला चितवन राप्ती नगरपालिका-११, कोराक बस्ने वर्ष अन्दाजी २५ को बाबुराम तामाङले बसको दाहिने साइडको माथी र्‍याकमा राखेको खैरो रंगको झोला भित्र प्लाष्टिकको टेपले बेरिएको अवस्थामा ६ किलोग्राम लागुऔषध अफिम जस्तो देखिने पदार्थ फेला परेको । निज बाबुराम तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । 

रामेछापमा करेन्ट लागी एक पुरुषको मृत्यु
२०८२-०१-०६

रामेछाप, लिखु तामाकोशी गाउँपालिका-५, नागदह बस्ने धावा तामाङको छोरा वर्ष अन्दाजी २४ को मणिराज तामाङको दाजुले चलाएको  बा ३ क १५०५ नं. को टिफरमा बसी सोहि खाँडादेवी गाउँपालिका-४ रजगाउँ स्थित सेलेघाट-साघुँटार निर्माणाधिन सडक खण्डको लागि श्री भारत कन्ट्रक्सन सिद्धिसाई जे.भि. कम्पनीले संचाल गरेको क्रसरमा गई बालुवा लोड गर्ने क्रममा टिफरको हुटमा भएको सावेल लिन जादाँ सोही टिफर माथिबाट गएको विद्युत प्राधिकरणको हाईटेन्सन लाईनमा छोई करेन्ट लागि निज मणीराज तामाङ घाईते भई उपचारको लागि मन्थली अस्पताल लगेकोमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको ।

५२ किलोग्राम लागुऔषध गाँजा सहित १ जना मानिस नियन्त्रणमा
२०८२-०१-०४

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँबस्ती स्थित ब्रर्मादेवी सामुदायिक बन भित्र सोहि मनहरी गाउँपालिका-६, रुपाचुरीबाट नयाँबस्ती तर्फ ७/८ जना व्यक्तिहरुले पिठ्युमा लागुऔषध गाँजाको पोका बोकेर पैदल आउँदै छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा टोली खटी जाँदा उक्त व्यक्तिहरुले प्रहरी टोलिलाई देख्ना साथ निजहरूले बोकेको लागुऔषध गाँजाको पोका सोही जंगलमा फालेर भाग्ने क्रममा एक जना जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, नयाँवस्ती बस्ने वर्ष अन्दाजी ५० को बाबुराम मोक्तानको साथबाट ८ के.जी. लागुऔषध गाँजा सहित नियन्त्रणमा लिएको र जम्मा प्लास्टिक सहित तौल गर्दा लागुऔषध गाँजा ५२ के.जि. फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०१-०१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा  प्रहरी चौकी राटोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले नारायणगढबाट बिरगन्ज तर्फ जाँदै गरेको ना ७ ख १५८७ को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका-९, कुरले बस्ने वर्ष अन्दाजी २४ को कमल प्रजा र कैलाश गाउँपालिका-१०, बेतिघारी बस्ने वर्ष अन्दाजी २९ की सुमित्रा प्रजाले बोकेको खैरो रंगको झोलामाथी संका लागी निजहरुको शरिर र झोला चेकजाँच गर्दा कमल प्रजाको साथबाट अन्दाजी ६ के.जि. र सुमित्रा प्रजाको साथबाट अन्दाजी ६ के.जि. लागुऔषध गाँजा गरी जम्मा अन्दाजी १२ के.जि. लागुऔषध गाँजा फेला परेको । निजहरूलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर  तर्फ पठाईएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-२४

चितवन, भरतपुर महानगरपालिका-१, पोखरा बसपार्क गौरेश्वर मन्दिर अगाडी वडा प्रहरी कार्यालय नारायणगढ चितवनबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको सादा पोसाकको टोलिले संकास्पद लागि चेकजाँच गर्ने क्रममा जिल्ला चितवन भरतपुर महानगरपालिका-४, लंकु बस्ने वर्ष ३६ को कृष्ण हरी कंडेलको साथबाट प्रतिबन्धित लागुऔषध डाईजेपाम २९ एम्पुल, फेनारगन २९ एम्पुल, ब्रोफिन नुफिन २९ एम्पुल गरि जम्मा ८७ एम्पुल, नगद रु १८०००/ (अठार हजार) रुपैया र निजले चढि आएको बा.प्र.०३-००३ प १७५३ नं.को मोटरसाईकल समेत नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई राखिएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित ३ जना नियन्त्रणमा
२०८१-१२-२२

मकवानपुर, थाहा नगरपालिका-७, घर भई हाल हेटौंडा उपमहानगरपालिका-४, नेपाल चोक डेरा गरी बस्ने वर्ष अन्दाजी ३४ को दिनेश गोलेको डेरा कोठामा लागुऔषध रहेको छ भन्ने बिशेष सुचनाको आधरमा प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि गई डेरा कोठामा चेकजाँच गर्दा नगद रु.३७,०००।– (सैतिस हजार), लागुऔषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ अन्दाजी २ ग्राम र onerex ११ बोटल फेला परेको । लागुऔषध सहित दिनेश गोले, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क बस्ने अन्दाजी वर्ष २८ को निरोज लामा (साथबाट रु.१५,०००।-) र सोही स्थान बस्ने अन्दाजी वर्ष ३३ को महमद मियालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुर ल्याई राखिएको  ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौरी रातोमाटे मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलीले विरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०८-००१ ज ००१९ नं. को यात्रु बाहक इभि गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार भई आएका जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, बस्ने वर्ष अन्दाजी २४ को राज श्रेष्ठ माथि शंका लागी निजको शरिर चेकजाँच गर्दा निजले लगाएको जिन्स पाईन्टको कम्मरको भागमा रहेको बेल्ट लुप्पिमा प्वाल पारी दुइ वटा प्लाष्टिकको प्याकेट भित्र लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ अन्दाजी ७ ग्राम फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१२-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले सर्लाहीबाट पोखरातर्फ जादै गरेको ग १२ प ४९७८ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल चालक जिल्ला सर्लाही, हरिपुर नगरपालिका-२ बस्ने अन्दाजी २६ वर्षीय राजेश तामाङ र पछाडी सवार जिल्ला कास्की, पोखरा महानगरपालिका-१९ बस्ने वर्ष अन्दाजी २० को निर्मल ढुङ्गेलको शरीर तथा निजहरूले बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको १९ पत्तामा (३० वटाको  दरले) ५७० वटा Tablet लागुऔषध  NITRAVET- 10 लेखेको फेला परेको हुदाँ निजहरू दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-१२-०४

धादिङ, गजुरी गाउँपालिका-२, रातामाटे स्थित राक्सीङबाट चालिसेतर्फ आउँदै गरेको बा. ९३ प. ३३४० नं. को पल्सर मोटरसाईकलमा लागुऔषध गाँजा ल्याउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा रातो जेब्रा झोला र खैरो लेदरको झोला भित्र अन्दाजी ६ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेको । मोटरसाईकल चालक जिल्ला धादिङ गजुरी गाउँपालिका-३, वालसिङ्ग बस्ने वर्ष २३ को सुनिल तामाङ र सोहि बस्ने वर्ष ३५ को दिल बहादुर तामाङलाई लागुऔषध गाँजा र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

एक दिवसिय प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८१ सम्पन्न ।
२०८१-११-२८

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं बागमती  प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा जिल्ला काभ्रे, धुलिखेल स्थित धुलिखेल लज एण्ड रिसोर्टको  सभाहलमा माननीय  आन्तरिक मामिला तथा कानून मन्त्री  सुरज चन्द्र लामिछाने ज्यूको प्रमुख आतिथ्यतामा एक दिवसीय “प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी” सम्पन्न भएको छ ।गोष्ठीमा नेपाल प्रहरी संगठनका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ज्यू, उच्च अदालत पाटन ललितपुरका माननीय न्यायाधीश श्याम कुमार भट्टराइज्यू, मुख्य न्यायाधिवक्ता सुकदेव काफ्लेज्यू,  काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालज्यू, सहन्यायाधिवक्‍ता सुर्य राज दाहालज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्ण हरि शर्माज्यू, नेपाल प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, प्रहरी नायव महानिरीक्षक अरूण पौडेलज्यू, प्रहरी वरिष्ठ उपरीक्षकज्यू हरू, जिल्ला न्यायाधिवक्ताज्यू, जिल्ला प्रहरी कार्यालय एवं कसूको अनुसन्धान गर्ने प्रमुखहरु तथा अनुसन्धान अधिकृतहरू, नेपाल पत्राकार महासघं काभ्रेका अध्यक्षय लगायत संचारकर्मीज्यूहरुको उपस्थिती रहेको थियो।गोष्ठीलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथीज्यूले बागमती प्रदेश प्रहरी कार्यालयको भौतिक संरचना  निर्माण र अपराध अनुसन्धानमा आवश्यक स्रोत र साधनको व्यवस्थापनमा बागमती प्रदेश सरकारले  नियमित रुपमा  सहयोग उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गर्नु भयो । सोही क्रममा प्रहरी महानिरीक्षकज्यूले प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, महान्यायाधिवक्‍ताको कार्यालय, नेपाल प्रदेश प्रहरी कार्यालय बनेपा, जिल्ला प्रहरी कार्यालयहरूको तर्फबाट प्रस्तुत गरिएको प्रस्तुतिकरण पश्‍चात नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायतज्यूले प्रस्तुतिकरणमा उठेका जिज्ञासाहरुको सम्बन्धमा अन्तरक्रिया तथा छलफल सहित निर्देशन सम्बोधन गर्नुभएको थियो भने कार्यक्रमको अन्त्यमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख प्रहरी  नायब महानिरीक्षक  कृष्ण हरि शर्माज्यूले अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतज्यूलाई मायाको चिनो प्रदान गरी प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी कार्यक्रममा उपस्थित सम्पुर्णमा धन्यबाद ज्ञापन गर्नुभएको थियो । 

नवनिर्मित प्रहरी चौकी खाङसाङ, सिन्धुलीको प्रशासनिक भवन समुद्‍घाटन कार्यक्रम सम्पन्न
२०८१-११-२०

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी खाङसाङ, सिन्धुलीको भौतिक संरचनाको समुद्‍घाटन सम्पन्न भएको छ । आज मिति २०८१।११।२० गते आयोजित समुद्‍घाटन कार्यक्रममा बागमती प्रदेश सरकार श्री आर्थिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साथै उक्त कार्यक्रममा माननीय उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीज्यू, बागमती प्रदेश सभाका माननीय सदस्यज्यू, जिल्ला समन्वय समितिका पदाधिकारीज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश प्रहरी प्रमुखज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्रका समादेशकज्यू, जिल्ला सुरक्षा समिति सिन्धुलीका पदाधिकारीज्यूहरु, सिन्धुली जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, पूर्व प्रहरी कर्मचारीहरु, जिल्ला स्थित विभिन्न संघसंस्थामा आवद्ध प्रमुख एवं प्रतिनिधिज्यूहरु, प्रहरी कर्मचारीज्यूहरू लगायतको उपस्थिति रहेको थियो ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८१-११-२०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ जाँदै गरेको बा ४ ख ७१६५ नं. को यात्रुबहाक बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसको बिच गल्लिमा उभिएर सवार रहेका जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१, सानुभाबर बस्ने वर्ष अन्दाजी २३ को ईमान सिं घलानले पछाडि भिरेको झोला भित्र राखिएको २ के.जी. ८०० ग्राम लागुऔषध गाँजा र जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-२, सुनासौरा बस्ने वर्ष अन्दाजी २३ को रामचन्द्र घलानले भिरेको झोला भित्रबाट २ के.जी. ३०० ग्राम लागुऔषध गाँजा गरी जम्मा ५ के.जी.१०० ग्राम फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-११-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकीङ टोलीले सर्लाहीबाट काठमाडौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ४६५ नं. को यात्रु बाहक EV गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त गाडीको डाईबर सिट पछाडीको सिटमा सवार जिल्ला सर्लाही मलंगवा नगरपालिका-१ भेरीआही बस्ने वर्ष अन्दाजी २६ को नथुनि रामलाई शंका लागी चेकजाँच गर्दा निजको साथमा भएको झोलामा लुकाई छिपाई गरि ल्याएको लागुऔषध PHENERGAN- १९८ एम्पुल, स्टिरक टाँस नभएको-२९० एम्पुल र NOPHIN लेखेको स्टिकर २९० पिस फेला परेको । निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको ।

सवारी दुर्घटनाबाट एकको मृत्यु
२०८१-१०-२८

नुवाकोट, लिखु गाउँपालिका-५, अमिलबोटे स्थित टोखा छहरे सडक खण्डमा त्रिसुली तर्फबाट काठमाण्डौ तर्फ आउदै गरेको बा.प्र.०६००१ ज ०४३९ नम्बरको EV गाडी र काठमाणडौं तर्फबाट त्रिसुली तर्फ जादै गरेको बागमती प्रदेश०२०२३प २४६४ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला रसुवा उत्तरगया गाउँपालिका बस्ने अन्दाजी ३०/३५ वर्षीय प्रमोद थापा टाउकोमा र दायाँ खुट्टामा चोटलागेको र मोटरसाईकल पछाडी सवार जिल्ला रसुवा उत्तरगया गाउँपालिका-५, बस्ने अन्दाजी ३८ वर्षीय पुरुषोत्तम लामिछाने गम्भीर घाईते भई उक्त EV गाडीमा उपचारको लागि लगेकोमा निज पुरुषोत्तम लामिछानेको  मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम सडक खण्डमा पथलैया तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको BR 05 X 7513 नम्बरको भारतिय मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक देश भारत बिहार राज्य आदापुर थाना हरपुर पंचायत वडा नम्बर ९ बस्ने अन्दाजी २६ वर्षीय अर्जुन कुमारको साथबाट OneRex १०० ml. को ४० बोतल लागुऔषध र नगद रू.१८०००।–(अठ्ठार हजार) भारतिय पैसा फेला पारी निजलाई र निजले चलाएको मोटरसाईकल सहितलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अबैध सामान सहित मानिस नियन्त्रणमा
२०८१-१०-२२

चितवन, भरतपुर महानगरपालिका-२९, जुगेडी चेक पोष्ट स्थितमा गोप्य सूचनाको आधारमा भारतबाट काठमाण्डौं तर्फ जाँदै गरेको HR63C6154 नम्बरको भारतीय ट्रकमा अबैध सामानहरु छ भन्ने खबर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइ चेकजाँच गर्दा उक्त ट्रकमा भन्सार नकाटी अबैध रुपमा ल्याइएको निम्न सामानहरु, ट्रक र ट्रक चालक देश भारत दिल्ली सनैयापुर बस्ने ३८ वर्षीय जय किशन र सह-चालक सोही ठेगाना २३ वर्षीय सनोज मिश्र सहितलाई बरामद गरि अन्य अनुसन्धान कार्य भईरहेको छ । बरामद गरेको निम्न सामानहरुः-१. बिभिन्न रङको कुर्ताः-१३३० थान२. ZARA लेखिएएको सर्टः- ४२ थान ३. POLO लेखिएको सर्टः-६२ थान ४. PUMA लेखिएको टि-सर्टः-८८ थान ५. TOMMY HILFIGER लेखिएको टि-सर्टः-४० थान ६. NIKE लेखिएको टि-सर्टः-२२० थान ७. UNDER ARMOUR लेखिएको टि-सर्टः-५८ थान ८. ESSENTIAL लेखिएको टि-सर्टः-३० थान ९. RARE RABBIT लेखिएको टि-सर्टः-९५ थान १०. H&M लेखिएको टि-सर्टः-१० थान ११. POLO लेखिएको टि-सर्टः-२० थान १२. ORIGINALC लेखिएको टि-सर्टः-४८ थान १३. AIRPOD: -९२ थान १४. 45W POWER ADAPTER: -५० थान १५. SAMSUNG लेखिएको 25W-ADAPTER: -६० थान १६. रातो रङको PE-LD लेखिएको DATA CABLE: -३३ थान१७. MAG CAFÉ CHARGE लेखिएको चार्जरः-१० थान 

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-१६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०३-००५प ९५९२ नम्बरको स्कुटर शंका लागी चेकजाँच गर्दा स्कुटर चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ बस्ने अन्दाजी ३० वर्षीय सुमन स्याङतानले बोकेको ब्यागमा लुकाइ छिपाइ ल्याएको डाइजापाम १२ एम्पुल, नुरफिन १९ एम्पुल, फेरानोन १६ एम्पुल र ४२ पिस एम्पुल फेला परेकोले निज र सोही स्कुटरको पछाडी सवार सोही ठेगाना बस्ने वर्ष १७ को प्रशुल देउवा र स्कुटर समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा ।
२०८१-१०-१५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले हेटौंडाबाट बिरगन्ज तर्फ जादै गरेको बा.प्र.०३-००५प.९२८४ नं. को स्कुटरलाई शंका लागी रोकी चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको अवस्थामा लागूऔषध गाँजा तौल गर्दा ५ के.जि.२०० ग्राम फेला परेको हो । स्कुटर चालक मकवानपुर कैलाश गाउँपालिका-९ नामटार घर भई हाल मकवानपुर हेटौडा उपमहानगरपालिका-११ थानाभर्याङ  बस्ने  वर्ष अन्दाजी ४० को कुमार सिं गोले रहेको छ । गाँजा सहित निज, स्कुटर समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

एक विद्यालय, एक ट्राफिक शिक्षक कथनको साथ ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८१-१०-११

जिल्ला चितवन भरतपुर म.न.पा. १० स्थित नारायणी नमूना माध्यमिक विद्यालयको सभाहलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले आयोजना गरेको समुदाय प्रहरी साझेदारी सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतना अभिबृद्धिका लागि सवारी नियम बारे ज्ञान प्रदान गर्ने उद्धेश्यले एक विद्यालय, एक ट्राफिक शिक्षक (TRAFFIC TEACHER) कथनको साथ ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माज्यू,नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशकज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखज्यू, नेपाल शिक्षक महासंघका अध्यक्षज्यू, यातायात व्यवस्था कार्यालय चितवनका प्रमुखज्यू, विभिन्न स्कुलका शिक्षक/शिक्षिकाज्यूहरु, संञ्चारकर्मीज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु गरी करिब १५८ जनाको उपस्थिति रहेको थियो ।

११ किलोग्रम गाँजा सहित २ जना नियन्त्रणमा
२०८१-१०-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, दिपज्योती डाँडा स्थित पुर्व पश्चिम सडक खण्डमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी नायव निरीक्षकको कमाण्डमा संयुक्त चेकिङ टोलीले नारायणगढबाट रौतहट तर्फ जाँदै गरेको लु १ ख ७३९५ नं.को यात्रुबाहाक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला पर्सा सखुवा पर्सौनी गाउँपालिका-१, दोहोरी बस्ने वर्ष अन्दाजी ४२ को सुरेश दाश थारुको साथमा रहेको कालो झोलामा प्लाष्ट्रिकले प्याकिङ गरेको ५ किलो ५६० ग्राम  र जिल्ला पर्सा पर्सागढी नगरपालिका-२, बागबना बस्ने वर्ष अन्दाजी २९ को अर्जुन महतो थारुको साथमा रहेको कालो झोलामा प्लाष्ट्रिकले प्याकिङ गरेको ५ किलो ४४० ग्राम गरी जम्मा ११ किलोग्राम (तौल गरेको)  लागुऔषध गाँजा फेला परेको । निजहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

१०१ किलोग्राम लागुऔषध गाँजा बरामद
२०८१-०९-२८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थितमा प्रहरी चौकी रातोमाटेबाट खटीएको प्रहरी टोलीले चितवन तर्फ बाट बिरगंज जानको लागी आउँदै गरेको DL 13 C 1561 नम्बरको भारतीय कारलाई शंका लागी चेकजाँच गर्दा उक्त कारको सिटमुनी फल्स बटम बनाई लुकाई छिपाई प्लाष्टिकमा प्याक गरी ल्याएको अवस्थामा लागुऔषध गाँजा १० पोका तौल गर्दा प्लाष्टिक सहित १०१ किलो बरामद भएको, बरामद भएको लागुऔषध गाँजा, कार र कार चालक जिल्ला पर्सा, बिरगंज महानगरपालिका-२६, अठराह सुगौली बस्ने अन्दाजी २० वर्षीय राजन राउत कुर्मी समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२५

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजार स्थित बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, मनहरीबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-७, रमौली बस्ने अन्दाजी २५ वर्षीय बिजय घिसिङ, जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-६, लोथर बस्ने अन्दाजी २७ वर्षीय कुल बहादुर थिङ र जिल्ला चितवन, राप्ती नगरपालिका-१ बस्ने अन्दाजी २६ वर्षीय राजेश थापा मगरको साथबाट क्रमश: devoxin-२४ ट्यावलेट (२ पत्ता ४ ट्याबलेट) RAMALDOL HYDROCHLORIDE CAPSULES -३३ ट्यावलेट (३ पत्ता ३ ट्याबलेट), TRAMALDOL HYDROCHLORIDE CAPSULES-२०० ट्याबलेट (२० पत्ता) र TRAMALDOL HYDROCHLORIDE CAPSULES- २५० ट्याबलेट (२५ पत्ता) बरामद गरी निजहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सिहत मानिस नियन्त्रणमा
२०८१-०९-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलिले बिरगन्जबाट हेटौंडा तर्फ आउँदै गरेको ना ७ ख ८४१४ नम्बरको यात्रुबाहक बसलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडी सिटमा सवार जिल्ला बारा, कोल्हवी नगरपालिका-१ बस्ने अन्दाजी २२ वर्षीय सियाराम राम र जिल्ला बारा, कोल्हवी नगरपालिका-५ बस्ने अन्दाजी ३३ वर्षीय अमित चौधरलाई शंका लागी चेकजाँच गर्दा निजहरुले बोकेको कालो झोलाबाट DIAZEPAM  2ML को १९८ पिस,  NOOPHINE 2ML को १९८ पिस, PHENERGAN 2ML को १९८ पिस गरी जम्मा ५९४ पिस अवैध लागुऔषध सहित निज दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०९-२१

मकवानपुर, इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकचाँज गर्ने क्रममा जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, मनहरी बजार स्थित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, रमौली बस्ने अन्दाजी वर्ष २५ को बिजय घिसिङको साथबाट devoxin-२४ ट्यावलेट (२ पत्ता ४ ट्याबलेट) र TRAMALDOL HYDROCHLORIDE CAPSULES - ३३ ट्यावलेट (३ पत्ता ३ ट्याबलेट), सोहि लोथर-६, बस्ने अन्दाजी वर्ष २७ को कुल बहादुर थिङको साथबाट TRAMALDOL HYDROCHLORIDE CAPSULES-२०० ट्याबलेट ( २० पत्ता) र जिल्ला चितवन राप्ती नगरपालिका-१, लोथर बस्ने अन्दी वर्ष २६ को राजेश थापामगरको साथबाट  TRAMALDOL HYDROCHLORIDE CAPSULES-  २५० ट्याबलेट (२५ पत्ता) फेला परेको । निजहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०९-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ३०३ नम्बरको यात्रुबाहक EV गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा गाडीको पछाडी सिटमा सवार जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका-३, बसामाडी बस्ने अन्दाजी ४६ वर्षीय राज कुमार थिङ र जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका-३, लेवर्ट बस्ने अन्दाजी ३४ वर्षीय धन बहादुर भोलनको साथबाट क्रमशः अन्दाजी ५,५ किलोग्राम गरी जम्मा अन्दाजी १० किलोग्राम लागुऔषध गाँजा बरामद गरी उक्त लागुऔषध गाँजा सहित निजहरुलाई  नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको छ ।

लागुऔषध गाँजा सहित दुई महिला पक्राउ
२०८१-०९-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, नारायणी मल नजिकै जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट पिकेट डियुटीमा खटीएको प्रहरी टोलीले पैदल कपडाको झोला बोकी हिडि रहेका जिल्ल मकवानपुर कैलाश गाउँपालिका-५, भैराङ बस्ने अन्दाजी वर्ष ३० कि अंजली गोले र जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बसामाडी बस्ने अन्दाजी वर्ष ५१ कि ज्ञानुमायाँ गोलेलाई शंका लागी चेकजाँच गर्दा निजहरुले बोकेको २ वटा कपडाको झोला भित्र तौलियामा बेरी लुकाई छिपाई राखेको अवस्थामा अबैध लागुऔषध गाजा अन्दाजी १० किलो बरामद भएको ।  निजहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटनामा परि एक पुरूषको मृत्यु
२०८१-०९-११

चितवन, खैरहनी नगरपालिका-१०, कठार स्थित भित्री सडक खण्डमा ना५ख ३९८ नम्बरको  इन्टरनेशनल बोर्डिङ स्कुलको बस र प्रदेश.३-०३-००१प ४७९५ नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाईकल चालक सोहि बस्ने वर्ष ५५ को बसन्त कुमार चौधरीको शरीरको विभिन्न भागमा चोट लागी उपचारको लागी एलाइभ अस्पताल भरतपुर पठाएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । बस चालक जिल्ला चितवन खैरहनी नगरपालिका-५, बस्ने वर्ष ५४ को राजकुमार महतो, बस र मोटरसाईकल इलाका प्रहरी कार्यालय खैरहनी चितवनको नियन्त्रणमा रहेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८१-०९-०४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित पूर्व पश्चिम सडक खण्डमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको चेकिङ टोलीले चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको लु २ ख १७४१ नम्बरको बसमा सवार भई आएका जिल्ला धादिङ बेनीघाट रोराङ गाउँपालिका-२, ताल्ली बस्ने वर्ष अन्दाजी ३५ को सोमीलाल चेपाङले आफु बसेको सिट भन्दा माथी र्‍याकमा राखेको भिर्नी झोलामा अन्दाजी १० किलो र सोहि बस्ने वर्ष अन्दाजी २० को किशोर चेपाङले काखमा राखेको भिर्नी झोकामा अन्दाजी १० किलो गरी जम्मा अन्दाजी २० किलो लागुऔषध गाँजा फेला परेकोले निजहरुलाई नियन्त्रणमा लिई आवश्‍यक कारवाहीको लागी तालुक जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

२३० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०८-२५

चितवन, राप्ती नगरपालिका-४, डडुवा स्थितमा धादिङबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ४३३७ नम्बरको ट्रकमा लागुऔषध गाँजा लुकाई छिपाई ल्याएको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भन्डारा, चितवनबाट प्रहरी टोली खटी गई चेकजाँच गर्दा ट्रक भित्र त्रिपाल मुनि लुकाई छिपाई २० पोकामा २३० किलोग्राम लागु औषध गाँजा बरामद गरि ट्रक चालक जिल्ला धादिङ, थाक्रे गाउँपालिका-१० बस्ने ३० वर्षीय दिनेस डंगोल र सोहि ट्रकमा सवार सोही ठेगाना बस्ने ३१ वर्षीय सुनिल डंगोललाई समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित दुई जना पक्राउ
२०८१-०८-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले हेटौंडाबाट पथलैया तर्फ जादै गरेको बा.प्र.०३-००१च १५८४ नम्बरको पिकअप गाडिलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त पिकअप गाडिको ढालामा खालि क्रेटले छोपी लुकाई छिपाई ल्याएको ५ बोरामा १० पोकामा जम्मा १७५ किलोग्राम लागुऔषध गाँजा फेला परेको । पिकअप गाडि, गाडि चालक जिल्ला मकवानपुर बकैया गाउँपालिका-४, बस्ने वर्ष अन्दाजी २४ को सुमन लामा र उक्त गाडिमा सवार सोहि-११, कालिदमार बस्ने वर्ष अन्दाजी २४ को सुशिल भोलनलाई  लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०८-१६

मकवानपुर, मनहरी गाउँपालिका-९, ज्यामिरे पूर्व पश्चिम सडक खण्डमा सिमपानीबाट बिरगंज तर्फ जाँदै गरेको ना ६ ख २३४४ नम्बरको डिव्बा ट्रकलाई इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले शंका लागी चेकजाँच गर्दा चालक सिट भन्दा माथि क्याविनमा रातो र सेतो प्लाष्टिकले वेरेर लुकाई छिपाई ल्याएको (तौल गर्दा प्लाष्टिक सहित ५६ किलो) लागुऔषध गाँजा फेला परेको । ट्रक चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-८, सिमपानी बस्ने अन्दाजी वर्ष २७ को अनिल कुमार थिङ र सोहि ट्रकमा सवार सोहि  ९ बस्ने वर्ष अन्दाजी ३२ को राजेन्द्र मुक्तानलाई ट्रक सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा ।
२०८१-०८-१०

मकवानपुर हेटौडा उपमहानगरपालिका-१९ तिनताप्के स्थित पूर्व पश्चिम सडक खण्डमा मनहरीबाट हेटौंडा तर्फ जाँदै गरेको प्रदेश ३-०१-०२४ च ३०५९ नं.को बोलेरो गाडीमा लागु औषध गाँजा लिई आएको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट टोलीले पिछा गर्दै जाने क्रममा तिनताप्के स्थितबाट उक्त बोलेरो गाडीलाई रोकी चेकजाँच गर्दा लागूऔषध गाँजा अन्दाजी  ७१ के.जि. सहित बोलेरो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-९ खैराङ बस्ने अन्दाजी वर्ष २० को मिलन घलान र गाडीमा सवार वर्ष २६ को दावा थिङलाई नियन्त्रणमा लिईएको हो । उक्त घटनाको थप अनुसन्धान कार्य भई रहेको छ ।    

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०८-०९

इलाका प्रहरी कार्यालय गजुरी धादिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले जिल्ला धादिङ गजुरी गाउँपालिका-७, दरिङगाल स्थित दरिङगाल खोला पुल नजिकै बाटोमा सोहि किरानचोकबाट आदमघाट तर्फ आउँदै गरेको ना २६ प  ३७४६ नं.को पल्सर मोटरसाईकल र बा.प्र ३-०२-०१३ प ४०७६ न.को FZ मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोराहरू भित्र खैरो टेपले बेरी पोका पारेको अवस्थामा (४९) पोकामा रहेको अन्दाजी ४० (चालिस) किलो लागुऔषध गाँजा, मोवाईल थान-४,नगद रू.।- (आठ हजार) फेला परेको । उक्त  मोटरसाईकलमा  सवार जिल्ला धादिङ गजुरी गाउँपालिका-४ बालुवा डांडा बस्ने वर्ष २७ को सोम बहादुर तामाङ, सोहि अर्चले बस्ने वर्ष १८ को राम चेपाङ, सोहि बस्ने वर्ष २६ को सुब्बा प्रजा र सोहि दरिङगाल घर भई हाल जिल्ला चितवन राप्ती नगरपालिका-१, गडौली बस्ने वर्ष ३० को नर बहादुर तामाङलाई नियन्त्रणमा लिई थप अनसुन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०८-०७

सिन्धुली, कमलामाई नगरपालिका-९, चेकपोष्ट स्थित वि.पि. राजमार्गमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट प्रहरी निरीक्षकको कामाण्डमा खटिएको ट्राफिक सहितको चेकिङ टोलीले चितवनबाट हेटौंडा, सिन्धुली हुँदै बर्दीबास तर्फ जाँदै गरेको चालक जिल्ला चितवन साविक गितानगर-५, भई हाल परीवर्तीत भरतपुर माहानगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३९ को शेर बहादुर लामाले चलाई ल्याएको बा.प्र.०३-००१ च २२८० नं. को हात्ती (ASHOK LEYLAND DOST LITE पिकअप) गाडिलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त गाडिमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको अवस्थामा लागुऔषध गाँजा प्लाष्टिक सहितको तौल-१८९ किलो फेला परेको । चालक र गाडि नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०७-२९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको ना १ ह ८३२४ नम्बरको अटोलाई रोकी  चेकजाँच गर्ने क्रममा उक्त अटोको पछाडी भागमा लुकाई छिपाई ल्याएको ३ पोका ३१ किलो लागुऔषध गाँजा फेला परेको । उक्त लागुऔषध गाँजा सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, बस्ने वर्ष अन्दाजी ३३ को शंकर स्याङ्तान, सोहि बस्ने वर्ष अन्दाजी ४० को रामशरण प्रजा र अटोलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको । 

१०० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०७-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित पूर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको चेकिङ टोलीले मनहरी तर्फबाट हेटौंडा तर्फ जान आउँदै गरेको प्रदेश ३-०१-०२४ च ६३६१ नम्बरको योद्धा पिकअप भ्यानलाई विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा खाली क्रेटहरुको बिचमा लुकाई छिपाई ल्याएको ६ वटा सेतो बोरा भित्र  पोका पारी ल्याएको प्लाष्टिकले बेरिएको ११ प्याकेट अन्दाजी १०० किलोग्राम बराबरको लागुऔषध गाँजा फेला परेको छ । उक्त पिकअप भ्यान र चालक जिल्ला काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-१२, शंखु ओखरकोट बस्ने अन्दाजी  २९ वर्षीय किरण वाग्लेलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्धटनाबाट मानिसहरुको मृत्यु
२०८१-०७-२३

चितवन, भरतपुर महानगरपालिका-२९, सत्रकिलो स्थित नारायणगढ मुग्लिन सडक खण्डमा मुग्लिङबाट  नारायणगढ तर्फ आउदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नम्बरको ई.भि. हाईस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नम्बरको बस एक आपसमा ठक्कर खाँदा हाईस चालक जिल्ला चितवन, खैरहनी नगरपालिका-४ बस्ने ४० वर्षीय अनोज अधिकारी र हायसमा सवार जिल्ला गोर्खा, आरुघाट गाउँपालिका-१, मान्बु बस्ने ४२ वर्षीय राज बहादुर गुरुङ घाईते भई उपचारको क्रममा सरकारी अस्पताल भरतपुरमा मृत्यु भएको छ । साथै हाईसमा सवार हाल नामथर वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला, सोही हाईसमा सवार नामथर वतन नखुलेको अन्दाजी ३२ वर्षीय पुरुष, सोही हाईसमा सवार नामथर वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुषको नयाँ मेडिकल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ बस्ने ४४ वर्षीय सुर्य बिक्रम बिष्ट नयाँ मेडिकल कलेजमा उपचार भईरहेको र अन्य घाईतेहरू सरकारी अस्पताल भरतपुर र नयाँ मेडिकल भरतपुरमा उपचार भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१८

चितवन, भरतपुर महानगरपालिका-१६, लप्टन डाँडा नजिकै गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले जिल्ला चितवन भरतपुर महानगरपालिका-१६, राधा कृष्ण टोल स्थितमा विकास तामाङको गोठमा जिल्ला चितवन, भरतपुर महानगरपालिका-१९, रामपुर बस्ने ३० वर्षीय विवेक गुरुङ, ऐ.ऐ. बस्ने वर्ष ३५ को विशाल तामाङ, ऐ.ऐ. लामाचोक बस्ने वर्ष ३५ को राजकुमार लामा तामाङ, ऐ.ऐ. १७ हरैया बस्ने वर्ष ३३ को अशोक ठाकुर हजाम, ऐ.ऐ. १६ गुरुङचोक बस्ने वर्ष ३८ को अशोक तामाङले लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सेवन गर्दै गरेको अवस्थामा फेला पारी निजहरुको साथबाट लागू औषध (ब्राउन सुगर) ३ ग्राम ६० मिली ग्राम, लागु औषध नाप्ने तौल मेसिन थान १,  नगद १५,२३० (१५ हजार दुईसय), मोवाईल थान ५, लागू औषध सेवन गर्नको लागि प्रयोग गरेको ब्लेड,लाइटर,५वटा सिक्का, थाल तथा तान्न प्रयोग गर्ने बेरेको अवस्थामा रहेको रू.५ र रू.१० को ६ वटा नोट सहित फेला पारी निजहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा बिरगन्जबाट हेटौंडा तर्फ आउँदै गरेको मधेश प्रदेश०३-००१ज.०४३१ नं. EV यात्रु बाहक गाडीमा सवार जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका-१२ बस्ने वर्ष अन्दाजी २५ को मनोज साहलाई शंका लागि चेकजाँच गर्दा दुवै खुट्टामा सेतो टेपले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध DIAJEPAM २५ पिस, PHEMERGAN २५ पिस र NOOPHINE २५ पिस गरि जम्मा ७५ पिस लागुऔषध फेला परेको । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

चाँदी जस्तो देखिने (सेतो धातु) पदार्थ नियन्त्रणमा
२०८१-०७-१२

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा बिरगन्जबाट काठमाण्डौ तर्फ आउदै गरेको ना ६ ख ७२६२ नम्बरको यात्रु बाहक बसलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुर र प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलिले उक्त बसलाई रोकी  चेकजाँच गर्ने क्रममा उक्त बसको  B तर्फको १६ नम्बर सिटमा सवार भई आएका देश भारत बिहार राज्य मधुबनी जि. जेटियाहि पन्चायत पर्जुअर टोल बस्ने वर्ष अन्दाजी ४८ को मनोज कुमार झाको शरिर चेकजाच गर्दा निजको छातिको भागमा कपडाको फल्स बटन बनाई लुकाई छिपाई गरी ल्याएको चाँदी जस्तो देखिने सेतो धातु गणेश भगवान ११ थान, लक्ष्मी माता ११ थान, दुर्गा माता ३ थान,  हनुमान जि ३ थान, राधाकृष्ण २ थान र सिता माता २ थान गरी जम्मा ३२ थान मुर्ति आकारको तौल गर्दा २ किलो १९६ ग्राम ८७० मिलि ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

सिन्धुलीमा भन्सार छलीको सामान बरामद गरिएको
२०८१-०७-०७

सिन्धुली, गोलन्जोर गाउँपालिका-७, खुर्कोट चेकपोष्ट स्थित वि.पि.राजमार्गमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ट्राफिक सहितको चेकिङ टोलीले वि.वि.राजमार्गमा आवत जावत गर्ने सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा सिन्धुलीबाट रामेछाप तर्फ आउँदै गरेको जिल्ला सिन्धुली गोलन्जोर गाउँपालिका-५, बस्ने वर्ष २९ को लेख बहादुर भुजेलले चलाई ल्याएको ना ७ ख ७३५७ नम्बरको ६ चक्के ट्रकलाई शंका लागि चेकजाँच गर्दा ट्रकको पछाडी लुकाई छिपाई ल्याएको अवस्थामा चिनी (प्रति बोरा ५० के.जी. लेखिएको) ६० बोरा, भुजा (प्रति बोरा ७ के.जी. लेखिएको) २१९ बोरा, भुजा (प्रति बोरा ९ के.जी. लेखिएको) १३४ बोरा फेला परेको । उक्त सामानहरुको विल नभएकोले ट्रक, ट्रक चालक र उल्लेखित सामानहरु  इलाका प्रहरी कार्यालय खुर्कोटमा ल्याई  आवश्यक अनुसन्धान भई रहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०७-०३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३, स्थित प्रहरी चौकी बसामाडी कार्यालय अगाडी पूर्व पश्‍चिम सडकखण्डमा चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना३३प.९५७६ नं.को मोटरसाईकललाई शंका लागी चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२ बस्ने वर्ष अन्दाजी २६ को बुद्ध बहादुर डिम्डुङ र मोटरसाईकलमा सवार सोहि हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने वर्ष अन्दाजी २९ को नबिन रुम्बाको साथबाट लागुऔषध डाईजोपाम-४१पिस, फेनारगोन-४० बोनोरभाईन-४० गरी जम्मा १२१ पिस फेला परेको थियो । निजहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी तालुक जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको । 

६९ औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
२०८१-०६-२९

६९ औं प्रहरी दिवस २०८१ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित अमर प्रहरी प्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री कृष्ण हरि शर्माज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रहरी उपरीक्षकज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, बागमती प्रदेश कार्य समितिका पदाधिकारीज्यू, जिल्ला कार्य समितिका पदाधिकारीज्यू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेतको उपस्थितिमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धासुमन व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपस्थित हुनु भएका वीर अमर प्रहरीका परिवारजनहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।साथै कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखज्यूले राज्यमा सृजना भएको बिभिन्न परिस्थितिलाई सामना गर्ने क्रममा साहदत प्राप्‍त गर्ने ती अमर शहीदहरू प्रति पनि बागमती प्रदेश प्रहरी कार्यालयको तर्फबाट हार्दिक समवेदना समेत व्यक्त गर्नु भएको थियो ।

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०६-२२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले बिशेष सुचनाको आधारमा पालुङबाट बिरगंज तर्फ जाँदै गरेको ना ७ ख १७७१ नम्बरको ट्याङ्कर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाडी चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-९, ज्यामिरे बस्ने वर्ष अन्दाजी २६ को रोशन पुरी र सहचालक सोहि बस्ने वर्ष अन्दाजी २२ को धन बहादुर मल्ललाई शंका लागी रितपुर्वक निजहरुको शरीर तथा ट्याङकर समेतको खानतलासी गर्दा ट्याङकरको पाँचवटा डिब्बाहरु मध्ये ३ नं. को डिब्बा भित्र लुकाई छिपाई गरी ल्याइएको अवस्थामा ३९२ किलो लागुऔषध गाँजा फेला परेको । उक्त लागुऔषध, ट्याङकर सहित रोशन पुरी र धन बहादुर मल्ललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्यको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर  पठाएको । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०६-१५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी स्थित गोप्य सुचनाको आधारमा जिल्ला पुर्वी नवलपरासी विनय त्रिवेणी गाउँपालिका-३, घर भई जिल्ला रुपन्देही सिदार्थ गाउँपालिका-३, बस्ने वर्ष ३६ को दान बहादुर बि.क.ले बोकेको निलो झोलामा र जिल्ला रुपन्देही सत्यी गाउँपालिका-२, बस्ने वर्ष २० को चन्द हरीजनले बोकेको हरियो रंगको झोला भित्र अन्दाजी ७ किलो लागुऔषध गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरी चौकी गल्छीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गजुरी पठाएको । 

नवनिर्मित प्रहरी चौकी हर्षाही जगाडीको प्रशासनिक भवनको समुद्‍घाटन सम्पन्न
२०८१-०६-११

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित प्रहरी चौकी हर्षाही जगाडी, सिन्धुलीको भौतिक संरचनाको समुद्‍घाटन सम्पन्न भएको छ । आज मिति २०८१।०६।११ गते आयोजित समुद्‍घाटन कार्यक्रममा बागमती प्रदेश सरकार श्री आर्थिक मामिला तथा कानून मन्त्री माननीय श्री सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । बागमती प्रदेशका माननीय सांसदज्यूहरु, पूर्व संविधान सभा सदस्यज्यूहरूको सहभागिता रहेको थियो ।साथै उक्त कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुखज्यू, कमलामाई नगरपालिकाका नगर प्रमुखज्यू, जिल्ला समन्वय समिति सिन्धुलीका उप-प्रमुखज्यू, दुधौली नगरपालिकाका नगर उप-प्रमुखज्यू, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुर्ण बहादुर दर्जीज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. कृष्ण हरि शर्माज्यु, जिल्ला सुरक्षा समिति सिन्धुलीका पदाधिकारीज्यूहरु, सिन्धुली जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, पूर्व प्रहरी कर्मचारीहरु, जिल्ला स्थित विभिन्न संघसंस्थामा आवद्ध प्रमुख एवं प्रतिनिधिज्यूहरु, प्रहरी कर्मचारीज्यूहरू लगायतको उपस्थिति रहेको थियो ।

सवारी दुर्घटनामा परि एकको मृत्यु
२०८१-०६-०९

चितवन, रत्ननगर नगरपालिका-९, पूर्व पश्चिम सडक खण्डको टिकौली जंगल नजिक बिरगन्जबाट नवलपरासीको CG तर्फ जांदै गरेको रा१ख ३०४८ नम्बरको चाउचाउ बनाउने कच्चा पदार्थ लोड भएको ट्रक र भरतपुरबाट टांडी तर्फ आउँदै गरेको ना३८प ११९१ नम्बरको  मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुंदा मोटरसाईकल चालक जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका-५, बस्ने वर्ष ३४ को राजन न्यौपाने गम्भिर घाईते भई भरतपुर सरकारी अस्पताल भरतपुरमा उपचार भई रहेकोमा निजको उपचारको क्रमममा मृत्यु भएको । ट्रक चालक जिल्ला दाङ तुलसीपुर उपमहानगरपालिका-११ बस्ने वर्ष अन्दाजी २४ को बिनोद राउत इप्रका टांडीको नियन्त्रणमा रहेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०५-३१

धादिङ गजुरी गाँउपालिका-१ गजुरी स्थित पृथ्विलोक मार्गमा काठमाण्डौंबाट भैरहवातर्फ जादैँ गरेको लु २ ख ४५२९ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटि गएको प्रहरी टोलिले उक्त बस चेकजाँच गर्ने क्रममा धादिङ गजुरी गाँउपालिका-४ बस्ने वर्ष ३४ को वृद्धिलाल तामाङ, वर्ष ३२ को सिताराम तामाङ र जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१ बस्ने वर्ष २४ को शिशु योन्जनको झोलाभित्र लागूऔषध गाँजा अन्दाजी २६ के.जि. फेला परेको हो । उक्त गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट आ.व. २०८१।०८२ को वार्षिक कार्यसम्पादन सम्झौता कार्यक्रम सम्पन्न
२०८१-०५-२७

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माज्यूबाट बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसंग प्रत्यक्ष एवं Virtual माध्यमबाट आर्थिक वर्ष २०८१।०८२ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । चालु आ.व. को लागि बागमती प्रदेश प्रहरी अन्तर्गतका बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, बागमती प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालय १० गरी जम्मा १४ वटा कार्यालयका प्रमुखहरुसंग प्रदेश प्रहरी प्रमुखज्यूले कार्यसम्पादन सम्झौता गर्नु भएको छ । कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रे सहित बागमती प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी प्रमुखहरुले प्रस्तुतिकरण गर्नु भएको थियो भने सोही अवसरमा बागमती प्रदेश प्रहरी प्रमुखज्यूले सम्झौतामा उपस्थित कार्यालय प्रमुख सहित मातहत इ.प्र.का. स्तर सम्मलाइ Virtual माध्यमबाट नेपाल प्रहरीको प्रमुख कार्य अपराध अनुसन्धान, गस्ति व्यबस्थापन, विशेष योजना, ट्राफिक व्यवस्थापन, वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने र चाडपर्व लक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्ने लगायतको आवश्यक निर्देशन दिनुभएको हो ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०५-२७

नुवाकोट, दुप्चेश्वर गाउँपालिका-६, सातबिसे बजार स्थित शिखर बेशीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ६३९० नम्बरको बसमा लागुऔषध गाँजा ल्याई रहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थाइ प्रहरी पोष्ट सातबिसेबाट र प्रहरी चौकी समुन्द्रटारबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा ३ किलो लागुऔषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिईएको हो । नियन्त्रण पर्नेमा काठमाण्डौ टोखा नगरपालिका-३, बानियाँटार हाईट बस्ने वर्ष अन्दाजी २९ को पवन नेपाली र सोहि बस्ने वर्ष अन्दाजी ३५ को  रबि तामाङ रहेको छ । निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा ज्यूद्वारा बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक विभागीय निर्देशन सम्बोधन दिनुहुँदै
२०८१-०५-२३

तालुक नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर) को मिति २०८१।०५।१७ गतेको निर्णयानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा तालुक काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाण्डौबाट सरूवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्माज्यूले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएको छ । बागमती प्रदेश प्रहरी प्रमुखज्यूले कार्यालय परिसरभित्र वृक्षारोपण गर्नु भई बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको समग्र वस्तुस्थितिबारे जानकारी लिनुको साथै कार्यालयमा कार्यरत सिनियर प्रहरी अधिकृतज्यू, जुनियर तथा मातहत प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन समेत दिनु भएको थियो ।

लागुऔषध चरेस सहित मानिस नियन्त्रणमा
२०८१-०५-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चोक स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले काठमाण्डौंबाट पथलैया तर्फ जाँदै गरेको ना ७ ख ६०६१ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको पछाडीको सिटमा बसेका जिल्ला धादिङ गजुरी गाउँपालिका-८, बस्ने वर्ष ३६ को सुकमान तामाङ र सोहि बस्ने वर्ष ४२ को केदार तामाङले बोकेको झोलाबाट लागुऔषध चरेस जस्तो देखिने पदार्थ अन्दाजी १४ किलो फेला परेको । निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाईएको । 

नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१ को निरीक्षण सम्पन्न‍
२०८१-०५-१३

प्रहरी कार्यालयहरूको प्रहरी सेवा प्रवाहको स्तरमा सुधार गर्न, सङ्गठनको कार्य सम्पादनमा स्रोत साधनको व्यवस्थापनमा मितव्ययिता, उपयोगमा कार्य दक्षता र उद्देश्य प्राप्तिमा प्रभावकारी मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यासहरू सहित पृष्ठपोषण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०८१” मापदण्ड बमोजिम बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा आज निरीक्षण सम्पन्न भएको छ । केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाण्डौका कार्यकारी निर्देशक श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यू, प्रहरी नायव महानिरीक्षक राजेश नाथ बास्तोलाज्यू सहितको प्रहरी टोलीले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको सम्पूर्ण शाखाहरूको प्रशासनिक अभिलेख व्यावस्थापन, कार्यसम्पादनको स्तर, आन्तरिक व्यावस्थापन, सरसफाइ, प्रहरी कार्यालयको जवाफदेहिता, नवीनतम कार्यहरूको अभ्यास,  रचनात्मक कार्यको प्रयास  लगायत मेश र ब्यारेकको  निरीक्षण तथा वृक्षारोपण समेत गर्नु भएको थियो । निरीक्षणको क्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यूद्वारा समग्र बागमती प्रदेशको वस्तुस्थिति सहित शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, स्रोत साधन व्यवस्थापन, मानव श्रोत एवं प्रशासनिक व्यवस्थापन, सूचना प्रविधि, सृजनात्मक तथा रचनात्मक कार्य लगायतका विषयवस्तुहरूको प्रस्तुतीकरण गर्नु भएको थियो ।     निरीक्षण पश्चात् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीज्यूले प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कनले कार्यालयगत कामकारवाहीमा भएका कमी कमजोरीहरु निर्क्यौल गरी  कार्यालयको कार्य सम्पादनमा थप प्रभावकारीता ल्याई कार्यदक्षता वृद्धि गर्ने कुरामा जोड दिनु भएको थियो । सोही अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यूले प्रतिवद्धता सहितको धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०५-१०

धादिङ, गजुरी गाउँपालिका-१, गजुरी बजार स्थित पृथ्वीलोकमार्गमा काठमाण्डौबाट बुटलतर्फ जाँदै गरेको लु २ ख ६८२३ नम्बरको बसमा लागु औषध गाँजा ल्याउँदै गरेको छ भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटी गएको प्रहरी टोलीले उक्त बस चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला धादिङ गजुरी गाउँपालिका-८ बस्ने वर्ष २७ को रमेश तामाङ र सोहि बस्ने वर्ष ४३ को भक्त तामाङको साथबाट ४ थान कालो खैरो झोलाभित्र अन्दाजी २१ किलो लागुऔषध गाँजा, OPPO कम्पनीको मोबाईल थान- १, Realme कम्पनीको मोबाईल थान-१ गरी जम्मा २ थान मोबाईल फेला परेको थियो । निजहरूलाई लगुऔषध गाँजा र मोबाइल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

नवनिर्मित बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको प्रशासनिक भवनको समुद्‍घाटन सम्पन्न ।
२०८१-०४-३०

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको विनियोजित बजेटबाट नवनिर्मित बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको प्रशासनिक भवन समुद्‍घाटन सम्पन्न भएको छ । आज मिति २०८१।०४।३० गते आयोजित समुद्‍घाटन कार्यक्रममा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री बहादुर सिंह लामा (तामाङ) ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो  । उक्त कार्यक्रममा माननीय आर्थिक मामिला तथा योजना मन्त्री श्री कुन्दन राज काफ्लेज्यू, माननीय आन्तरिक मामिला तथा कानून मन्त्री श्री सुरज चन्द्र लामिछानेज्यू, माननीय स्वास्थ्य मन्त्री श्री किरण थापा मगरज्यू,  माननीय खानेपानी, उर्जा तथा सिचाई मन्त्री श्री श्याम बहादुर खड्काज्यू, माननीय  युवा तथा खेलकुद मन्त्री श्री मीनकृष्ण महर्जनज्यू,  माननीय श्रम, रोजगार तथा यातायात मन्त्री श्री प्रेमभक्त महर्जनज्यू, माननीय उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री श्री सुकमाया तामाङज्यू, माननीय संस्कृति पर्यटन तथा सहकारी मन्त्री श्री बिमल ठकुरी ज्यू, माननीय विना विभागीय मन्त्री श्री मधु कुमार श्रेष्ठज्यूको उपस्थिति रहेको थियो ।   साथै उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख श्री ललित बहादुर घलानज्यू, हेटौंडा उपमहा नगरपालिकाका उपप्रमुख श्री राजेश बानियाँज्यू, मध्ये पृतना हेडक्वाटर सुपारिटार हेटौंडाका सहायकरथि श्री सुभाष जंग थापाज्यू, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव श्री पूर्ण बहादुर दर्जीज्यू, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव श्री कृष्ण प्रसाद मैनालीज्यू,  मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री तीर्थराज चिलुवालज्यू, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख राजनैतिक सल्लाहकार श्री विनोद साहज्यू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री बिष्णु कुमार के.सी.ज्यू, नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनका निर्देशक प्रहरी नायव महानिरीक्षक श्री लालमणी आचार्यज्यू, शसस्त्र प्रहरी ३ नं. बाहिनी भण्डारा चितवनका सशस्त्र प्रहरी नायव महानिरीक्षक श्री गणेश बहादुर ठाडा मगरज्यू, विभिन्न मन्त्रालय एवं कार्यालयका प्रमुख तथा कर्मचारीज्यूहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारी ज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, सञ्चारकर्मी ज्यूहरु, निर्माण व्यावसायीज्यू, पूर्व प्रहरी कर्माचारी संगठनका पदाधिकारीज्यूहरू, सामुदायिक सेवा केन्द्रहरुका अध्यक्ष एवं पदाधिकारीज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशका पदाधिकारीज्यूहरु स्थानीय भद्र भलाद्मी, विभिन्न संघ-संस्थामा आवद्ध व्यक्तित्वहरू, प्रहरी कर्मचारीज्यूहरू लगायतको उपस्थिति रहेको थियो । साथै नवनिर्मित बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको प्रशासनिक भवन निर्माणमा योगदान पुर्‍याउनु हुने निर्माण व्यावसायि एवं  प्रहरी कर्मचारीहरुलाई प्रमुख अतिथिज्यूबाट प्रशंसा पत्र वितरण गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुखज्यूबाट प्रमुख अतिथिज्यूलाई मायाको चिनो प्रदान एवं धन्यवाद मन्तव्य राखि कार्यक्रम सम्पन्न भएको थियो ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०४-०६

सिन्धुली, कमलामाई नगरपालिका-८, बाधमारा जंगलमा लागुऔषधको कारोबार भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिन्धुलीबाट खटिगएको प्रहरी टोलीले निम्न स्थान बस्ने निम्न मानिसले बोकेको पछाडि भिर्ने कालो झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध (EXIPLON – १५ बोतल (प्रति पिस १००ml), WINCEREX COUGH SYRUP – १४ बोतल (प्रति पिस १००ml) ) सहित २ जना मानिस सहित निजहरुले प्रयोग गरेको बा ९३ प ८८०८ नम्बरको पल्सर मोटरसाईकल र लागुऔषध खरिद गर्नको लागि आएका निम्न स्थान बस्ने निम्न व्यक्तिहरु र  प्रदेश २-०३-०२२ प ४४५० नम्बरको मोटरसाईकल समेत जिल्ला सिन्धुली कमलामाई नगरपालिका-८, हर्दिया स्थित नेहा पेट्रोल पम्पबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।ला.औ.सहित नियन्त्रणमा लिएको निम्न मानिसहरु  :- १)  जि. महोत्तरी औरी न.पा. ७ बस्ने बर्ष २१ को जय साह । २) जि. सिन्धुली क.न.पा. ७ माझिटार बस्ने बर्ष २० को दिलसन भन्ने लोकविक्रम आले मगर ।ला.औ.खरिद गर्न आएका निम्न मानिसहरू :-१)     जि. सिन्धुली क.न.पा. ५ चिसापानी बस्ने वर्ष २३ को मिलन पाख्रिन २)     ऐ.ऐ. ६ धुरा बजार बस्ने वर्ष २७ को सौगात लामा । 

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०४-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ जादै गरेको बा.प्र.०३-००१ ज ०३०३ नम्बरको माईक्रोलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-२, सुनारेसहर बस्ने अन्दाजी ३२ वर्षीय दुर्गा लामालाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले शरिरको भागमा टेपले बेरेर लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

पहिरोले यात्रु सहित बस बगाइ बाटो अवरोध भएको ।
२०८१-०३-२८

चितवन, भरतपुर महानगरपालिका-२९, नारायगढ-मुग्लिन सडक खण्डको सिमलताल भन्ने स्थानमा बिरगन्जबाट काठमाण्डौ तर्फ आई रहेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्स लेखेको यात्रु बहाक बस र काठमाण्डौबाट गौर तर्फ जाँदै गरेको हाल नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई पहिरोले बगाएको भन्ने खबर प्राप्त हुना साथ,उक्त स्थानमा जि.प्र.का. चितवनबाट प्र.उ.,प्र.ना.उ. श्रीराम भण्डारी,जि.ट्रा.प्र.का.बाट प्र.नि., इप्रका मुग्लिनबाट प्र.नि. र प्र.चौ.जुगेडीबाट प्रसनिको कमाण्डमा गरी जम्मा ७५ जनाको टोली खटी गई खो.त.कार्य भई रहेको,पहिरोको कारण बाटो दुबै तर्फ अबरोध भएको,उक्त स्थान यस का.बाट ११ कि.मि.दक्षिण पर्ने बिबि पछी ।थप टिपोटः- ऐ. ०६:३० बजे भरतपुर म.न.पा.२९ नारायगढ-मुग्लिन सडक खण्डको सिमलताल स्थित पहिरो पन्छाई बाटो एकतर्फी सुचारु भएको ।  थप टिपोटः-बिपद ब्यबस्थापन शिक्षालय कुरिन्टारबाट गोताखोरको स.प्र.नि.धन कुमार अधिकारीको कमाण्डमा १५ जनाको टोली ऐ.०८:३० बजेको समयमा घट्ना स्थल सिमलतालमा पुगी स्थलगत अनुगमन भई रहेको ।नोटः- काठमाण्डौंबाट गौर चल्ने गणपती लेखेको बसको गाडी धनी राकेश जैसवाल(9816107753) सह चालक (9821862977), बागमती प्रदेश०३- ००१ख २४९५ भनी जानकारी गराएको, उक्त बसमा  चालक दल बाहेक २७ जना सवार रहेको भन्ने बुझिन आएको ।थप टिपोटः- बिरगन्जबाट काठमाण्डौ तर्फ आई रहेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरो बसमा सवार बसका यात्रीहरूः-१.भारत घर भएका अन्सारी जी सहित २ जना  ।२.भारत घर भएका सन्तोष ठाकुर ।३. भारत घर भएका सुरेन्द्र साह ।४.भारत घर भएका आदित मिया ।५.भारत घर भएका सुनिल साह ।६.भारत घर भएका साहनबाज आलम ।१.बिरगन्ज म.न.पा.१४ पिपरा घर भएका प्रकाश पटेल सहित- २ जना  ।२. वतन नखुलेको अरबिन्द्र दुबे ।३. वतन नखुलेको हरिन्द्र पण्डित४. रामनगरी पर्सा घर भएका सुजित जी सहित २ जना ।५.मुसहर्वा बारा बस्ने परमानन्द जी   ।६.रंगपुर पर्सा घर भएका हृदय नारायण राउत, सहित ३ जना ।७.रघुनाथपुर  घर भएका सालिम मिया सहित २ जना ।८.पुर्वारी कटिया पर्सा घर भएका रैजुल आलाम सहित  २ जना  ।९. बस चालक जवाहिर महत्तो,बिरगन्ज बस्ने ।१०.बस साहुं राजेन्द्र के.सी ।११.नाम नखुलेको सह चालक चौधरी ।काठमाण्डौ देखि गौर जाँदै गरेको गणपति डिलक्स लेखेको बागमती प्रदेश०३- ००१ख २४९५ बसमा सवार ३ जना ब्यक्तिहरु गाडीबाट हामफाली सकुशुल नदीबाट बाहरि निस्की सामान्य घाईते भई उपचारको लागि भरतपुर तर्फ आएको । १.जिल्ला रौतहट देवाहि गोनाहि  नगरपालिका एक बस्ने बस्ने वर्ष ३० को नन्द दास सामान्य,नयां मेडिकल कलेजमा उपचार भई रहेको, २.जिल्ला रौतहट राजदेबि नगरपालिका ९ बस्ने वर्ष ४५ को जोगेश्वर राई यादव,नयां मेडिकल कलेजमा उपचार भई रहेको । ३.जिल्ला रौतहट गढिमाई नगरपालिका ३ बस्ने वर्ष २६ को सुरज गुप्ता, सामान्य सरकारीमा अस्पतालमा उपचार पश्चात डिस्चार्ज  भई गएको ।

अवैध लागुऔषध गाँजा जस्तो देखिने बस्तु नियन्त्रणमा
२०८१-०३-२८

मकवानपुर, राक्सिराङ गाउँपालिका-५, जिर्खे र आँपखोल्सीको बिच चैनपुर मनहरी भित्री सडक खण्डमा ईलाका प्रहरी कार्यालय, मनहरीबाट खटिएको प्रहरी टोलिले राक्सिराङबाट मनहरी तर्फ आउदै गरेको बा ६ च ८२५९ नम्बरको बोलेरो गाडी र बा.प्र.०६-००१ प ५५८९ नम्बरको मोटरसाईकललाई  रोकी चेकजाँच गर्न खोज्दा गाडी नरोकी फरार रहेकोमा उक्त सवारी साधनलाई  पछ्याउदै आउने क्रममा उक्त दुवै सवारी साधन मनहरी गाउँपालिका-७, मनहरी तर्फबाट फर्काइ सोहि दिशा तर्फ भाग्ने क्रममा प्रहरीले पुन: रोक्न खोज्दा प्रहरीले चलाएको मोटरसाईकललाई समेत ठक्कर दिइ उक्त सवारी बाटोको नालामा पर्न गई दुबै सवारी चालक फरार रहेकोमा बलेरो गाडीलाई  चेकजाँच गर्दा बीच भागको सिटमा लुकाई छिपाई ल्याएको रातो प्लाष्टिकले बेरेको १० वटा पोका लागुऔषध गाँजा जस्तो देखिने बस्तु अन्दाजी ४० किलोग्राम र दुबै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०३-२२

चितवन, भरतपुर महानगरपालिका-२९, जुगेडी स्थित चेक पोष्टमा प्रहरी चौकी जुगेडीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको लु ७० प ८२३२ नम्बरको बुलेट मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा सोही मोटरसाईकलको पछाडी सवार जिल्ला रुपन्देही, सिद्धार्थ नगरपालिका-८ बस्ने २६ वर्षीय राजेश शाहले पछाडी भिरेको कालो झोलामा ३ पोका अन्दाजी २ किलोग्राम लागुऔषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । मोटरसाईकल लिई मोटरसाईकल चालक फरार रहेको र निजको खोजतलास कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मिनि ट्रक र मानिस पक्राउ
२०८१-०३-१३

मकवानपुर, भिमफेदी गाउँपालिका-१, सामरी पुल नजिकै भित्री सडक खण्डमा रोकी राखेको बा ३ ख ४६१ नम्बरको मिनी ट्रकमा लागुऔषध गाँजा लुकाई छिपाई ल्याएको छ भन्ने विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले मिनि ट्रक र मिनि ट्रक चालक जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका-४, बस्ने अन्दाजी ५१ वर्षीय पुर्ण बहादुर रुम्बालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई ट्रकलाई चेकजाँच गर्दा ट्रकको पछाडी पट्टी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको लागुऔषध गाँजा १ सय ७५ किलोग्राम बरामद भएकोले थप अनुसन्धान भईरहेको छ ।

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०३-०८

सिन्धुली हरिहरपुरगढी गाउँपालिका-७ चिसापानी स्थितमा अबैध लागु औषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट टोली खटी गई उक्त स्थानमा रहेको थोले ब्लोनको गोठमा खानतलासी गर्दा सुति रहेको अवस्थामा जिल्ला उदयपुर कटारी नगरपालिका-६ घर भई हाल हरिहरपुरगढी गाउँपालिका-७ चिसापानी बस्ने वर्ष ४६ को कुमार पाख्रिन र बोरा तथा फलामको ड्रममा लुकाई-छिपाई राखेको अवस्थामा अन्दाजी ६१५.९३ के.जि. लागुऔषध गाँजा फेला पारी निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०३-०८

मकवानपुर थाहा नगरपालिका-६ बज्रबाराही बजार स्थित कुलेखानी सडक खण्डमा लागुऔषध लुकाई छिपाई ल्याउदै छ भन्ने विशेष सूचनाको अधारमा अस्थाई प्रहरी पोष्ट, बज्रबाराही मकवानपुरबाट र इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट टोली खटि गई हेटौडांबाट काठमाण्डौ तर्फ जादै गरेको बा.प्र.०६-०१ प ३७६६ नम्बरको TVS मोटरसाईकल चालक जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने वर्ष अन्दाजी ३० को अरबिन खरेल र पछाडी सवार जिल्ला कैलाली टिकापुर नगरपालिका-६ बस्ने वर्ष अन्दाजी २७ को अंकित अधिकारीलाई चेकजाँच गर्दा मोटरसाईकल पछाडी सवार अंकित अधिकारीको साथबाट लागुऔषध-१० MG नाईट्रोभेट ११फाईल (२२पत्ता) फेला पारी  उक्त नाईट्रोभेट सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०३-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ जादै गरेको ना ७ ख १०५२ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको सिट नम्बर ११ मा  रहेको जिल्ला धनुषा, लक्षमिनिया गाउँपालिका-६ बस्ने अन्दाजी २८ वर्षीय मोहम्द मुस्ताख राइनलाई शंका लागि चेकजाँच गर्दा निज बसेको सिट माथिको डिक्किको झोलामा लुकाई छिपाई राखेको ३ किलो १७० ग्राम लागुऔषध गाँजा फेला पारी उक्त लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०३-०३

चितवन, राप्ती नगरपालिका-११, डुम्रीखाडी स्थित चेपाङ मार्गमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको गस्ती टोलीले थाकलटारबाट भण्डारा तर्फ आउँदै गरेको ना ५९ प ९९०८ नम्बरको बुलेट मोटरसाईकल शंका लागि रोकी चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकल पछाडी सवार जिल्ला चितवन, रत्ननगर नगरपालिका-११ बस्ने २४ वर्षीय मनोज गुरुङले बोकेको झोलामा लागु औषध गाँजा ४ किलो ९०० ग्राम बरामद गरी निज मनोज गुरुङ, मोटरसाईकल चालक जिल्ला नबलपरासी, गैडाकोट नगरपालिका-५ बस्ने २४ वर्षीय सुशील पुन तथा मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०२-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वईन्टमा यस कार्यालयबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.३ख ८३८२ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको सिट नम्बर ८ र ९ मा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका १ बस्ने वर्ष २८ को जीवन लामा र सोहि बस्ने वर्ष १६ को शुक्लाङ भोलनलाई शंका लागी चेकजाँच गर्ने क्रममा जिवन लामाले बोकेको कालो झोला भित्र प्लाष्टिकले बेरेको अवस्थामा लुकाई छिपाई ल्याएको अन्दाजी २ किलो ५०० ग्राम गाँजा जस्तो देखिने बस्तु फेला परेको । निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि तालुक कार्यालयमा पठाईएको ।

सवारी दुर्घटनामा परी एकको मृत्यु
२०८१-०२-१२

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँ बजार स्थित पूर्व पश्चिम राजमार्गमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना.५ख ७७२१ नं.को ट्रकले बिपरित दिशा तर्फबाट आउँदै गरेको बा.प्र.-०३-००४प ६९७३ नं.को बुलेट मो.सा.लाई ठक्कर दिइ दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-८, कमाने बस्ने वर्ष ४५ को दिनेश कार्कीको टाउको र शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाईते भई उपचारको लागि चितवन नयाँ मेडिकल कलेज भरतपुर चितवनमा पठाइएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लगुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३, लेवट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी बसामाडी लेवटबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा बस्तिपुर तर्फबाट हेटौंडा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ज ००४६ नम्बरको म्याजिक रोकी राखेकोमा म्याजिकमा सवार सबै प्यासेन्जरहरु झरी गएकोले तत्काल उक्त म्याजिकलाई शंका लागि चेकजाँच गर्दा काठको मन्दिर भित्र दुई वटा कपडाको पोका फेला परेकोले उक्त पोका खोली हेर्दा लागु औषध गाँजा १० किलो ४४२ ग्राम फेला परेको । लगुऔषध सहित म्याजिक चालक लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८१-०२-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, चुरियामाई पिपलबोट चेक पोइन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त चेकिङ टोलीले बिरगंजबाट  हेटौंडा तर्फ आउँदै गरेको बा ३ ख ४२ नं.को माईक्रोलाई रोकी चेकजाँच गर्दा उक्त माईक्रोमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका १६ ईनर्वा बस्ने वर्ष अन्दाजी २१ को तवरेज आलमको साथबाट फेनारगन १०० पिस, सोहि बस्ने वर्ष अन्दाजी १८ को रवि दासको साथबाट डाईजेपाम १०० पिस र सोहि बस्ने वर्ष अन्दाजी २२ को रुस्तम अन्सारीको साथ बाट Noophin-१०० पिस लागुऔषध फेला परेको थियो । निजहरूलाई लगुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरि कार्यालय मकवानपुर पठाएको । 

सवारी दुर्घटनाबाट एकको मृत्यु
२०८१-०२-०५

नुवाकोट, दुप्चेस्वर गाउँपालिका-३, राउतबेसी स्थित पुरगाउँबाट समुन्द्रटार तर्फ आउँदै गरेको बा २ ख ६३८१ नम्बरको बसले राउत बेसीबाट पुरगाउँ तर्फ जाँदै गरेको बा.प्रदेश ०२-०२ प ४८५८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक नुवाकोट, दुप्चेस्वर गाउँपालिका-३, राउतबेसी बस्ने ४३ वर्षीय अक्सर तामाङको टाउको र खुट्टामा चोट, मोटरसाईकल पछाडी सवार  निजकि श्रीमती अन्दाजी ४० वर्षीया रुपसानी तामाङ खुट्टामा चोट ,अवस्था गम्भिर भएकोले दुवै जना घाइतेहरुलाई उपचारको लागी काठमाण्डौ पठाइएकोमा रुपसानी तामाङको ग्राण्डी अस्पताल काठमाण्डौंमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाईकल र बस सहित बस चालक जिल्ला नुवाकोट, तादी गाउँपालिका-५ बस्ने अन्दाजी ३६ वर्षीय मनहरि मगरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०८१-०२-०१

चितवन, रत्ननगर नगरपालिका-३, शान्तीचोक स्थित पूर्व पश्चिम सडक खण्डमा टांडीबाट खैरहनी तर्फ जाँदै गरेको ना. ३७ प ४९०९ नम्बरको मोटरसाईकललाई ना ४ ख ४१२८ नम्बरको कोक बोक्ने डिब्बा ट्रकले ठक्कर दिंदा मोटरसाईकल चालक जिल्ला चितवन, खैरहनी नगरपालिका-८ बस्ने ३३ वर्षीय प्रविण कुंवर गम्भीर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर लगेकोमा निजको मृत्यु भएको छ । उक्त कोक बोक्ने ट्रक सहित ट्रक चालक चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ बस्ने ३८ वर्षीय नवीन उप्रेतीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-२५

मकवानपुर हेटौडा उपमहानगरपालिका-१० बसपार्क स्थितमा चितवनबाट बिरगंज तर्फ जादै गरेको ना.६ ख ३५५७ नम्बरको बसमा लागूऔषध गाँजा ल्याउदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकि बसपार्क, मकवानपुरबाट खटिएको टोलीले चेकजाँच गर्दा उक्त बसको क्याबिन सिटमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१ सानो भाबर बस्ने वर्ष १९ को बिजय तामाङ र जिल्ला रौतहट बृन्दाबन नगरपालिका-१ बस्ने वर्ष ३५ को धर्मेन्द्र ठाकुरको बिचमा राखेको कालो झोलामा अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला परेकोले छ । लागूऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसान्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईएको छ ।

लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-१९

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना ५ ख ५२६७  नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त  बसमा  सवार यात्रु  जिल्ला मकवानपुर कैलाश गाउँपालिका-१० बस्ने वर्ष अन्दाजी ४० को पाल्साङ मुक्तानलाई शंका लागी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई राखेको कालो झोला भित्र अन्दाजी ५ के.जि. लागूऔषध गाँजा फेला पारीएको छ । निजलाई लागूऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको छ ।  

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०१-११

चितवन, राप्ती नगरपालिका-८ स्थितमा थ्री ग्रुपबाट बिरेन्द्रनगर तर्फ आउँदै गरेको ना ७ प ६५१९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिएको देखि ईलाका प्रहरी कार्यालय भण्डराबाट खटिएको प्रहरी टोलीले मोटरसाईकललाई उठाउन जाँदा उक्त मोटरसाईकलमा सवार जिल्ला चितवन, भरतपुर महानगरपालिका-४ बस्ने २२ वर्षीय सोम बहादुर लामा र जिल्ला चितवन, राप्ती नगरपालिका-८, थ्री ग्रुप बस्ने वर्ष १४ को अमर सुनारले बोकेको जेब्रा झोला शंका लागि चेकजाँच गर्दा झोला भित्र लुकाई छिपाई ल्याएको २ किलोग्राम लागुऔषध गाँजा फेला परेकोले मोटरसाईकल, लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८१-०१-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित ईलाका प्रहरी कार्यालय, नेवारपानी कार्यालय अगाडी चेक प्वाईन्टमा  ईलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको टोलीले काठमाडौंबाट बिरगंज तर्फ आउँदै गरेको ना ७ ख २०१८ नम्बरको बसलाई  शंका लागि चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय चिन बहादुर डिमडुङ तामाङले आफु बसेका सिटमुनि जेब्रा झोलामा लुकाई छिपाई राखेको लागुऔषध चरेश अन्दाजी ६ किलो ९०० ग्राम फेला पारी निजलाई लागुऔषध चरेश सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित विभिन्न कार्यक्रमहरु सम्पन्न
२०८१-०१-०५

    नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेशद्वारा आयोजित कार्यक्रमहरुमा नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रमको पहिलो चरणमा हेटौंडा उपमहानगरपालिका वडा नं. १० मा अवस्थित भूटनदेवी मन्दिर परिसरको सरसफाई कार्यक्रम भएको थियो । त्यसैगरी दोस्रो चरणमा नेपाल प्रहरी श्रीमती संघ हेटौंडाको कार्यालय शुभारम्भ, कार्य समितिका पदाधिकारीज्यूलाई पदवाहाली, रक्तदान कार्यक्रम शुभारम्भ एवं ग्रामीण जीवनस्तर सुधार मञ्च हाम्रो बाल गृह मकवानपुरमा खाद्यन्न तथा स्टेशनरीका सामाग्री वितरण समेत भएको थियो ।         उल्लेखित कार्यक्रमहरुमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यू, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालज्यू, प्रहरी उपरीक्षकज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौका पदाधिकारीज्यूहरु, नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका कार्य समितिका पदाधिकारीज्यूहरु, प्रहरी नायव उपरीक्षकज्यूहरु, प्रहरी निरीक्षकज्यूहरु, रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका पदाधिकारीज्यूहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रहरी हवल्दार तथा जवानहरूको उपस्थिति रहेको थियो  ।        रक्तदान कार्यक्रममा ५८ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा नेपाल प्रहरी श्रीमती संघ बागमती प्रदेश हेटौंडाका अध्यक्ष श्रीमती सबिना सिल्वालज्यूबाट नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरज्यूलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

अवैध लागुऔषध सहित दुई जना नियन्त्रणमा
२०८०-१२-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट कांकडभिट्टा तर्फ आउँदै गरेको मे १ ख ३३३७ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर, बकैया गाउँपालिका-४ बस्ने अन्दाजी ३२ वर्षीया चमेली माया घलान र सोहि बसमा सवार जिल्ला मकवानपुर, बकैया गाउँपालिका-१०, मन्थली बस्ने २५ वर्षीया रोजिना घलानको साथबाट लागुऔषध गाँजा क्रमशः ६ किलो ५०० ग्राम र ६ किलो ४०० ग्राम फेला परेकोले लागुऔषध गाँजा सहित दुबै जनालाई  नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

ट्याक्सी दुर्घटनाबाट मानिस मृत्यु
२०८०-१२-१७

चितवन, ईच्छाकामना गाउँपालिका-५, पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाण्डौंबाट गोरखा जान आईरहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट अन्दाजी ७०/८० मिटर तल त्रिशुली नदीमा खसी दुर्घटना हुदाँ ट्याक्सी चालक जिल्ला, गोर्खा गोर्खा नगरपालिका-७ बस्ने अन्दाजी ३५ वर्षीय अर्जुन शिर्मल, उक्त ट्याक्सीमा सवार जिल्ला गोर्खा, गोर्खा नगरपालिका-७, बस्ने अन्दाजी ४१ वर्षीया हरिमाया रोकाय, सोही ठेगाना बस्ने अन्दाजी ७० वर्षीया जुनकिरी रोकाय,२८ वर्षीया अन्जना रोकाय र अन्दाजी वर्ष ९ को बालक आगमन नगरकोटीको घटनास्थलमै मृत्यु भएको छ । सोही ट्याक्सीमा सवार जिल्ला गोरखा, गोरखा नगरपालिका-७ बस्ने वर्ष १८ को दिवश रोकाय बेपत्ता भएकोमा हाल सम्म फेला नपरेकोले निजको खोजतलास कार्य भईरहेको छ ।

लागुऔषध नाइट्राभेट सहित मानिस नियन्त्रणमा
२०८०-१२-०८

सिन्धुली, कमलामाई नगरपालिका-९, भिमान चोरखोला स्थित बि.पी. राजमार्गमा ईलाका प्रहरी कार्यालय भिमा सिन्धुलीबाट प्रहारी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुघौली नगरपालिका-१०, भर्ले बस्ने वर्ष ३९ को चन्द्र बहादुर तामाङले चलाएको बा ४ ख ६६९४ नं. को हाईसलाई चेकजाँच गर्ने क्रममा उक्त गाडिको १ नम्बर सिटमा सवार जिल्ला धनुषा शहिदनगर नगरपालिका-३, बस्ने वर्ष अन्दाजी २० को सन्तोष कुमार यादबले झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राभेट १० (NITRAVER-10)  लेखिएको ४० पत्ता रहेको प्रत्येक पत्तामा ३० को दरले जम्मा १२०० (बाह्र सय) पिस बरामद गरिएको । निज सन्तोष कुमार यादबलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

ट्रकको ठक्करबाट एक मोटरसाईकल चालकको मृत्यु
२०८०-१२-०७

चितवन, भरतपुर महानगरपालिका-२९, दाशढुङ्गा स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको ना ७ ख ७६४ नं.को ट्रकले बिपरित दिशाबाट आउँदै गरेको ना ५५ प ८१९९ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक जिल्ला चितवन भरतपुर महानगरपालिका २९ कुसुमटार  बस्ने वर्ष ३२ को सोमलाल लामा गम्भिर घाईते भई उपचारको लागि भरतपुर सरकारी अस्पताल भरतपुर पठाएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको । ट्रक चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१३, बस्ने वर्ष ३९ को दुर्गा स्याङ्ताङ प्रहरीको नियन्त्रणमा रहेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवनमा झुण्डी मृत्यु
२०८०-१२-०६

चितवन, माडी नगरपालिका-३, बानरझुला घर भई हाल भरतपुर महानगरपालिका-१२, थानिचोक स्थित नरिश्वर पौडेलको घरमा ५/७ महिना देखि भाडामा बस्ने मसिना सुनारको छोरी वर्ष १८ की सम्झना सुनार आफ्नै कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-८, धारेचोक बस्ने अनित कुमार साहको छोरी वर्ष १६ एन्जल साह आफ्नै घरमा आफू सुत्ने कोठाको सिलिङ पंखामा सलको पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

चितवनमा झुण्डी मृत्यु
२०८०-१२-०२

चितवन, भरतपुर महानगरपालिका-६, नवज्योति टोल बस्ने वर्ष २८ को किरण कुमाल आफ्नै घर नजिकै रहेको सालको रूखमा पलाष्टिको डोरीले पासो लगाइ पासो आफै चुँडि भुँइमा लडीरहेको अवस्थामा निजको भाइ पर्ने अर्जुन कुमालले उपचारको लागि भरतपुर सरकारी अस्पताल भरतपुर ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको । घटनास्थल मुचुल्का सहित आवश्यक  अनुसन्धान कार्य भईरहेको छ । त्यस्तै चितवन, भरतपुर महानगरपालिका-१२, राधा टोल स्थित राधा न्यौपानेको घरमा डेरा गरी बस्ने वर्ष २४ को सुनिल लिम्बु आफु सुत्ने कोठाको सिलिङ पंखामा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

१०० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-२९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित गुम्बाटोल भित्री सडक खण्डमा बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोलीले रोकी राखेको BR 01BF5581 नम्बरको हुन्डाई कम्पनिको कार शंका लागी चेकजाँच गर्दा उक्त कारको पछाडी डिक्कि र पछाडि सिटको भागमा फल्स बटम बनाई लुकाई छिपाई राखेको १२ पोका अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेकोले उक्त लागुऔषध गाँजा सहित कार, कार चालक जिल्ला बारा, जितपुर सिमरा उप-नगरपालिका-७, बस्ने वर्ष १९ को साबिर अंसारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध चरेस सहित २ जना नियन्त्रणमा
२०८०-११-२७

धादिङ, थाक्रे गाउँपालिका-३, अमर्ख स्थित महादेववेशीबाट मकवानपुर जाने भित्री सडक खण्डमा प्रहरी चौकी महादेववेशीबाट खटि गएको प्रहरी टोलिले चेकजाचँ गर्ने क्रममा आग्राबाट महादेववेशी तर्फ आउँदै गरेको ना ४ ख ४८३ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर, थाहा नगरपालिका-८, आग्रा बस्ने ३८ वर्षीय राजेन्द्र दमाई र सोही ठेगाना बस्ने २३ वर्षीय नारायण दमाईको साथबाट अन्दाजी ९ किलो ५०० ग्राम लागुऔषध चरेस फेला परेकोले उक्त लागुऔषध चरेस सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-११-२५

धादिङ, गजुरी गाउँपालिका-५, माने भन्ज्याङ स्थित ईलाका प्रहरी कार्यालय गजुरीबाट खटि गएको प्रहरी टोलीले माने भन्ज्याङबाटबाट मलेखु तर्फ जाँदै गरेको बा.प्र.०२-०३० प ७०२५ नम्बरको मोटरसाईकलमा चरेश जस्तो देखिने लागुऔषध बोकी जाँदै गरेको अवस्थामा शंका लागी मोटरसाईकललाई सोही स्थानबाट पिछा गर्दै जाने क्रममा जिल्ला धादिङ, गजुरी गाउँपालिका-२, मलेखु भन्ने स्थानमा उक्त मोटरसाईकललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा कालो झोला भित्र ३ वटा घिउको बट्टामा ४ किलो ५३५ ग्राम चरेश जस्तो देखिने लागुऔषध र नेपाली रू ३०,०००।- (तिस हजार) नगद सहित मोटरसाईकल चालक जिल्ला धादिङ, गजुरी गाउँपालिका-४ बस्ने ३६ वर्षीय विजय प्रजा र पछाडी सवार सोही ठेगाना बस्ने ३२ वर्षीय सुरज तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

ट्याक्टर दुर्घटनाबाट एकको मृत्यु
२०८०-११-२४

सिन्धुली, कमलामाई नगरपालिका-३, सोलाभञ्ज्याङ तुफान डाँडा स्थित सिन्धुली चपौली जाने भित्री सडक खण्डमा सिन्धुलीबाट चपौली तर्फ जाँदै गरेको प्र.२-०३-००१ त ४११३ नम्बरको सिमेन्ट र रड लोड भएको ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल खसि दुर्घटना हुदाँ ट्याक्टर चालक जिल्ला सिन्धुली, तिनपाटन गाउँपालिका-१ बस्ने अन्दाजी २५ वर्षीय गोपाल तोलाङगी सामान्य घाईते र सोही ट्याक्टरमा सवार जिल्ला सिन्धुली, फिक्कल गाउँपालिका-५ बस्ने ३० वर्षीय दिनेश काफ्ले गम्भिर घाईते भई उपचारको लागी जिल्ला अस्पताल सिन्धुली तर्फ पठाएकोमा निज दिनेश काफ्ले उपचारको क्रममा मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

धादिङमा सवारी दुर्घटना हुँदा ७ को मृत्यु
२०८०-११-२४

धादिङ गजुरी गाउँपालिका-५, घांटबेशि स्थित पृथ्वीलोकमार्गमा लुम्बिनीबिलोकमार्गमा कपिलबस्तुबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु २ ख २१२१ नं.को ५१ जना यात्रु सवार बस अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल त्रिशुली नदिमा खस्दा ७ जनाको मृत्यु भएको र ४४ जनाको विभिन्न अस्पतालहरूमा उपचार भईरहेको छ ।मृतकहरू१) जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका-२, बस्ने वर्ष ३४ कि रोमी श्रेष्ठ ।२) जिल्ला काठमाण्डौ चन्द्रागिरी नगरपालिका-१०, बस्ने वर्ष ५५ को बेखा पुटुवार ।३) जिल्ल रुपन्देही मायादेवी गाउँपालिकार-४, बस्ने वर्ष ३५ को नासिर अलि  ।४) जिल्ला रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका-९, बस्ने वर्ष ३५ को जोगिन्दर यादव ।५) जिल्ला कपिलवस्तु सुद्धोधन गागरपालिका-८,  बस्ने वर्ष २६ को महेन्द्र चौधरी ।६) जिल्ला रुपन्देही लुम्बिनी सास्कृतिक नगरपालिका-३, बस्ने वर्ष २१ को किशोर राम कलवार । ७) जिल्ला रुपन्देही कोटईमाई गाउँपालिका-२, बस्ने वर्ष ३४ को सराजुद्दिन मुसलमान ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-२१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ जाँदै गरेको ना.६ ख.३५५७ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला रौतहट, माधव नारायण नगरपालिका-१ बस्ने अन्दाजी २७ वर्षीय महेश कुमार यादवले बोकेको भिर्ने झोलालाई  शंका लागी चेकजाँच गर्ने क्रममा उक्त झोला भित्र लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला परेको हुँदा लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

नवनिर्मित बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा र वडा प्रहरी कार्यालय हेटौंडाको भवनहरूको समुद्‍घाटन
२०८०-११-१६

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडा र वडा प्रहरी कार्यालय हेटौंडाको कार्यालय भवनहरूको समुद्‍घाटन भएको छ । आज आयोजित २ चरणको समुद्‍घाटन कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलज्यूको प्रमुख आतिथ्यतामा पहिलो चरण अन्तर्गत वडा प्रहरी कार्यालय हेटौंडा र दोस्रो चरणमा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौंडाको कार्यालय भवनहरूको समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो  । उक्त कार्यक्रममा माननीय आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठज्यू, आन्तरिक मामिला तथा कानून सचिव ध्रुव गैडाज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यू, राष्ट्रिय अनुसन्धान बागमती प्रदेश कार्यालय हेटौडाका अनुसन्धान निर्देशक राम प्रसाद दासज्यू, नेपाली सेनाको महासेनानीज्यू, प्रहरी वरिष्ठ उपरीक्षक रवि कुमार पौडेलज्यू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, संचारकर्मी, पूर्व प्रहरी कर्मचारी संगठन बागमती प्रदेशका पदाधिकारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, स्थानीय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।साथै प्रमुख अतिथिज्यूबाट भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने विभिन्न व्यक्तिहरूलाई सम्मान स्वरूप प्रशंसा-पत्रसमेत प्रदान गर्नु भएको थियो ।

४० किलोग्राम लागुऔषध गाँजा सहित ४ जना पक्राउ
२०८०-११-१६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको बा.३ ख.८३८२ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको पछाडी डिक्कीमा ४ ओटा झोलामा लागुऔषध गाँजा अन्दाजी १० किलोग्रामको दरले जम्मा अन्दाजी ४० किलोग्राम लागुऔषध गाँजा फेला पारी उक्त लागु औषध सहित जिल्ला चितवन, कालिका नगरपालिका-११ बस्ने अन्दाजी ३२ वर्षीय दिनेश चेपाङ, २२ वर्षीय प्रसान्त प्रजा, ४१ वर्षीय रमेश प्रजा, र सोही ठेगाना बस्ने अन्दाजी ४१ वर्षीय दिपलाल प्रजालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-१६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणगढबाट बिरगंज तर्फ जाँदै गरेको ना. ७ ख. ६०७६ नम्बरको यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला कपिलबस्तु घर भई हाल जिल्ला मकवानपुर, मनहरी गाउँपालिका स्थित डेरा गरी बस्ने अन्दाजी ३५ वर्षीया शिरपतिया चौधरीले बोकेको झोलामा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा अन्दाजी १२ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

६२० किलो ४४ ग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-११-१५

धादिङ, गजुरी गाउँपालिका-२, बिहानी पेट्रोलपम्प स्थित पृथ्वी लोकमार्गमा जिल्ला प्रहरी कार्यालय, धादिङबाट खटिएको प्रहरी टोलिले काठमाण्डौंबाट सर्लाही तर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ८३०९ नम्बरको टाटा मिनि ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त मिनि ट्रकमा कबाडीको सामान भित्र लुकाई छिपाई राखेको ६२० किलो ४४  ग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध गाँजा सहित मिनि ट्रक र मिनि ट्रक चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका-७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

धादिङ, मकवानपुर र काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८०-११-०९

धादिङ, धुनिवेशी नगरपालिका-१, डाँडाथोक बस्ने वर्ष १७ की रिया बास्कोटा आफ्नै घरको आफु सुत्ने कोठामा रहेको झ्यालको पर्दा लगाउने हुकमा सलको पासो लगाई  झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । मकवानपुर, बकैया गाउँपालिका-३, बकैया बस्ने अन्दाजी ५०/५५ वर्षीय राजमान भम्जन बकैया पुलको रेलिङमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-१२,  चिप्लेटि बस्ने अन्दाजी ३५/३६ वर्षीय नुजराज मगराति मगर आफ्नै घरको काठको दलिनमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

पूर्व प्रहरी कर्मचारीसंग अन्तरक्रिया तथा पूर्व प्रहरी कर्मचारी प्रदेश समन्वय डेस्कको सुरूवात
२०८०-१०-२२

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यूको प्रमुख आतिथ्यतामा पूर्व प्रहरी कर्मचारीहरू संग अन्तरक्रिया तथा पूर्व प्रहरी कर्मचारी प्रदेश समन्वय डेस्कको सुरूवात सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकज्यू, प्रहरी वरिष्ठ उपरीक्षक रवि कुमार पौडेलज्यू, प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरू, बागमती प्रदेश पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी निरीक्षक रित बहादुर खाती क्षेत्रीज्यू, मकवानपुर जिल्ला पूर्व प्रहरी संगठनका अध्यक्ष लगायत पूर्व प्रहरी कर्मचारी कार्य समितिका पदाधिकारीज्यू, पूर्व प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्व प्रहरी संगठनका पदाधिकारीज्यूहरूले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार के.सी.ज्यूलाई स्वागत गर्नु भएका थिए । बागमती प्रदेश प्रहरी प्रमुखज्यूले पूर्व प्रहरी कर्मचारी प्रदेश समन्वय डेस्क (कोठा) को चाँबी बागमती प्रदेश पूर्व प्रहरी संगठनका अध्यक्षज्यूलाई हस्तान्तरण गर्नु भई कार्यक्रममा उठेका जिज्ञासाहरूको सम्वोधन समेत गर्नु भएको थियो । 

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-२२

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-५, आईटी पार्क स्थित पनौती बनेपा सडक खण्डमा प्रहरी चौकी पनौतीबाट खटिएको चेकिङ टोलिले सवारी चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको डिआई गाडी चेकजाँच गर्दा उक्त गाडीमा अप्रशोधित गाँजा प्लाष्टिकको विभिन्न साईजको ७३ बोरामा २८५ किलोग्राम फेला परेको हुदाँ गाडी सहित उक्त गाडीमा सवार जिल्ला नुवाकोट, बिरकोट नगरपालिका-११ घर भई हाल काठमाण्डौं बालाजुमा डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, जिल्ला रामेछाप, रामेछाप नगरपालिका-८, घर भई हाल काठमाण्डौं बालाजु डेरा गरी बस्ने २० वर्षीय संजिब तामाङ र सोही ठेगाना घर भई सोही ठेगाना बस्ने ५३ वर्षीया बिमला तामाङलाई समेत नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

बागमती प्रदेश प्रदेश तालिम केन्द्र दुधौली, सिन्धुली तथा जिल्ला प्रहरी कार्यालय, सिन्धुलीको निरीक्षण तथा निर्देशन सम्बोधन ।
२०८०-१०-२१

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूबाट बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्र.ना.म.नि.ज्यूबाट तालिम केन्द्रको समग्र कार्य संचालनको अवस्था, अभिलेखिकरण, मेस, कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत निरीक्षण आचरण व्यवहार, प्रहरी कर्मचारीको उत्प्रेरणा अभिवृद्धि कार्यक्रमहरू लगायत दिइएको जिम्मेवारी त्रुटि रहित ढङ्गबाट सम्पादन गर्नु पर्ने विषयहरुमा आवश्यक निर्देशन समेत दिनु भएको थियो ।              साथै बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकज्यूबाट जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा मातहत कार्यालयका प्रमुख समेत उपस्थित प्रहरी कर्मचारीहरुलाई संगठनको नीति र निर्देशन अनुसार आफ्नो ज्ञान, वुद्धि र विवेकको सहि प्रयोग गरी नागरिक मैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न निर्देशन सम्बोधन गर्नु भएको थियो ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-१८

सिन्धुली, कमलामाई नगरपालिका-६, माझिटार चेकपोष्टमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सुनसरीबाट काठमाण्डौं तर्फ आउँदै गरेको बा ७७ प ९७७ नम्बरको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला सुनसरी, बराहा नगरपालिका-३ बस्ने २९ वर्षीय खगेन्द्र बुढाथोकीले बोकेको पर्सबाट ०.११० ग्राम, मोटरसाईकलको फिल्टर भित्र लुकाई छिपाई कालो प्लाष्टिकमा राखेको प्लाष्टिक सहित ८.४३० ग्राम र प्लाष्टिक बाहेक ६.५३० ग्राम खैरो हिरोईन जस्तो पदार्थ पेला परेकोले उक्त लागु औषध सहित मोटरसाईकल र निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले हेटौंडाबाट बिराटनगर तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख.०४५३ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला सर्लाही, बागमती नगरपालिका-१२, बस्ने वर्ष अन्दाजी १९को निशान गोलेले सिट मुनी लुकाई छिपाई राखेको कालो रङको झोला शंका लागी चेकजाँच गर्दा उक्त झोला भित्र लागुऔषध गाँजा अन्दाजी १० किलोग्राम फेला परेको हुदाँ उक्त बसमा सवार जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-६ बस्ने अन्दाजी २८ वर्षीय ठाकुर बहादुर प्रजालाई समेत संका लागी लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-१७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणगढबाट बिराटनगर तर्फ जाँदै गरेको मे.१.ख.३१७१ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-२, बस्ने अन्दाजी ४४ वर्षीय जगत बहादुर थोकरले बोकेको झोला शंका लागी चेकजाँच गर्ने क्रममा उक्त झोला भित्र लुकाई छिपाई राखेको लागुऔषध गाँजा अन्दाजी ५ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नारायणघाटबाट धरानतर्फ जाँदै गरेको को १ ख ७९१४ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला सिराहा, करजनहा नगरपालिका-८ बस्ने अन्दाजी ४२ वर्षीय राम सागर राउतले बोकेको झोला शंका लागी चेकजाँच गर्ने क्रममा झोलाभित्र लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा अन्दाजी ५ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

विभिन्न स्थानमा मानिस झुण्डी मृत्यु
२०८०-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, गुरुङ चोक बस्ने ४० वर्षीया चिनि मायाँ तामाङ (गुरुङ) आफ्नै घर भित्र रहेको शौचालयमा फलामको डण्डिमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-२३, नयाँबस्ती बस्ने ५४ वर्षीय कृष्ण बहादुर बि.क. आफ्नै घर बाहिर रहेको कटहरको रूखमा नाईलनको डोरीको पाँसो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।काभ्रेपलाञ्चोक,  भुम्लु गाउँपालिका-५, बस्ने अन्दाजी ५५ वर्षीय भिम प्रसाद लामा घर देखि अन्दाजी ४०० मिटर उत्तर तर्फ आफ्नै बारीको बकाईनाको रूखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५,  रातोमाटे पिपल चौतारा स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ६१५५ नम्बरको सुमो गाडिलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडिको सिट नम्बर ८ मा सवार जिल्ला काठमाण्डौं, बागेस्वरी नगरपालिका-७, थलि बस्ने अन्दाजी २१ वर्षीय उमेश परियारलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागुऔषध खैरो हिरोईन जस्तो देखिने अन्दाजी १५ ग्राम (२ वटा सानो प्याकेट) फेला परेको हुदाँ लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

“बागमती प्रदेश प्रहरी गण, हेटौंडाको निरीक्षण तथा निर्देशन सम्बोधन”
२०८०-१०-०७

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालय मातहत बागमती प्रदेश प्रदेश गण हेटौंडाको निरीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूबाट निरीक्षण तथा अवलोकनको क्रममा गणको समग्र कार्य संचालनको अवस्था, अभिलेखिकरण, मेश, पेरिमिटर,  कार्यरत प्रहरी कर्मचारीहरुको व्यक्तिगत निरीक्षण साथै कार्यरत प्रहरी कर्मचारीहरूलाई प्रभावकारी रूपमा संचालन तथा प्रहरी कर्मचारीहरूको आचरण व्यवहार, आन्तरिक शुद्धिकरण र प्रहरीको उत्प्रेरणा अभिवृद्धि लगायतको विषयहरुमा आवश्यक निर्देशन समेत दिनु भएको थियो ।  

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंज तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८४  नम्बरको यात्रुबाहक माईक्रो बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त माईक्रो बसमा सवार देश भारत पश्चिम चम्पारन भाङगा थाना जिल्ला बेतिया घर भई हाल जिल्ला पर्सा, रङपुरटाडी स्थित मिठाई पसल संचालन गर्दै आएको अन्दाजी ४० वर्षीय जगु साह र संगै सवार देश भारत जिल्ला मझपपुर मिनापुर थाना मस्ताफा ग्राम बस्ने अन्दाजी ४० वर्षीया शाहिल देवीले बोकेको झोला चेकजाँच गर्दा लागुऔषध अफिम जस्तो देखिने पदार्थ अन्दाजी १ किलोग्राम फेला पारी लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-१०-०५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी बरिष्ठ निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले बिरगंजबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र.०१ -००१ ख ५८६८ नं.को यात्रु बाहक ईलोक्ट्रोनिक गाडिरोकी चेकजाँच गर्ने क्रममा उक्त गाडिमा सवार जिल्ला तनहु व्यास नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३२ को बंम बहादुर बि.क.लाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको दुबै खुट्टाको घुडा मुनि र तिघ्रामा टेपले बेरेर लुकाई छिपाई राखेको लागुऔषध डाईजेपाम-२५ एम्पुल, फेनारगन-२५ एम्पुल र नुफिन-२५ एम्पुल फेलापारी सोहि गाडीमा सवार जिल्ला नवलपरासी देवचुली नगरपालिका-७, बस्ने वर्ष अन्दाजी ३० को अर्जुन बि.क.को कम्मरको भागमा लुकाई छुपाई राखेको लागुऔषध डाईजामाप–६ एम्पुल, फेनारगन-६ एम्पुल, नुफिन-६ एम्पुल फेला परेको थियो । निजहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-१०-०३

धादिङ, गजुरी गाउँपालिका-१, गजुरी बजार स्थितमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलिले काठमाण्डौंबाट हेटौंडा तर्फ जाँदै गरेको  बा. प्र. ०३-००१ ख १९६४ नम्बरको यात्रु बाहक बसलाई रोकी बसमा सवार जिल्ला धादिङ, गजुरी गाउँपालिका-६, गेदेबिसौना बस्ने अन्दाजी ३२ वर्षीय रबि भण्डारी, सोही ठेगाना बस्ने अन्दाजी वर्ष १९ को प्रेम अधिकारी र सोही ठेगाना बस्ने अन्दाजी वर्ष १८ को प्रमोद अधिकारीलाई शंका लागी बसबाट झारी चेकजाँच गर्ने क्रममा निजहरुको साथमा रहेको ३ वटा झोलाबाट अन्दाजी १४ किलोग्राम लागुऔषध गाँजा फेला पारी लागु औषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य  भईरहेको छ ।

विभिन्न स्थानमा मानिस झुण्डी मृत्यु
२०८०-१०-०३

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-७ घर भई हाल जिल्ला काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-८, पुलबजार स्थित डेरा गरी बस्ने २५ वर्षीया अस्मिता गुरुङ आफ्नै कोठाको झ्यालको रेलीङमा सलको पासो लगाई झुण्डी रहेको अवस्थामा निजको श्रीमानले देखी तत्काल पासो काटी उपचारको लागी सिरमेमोरीयल अस्पताल लगेकोमा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । सिन्धुली, मरीण गाउँपालिका-१, सुंगुरे बस्ने अन्दाजी ३६ वर्षीय खुन बहादुर ठाडामगर आफ्नै घरको काठको बलोमा नाम्लोको डोरी पासो लगाई झुण्डिएको अवस्थामा मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुली, तिनपाटन गाउँपालिका-७, तोश्रामखोला बस्ने अन्दाजी २६ वर्षीया मैया परियार माटो ढुङ्गाले बनेको जस्ताको छानो भएको २ तल्ले कच्ची आफ्नै घरको काठको कोरामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-७, अमरमार्ग स्थितमा अण्डरग्राउण्ड बिद्युतको साईड म्यानेजरको रूपमा कार्यरत जिल्ला नुवाकोट स्थायी घर भएका २३ वर्षीय पुकार कडेलले आफु सुत्ने कोठाको पङ्खामा गलबन्दीको पासो लागाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यू द्धारा पदभार ग्रहण तथा निर्देशन कार्यक्रम
२०८०-१०-०२

तालुक नेपाल सरकार गृह-मन्त्रालय ( माननीय मन्त्रीस्तर) को मिति २०८०।०९।२४ गतेको निर्णयानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालयबाट सरूवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहण पश्चात बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक रवि कुमार पौडेलज्यूले स्वागत मन्तव्य राख्नु भएको थियो । प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सी.ज्यूले बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश प्रहरी गण हेटौडा, नेपाल प्रहरी सुरक्षा प्रहरी गण रातोमाटे, बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौडाका कार्यालय प्रमुख सहित उपस्थित सिनियर प्रहरी अधिकृत , जुनियर तथा मातहत प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनु भएको थियो ।

नवनिर्मित ईलाका प्रहरी कार्यालय मुग्लिङ, चितवनको भवन समुद्‍घाटन
२०८०-०९-२०

नेपाल सरकारको नियमित बजेटबाट ईलाका प्रहरी कार्यालय मुग्लिङ, चितवनको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रममा तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीज्यूको प्रमुख आतिथ्यतामा समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा ईच्छाकामना गाउँपालिका, चितवनका अध्यक्ष श्री दान बहादुर गुरूङज्यू, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी श्री भुपेन्द्र थापाज्यू, तालुक नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बरालज्यू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, ईच्छाकामना गाउँपालिका, चितवनका उपाध्यक्ष श्री माया सिलवालज्यू, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक श्री रामेश्‍वर कार्कीज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मीज्यूहरु, स्थानीय व्यक्तित्व, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।    साथै उक्त कार्यक्रममा प्रहरी कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने विभिन्न निकायका व्यक्तित्वहरुलाई प्रमुख अतिथिज्यूबाट सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-२०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोइन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायणघाटबाट बिरगंज तर्फ जाँदै गरेको ना.४ ख.५९२२ नं.को यात्रु बाहक बस लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार देश भारत मोतिहारी बस्ने वर्ष अन्दाजी ३७ को जितेन्द्र जैसवाल र सोहि बस्ने वर्ष अन्दाजी ३७ को मनोज कुमारले पेट देखी छातिको भागमा पलास्टिकले बेरेर अन्दाजी २/२ किलो गरी जम्मा अ ४ किलो लागुऔषध गाँजा फेला परेको थियो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०९-१५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको BR 1 PB 3314 नं.को भारतिय सुमोलाई शंका लागी रोकी चेकजाँच गर्ने क्रममा उक्त सुमोको पछाडि भागमा लुकाई छिपाई राखेको लागुऔषध गाँजा ५ पोका अन्दाजी १५ किलो फेला परेको थियो । सुमो चालक जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालीका-२३, बस्ने वर्ष अन्दाजी ३० को रियाज देवानलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०९-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले चितवनबाट सर्लाही तर्फ जाँदै गरेको  ना.८ ख ७५०४ न.को बियर लोड डिब्बा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा बियरको काटुन सँगै सात वटा पोकामा अन्दाजी ८०/८५ किलो लागुऔषध गाँजा फेला परेको थियो । ट्रक चालक जिल्ला मकवानपुर थाहा नगरपालिका-११, बज्रबाराही बस्ने वर्ष अन्दाजी २५ को सबिन गुरुङलाई ट्रक हसित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८०-०९-०९

सिन्धुली, सुनकोशी गाउँपालिका-३, बोहोरेटार स्थित वि.पि. राजमार्गमा मन्थलीबाट काठमाण्डौँ तर्फ जाँदै गरेको चालक जिल्ला रामेछाप, मन्थली नगरपालिका-१३ बस्ने अन्दाजी २४ वर्षीय रुपेश अधिकारीले चलाएको बा.प्र.०१-००६ ख ४५९३ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको चालक जिल्ला खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-२ बस्ने २० वर्षीय सुसन राईले चलाएको बा ६० प ३५४५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक घाईते भई उपचारको लागी खाल्टे स्थित आत्मिय अस्पताल सिन्धुलीमा लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको छ । मोटरसाईकल पछाडि सवार जिल्ला खोटाङ, दिक्तेल नगरपालिका-१० बस्ने बर्ष १८ की मुनाकला राईको मृतक लास घटना स्थलबाट सब बाहानमा लिएर खुर्कोट पठाईएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०९-०७

मकवानपुर, मनहरी गाउँपालिका-६,  स्थित प्रहरी चौकी सुनाचुरी अगाडि पूर्व पश्चिम सडक खण्डमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ७ ख ३११७ नम्बरको बसलाई शंका लागि प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा उक्त बसको सहचालक जिल्ला बारा, जितपुर सिमरा उपमहानगरपालिका-७, टांगा बस्ने २७ वर्षीय पर्वत दोर्जे योन्जनले बोकेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको अन्दाजी ३ किलोग्राम लागु औषध गाँजा फेलापारी, चालक जिल्ला सल्यान, सारदा नगरपालिका-८, सिमपानी बस्ने ३१ वर्षीय राज कुमार ऐरी र सवारी साधन सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०९-०६

चितवन, राप्ती नगरपालिका-१, दुबिचौर स्थित ईलाका प्रहरी कार्यालय, चितवनबाट खटिएको प्रहरी टोलिले पैदल हिडिरहेको ब्यक्तिहरूलाई शंका लागी झोला चेकजाँच गर्दा र्‍यापिङ गरेका लागुऔषध गाँजा २७ किलो ५०० ग्राम र गाजाँको धुलो १३ किलो २०० ग्राम फेला पारी निज व्यक्तिहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला चितवन, राप्ती नगरपालिका-१ बस्ने २० वर्षीय सुरेन्द्र चेपाङ, सोही ठेगाना बस्ने वर्ष १८ को जेठा चेपाङ, सोही ठेगाना बस्ने ५० वर्षीय कृष्ण बहादुर घलान, जिल्ला पर्सा बस्ने ५५ वर्षीय बमु चौधरी, सोही ठेगाना बस्ने २३ वर्षीय सरोज राउत र जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-९ बस्ने २० वर्षीय रोशन थिङ रहेका छन् । निजहरूलाई ईलाका प्रहरी कार्यालय, चितवनमा ल्याई अन्य अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०९-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थित भित्री सडक खण्डमा लागुऔषध बेचबिखन गरी रहेको छ भन्ने बिशेष सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा टोली खटि गई जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने बस्ने वर्ष अन्दाजी २७ को बिबेक वाईबा र जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका-२ बस्ने वर्ष अन्दजी २९ को सुरज मगर लाई फेला पारी चेकजाँच गर्ने क्रममा बिबेक वाईबाको साथ बाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ अन्दाजी ३ ग्राम लागुऔषध फेला पारी लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई निजहरुको साथमा रहेको ना. ४५ प. ५२१६ नं.को २२० cc को पल्सर मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

काभ्रेपलाञ्चोक र चितवनमा मानिस झुण्डी मृत्यु
२०८०-०८-२७

काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-३, नेपाल डाँडा बस्ने अन्दाजी ३७ वर्षीय किशोर कुमार तिमलसिना घर देखि अन्दाजी १०० मिटर उत्तर तर्फ पाखो बारीमा दुधिलोको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । चितवन, माडी नगरपालिका-९, बगही बस्ने ५६ वर्षीय मन प्रसाद दुराल आफ्नै घरको कोठाको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा निजकै श्रीमतीले देखी तत्काल पासो काटी उपचारको लागि बघौडा अस्पताल माडीमा ल्याउने क्रममा निजको बाटोमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

बागमती प्रदेश भित्र प्रहरी सेवा सम्वन्धी उजुरी/गुनासो तथा सुझावको लागी QR Code को सुरूवात
२०८०-०८-२६

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट प्रहरी सेवा प्रवाहलाई छिटो, छरितो, व्यवस्थित, जवाफदेही, पारदर्शिता र जिम्मेवारी बोध गराई नागरिक सु-सम्बन्ध एवं सुशासन कायम राख्ने प्रयोजनको लागि QR Code प्रयोग सम्वन्धी कार्यविधि निर्माण गरी बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूबाट स्विकृत भई लागू भएको छ ।    सेवाग्राहीहरूको हितलाई मध्यनजर गर्दै प्रहरीले प्रदान गर्ने प्रहरी सेवाको सम्बन्धमा कुनै गुनासो, पीरमर्का वा सुझाव भएमा सेवाग्राहीले आफ्नो भनाई राख्न तथा सम्पर्क गर्ने प्रयोजन अनुरुप क्युआर कोड (QR Code) को अवधारणा विकास गरिएको हो । बागमती प्रदेश प्रहरी मातहतका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरु र सम्पूर्ण स्थानीय निकायहरूको ९८ पालिकाको कार्यालयहरूमा समेत प्रहरीको काम कारवाही र पृष्ठपोषण रहने गरी QR Code प्रयोग सम्वन्धी मापदण्ड तयार गरी उजुरी/ गुनासोको कार्यान्वयन सम्बन्धमा भएका प्रगतिको बारेमा उजुरीकर्तालाई जानकारी गराउने समेत व्यवस्था मिलाईएको छ । QR Code Scan गरि प्राप्त निर्देशन बमोजिम प्रहरी सेवा सम्वन्धमा आफ्ना कुनै गुनासो तथा सुझावहरू राख्न सकिने छ ।

वर्तमान अवस्थामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती सम्बन्धि छलफल तथा अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न
२०८०-०८-२५

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाद्वारा आयोजित “वर्तमान अवस्थामा ट्राफिक व्यवस्थापनमा देखिएका समस्या र चुनौती विषयक १ (एक) दिने छलफल तथा अन्तरक्रिया गोष्ठी” कार्यक्रम बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको प्रमुख आतिथ्यातामा सम्पन्न भएको छ । एक दिने गोष्ठी कार्यक्रमको पहिलो चरणमा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लागत समग्र ट्राफिक व्यवस्थापन, सवारी दुर्घटना, ट्राफिक कारवाही राजश्व र ट्राफिक सम्बन्धी सचेतना कार्यक्रम लगायतका विषयवस्तु सहितको प्रस्तुतिकरण गर्नु भएको, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुखले समग्र बागमती प्रदेशको ट्राफिक व्यवस्थापन र राजमार्गको सुरक्षा अवस्था र सवारी दुर्घटना लगायत विषयवस्तुको प्रस्तुतिकरण गर्नु भएको थियो । तालुक नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाका प्र.ना.उ. सुजित कुमार ओझा ट्राफिक व्यवस्थापनलाई प्रविधि युक्त बनाई प्रणालीगत सुधार र देखिएका समस्या तथा समाधानका उपायहरुको विषयमा प्रस्तुतीकरण गर्नु भएको ।सो पश्चात् बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूबिच जिल्लागत ट्राफिक व्यवस्थापनमा देखा परेका समस्या, चुनौतीहरुको विषयहरूमा आवश्यक छलफल तथा अन्तर्क्रिया गरी आवश्यक निर्देशन दिनु भएको थियो । सो पश्चात् बागमती प्रदेश प्रहरी प्रमुख तथा मातहतका दश (१०) जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूबिच ट्राफिक  प्रहरीको काम-कारबाहीलाई थप प्रभावकारी बनाउनुको साथै नियमित काम कारबाहीलाई व्यवसायिक, उत्तरदायी र पारदर्शी  बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलालज्यूले ट्राफिक प्रहरीको काम कारवाही सम्वन्धमा आफ्ना भनाई तथा सुझावहरू राख्नु भएको थियो । उक्त  एक दिने गोष्ठीमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुखज्यूको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा प्र.ब.उ. रवि कुमार पौडेल, प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्क बहादुर खत्रीज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालज्यू,तालुक नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग तथा यस कार्यालयका प्रहरी नायव उपरीक्षकज्यूहरु, लगायत संचारकर्मीज्यूहरु , प्रहरी निरीक्षकहरु, मातहत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरू सहित  ७५ जनाको उपस्थिति रहेको थियो ।

४७ किलोग्राम लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०८०-०८-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको DL.43 NB.5994 नम्बरको ईन्डियन बलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको मुनि फल्स बटन बनाई लुकाई छिपाई राखेको लागुऔषध गाँजा २७ पोका अन्दाजी ४७  किलोग्राम फेला पारी, उक्त बोलेरो चालक देश भारत मोतिहारी बस्ने अन्दाजी २४ वर्षीय भुषन कुमार र सोही गाडीमा सवार सोही ठेगाना बस्ने अन्दाजी वर्ष १५  को साजन सिंहरलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा
२०८०-०८-२५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा हेटौंडाबाट बिरगंज तर्फ जाँदै गरेको बा १४ प ३७०८ नम्बरको कारलाई रोक्न खोज्दा नरोकी भागेको हुदाँ प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले उक्त कारलाई पिछा गर्दै जाने क्रममा बारा जिल्लाको एरियामा पुगी उक्त कारलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा उक्त कारको वरिपरी हेर्दा कार नजिकै जंगलमा लागुऔषध चरेश २ वटा बोरामा अन्दाजी २६ किलोग्राम फेला पारी कार चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-२७ बस्ने अन्दाजी ४२ वर्षीय रोशन दमाई र सोही कारमा सवार चितवन, खैरहनि नगरपालिका-१६ बस्ने अन्दाजी ५२ वर्षीय डियन महतोलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सरोकारवाला निकायहरुसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न ।
२०८०-०८-१४

“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता: महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने मूल नाराको साथ मंसिर ९ गते देखि मंसिर २४ गते सम्म संचालन भईरहेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाको आयोजनामा यस कार्यालयका कार्यालय प्रमुख किरण राणाज्यूको प्रमुख आतिथ्यतामा सरोकारवाला निकायहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूबाट बागमती प्रदेश मातहत जिल्लाहरूमा भएको लैङ्गिक हिंसाको अवस्था, चुनौती लगायतको विषयमा प्रस्तुतिकरण प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा लैङगिक हिंसासंग सम्वन्धित विषयहरूमा पत्रकारज्यूहरू, विभिन्न सरोकारवाला संघ सस्थाका पदाधिकारीज्यूहरू, स्थानीय जनप्रतिनिधिज्यूहरूबाट उठेका जिज्ञासा, विषयवस्तुहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट सम्वोदन गर्नु भएको थियो ।  बागमती प्रदेश प्रहरी प्रमुखज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख प्रहरी उपरीक्षक चित्र बहादुर गुरूङज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, पत्रकारज्यूहरु, गैह्र सरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्षज्यू, स्थानीय जनप्रतिनिधिज्यूहरु, सामुदायिक केन्द्रका पदाधिकारीज्यूहरु, राष्ट्रिय अपाङ्ग महासंघ बागमती प्रदेशका प्रतिनिधीज्यू लगायत विभिन्न सरोकारवाला संघ संस्थाका पदाधिकारीज्यूहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेत गरी जम्मा ७२ जनाको उपस्थिती रहेको थियो । 

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०८-१४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट खटिएको प्रहरी टोलीले बिरगंजबाट नारायणघाट तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ७९१ नम्बरको यात्रु  बाहक माईक्रो गाडी लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार देश भारत बिहार राज्य पूर्वी चम्पाराम मोतिहारी बस्ने अन्दाजी २१ वर्षीय अमित कुमारलाई शंका लागी चेकजाँच गर्दा निजको शरिरको भागमा टेपले बेरेर ल्याएको अवस्थामा लागुऔषध डाईजेपाम १५० पिस, नुर्फिन १५० पिस र फेनार्गन १५० पिस फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सावारी दुर्घटनाबाट एकको मृत्यु
२०८०-०८-१४

काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका-११, डालाबेशि स्थित बि. पि. राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट सिन्धुली तर्फ जाँदै गरेको बा प्र०२-०२४ प ४०९२ नम्बरको मोटसाईकल आफै अनियन्त्रित भई पल्टिदा सोही दिशाबाट आउँदै गरेको बा ४ ख ७५१८ नम्बरको बसले ब्रेक लगाउने क्रममा बसको पछाडिको भागको बाँया साईडको चक्काले मोटरसाईकलमा ठक्कर खान जाँदा मोटरसाईकल चालक जिल्ला काठमाण्डौं, काठमाडौं महानगरपालिका-११  बस्ने अन्दाजी ६१ वर्षीय ज्ञानराज गिरीको दाहिने हात र खुट्टामा चोट अवस्था मध्यम र मोटरसाईकल पछाडी सवार निजकै श्रीमती वर्ष अन्दाजी ६१ की बिन्दा गिरी बाँया हातमा चोट रगत बगिरहेको अवस्था गम्भिर रहेकोमा दुबै घाईतेहरूलाई उपचारको लागि धुलिखेल अस्पताल पठाएकोमा मोटरसाईकलमा सवार निजकै श्रीमतीको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी-२०८० सम्पन्न
२०८०-०८-११

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा २०८०।०८।१० गते देखि काभ्रेपलाञ्चोक जिल्ला स्थित धुलिखेल लज एण्ड रिसोर्टमा सञ्चालन भएको २ दिवसीय “बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान सम्बन्धी गोष्ठी-२०८०” सम्पन्न भएको छ । उक्त गोष्ठी कार्यक्रम तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङज्यूबाट समुद्घाटन भई आज मिति २०८०।०८।११ गते माननीय आन्तरिक मामिला तथा कानून मन्त्री  श्री गंगानारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्याताम गोष्ठी कार्यक्रम समापन भएको छ । दुई दिने गोष्ठी कार्यक्रमको पहिलो चरणमा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लाको समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्र.ब.उ.दिपक रेग्मीज्यूले प्रदेशभित्रको समग्र अपराध अनुसन्धान तथा विद्यमान अवस्था,  प्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटीबाट साइबर अपराध अनुसन्धानको विद्यमान अवस्था र अनुसन्धानमा देखिएका चुनौतिहरू, जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलान्चोक जिल्ला न्यायाधिवक्ता र उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ताबाट अनुसन्धानमा देखिएका चुनौतीहरू, अनुसन्धान र अभियोजनमा देखिएका चुनौती तथा अनुसन्धानकर्ता  र अभियोजनकर्ता बीच समन्वयका क्षेत्रहरू विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।             दोस्रो चरणमा जिल्लागत अपराध अनुसन्धानमा भएका दुबिधा, कानुनी जटिलता, समस्याहरू सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, अनुसन्धान अधिकृतहरू र अभियोजनकर्ताहरू बिचमा आवश्यक छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको थियो । सो पश्चात् बागमती प्रदेश प्रहरी प्रमुख तथा मातहतका दश (१०) जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूबिच कसूर अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धानको कार्यलाई कानुनी परिधि भित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो ।     उक्त  दुई दिवसीय गोष्ठीमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडाज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका समादेशक कृष्ण हरि शर्माज्यू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्र.ब.उ. दिपक रेग्मीज्यू, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकका नि.प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षकज्यूहरु तथा प्रहरी नायव उपरीक्षकज्यूहरु, अपराध अनुसन्धान शाखामा कार्यरत अनुसन्धान अधिकृतहरू सहित  ११५ जनाको उपस्थिति रहेको । साथै गोष्ठी कार्यक्रममा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङज्यूबाट आवश्यक निर्देशन तथा सुझाव दिई मन्तव्य व्यक्त गर्नु भएको, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडाज्यू तथा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूबाट कार्यक्रमको औचित्य बारे प्रस्ट पार्दै धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो । कार्यक्रम समापन पश्चात् सोही अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू र मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरूबिचमा भएको वार्षिक कार्यसम्पादन सम्झौताको समीक्षा बैठक समेत सम्पन्न भएको थियो । 

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु
२०८०-०८-०३

चितवन, कालिका नगरपालिका-९, शक्तिखोर बस्ने ३८ वर्षीय भजिराम सुनार घर देखि अन्दाजी ३०० मिटर दक्षिण तर्फ खनिउको रूखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।दोलखा, जिरी नगरपालिका-८, सिमचौर बस्ने अन्दाजी ३३ वर्षीया सानुमाया दाहाल आफ्नै घरको बाथरुमको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डी रहेको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ ।सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-५, लामढुंङ्गे स्थित बस्ने ५८ वर्षीय राम बहादुर श्रेष्ठ आफ्नै घर नजिकै आँपको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटनाबाट एकको मृत्यु
२०८०-०८-०२

दोलखा, तामाकोशी गाउँपालिका-१, सिस्नेरी स्थितमा भिरकोटबाट तामाकोशी तर्फ आउँदै गरेको बा ०१००३ प ९३५९ नम्बरको निलो ट्रक र बिपरित दिशाबाट जाँदै गरेको बा २९ प ११६२ को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाईकल चालक जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-१, भिरकोट बस्ने अन्दाजी २२ वर्षीय शुसिल माझीको घट्ना स्थलमै मृत्यु भएको छ र सोही मोटरसाईकलमा पछाडि सवार सोही ठेगाना बस्ने अन्दाजी २२ वर्षीय माइकल माझी गम्भीर घाईते भई उपचारको लागी चरिकोट अस्पताल लगिएको छ । ट्रक चालक जिल्ला रामेछाप, मन्थली नगरपालिका-१३ बस्ने अन्दाजी २७ वर्षीय श्याम थापा र दुबै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु
२०८०-०८-०२

काभ्रेपलान्चोक, बनेपा नगरपालिका-१३, बांझोवन बस्ने अन्दाजी २१ वर्षीय विवेक श्रेष्ठ घरबाट अन्दाजी ५ किलो मिटर पूर्व बासुकी सामुदायिक वनमा चिलाउनेको रूखको हांगामा नाईलनको डोरीले पासो लगाई झुण्डी रहेको अवस्थामा मृत फेला पेरको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान  कार्य भईरहेको छ । चितवन, माडी नगरपालिका-९, कान्छी बगही स्थित बस्ने ७२ वर्षीय दिल बहादुर बोटे घर देखि अन्दाजी ५० मिटर अगाडी आफ्नै खेत बारीमा खन्योको रूखमा पोलिस्टर तन्नाको पासो लगाई  झुण्डिएको अवस्थामा मृत फेला पेरको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, राक्सिराङ गाउँपालिका-४, भिण्डेश्वर बस्ने अन्दाजी २०/२१ वर्षको सन्चलाल प्रजा आफ्नै घर नजिक काफलको रूखमा नाइलनको डोरीको पासो लगाई झुण्डि मृत्यू भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, थाक्रे गाउँपालिका-१०, खर्केचौर बस्ने ४० वर्षीय राजु दर्जी आफ्नै घरको फलामको ट्रसमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

कुकुर तिहारको अवसर नेपाल प्रहरीको तालिम प्राप्त कुकुरहरूको पुजा कार्यक्रम सम्पन्न
२०८०-०७-२६

कुकुर तिहारको अवसरमा आज यस बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको केनाईन शाखामा रहेको अपराध नियन्त्रण र अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तालिम प्राप्त कुकुरहरूलाई बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा पुजा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, बागमती प्रदेश प्रहरी गणका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, प्रहरी उपरीक्षक ईश्वर थापाज्यू, प्रहरी नायव उपरीक्षकज्यू, प्रहरी निरीक्षकज्यू लगायत विभिन्न दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थितिमा नेपाल प्रहरीका तालिम प्राप्त कुकुरहरूलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरू प्रदान गरी पुजा कार्यक्रम सम्पन्न भएको थियो । २०६९ सालमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा केनाईन शाखाको स्थापना भई हाल ४ वटा विभिन्न विधामा तालिम प्राप्त  र २ वटा तालिमरत कुकुरहरू गरी जम्मा ६ वटा नेपाल प्रहरीका सेवारत कुकुरहरू रहेका छन् ।

लागुऔषध गाँजा सहित ३ जना नियन्त्रणमा
२०८०-०७-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोईन्ट स्थित पूर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरिक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायणघाटबाट बिरगंज तर्फ जाँदै गरेको ना.४ख ५९२२ नं.को यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर मनहरी गाउँपालिका-८, बस्ने वर्ष अन्दाजी ४० को मंगल थोकर, सोहि बस्ने वर्ष अन्दाजी १८ को दिपक मोक्तान र सोहि बस्ने वर्ष अन्दाजी ५० को बुद्धि मोक्तानलाई शंका लागी चेकजाँच गर्दा तिनै जनाको  साथबाट ३/३ किलो गरी लागुऔषध गाँजा अन्दाजी ९ किलो फेला परेको थियो । लागुऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०७-१८

मकवानपुर हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व  पश्चिम  सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जान आउदै गरेको बा.प्र.-०३-००१ख १७२६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा उक्त बसको B साईडको ११,१२ नम्बरको सिटको अगाडीको पानी राख्ने पकेटमा लुकाई राखेको अवस्थामा खैरो हिरोईन जस्तो देखिने लागुऔषध ८ ग्राम(तौल गर्दा) फेला परेको हुदा उक्त सिटमा सवार जिल्ला चितवन भरतपुर महानगरपालिका-१२ नौरङगे बस्ने वर्ष अन्दाजी ३३ को बिशाल दराई र चितवन भरतपुर महानगरपालिका-९ बस्ने वर्ष अन्दाजी २३ को अमृत दुरा लाई सोधपुछ गर्दा लागुऔषधको विषयमा आफुलाई थाहा नभएको भनी जानकारी गराएकोले थप अनुसन्धान तथा सोधपुछको लागी लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिईएको छ ।

नवनिर्मित ईलाका प्रहरी कार्यालय गौरीशंकर, दोलखाको भवन समुद्घााटन
२०८०-०७-१६

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित ईलाका प्रहरी कार्यालय गौरीशंकर, दोलखाको कार्यालय भवन समुद्‍घाटन भएको छ । आज आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव श्री ध्रुव गैडाज्यूको प्रमुख आतिथ्यतामा नव-निर्मित कार्यालय भवनको समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा गौरीशंकर गाउँपालिका अध्यक्ष श्री विश्वास कार्कीज्यू, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री टुवराज पोखरेलज्यू ,बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री किरण राणाज्यू, विगु गाँउपालिकाका उपाध्यक्ष श्री देविका थामीज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्री ईश्वर थापाज्यू, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक श्री दिपक खड्काज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मीज्यू, स्थानिय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो । साथै भवन निर्माणमा सहयोग पुर्‍याउनु हुने विभिन्न व्यक्तिहरुलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवज्यूबाट सम्मान स्वरुपप्रशंसा-पत्रसमेत प्रदान गर्नु भएको थियो ।नेपाल 

सवारी दुर्घटनामा परि २ को मृत्यु
२०८०-०७-१४

काभ्रे, पनौती नगरपालिका-२, सिलाभन्ज्याङ स्थित कुशादेवी बाट नयाँ गाउँ तर्फ जाँदै गरेको बा.४ ख.६७२३ नम्बरको पराल लोड निसान गाडीको ब्रेक फेल भई सडकबाट अन्दाजी ६०० मिटर तल खस्दा निसानमा सवार ३ जना घाईते भई उपचारको लागी सिर मेमोरीयल अस्पताल पठाएकोमा जिल्ला काभ्रे पनौती नगरपालिका-२, कुशादेवी बस्ने वर्ष ४० को रबिन आचार्य र सोहि बस्ने वर्ष ५० को शिव बिक्रम केसी आचार्यको उपचारको क्रममा मृत्यु भएको र बेथानचोक गाउँपालिका-२, बस्ने वर्ष ४५ की सारदा तिमल्सिनाको टाउको घाँटीमा चोट अवस्था गम्भिर रहेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

नवनिर्मित प्रहरी चौकी ढाँडे, सिन्धुपाल्चोकको भवन समुद्‍घाटन
२०८०-०७-१२

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित प्रहरी चौकी ढाँडे, सिन्धुपाल्चोकको कार्यालय भवन समुद्‍घाटन भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री गंगानारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा नव-निर्मित कार्यालय, ब्यारेक तथा मेश भवनको समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेश सभाका सदस्यहरु माननीय श्री सरल सहयात्री पौडेलज्यू, माननीय श्री अमृत नेपालज्यू, माननीय श्री कुमारी तामाङज्यू, आन्तरिक मामिला तथा कानून सचिव श्री ध्रुव गैडाज्यू, जुगल गाउँपालिका अध्यक्ष श्री रेशम स्याम्वोज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री किरण राणाज्यू, नेपाल प्रदेश प्रहरी कार्यालय बनेपाका प्रहरी वरिष्ठ उपरीक्षक श्री किसन सिंह थापाज्यू, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख प्रहरी उपरीक्षक श्री बाल नरसिंह राणाज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मीज्यू, स्थानिय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो । साथै आन्तरिक मामिला तथा कानून मन्त्रीज्यूबाट नेपाल प्रहरीलाई शान्ति सुरक्षा अमन चयन कायम गर्न एवम् अपराध अनुसन्धान तथा रोकथामका लागि निरन्तर सहयोग गर्न तयार रहेको र आगामी दिनहरुमा पनि बिभिन्न प्राविधिक क्षेत्रमा समेत सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भई भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई प्रशंसा- पत्र समेत प्रदान गर्नु भएको थियो ।

लागुऔषध गाँजा सहित दुई जना पक्राउ
२०८०-०६-३०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, बिक्रम चोक स्थित भित्री सडकखण्डमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बारा पथलैया तर्फ जाँदै गरेको बा प्र ०३-००५ प ६८१६ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे बस्ने अन्दाजी ३८ वर्षीय धनराज घलान र सोही मोटरसाईकल पछाडि सवार सोही ठेगाना बस्ने अन्दाजी ३१ वर्षीय बिबेक भोम्जनले पछाडि भिरेको झोला भित्र लागुऔषध गाँजा अन्दाजी २ किलोग्राम फेला पारी मोटरसाईकल, लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०६-३०

चितवन, राप्ती नगरपालिका-१, बैधपानि स्थित मकवानपुरबाट चितवन तर्फ पैदल आउँदै गरेको जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-६ बस्ने ४५ वर्षीय अक्कल बहादुर लामा र जिल्ला चितवन, राप्ती नगरपालिका-२ बस्ने २४ वर्षीय सुवास मगर सोही ठेगाना बस्ने वर्ष १६ को उमेश तामाङ र ४१ वर्षीय कृष्ण बहादुर तामाङले लागूऔषध (गाँजा) बोकेर आउँदै छ भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरी टोलिले निजहरूलाई रोकि चेकजाँच गर्दा झोलामा लुकाई छिपाई ल्याउँदै गरेको १२ किलोग्राम लागूऔषध गाँजा र निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

६८ औं प्रहरी दिवस २०८० को अवसरमा आयोजित श्रृद्धाञ्जली कार्यक्रम सम्पन्न
२०८०-०६-३०

६८ औं प्रहरी दिवस २०८० को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा आयोजित अमर प्रहरी प्रति श्रृद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्री किरण राणाज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकाप्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, बागमती प्रदेश प्रहरी गण हेटौंडाका प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटेका प्रमुख प्रहरी उपरीक्षक चित्र बहादुर गुरूङज्यू, प्रहरी उपरीक्षक ईश्‍वर थापाज्यू, प्रहरी उपरीक्षक भिमकिरण बोगटीज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजालज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरू, बागमती प्रदेश कार्य समितिका संयोजक पूर्व प्रहरी निरीक्षक रित बहादुर खातीज्यू लगायत अन्य पूर्व प्रहरी कर्मचारीज्यूहरु, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू समेतको उपस्थितिमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै श्रद्धासुमन व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उपस्थित हुनु भएका वीर अमर प्रहरीका परिवारजनहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूबाट दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । साथै कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुखज्यूले राज्यमा सृजना भएको बिभिन्न परिस्थितिलाई सामना गर्ने क्रममा साहदत प्राप्‍त गर्ने ती अमर शहीदका परिवारजन प्रति पनि बागमती प्रदेश प्रहरी कार्यालयको तर्फबाट हार्दिक समवेदना समेत व्यक्त गर्नु भएको थियो ।

चितवनमा झुण्डी मृत्यु
२०८०-०६-२८

चितवन, रत्ननगर नगरपालिका-१२, देवालयचोक स्थित जिल्ला कास्की लेखनाथ महानगरपालिका-२, घर भई हाल क्यानसर उपचारको लागी बिगत दुई महिना देखी छोरी ज्वाईको घरमा बस्दै आएको वर्ष ८० को गंगा मणी पन्त घरको फलामको रेलिङमा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य ईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-२, बेलटाडी बस्ने थहर सिंह कार्कीको छोरा वर्ष २८ को गणेश कार्की आफ्नै घरको कोठाको ट्रसमा नाइलनको डोरीले पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०६-२६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी स्थित पूर्व-पश्चिम सडक खण्डमा विशेष सूचनाको आधारमा ‍ईलाका प्रहरी कार्यालय, मनहरीबाट खटिएको प्रहरी टोलिले मनहरीबाट हेटौंडा तर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ११७६ नम्बरको बोलेरो र सोही दिशाबाट जाँदै गरेको ना ५३ प ६११४ नम्बरको मोटसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा बोलेरो गाडीको बोरामा अन्दाजी ४० किलोग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध सहित बलेरो चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने ४१ वर्षीय अर्जुन प्रसाद थपलिया, मोटरसाईकल चालक जिल्ला पर्सा, बिन्दाबासिनी गाउँपालिका-४, बस्ने ४० वर्षीय बिनोद चौरासिया र सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

६८ औं प्रहरी दिवस २०८० को अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
२०८०-०६-२६

६८ औं प्रहरी दिवस २०८० लाई विभिन्न कार्यक्रमहरू गरी भव्यतासाथ मनाउने क्रममा आज मिति २०८०।०६।२६ गते बागमती प्रदेश प्रहरी गण हेटौँडाको प्राङगणमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा प्रहरी उपरीक्षक भिम किरण बोगटीज्यू, प्रहरी उपरीक्षक ईश्वर थापाज्यू, बागमती प्रदेश प्रहरी गण प्रमुख प्रहरी उपरीक्षक राकेश सिंहज्यू, प्रहरी नायव उपरीक्षकज्यूहरू, प्रहरी निरीक्षकज्यूहरु लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थितिमा विभिन्न प्रजातिको १०० वटा बोटविरुवाहरु रोपिएको थियो । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०६-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व-पश्चिम सडकखण्डमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले हेटौंडा तर्फबाट बिरगंज तर्फ जाँदै गरेको ना ५३ प ३९३० नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाँच गर्ने क्रममा निजहरुको मोबाईल नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा निजहरुको मोबाईल मार्फत हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा १२ च ९७४२ नम्बरको पिकअप गाडीमा लागुऔषध गाँजा आउँदै छ भन्ने सूचना प्राप्त हुना साथ उक्त पिकअपलाई सोही स्थानमा रोक्न खोज्दा प्रहरीलाई देखी भित्री सडक खण्ड तर्फ भाग्ने क्रममा बिक्रम चोक नजिक पिकअप गाडी छाडी चालक फरार भएको र उक्त गाडी चेकजाँच गर्दा गाडीको ढाला र क्याबिन मुनी ११ वटा पोकामा लागुऔषध गाँजा अन्दाजी ७० किलोग्राम फेला पारी उक्त पिकअप गाडी, लागुऔषध गाँजा, मोटरसाईकल र मोटरलाईकल चालक जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-५ बस्ने अन्दाजी २२ वर्षीय सन्देश प्रजा र पछाडी सवार सोही ठेगाना बस्ने अन्दाजी ३४ वर्षीय युबराज प्रजा लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-२१

ईलाका प्रहरी कार्यालय मनहरी बाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले बिशेष सुचनाको आधारमा गस्ती गर्दै जाने क्रममा जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, नयाँ बस्ती स्थित कुमार मोक्तान नाम बताउने व्यक्तिको घर अगाडी रोकी रहेको प्रदेश ३-०३-००१ प ४५४१ न.को मोटरसाईकलबाट ३ वटा बोरा र झोलामा राखीएको ६०२ बोतल codeine phosphate wincerex लेखिएको लागुऔषध । (प्रति बोतल १०० .मि.लि ग्राम), नेपाली नगद रु. ८,००,००० ( आठ लाख) र चरेस जस्तो देखिने अं.२० (बिस) ग्राम फेला परेको थियो ।  लागुऔषध सहित जिल्ला मकवानपुर कैलास गाउँपालिका-८, बस्ने वर्ष ३१ को बिकास मोक्तान, सोहि बस्ने वर्ष ३५ को राम बहादुर स्याङबो, जिल्ला पर्सा ठोरी गाउँपालिका-८, बस्ने वर्ष ३२ को जित बहादुर चापागाई, जिल्ला मकवानपुर मनहरी गाउँपालिका-४, रमनटार बस्ने वर्ष ३० को रामचन्द्र गोले र सोहि बस्ने वर्ष २० को दाल बहादुर मोक्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) निरीक्षण २०८० सम्पन्न‍
२०८०-०६-१७

प्रहरी कार्यालयहरूको प्रहरी सेवा प्रवाहको स्तरमा सुधार गर्न, सङ्गठनको कार्य सम्पादनमा स्रोत साधनको व्यवस्थापनमा मितव्ययिता, उपयोगमा कार्य दक्षता र उद्देश्य प्राप्तिमा प्रभावकारी मूल्याङ्कन गर्न तथा साङ्गठनिक सुधारका प्रयासहरूमा असल अभ्यासहरू सहित पृष्ठपोषण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०७९” मापदण्ड बमोजिम बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आज निरीक्षण सम्पन्न भएको छ । केन्द्रीय कार्य दक्षता मूल्याङ्कन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाण्डौका कार्यकारी निर्देशक श्रद्धेय श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यू, प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलज्यू सहितको प्रहरी टोलीले बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण हेटौंडा तथा बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौंडा र प्रहरी चौकी ठुलोदमार, मकवानपुरको सम्पूर्ण शाखाहरूको प्रशासनिक अभिलेख व्यवस्थापन, कार्यसम्पादनको स्तर, आन्तरिक व्यवस्थापन, सरसफाई, प्रहरी कार्यालयको जवाफदेहिता, नवीनतम कार्यहरूको अभ्यास,  रचनात्मक कार्यको प्रयास  लगायत मेश र ब्यारेकको  निरीक्षण तथा बागमती प्रदेश प्रहरी गण हेटौंडाको प्राङ्गणमा वृक्षारोपण समेत गर्नु भएको थियो । निरीक्षणको क्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूद्वारा समग्र बागमती प्रदेशको वस्तुस्थिति सहित शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, स्रोत साधन व्यवस्थापन, मानव श्रोत एवं प्रशासनिक व्यवस्थापन, सूचना प्रविधि, सृजनात्मक तथा रचनात्मक कार्य लगायतका विषयवस्तुहरूको प्रस्तुतीकरण गर्नु भएको थियो ।    निरीक्षण पश्चात् प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यूले प्रहरी कर्मचारीहरूलाई निर्देशनको क्रममा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यवसायीक, निष्ठावान् भई काम गर्न तथा कार्य सम्पादन स्तर सुधार गर्न आत्मविश्वासका साथ सीपमूलक क्षमता अभिवृद्धि गर्नु पर्नेमा जोड दिनु भएको थियो । नेपालको जुनसुकै भूभागमा भए पनि प्रहरी सबै एउटै हो र सबै प्रहरी कर्मचारीहरूले सामूहिक भावनामा काम गर्न निर्देशन दिनुका साथै आन्तरिक शुद्धीकरणलाई  समेत प्राथमिकता दिनुपर्ने कुरा व्यक्त गर्नु भएको थियो । सोही अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूले प्रतिवद्धता सहितको धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।         साथै निरीक्षण भ्रमणको क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीज्यूको प्रमुख आतिथ्यतामा मकवानपुर जिल्लाका सञ्चारकर्मी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, नागरिक समाजका प्रतिनिधि तथा विभिन्न सङ्घ संस्थाका पदाधिकारीज्यूहरूसँग शान्ति सुरक्षाको अवस्था, गुनासो तथा सुझावहरू सहितको छलफल एवं अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।

सवारी दुर्घटनामा परि २ बालकको मृत्यु
२०८०-०६-१७

धादिङ, गजुरी गाउँपालिका-२, मझुवा स्थित पृथ्वीलोकमार्गमा  काठमाण्डौबाट चितवन तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ६४१३ नम्बरको ट्रकले  बागेश्वरी मा.वि. रिचोक्टार धादिङको कक्षा ८ मा पढ्ने जिल्ला धादिङ सिद्वलेख गाउँपालिका-६, परेवाटार बस्ने राजकुमार श्रेष्ठको छोरा वर्ष अन्दाजी १४/१५ को निर्मल श्रेष्ठ र सोहि बस्ने उद्वब श्रेष्ठ को छोरा वर्ष अन्दाजी १४/१५ को संजिव श्रेष्ठलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा दुबै जनाको घटना स्थलमै मृत्यु भएको । ट्रक चालक जिल्ला रौतहट चन्द्रपुर नगरपालिका-२, रौतहट बस्ने वर्ष अन्दाजी ४१ को असोक बंम्जनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा प्रहरी कर्मचारीहरुलाई निर्देशन कार्यक्रम सम्पन्न‍ ।
२०८०-०६-१५

नेपाल सरकारका माननीय उपप्रधान एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा  बागमती प्रदेश प्रहरी कार्यालयको निरीक्षण तथा निर्देशन सम्वोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूले बागमती प्रदेशको समग्र वस्तुस्थितीको प्रतिवेदन सहितको प्रस्तुतिकरण गर्नु भएको थियो । यसै अवसरमा माननीय मन्त्रीज्यूले बागमती प्रदेश प्रहरी कार्यालयको भौतिक संरचना, निर्माणाधिन कार्यालय भवनको निरीक्षण अवलोकन तथा बागमती प्रदेश प्रहरी गण हेटौडाको परिसरमा वृक्षारोपण समेत गर्नु भएको थियो ।निर्देशनको क्रममा माननीय उपप्रधान एवम् गृहमन्त्रीज्यूले उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई नेपाल सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रुपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने कुरा उल्लेख गर्नु भएको थियो । मुलुकमा शान्ति सुरक्षा कायम राख्न, विपद् व्यवस्थापन, नागरिकको जिउधनको रक्षा सुनिश्चित गर्न, महिला बालबालिका तथा जेष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभुती गर्ने तथा त्यस्ता अपराधजन्य घटनाहरुमा कडा रुपमा प्रस्तुत हुने, लागु औषध दुर्व्यसनीलाई रोकथाम तथा नियन्त्रण गर्न निर्देशन गर्नु भएको थियो । कुनै पनि अवाञ्छित दवाब र चलखेलमा नपरि संगठनको उद्देश्यलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई ऐक्यबद्ध भई काम गर्नुपर्ने बताउनु हुदै उहाँले संविधान र कानूनले संगठनलाई दिएको जिम्मेवारी निर्भिकता पूर्वक निर्वाह गर्न समेत निर्देशन दिनु भएको थियो । बागमती प्रदेश प्रहरीले थालनी गरेको “१ प्रहरी १ बिरूवा कार्यक्रम” तथा चितवन र मकवानपुर जिल्लाका पहाडी भेगमा अवैध रूपमा हुने गाँजा/अफिम खेतिलाई विस्थापन गरी कृषकलाई कृषि/नगदे बाली तर्फ आकर्षित गर्न कफी खेती अभियान संचालन गरेकोमा माननीय मन्त्रीज्यूले प्रशंसा गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाज्यूले  प्रमुख अतिथीज्यू लगायत उपस्थित सम्पूर्ण अतिथीज्यूहरुलाई धन्यवाद व्यक्त गर्दै प्रमुख अतिथी माननीय उपप्रधान एवम् गृहमन्त्री श्री नारायणकाजी श्रेष्ठज्यूबाट भएको निर्देशनलाई अक्षरश: पालना गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री श्री गंगानारायण श्रेष्ठज्यू, बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाज्यू, सशस्त्र प्रहरी बल नेपाल ३ नं. गढीमाई बाहिनी भण्डारा चितवनका प्रमुख सशस्‍त्र प्रहरी नायव महानिरीक्षक श्री लक्ष्मण बहादुर सिंहज्यू, राष्ट्रिय अनुसन्धान बागमती प्रदेश कार्यालयका अनुसन्धान निर्देशक राम प्रसाद दासज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू  लगायत सिनियर प्रहरी अधिकृतज्यूहरु, मातहत प्रहरी कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । 

प्रहरी जवान आधारभुत तालिम ६-२०३ औ समूहको दीक्षान्त समारोह सम्पन्न‍
२०८०-०६-०७

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा प्रहरी जवान आधारभूत तालिम ६-२०३ औं समूहको आज बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको प्रमुख आतिथ्यतामा दीक्षान्त समारोह सम्पन्न भएको छ । मिति २०७९।०७।२० गते देखि सञ्चालित २३४ कार्यदिन अवधिको प्रहरी जवान आधारभूत तालिम ६-२०३ औं समूहको दिक्षान्त समारोहमा सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालज्यू, दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारीज्यू, कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलज्यू, दुधौली नगरपालिकाका नगर उपप्रमुख चन्द्र किशोर थारूज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्र.ब.उ. कृष्ण हरि शर्माज्यू, श्री नम्वर १ गण तथा पर्यावरण सुरक्षा गण सिन्धुली रानिवासका प्रमुख सेनानी बिमल के.सी.ज्यू, जनप्रतिनिधिज्यूहरु, सिनियर प्रहरी अधिकृतज्यूहरु, संचारकर्मीज्यू, दीक्षित हुने प्रहरी कर्मचारीका अभिभावकज्यू लगायतको उपस्थिति रहेको थियो ।     दीक्षान्त समारोहमा बागमती प्रदेश प्रहरी प्रमुखज्यूले प्रहरी जवान आधारभूत तालिमका २८० जना प्रशिक्षार्थीहरु मध्ये ८ वटा विधामा उत्कृष्ट प्रहरी जवानहरु लाई पुरस्कार वितरण गर्नु भई दीक्षित प्रहरी जवानका आफन्तजनमा हार्दिक आभार व्यक्त गर्नु भएको थियो । दीक्षित प्रहरी जवानहरुलाई  कार्यक्षेत्रमा अनुशासित, मर्यादित र प्रहरी आचरणको पुर्ण पालना गर्दै संगठन प्रति बफादार र आम नागरिकको सहयोगीका रुपमा मन, बचन र कर्मले उच्च मनोबलका साथ कार्य गर्न शुभकामना सहितको निर्देशन समेत दिनु भएको थियो ।

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डी मृत्यु
२०८०-०६-०६

मकवानपुर, थाहा नगरपालिका-४, रुप्से बस्ने अन्दाजी ३७ वर्षीय दिनेश लामा आफ्नै घरको धुरीको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।नुवाकोट, ककनी गाउँपालिका-४, रानीपौवा स्थित रानीपौवाबाट डाँडा गाउँ जाने कच्ची सडक खण्डको छेउमा हाल नाम थर वतन नखुलेको अन्दाजी २६ वर्षीय पुरुष ब्यक्ती सल्लाको रूखमा नाईलनको डोरीले लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, कालिका नगरपालिका-४, पिपरिया टोलको सृजना चोक  बस्ने वर्ष अन्दाजी १४ की अग्रता प्रधान आफु सुत्ने कोठाको सिलिङ्ग पंखा झुण्ड्याउने रडमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ । सिन्धुली, तिनपाटन गाउँपालिका-४, बेशीटार घर भई हाल जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर ६ सिद्धस्थली बोडिङ नजिकै डेरा गरी बस्ने अन्दाजी २४/२५ वर्षीया की सन्जु राना मगर आफु सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०६-०३

सिन्धुली कमलामाई नगरपालिका-६, माझिटार चेकपोष्ट स्थित वि.पि. राजमार्गमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलीले सर्लाहीबाट काठमाण्डौ तर्फ आउदै गरेको चालक जिल्ला सर्लाही मलङ्गवा नगरपालिका-१० बस्ने वर्ष २२ को लक्ष्मी पण्डितले चलाई ल्याएको HR 10 S3056 नम्बरको ईन्डियन कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडी भित्र NITRAVET-10, लेखिएको लागु औषध २०० पत्तामा (प्रति पत्ता ३० ट्याब्लेट) जम्मा ६०००(छ हजार) ट्याब्लेट र DIALEX-DC लेखिएको १०० ML को ७४९ (सात सय उनन्पचास) बोतल फेला पारी सोही कारमा सवार जिल्ला सर्लाही कोडैना गाउँपालिका-६ बस्ने वर्ष २० को सुनिल कुमार यादव, जिल्ला सर्लाही मलङ्गवा नगरपालिका-१ बस्ने वर्ष २० को नितेश कुमार यादव र जिल्ला धनुषा मिथिला नगरपालिका-३ बस्ने वर्ष २८ को पशुपति लामा र गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ । 

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०६-०३

नुवाकोट तादी गाउँपालिका-२ अधिकारी टोल स्थित बस्ने चेत बहादुर अधिकारीको छोरा अन्दाजी वर्ष २६ को मिन बहादुर अधिकारी आफ्नै घर नजिकै रहेको मान्छे नबस्ने आफ्नै ठुलो बुवाको घरको पालीको बलोमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-१ बोलुङ बस्ने खेम बहादुर गिरीको श्रीमती वर्ष अन्दाजी ५० की नेत्र कुमारी गिरी आफ्नै घरको  कोठामा बासको दलिनमा नाम्लो सहितको नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

नवनिर्मित प्रहरी चौकी पदमपोखरी, मकवानपुरको भवन समुद्घाटन
२०८०-०५-२९

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित प्रहरी चौकी पदमपोखरी, मकवानपुरको भौतिक संरचना समुद्घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री गंगा नारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । बागमती प्रदेश सरकारका माननीय आन्तरिक मामिला तथा कानून मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा सामाजिक विकास मन्त्री माननीय श्री कुमारी मोक्तानज्यू,  मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुर्य प्रसाद सेढाईज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव श्री दिपक प्रसाद न्यौपानेज्यू जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्री सीताराम रिजालज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मीज्यू, स्थानिय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा प्रहरी कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने स्थानिय व्यक्तित्वहरुलाई आन्तरिक मामिला तथा कानून मन्त्री माननीय गंगा नारायण श्रेष्ठज्यूबाट सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०५-२८

मकवानपुर, हेटौंडा उपमहानरपालिका-१०, भुटनदेवी मोड स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले पैदल यात्री सोहि ५ पिप्ले बस्ने वर्ष अन्दाजी ३१ को दिपेन्द्र सुनार र बागमती गाउँपालिका-६, फापरबारी बस्ने वर्ष अन्दाजी २१ की रुपा बिश्वकर्मालाई शंका लागी चेकजाँच गर्ने क्रममा दिपेन्द्र सुनारको साथबाट १२ ग्राम ३४० मिलिग्राम र रुपा बिश्वकर्माको साथबाट ४०० मिलिग्राम लागुऔषध ब्राउनसुगर फेला परेकोथियो । निजहरूलाई लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्या भईरहको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०५-२७

मकवानपुर, हेटौंडा उपमहानरपालिका-१५, रातोमाटे स्थित पूर्व-पश्चिम सडक खण्डमा हेटौंडा तर्फ बाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज ३६७७  नं.को सुमोमा लागुऔषध गाँजा ओसार पसार भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको टोलीले उक्त सुमो लाई रोकी चेकजाँच गर्ने क्रममा सिट मुनि लुकाई छिपाई राखेको ४ पोका लागुऔषध गाँजा (अन्दाजी ३० किलो) फेला  परेको थियो । सुमो चालक जिल्ला चितवन भरतपुर महानगरपालिका-२४, बस्ने वर्ष अन्दाजी ३३ को संगम गुरुङ र सुमोमा सवार जिल्ला बारा कबहिगोठ गाउँपालिका-२, बस्ने वर्ष अन्दाजी १५ को दिपेश यादवलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

प्रहरी सेवामा रहेका कुकुरहरू ( K-9) सेवा निवृत्त “9 years of service, Today We retired”
२०८०-०५-२७

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा केनाईन शाखामा विगत ९ वर्ष देखी कार्यरत रहेका Labrador जातको  SHERE तथा  German shepherd जातका TIGER  र JOHN नाम गरेका कुकुरहरू आफ्नो प्रहरी सेवा पुरा गरी प्रहरी कुकुर ( K-9) हरूको विषयगत सङ्ख्या निर्धारण, सेवा प्रवेश तथा सेवामुक्त सम्बन्धी कार्यनिर्देशन-२०८० बमोजिम सेवा निवृत्त भएका छन् ।  जोन र शेरे नामका कुकुरहरूले आफ्नो सेवा अवधिमा १२०० पटक लागू औषध खोजी गरी विभिन्न समयमा सफलता हासिल गरेका थिए भने टाईगर नामको कुकुरले सुरक्षाको लागि ७०० पटक विशिष्ट व्यक्तिहरूको समारोह स्थल, बाटो, संसद भवन लगायत विभिन्न स्थानमा चेकजाँच गरी आफ्नो जिम्मेवारी निर्वाह गरेको थियो । यस्तै बागमती प्रदेश अन्तर्गत जिल्लाहरूमा घटेका जघन्य प्रकृतिका शंकास्पद घटनाहरूमा अपराधीको पहिचान गरी अपराध अनुसन्धान गर्नमा समेत उल्लेखित प्रहरी कुकुरहरूको उत्कृष्ट भुमिका रहेको थियो ।

भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम
२०८०-०५-२५

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा प्रदेश तथा जिल्ला स्तरीय पूर्व प्रहरी कर्मचारी कार्य समितिका पदाधिकारी तथा कर्मचारीहरूसंग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालज्यू, सिनियर प्रहरी अधिकृतज्यूहरू, बागमती प्रदेश कार्य समितिका अध्यक्ष पूर्व प्रहरी निरीक्षक रित बहादुर खाती क्षेत्रीज्यू, मकवानपुर जिल्ला कार्य समितिका अध्यक्ष लगायत पूर्व प्रहरी कर्मचारी कार्य समितिका पदाधिकारीज्यू, अन्य दर्जाका बहाल तथा पूर्व प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश कार्य समितिका पदाधिकारी तथा पूर्व प्रहरी कर्मचारीहरूले राख्नु भएको गुनासो तथा सुझावहरूलाई बागमती प्रदेश प्रहरी प्रमुखज्यूले सम्वोधन गर्नु भई आगामी दिनमा बहालवाला प्रहरी कर्मचारी तथा पूर्व प्रहरी कर्मचारीहरूको निरन्तर समन्वय, सहयोग तथा पूर्व प्रहरी कर्मचारीहरूको अवकाश प्राप्त जीवन सफल रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नु भएको थियो । 

नवनिर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनको भवन समुद्‍घाटन
२०८०-०५-२३

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको नवनिर्मित कार्यालय भवनको समुद्‍घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री माननीय गंगा नारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा समुद्‌घाटन कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा आन्तरिक मामिला तथा कानून सचिव ध्रुव गैडाज्यू, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाज्यू, बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाज्यू, जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिज्यूहरु,  सिनियर प्रहरी अधिकृतज्यूहरु, जनप्रतिनिधिज्यूहरु, संचारकर्मी, स्थानिय व्यक्तित्व, समाजसेवी लगायतको उपस्थिती रहेको थियो । साथै उक्त कार्यक्रममा प्रहरी कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुने विभिन्न निकायका व्यक्तित्वहरुलाई आन्तरिक मामिला तथा कानून मन्त्री माननीय गंगा नारायण श्रेष्ठज्यूबाट सम्मान स्वरुप प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०५-१७

चितवन भरतपुर महानगरपालिका-२५, बस्ने वर्ष २६ को प्रदिप सुबेदी आफ्नै घरमा आँफू सुत्ने कोठामा फलामको डण्डीमा प्लाष्टिकको डोरीको पासो लगाई मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन भरतपुर महानगरपालिका-२०, नयाँ बजार स्थित बस्ने वर्ष ५६ को रेशम बहादुर बि.क.आफ्नै घर पछाडि रहेको शौचालयमा सलको पासो लगाई झुन्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । चितवन कालिका नगरपालिका-१० छेर्वाङ बस्ने वर्ष ४७ को मेघनाथ चेपाङ आफ्नै घर नजिक रहेको बुढीधाईरोको रुखमा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०५-१६

नुवाकोट बिदुर नगरपालिका-३, देबिघाट स्थित बस्ने कुमार पौडेलको छोरा अन्दाजी वर्ष १८ को कोशिष पौडेल आफ्नै घरको कोठाको दलिनमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । रसुवा नौकुण्ड गाउँपालिका-६, बेताङ बस्ने आईत तितुङको छोरी अन्दाजी वर्ष १८ कीनिङमार तितुङ कालिका गाउँपालिका-२ स्थित रहेको निमा मण्डली चर्चको भवनमा बस्दै आएकी आफ्नै कोठा भित्र फलामको दलिनमा सलको पासो लगाई  झुण्डिएको अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सुन जस्तो देखिने पहेलो धातु सहित मानिस नियन्त्रणमा
२०८०-०५-१६

रसुवा गोसाईकुण्ड गाउँपालिका-२ स्थित नेपाल-चीन सिमानाका रसुवागढी मितेरी पुलमा ईलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरी टोली, सशस्‍त्र प्रहरी ,रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ टोलीले चीनबाट नेपाल तर्फ आउँदै गरेको  जिल्ला रसुवा गोसाईकुण्ड गाउँपालिका-३ बस्ने वर्ष ४१ की पाछेमु तामाङ (गुरुङ)लाई चेकजाँच गर्ने क्रममा निजको देब्रे खुट्टाको जुत्ता भित्र लुकाई छिपाई ल्याएको ४ टुक्रा पारेको ल्याएको लाकोरूवेशी रसुवाबाट नियमितअन्दाजी १ के.जि. सुन जस्तो  देखिने पहेलो धातु फेला पारी निजलाई उक्त धातु सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०५-१५

रसुवा कालिका गाउँपालिका-२, दमाई डाँडा बस्ने चेत बहादुर दमाईको छोरा वर्ष १९ को सुनिल भुषाल आफु सुत्ने कोठाको दलिनमा गलबन्दीको पासो लागई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१, धारापानी बस्ने वर्ष अन्दाजी ६२ को कृष्ण बहादुर पहरी आफ्नो घरदेखी अन्दाजी १ कि.मि. पश्चिममा रहेको टुकुलुके सामुदायिक बनमा चिलाउनेको रुखको हाँगोमा नाम्लो सहितको प्लास्टिकको डोरीको पासो लगाई झुण्डि मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०५-१४

मकवानपुर राक्सिराङ गाउँपालिका-३, दमार स्थित प्रहरी चौकी चैनपुरबाट खटिएको गस्ती टोलिले पैदल यात्री जिल्ला मकवानपुर मनहरी गाउँपालिका-९ ज्यामिरे बस्ने वर्ष अन्दाजी ३८ को टेक बहादुर तामाङलाई शंका लागी चेकजाच गर्दा निजले बोकेको झोलामा लागुऔषध गाँजा अन्दाजी १०kg फेला पारी निजलाई उक्त लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । मकवानपुर मनहरी गाउँपालिका-६, खयरघारी स्थित प्रहरी चौकी सुनाचरीबाट खटिएको प्रहरी टोलिले ना३२प २९५५ नम्बरको मोटरसाइकल चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६ नयाँबस्ती बस्ने वर्ष अन्दाजी २९ को सन्त लाल लामालाई शंका लागी चेकजाच गर्दा निजले बोकेको झोलामा लागुऔषध गाँजा २ kg र नगद रु. ५९,०००।–(अक्षरुपी उनान्साठी हजार मात्र)फेला पारी निजलाई उक्त लागुऔषध गाँजा, नगद र मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०५-११

रामेछाप लिखुतामाकोसी गाउँपालिका-१, दुरागाऊ स्थित बस्ने प्रेम बहादुर सुनुवारको छारा अन्दाजी वर्ष २८ को आसिष सुनुवार मिति २०८०/०५/१० खाना खाइ सुत्न गएकोमा मिति २०८०/०५/११ गते बिहान छोरा किन उठेन भनि आमाले बोलाउदा नबोलेको र ढोका नखोलेकोले गाउका दाजुभाई आइ ढोका फोडी हेर्दा आफ्नै घरको आफु सुत्ने कोठाको दलिनमा नाइलनको डोरीको पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।धादिङ ज्वालामुखी गाउँपालिका-१, द्वारेथोक स्थित बस्ने मंगले सार्कीको छोरा मानसिक सन्तुलन ठिक नभएको वर्ष ३३ को मिलन नेपालीले सोही स्थानमा बस्ने काले सार्कीको घर अगाडिको कुटमेराको रुखमा बाबियोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०५-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरीक्षको कमाण्डमा खटिएको चेकिङ टोलीले गाईघाट बाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ९८२३ नं.को यात्रु बाहक बस लाई   रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला सप्तरी राजबिराज घर बताउने वर्ष अन्दाजी २४ को मोहम्मद सोनु खान लाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको प्लास्टिकको झोला भित्र लागुऔषध नाईट्राजेपाम १५२ पिस, ट्रामाडोल–५ पिस, लागुऔषध फेला परेको थियो । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०५-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट प्र.ब.ना.निको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायघाट बाट बिरगंज तर्फ जाँदै गरेको बा.प्र.०३ -००१ ख २७५८नं.को यात्रु बाहक बस लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला पर्सा बहुद्रामाई नगरपालिका-६, गमरीया बस्ने वर्ष अन्दाजी ४७ को हिरालाल शाह र जिल्ला बारा बस्तिपुर बस्ने वर्ष अन्दाजी ४८ को धुरन साहलाई शंका लागी चेकजाँच  गर्दा निजले  बोकेको झोला भित्र लागुऔषध गाँजा अन्दाजी ५ किलो फेला परेको थियो । निजहरूलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

नवनिर्मित प्रहरी चौकी ठुलोदमार, मकवनापुरको भवन समुद्‍घाटन
२०८०-०५-०६

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मित प्रहरी चौकी ठुलोदमार मकवानपुरको भौतिक संरचना समुद्‍घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका बिच बागमती प्रदेशका मुख्य मन्त्री माननिय श्री शालिकराम जम्कट्टेलज्यूको प्रमुख आतिथ्यतामा समुद्‌घाटन गरिएको हो । उक्त समुद्‌घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रीमान् मन्त्रीज्यूले प्रदेश प्रहरीको भौतिक पुर्वाधारहरुको विकास लगायत प्रहरीको क्षमताहरुको अभिवृद्दिको लागि प्रदेश मन्त्रालयहरुबाट निरन्तर सहयोग भैरहने कुरा बताउनु भयो । यसै कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रदेश सरकारबाट भएको सहयोगलाई हार्दिक कृतज्ञता जाहेर गर्नु भई आगामी दिनहरुमा समेत यस्तै किसिमको सहयोग र साथको निरन्तर अपेक्षा राख्नु भएको थियो । श्रीमान प्रदेश सरकारका माननीय मुख्य मन्त्रीज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय श्री गंगा नारायण श्रेष्ठज्यू, बागमती प्रदेश सांसद माननीय श्री प्रेम बहादुर पुलामीज्यू, प्रमुख सचिव श्रीमान घनश्याम उपाध्यायज्यू, नगरप्रमुखज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, संचारकर्मीहरू, स्थानिय व्यक्तित्व, समाजसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।  

अवैध लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०५-०५

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१० बसपार्क स्थित हेटौंडाबाट जनकपुर तर्फ जादै गरेको ना ५ ख २१६५ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले चेकजाच गर्ने क्रममा बस सवार जिल्ला धनुषा सागरनाथ नगरपालिका-८ बस्ने वर्ष ४३ को देब नारायण दास र जिल्ला सिराहा कर्जनहा नगरपालिका-८ बस्ने वर्ष ४२ को राम सागर साहले बोकेको पछाडी भिर्ने कपडाको कालो झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ९ के.जी. फेला पारी निज दुबैलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

नेपाल प्रहरी कार्ययोजना २०८० कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
२०८०-०५-०४

आज यस बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा नेपाल प्रहरी कार्ययोजना २०८० कार्यान्वयन सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । समापन समारोह कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यूको प्रमुख अतिथ्यतामा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीज्यू, प्रहरी उपरीक्षकज्यू, प्रहरी नायव उपरीक्षकज्यू समेतको उपस्थिति रहेको थियो । २ दिन सम्म संचालन भएको अभिमुखिकरण कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय र मातहत जिल्लाहरुबाट प्रहरी अधिकृत तथा जवानहरु समेत ३० जनाको सहभागिता रहेको थियो । 

प्रतिबन्धित औषधी सहित मानिस पक्राउ
२०८०-०५-०४

चितवन राप्ती नगरपालिका-१ लोथर स्थित अस्थाई प्रहरी पोष्ट लोथर चितवनबाट खटिएको चेकिङ टोलिले चेक पोष्टमा बिरगञ्जबाट चितवन तर्फ आउदै गरको ग ५ प ६६८ नम्बरको मोटरसाईकललाई शंका लागि रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलको विभिन्न भागहरुमा तथा झोलामा समेत गरी (१२) वटा प्लाष्टिकको पोकामा लुकाई छिपाई ल्याएको प्रतिबन्धित औषधी नुरफिन २२५एम्पुल, फेनार्गन २२५एम्पुल, डाईजेपाम २२५एम्पुल गरी जम्मा ६७५ एम्पुल फेला परेको थियो । मोटरसाईकल चालक जिल्ला पर्सा पटेर्वा सुगौलि गाउँपालिका-२ बस्ने वर्ष २५ को अजय थारू र पछाडि सवार वर्ष २९ को अम्रेश राय थारू रहेको छ । उक्त औषधी सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मानिस झण्डी मृत अवस्थामा फेला
२०८०-०५-०३

चितवन भरतपुर महानगरपालिका-१०, हाकिमचोक स्थित जिल्ला लम्जुङ सुन्दरबजार नगरपालाका-४ घर भई हाल चितवन भरतपुर महानगरपालिका-१०, हाकिमचोक डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को नविन खनिया आफु सुत्ने कोठाको सिलिङ पंखामा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।नुवाकोट लिखू गाउँपालिका-१, घर भई हाल जिल्ला काभ्रेपलान्चोक बनेपा नगरपालिका-१३ भैंसेपाटी स्थित डेरा गरी बस्ने बलराम खड्काको छोरा वर्ष १४ को विशाल खड्का आफै सुत्ने कोठाको सिलिङमा नाईलनको डोरीको पासो लगाई झुण्डषी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।  

अवैध सामान नियन्त्रणमा
२०८०-०५-०३

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोष्ट स्थित पूर्व-पश्विम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ आउदै गरेको बा.प्र.०३-००१ ख२४७३ नम्बरको यात्रु वाहक बसहरुलाई रोकी चेक जाँच गर्ने क्रममा यात्रु बस्ने सिटबाट काजु अन्दाजी ६२ के.जि., रजनी गन्ध-१५ वटा सानो डब्बा, तुलसी सुर्ती-३ झोला (अन्दाजी ३/४ के.जी.) यस्तै बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना ५ ख२४६८ नम्बरको बसको अगाडिको केबिनबाट अमुल बटर-२ काटुन, फ्रेस क्रिम-१काटुन, अमुल घिउ-२ काटुन र बिरगंजबाट काठमाडौं तर्फ आउदै गरेको ना७ ख ६००५ नम्बरको बसको डिक्किबाट मोबाईल पार्टस-१ काटुन भित्र सानो काटुन-२२ वटा, जुता-२५ थान गरी जम्मा अन्दाजी मुल्य रु.५,२७,००० बराबरको अवैध सामान फेला पारी नियन्त्रणमा लिईएको छ । उक्त घटनाको थप अनुसन्धान कार्य भईरहेको छ ।

सुन जस्तो देखिने पहेलो धातु सहित मानिस नियन्त्रणमा
२०८०-०५-०२

रसुवा गोसाईकुण्ड गाउँपालिका-५, स्याफ्रूवेशी स्थितमा प्रहरी चौकी स्याफ्रूवेशी, रसुवाबाट नियमित चेकप्वईन्टमा खटिएको चेकिङ टोलीले टिमुरेबाट स्याफ्रूवेशी तर्फ आउँदै गरेको पैदल यात्री जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५, पोखरी बस्ने वर्ष २४ को सुदिप शेर्पालाई रोकी चेकजाँच गर्ने क्रममा निजले लगाएको कालो रंगको चेष्टगार्डको भित्री खल्तीमा अन्दाजी २ KG सुनको जस्तो  देखिने पहेलो धातु METALOR 1 Kilo Gold 999.9 ISO 24018 लेखिएको बिस्कुट आकारको थान –२(अन्दाजी मुल्य रु. १,८९,३०,०००।- बराबरको) लुकाई छिपाई ल्याएको अल्याएको लाकोरूवेशी रसुवाबाट नियमितवस्थामा फेला परेको हुँदा निजलाई उक्त धातु सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई राखिएको थियो । अनुसन्धानको क्रममा उल्लेखित सुदिप शेर्पालाई सोधपुछ गर्दा निजको भिनाजु नाता पर्ने जिल्ला सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका बर्ष ३०को फुस्याङबु शेर्पा समेतको संलग्नता रहेको खुल्न आएकोले निज फुस्याङबु शेर्पालाई जिल्ला रसुवा गोसाईकुण्ड गाउँपालिका-२ टिमुरेबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रसुवामा ल्याई  थप अनुसन्धान कार्य भई रहेको छ ।  

विषादी सेवनबाट मृत्यु
२०८०-०४-३१

मकवानपुर, बकैया गाउँपालिका-५, सुबेदारसौरा बस्ने नाम बहादुर भोलनको श्रिमती वर्ष अन्दाजी ३६ की शान्ती भोलनले आफ्नै घरमा मुसा मार्ने विषादी सेवन गरी उपचारको लागी सोहि स्थित छतिबन अस्पताल ल्याएकोमा निजको उपचारको क्रममा मृत्यु भऐको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, कमाने फारलाईन बस्ने  वर्ष अन्दाजी ३९ की ईन्दु माया महर्जनले आफ्नै घरमा मुसा मार्ने विषादी सेवन गरी बिरामी भई  हेटौंडा सहकारी अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-३१

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, भित्रि सडकखण्डमा म्याजिक चोक स्थित लागुऔषध बेच बिखन गरीरहेको छ भन्ने विशेष सूचनाको आधारमा ईलका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली  खटि गई जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन बस्ने वर्ष अन्दाजी २९ को विज्ञान लामालाई फेला पारी चेकजाँच गर्दा निजको साथ बाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ अन्दाजी १ ग्राम ४९० मिली ग्राम र लागुऔषध गाँजा अन्दाजी ७० ग्राम सहित नगद रू.१६,५००।–(सोह्र हजार पाँच सय ) फेला परेको थियो । निजलाई लगुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मानिस झण्डिएको अवस्थामा मृत फेला
२०८०-०४-२९

सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१, चिउरी खर्क बस्ने दिन बहादुर थापा मगरको श्रीमती वर्ष ४३ की चित्र कुमारी थापा मगर आफ्नै जस्ता र फलामले बनाएको ट्रस्टमा फलामको डण्डीमा पलाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर बागमती गाउँपालिका- ९ घर भई हाल काभ्रेपलान्चोक बेथानचोक गाउँपाला-३, महाङकाल स्थित डेरा गरी बस्ने सुब्बा मगरको छोरी वर्ष १५ की मौसमी मगर आफ्नै सुत्ने कोठाको निदालमा नाईलनको डोरी भएको नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

रक्तदान कार्यक्रम सम्पन्न
२०८०-०४-२८

नेपाल प्रहरी श्रीमती संघको “३९ औं वार्षिक उत्सव २०८०’’ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा र बागमती प्रदेश प्रहरी श्रीमती संघद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीज्यू, बागमती प्रदेश प्रहरी गण हेटौंडाका गण प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुखज्यू, बागमती प्रदेश प्रहरी श्रीमती संघकी सदस्य श्रीमती चन्द्रमुखी कुमारी जयसवालज्यू लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत ४७ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नुभई रक्तदान गर्ने प्रहरी कर्मचारीहरूलाई बागमती प्रदेश प्रहरी प्रमुख ज्यूबाट रक्तदान सम्मान पत्र समेत वितरण गरिएको थियो ।

बेवारिसे सामान नियन्त्रणमा
२०८०-०४-२८

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोष्ट स्थित पूर्व पश्विम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले बिरगंजबाट पोखरातर्फ जादै गरेका ना.१ख.९२५४ नम्बरको यात्रु बाहकबसको बायाँ साईडको डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा कुर्था सेट -३०पिस, साडी -३० पिस गरी अन्दाजी मुल्य रु. ५०,०००।–(पचास हजार) बराबरको सामान र ग.१ख.९२५३ नम्बरको बसको पछाडीको सिट मुनि लुकाई छिपाई राखेको २ वटा बोरामा जम्मा -४६ पोका दुध पाउडर अन्दाजी मुल्य रु. ३३,१२०।–(तेत्तिस हजार एक सय बिस ) बराबरको वेबारिसे सामानहरु फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-२७

मकवानपुर हेटौडा उपमहानगरपा-१५, रातोमाटे चेकपोष्ट  स्थित पूर्वपश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले नाराणघाटबाट बिरगंजतर्फ जादै गरेको ना.८ ख ७३४६ नम्बरको बसलाई रोकी चेकजाँच गर्दा बसमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका घर बताउने वर्ष अन्दाजी २२ की नानु घलानले बोकेको  ब्यागभित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ५ किलो फेला पारी निजलाई नियन्त्रणमा लिईएको छ । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर मनहरी गाउँपालिका-५, दरदरा बस्ने वर्ष अन्दाजी ३६ को राम सिंह वाईबाको घरमा लागुऔषध रहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, नेवारपानी मकवानपुरबाट टोली खटि गई निज सुत्ने कोठामा चेकजाँच गर्दा लागुऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ अन्दाजी १ kg, नाईट्राभेट ट्याब्लेट १० पत्ता (१५० पिस) फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०४-२७

चितवन भरतपुर महानगरपालिका-२१, सुन्दर बस्ति घर भई हाल भरतपुर महानगरपालिका-२ क्षेत्रपुर सब्जि मन्डि नजिकै भान्जि नातिनि मुना सुनारको घरमा बिगत ९/१० वर्ष देखी बस्दै आएको वर्ष ६६ को‌ दल बहादुर बि.क. मुना सुनारको घर पछाडि रहेको टिन टहरोको काठको बलोमा नाइलनको डोरी पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।धादिङ गजुरी गाउँपालिका-६ भस्मेखोला गाँउ बस्ने अमर बहादुर चेपाङको श्रीमती वर्ष ८९ की फुलमाया चेपाङ आफ्नै घर नजिक रहेको लिच्चिको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

लुकाई छिपाई गरेर लिएको सामान नियन्त्रणमा
२०८०-०४-२६

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोष्ट स्थित पूर्व पश्विम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलीले काँकडभिट्टाबाट काठमाण्डौ तर्फ जादै गरेको ग.१ख ९६३४ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको पछाडीको डिक्किमा बिल भन्दा बढी सामान लुकाई छिपाई राखेको अवस्थामा कासको थाल-२५०थान, कासको कचौरा-३९४ थान गरी अन्दाजी मुल्य रु.३,५०,०००।– (तिनलाख पचास हजार) बराबरको सामान फेला पारी सोही बसमा सवार जिल्ला मोरङ उर्लाबारी नगरपालिका-७ बस्ने वर्ष अन्दाजी ५० को वेद कार्कीलाई नियन्त्रणमा लिईएको छ । उक्त घटनाको थप अनुसन्धान कार्य भईरहेको छ ।

वृक्षारोपण कार्यक्रम सम्पन्न
२०८०-०४-२५

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवलाई विभिन्न कार्यक्रमहरु संचालन गरी मनाउने क्रममा आज बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, बागमती प्रदेश प्रहरी गण हेटौंडाका गण प्रमुख लगायत ९० जना सकल दर्जाका प्रहरी कर्मचारीहरुले वृक्षारोपण गर्नु भएको छ ।  वृक्षारोपण कार्यक्रममा अमला, अम्वा, कपुर, निम, कागती, भोगटेलगायत विभिन्न प्रजातीका १२० वटा बिरुवाहरु रोपिएको छ ।

भन्सार छली गरी ल्याएको सामान बरामद
२०८०-०४-२५

 रसुवा गोसाईकुण्ड गाउँपालिका-५, स्याफ्रूवेशी स्थित प्रहरी चेकप्वाईन्टमा खटिएको नियमित चेकिङ टोलीले टिमुरेबाट काठमाण्डौँ  तर्फ जादै गरेको सार्वजनिक सवारी साधनको चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याएको घ्यु  १४ कार्टुन, चियापत्ती १० कार्टुन, सुर्यमुखी गेडा(क्वाची) १० कार्टुन, कफी ३ कार्टुन, गाई चकलेट ५ कार्टुन, सोया सस १ कार्टुन, चिकेन मसला १५ कार्टुन, तेल ६ कार्टुन, अजिनामोटो ९८ पाकेट र चाईनिज फिङ ९९ पाकेट समेतका सामानहरु (अन्दाजी मुल्य १ लाख ५० हजार बराबरको) बेवारिसे अवस्थामा फेला पारी उक्त सामान नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न
२०८०-०४-२४

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूबाट बागमती प्रदेश अन्तर्गतका प्रहरी प्रमुखहरुसँग आर्थिक वर्ष २०८०।०८१ को वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा आज आयोजित कार्यसम्पादन समिक्षा २०७९।८० तथा कार्य सम्पादन सम्झौता २०८०।०८१ कार्यक्रमका बीच उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मीले गत आर्थिक वर्षको कार्यसम्पादन सम्झौताको समिक्षा तथा चालु आ.व. २०८०।०८१ को सम्झौताको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा गत आव.को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा प्रथम हुने कार्यालयहरुलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्धारा सम्मान समेत गरिएको थियो । जसमा जि.प्र.का.काभ्रे सर्वोत्कृष्ट हुन सफल भएको छ भने जि.प्र.का.नुवाकोट, धादिङ, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली र  नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर क्रमश: कार्यसम्पादनमा उत्कृष्ट रहेको थियो । बागमती प्रदेश अन्तर्गतका बागमती प्रदेश प्रहरी तालिम केन्द्र , जिल्ला प्रहरी कार्यालय १०, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवन, नेपाल प्रहरी विशेष सुरक्षा गण, बागमती प्रदेश प्रहरी गण गरी १४ वटा कार्यालयका प्रमुखहरुसंग प्रदेश प्रहरी प्रमुखज्यूले कार्यसम्पादन सम्झौता गर्नु भएको हो । जस अन्तर्गत जिल्ला प्रहरी कार्यालयको लागि ३७ वटा, ट्राफिकको लागि २१वटा र अन्य कार्यालयको लागि १३ वटा वार्षिक कार्यसम्पादन क्रियाकलापहरु प्रदान गरिएको छ । प्रदेश प्रहरी प्रमुख किरण राणाज्यूले आज गरिएको वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने, आसन्न चाडपर्व लक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्ने लगायतको आवश्यक निर्देशन दिनुभएको हो  साथै  वार्षिक कार्यसम्पादन २०८०।०८१ को प्रस्तुतीकरण गरी नेपाल पत्राकार महासंघ मकवानपुरका अध्यक्ष लगायत उपस्थित संचारकर्मीज्यूहरु सँग आवश्यक अन्तरक्रिया तथा छलफल गरियो । 

विषादी सेवनबाट मृत्यु
२०८०-०४-२४

मकवानपुर हेटौंडा उपमहानगरपा-५, सानोपोखरा बस्ने वर्ष अन्दाजी ४६ को विश्वास अर्यालले आफ्नै घरमा पाराफिट नामक झार मार्ने विषादी सेवन गरी बिरामी भई  हेटौंडा अस्पताल ल्याएको र थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर, चितवन लगी उपचार गराएकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर थाहा नगरपालिका-६, सिकारखेल बस्ने वर्ष अन्दाजी ३६ को बैकुण्ठ प्रसाद बिडारीले आफ्नै घरमा Insectisideg sunami नामक तरकारीमा हाल्ने विषादी सेवन गरी बिरामी भई मनमोहन मेमोरियल अस्पताल, काठमाडौं ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनामा थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-२१

सिन्धुली कमलामाई नगरपालिका-९ बसपार्क स्थित बि.पि.राजमार्गमा ईलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीबाट खटिएको प्रहरी टोलीले बर्दिबासबाट सिन्धुली तर्फ आउदै गरेका चालक जिल्ला सिराहा कर्जन्हा नगरपालिका-१ बस्ने वर्ष २७ को गणेश ठाकुरले चलाई ल्याएको प्रदेस न.२-००७ प १४५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निजको साथबाट EXIPLON-100 ML को २ बोतल लागुऔषध फेला परेको र सोहि समय र स्थानमा महोत्तरीबाट सिन्धुलीतर्फ आउदै गरेको जिल्ला दोलखा भिमेश्वर नगरपालिका-५ बस्ने वर्ष २१ को इश्वर गजुरेलले चलाई ल्याएको बा ६७ प ६३४१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निजको साथमा NITRVET-10 १ पत्ता (जस्मा २ पिस प्रयोग भएको)  र मोटरसाईकल भित्र लुकाई छिपाई ल्याएको ३ पत्ता गरी जम्मा ४ पत्ता (५८ पिस) लागुऔषध र जनकपुरदेखि सिन्धुलीतर्फ आउदै गरेको जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका-४ बस्ने वर्ष २७ को आनन्द मुखियाले चलाई ल्याएको म.प्र. ०२-००७ प ९६५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा निजको साथबाट NITRAVET-10 लेखिएको १ पत्तामा १० पिस लागुऔषध  फेला पारी मोटरसाईकल चालक र  सोहि मोटरसाईकल पछाडी सवार जिल्ला धनुषा पिप्रा नगरपालिका-४ जनकपुर बस्ने वर्ष २० को ललित मण्डललाई समेत गरी ३ मोटरसाईकल र ४ जना मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

अवैध कपडा सहित मानिस नियन्त्रणमा
२०८०-०४-२१

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व-पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको  चेकिङ टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जान आउदै गरेको ना ८ ख८००१नम्बरको  यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा उक्त  बसको  पछाडीको साईडको डिकिमा भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको कुर्तासेट १२० पिस अन्दाजी मूल्य रु.७०० का दरले र टप्स ४९ पिस अन्दाजी मूल्य रु.३०० का दरले गरी जम्मा अन्दाजी मूल्य रु.१,००,०००/- (एक लाख) बराबरको अबैध कपडा फेला पारी उक्त बसको सहचालक जिल्ला मोरङ रंगेली नगरपालिका-४ बस्ने वर्ष अन्दाजी ३५ को अर्जुन कर्मकारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-२०

चितवन रत्ननगर नगरपालिका-२, टांडीचोक स्थित पूर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय टांडी, चितवनबाट खटिएको चेकिङ टोलीले पूर्वबाट पश्चिम तर्फ आंउदै गरेको बा ८७ प २१०२ नम्बरको मोटरसाईकल रोकी चेकजांच गर्ने क्रममा धादिङ थाक्रे गाउँपालिका-३ बस्ने वर्ष ३२ को भिमलाल तामाङको साथबाट लागुऔषध (चरेश) जस्तो देखिने पदार्थ सेतो पानी टेपले प्याकिङ गरी ल्याउंदै गरेको अवस्थामा अन्दाजी ५ किलो १०० ग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । सिन्धुली, कमलामाई नगरपालिका-९, बसपार्क स्थित बि.पि. राजमार्गमा ईलाका प्रहरी  कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले बर्दिबासबाट सिन्धुलीतर्फ आउदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका-६ रातमाटा बस्ने वर्ष ३० को रोहित थापाले चलाई  ल्याएको प्रदेश न.२-०२-००४ प ६७४६ नम्बरको मोटरसाइललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडी सवार कमलामाई नगरपालिका-१२ घर भई हाल कमलामाई नगरपालिका-७ माझिटारमा कोठा गरी बस्ने बर्ष २७ को अम्मर राउतको साथबाट EXIPLON-100 ML लेखिएको २ बोतल र NITRVET-10 लेखीएको ४ पत्ता (१ पत्तामा १५ पिसको दरले) ६० पिस लागुऔषध र सोही समयमा सोही स्थानमा बर्सिबासबाट सिन्धुली तर्फ आउदै गरेको जिल्ला सिन्धुली कमलामाई नगपालिका-५ मधुटार बस्ने वर्ष ३१ को बिनोद कुमार दियालीले चलाई ल्याएको बाग्मती प्रदेश ०२-०३७ प ५७२१ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा निजको साथबाट NITRVET-10 लेखिएको १ पत्ता (१५ पिस) लागुऔषध फेला पारी सोहि मोटरसाईकल पछाडि सवार कमलामाई नगरपालिका-५ बस्ने वर्ष ३५ को अर्जुल घलान समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

सुन जस्तो देखिने पहेँलो धातु र चाँदीजस्तो देखिने सेतो धातु सहित मानिस नियन्त्रणमा
२०८०-०४-२०

रसुवा गोसाईकुण्ड  गाउँपालिका-२, रसुवागढी नाका स्थित रसुवा भन्सार कार्यालय, नेपाल प्रहरी र शसस्त्र बल नेपालको संयुक्त टोलिले चेकजाँच गर्ने क्रममा मित्र राष्ट्र चिनको केरुङबाट नेपाल तर्फ आउदै गरेका मकवानपुर थाहा नगरपालिका-५ स्थाई वतन भएको वर्ष ४१ को अमर बहादुर बिश्‍वकर्माको लगेज चेकजाँच गर्दा बाला जस्तो आकारको मात्र बनाएको ३.६६१तोला सुन जस्तो देखिने पहेँलो धातु (अन्दाजी मुल्य ४,१०,७६४.२०) र ८.५७८ तोला चाँदी जस्तो देखिने सेतो धातु (अन्दाजी मुल्य १२,२२३.६५) बराबरको सामान फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मानिस झुण्डिएको अवस्थामा मृत फेला
२०८०-०४-२०

धादिङ, गल्छी गाउँपालिका-२, केउरिङटार स्थित बस्ने रेशम बहादुर गन्द्रमा मगरको श्रीमती वर्ष ६० की विन्दा माया गन्द्रमा मगर घर देखी अन्दाजी १०० मिटर टाढा आफ्नै बारीको गिदरीको रुखमा प्लाष्टिकको डोरीले घाटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।नुवाकोट, बिदुर नगरपालिका-९, लखनटार स्थित बस्ने राम शरण बोकटीको छोरी वर्ष अन्दाजी १४ की क्रस्टीना बोकटी आफ्नै घरको स्टोर कोठामा फलामको पाईपमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुक्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।काभ्रेपलान्चोक, बनेपा नगरपालिका-१२, ढारागाउ बस्ने कृष्ण बहादुर बोज्युको श्रीमती वर्ष ४८ की चरीमाया बोज्युले आफ्नै घरको बलोमा तन्नाको डोरी बनाई पासो लगाई झुण्डिएको अवस्थमा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।  

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व-पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा प्र ०३-००१ ख २३९८ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा सोही बसको पछाडिको डिक्किमा लुकाई छिपाई ल्याएको (डाईजेपाम-५०० एम्पुल, नोर्फिन–५०० एम्पुल र फेनारगन–४९८ एम्पुल, गरी जम्मा १४९८ एम्पुल) लागुऔषध फेला पारी लागुऔषध सहित सोही बसको सहचालक जिल्ला धनुषा बस्ने वर्ष अन्दाजी १८ को सागिर खानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०४-१७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले चितवनबाट  बिरगंज तर्फ आउँदै गरेको ना ८ ख ७३४६ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला धनुषा, महेन्द्रनगर नगरपालिका-१६ बस्ने वर्ष अन्दाजी १८ को रबि कुमार महराको झोलाबाट अन्दाजी लागुऔषध गाँजा ७ किलो ५० ग्राम र जिल्ला पर्सा, बिरगंज महानगरपालिका-९, रानीघाट बस्ने वर्ष अन्दाजी ३१ को धनराज गिरीको झोलाबाट अन्दाजी लागुऔषध गाँजा २ किलो १०० ग्राम फेला पारी जम्मा अन्दाजी ९ किलो १५० ग्राम लागुऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

छुट्टाछुट्टै ठाँउमा मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०४-१५

चितवन, इच्छाकामना गाउँपालिका-४, डम्पिङ साइडमा बस्ने रेशम बहादुर चेपाङको छोरा वर्ष २० को दिपेन्द्र चेपाङ घर देखि ५०० मिटर पूर्व तर्फ रहेको खिर्राको रुखमा प्लास्टिकको डोरी पासो लगाइ झुन्डी मृत अवस्थामा फेला परको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, राप्ती नगरपालिका-११, मार्तल स्थित बस्ने वर्ष २२/२३ को जयराम प्रजा आफ्नै घर नजिकै रहेको कटहरको रूखमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, गल्छी गाउँपालिका-८, गोगनपानी बस्ने ईश्वरी बुढाथोकीको छोरा वर्ष अन्दाजी २०/२२ को आदित्य बुढाथोकीले आफ्नै घरको आफु सुत्ने कोठा भित्र रहेको बिममा कपडाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुपाल्चोक, जुगल गाउँपालिका-३, बोल्दे बस्ने वर्ष ५८ को सानो कान्छा तामाङ घर देखि अन्दाजी ५०० मिटर उत्तर आफ्नै छोरीको घरको भुई तलामा रहेको काठको बलोमा नाईलनको डोरी पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।   

नवनिर्मित प्रहरी चौकी किराँतीछाप दोलखाको समुद्‍घाटन
२०८०-०४-१२

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नवनिर्मीत प्रहरी चौकी किराँतीछाप दोलखाको भौतिक संरचना समुद्‍घाटन गरिएको छ । आज आयोजित एक कार्यक्रमका वीच बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून सचिव श्रीमान् ध्रुव गैंडाज्यूको प्रमुख आतिथ्यतामा समुद्‍घाटन गरिएको हो । उक्त समुद्‍घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रीमान् सचिवज्यूले प्रदेश प्रहरीको भौतिक पुर्वाधार विकास लगायत प्रहरीको क्षमता अभिवृद्धिको लागि प्रदेश मन्त्रालयबाट आगामी दिनहरुमा सहयोगलाई थप वृद्धि गरिदै लैजाने कुरा बताउनु भयो । यसै कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रदेश प्रहरीको समग्र विकासमा प्रदेश सरकारबाट भएको सहयोगको लागि धन्यवाद दिदै आगामी दिनमा यसै किसिमको सहयोग र सहकार्यमा जोड दिनुभयो । श्रीमान आन्तरिक मामिला तथा कानून सचिवज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, दोलखा जिल्ला स्थितका जनप्रतिनिधिहरू, जिल्ला सुरक्षा समिति दोलखाका पदाधिकारीहरू, विभिन्न संघसंस्थामा आवद्ध व्यक्तित्वहरू, समाजसेवी, भद्रभलाद्‍मी, संचारकर्मीहरू लगायत प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।

छुट्टाछुट्टै ठाँउमा मानिस झुण्डीएको अवस्थमा मृत फेला
२०८०-०४-१०

धादिङ, थाक्रे गाउँपालिका-९, भोटेडांडा स्थित बस्ने यादव आचार्यको घरमा काम गरी बस्ने जिल्ला काभ्रे पाचंखाल नगरपालिका-३, बस्ने मानकाजी तामाङको श्रीमती वर्ष अन्दाजी ३४ की प्रमीला घर्ती मगरले घर नजिकै बारीमा रहेको लिचीको बोटमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटानस्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, मैदा टोल बस्ने वर्ष अन्दाजी २४/२५ को आशिष कार्कीले आफ्नै घरको फलामको पाईपमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहति आवश्यक अनुसन्धान कार्य भईरहेको छ । चितवन, भरतपुर महानगरपालिका-११, जखडीमाई बस्ने मनिराज थापा मगरको श्रीमती वर्ष अन्दाजी ९० की हिरा थापा मगर आफ्नै घरबारीमा रहेको परालको टौवाको काठको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

विदाई कार्यक्रम सम्पन्न
२०८०-०४-०७

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको समुपस्थितिमा यस कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय, मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमलाई विदाई गरिएको छ । मिति २०५७ साल माघ १३ गते प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरी प्रहरी उपरीक्षक पदबाट मिति २०८० साल श्रावण ०८ गते ५५ वर्ष पुरा भई उमेर हदको आधारमा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी उपरीक्षकलाई बागमती प्रदेश प्रहरी कार्यालयमा आज आयोजित एक कार्यक्रमका बीच विदाई गरिएको हो । कार्यक्रममा प्रहरी उपरीक्षक बामदेव गौतमले संगठनमा लामो समय कार्यरत रहँदाको आफ्नो अनुभव आदान प्रदान गर्नुका साथै प्रदेश प्रहरी प्रमुख राणाले आगामी नागरिक जीवन सुखद होस भन्ने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, प्रदेश प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक रेग्मी, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू लगायत कार्यरत अन्य प्रहरी कर्मचारीहरूको सहभागीता रहेको थियो ।    

३७८ बोतल मदिरा सहित मानिस नियन्त्रणमा
२०८०-०४-०६

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले भैरहवा बुटवल हुँदै भारत सितामढी तर्फ जाँदै गरेको DL 8CAF 5837 नं.को इण्डियन कार लाई चेकजाँच गर्ने क्रममा उक्त कार भित्र अबैध रुपमा भन्सार छली ल्याएको ३७८ बोतल मदिरा फेला परेको । कार चालक देश भारत बिहार मौजफपुर रामनगर ग्राम बस्ने वर्ष अन्दाजी ३५ को चन्दन साह, देश भारत बिहार सितामढी बस्ने वर्ष अन्दाजी २४ को सुनिल कुमार र देश भारत बिहार सितामढी मेसोले ग्राम बस्ने वर्ष अन्दाजी ४० को रतन साहलाई मदिरा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०४-०४

धादिङ, गल्छी गाउँपालिका-६, महेस दोभानमा प्रहरी चौकी बैरेनि धादिङबाट खटिएको गस्ति टोलीले जिल्ला धादिङ गजुरी गाउँपालिका-७ किरानचोक बस्ने वर्ष ५० को भगवान पण्डितले बा.प्र.-०३-००१ ह ११४२ नम्बरको अटोमा अन्दाजी १० के.जी. लागुऔषध गाँजा सहित फेला पारी निज भगवान पण्डित र अटो चालक सहित नियंत्रणमा लिई थप अनुसन्धाक कार्य भईरहेको छ ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले  बिरगंजबाट हेटौडा तर्फ आउदै गरेको ना.५ ख ८६८८ नम्बरको यात्रु बाहक माईक्रोलाई  शंका लागी चेक जाँच गर्दा माईक्रोमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका-२ राधेमाई बस्ने वर्ष अन्दाजी ३५ की किरण देबिनाले बोकेको झोलाबाट लागुऔषध डाईजेपामा-३५ पिस, फेनार्गन-६६ पिस, नुफिन -३४ पिस (जम्मा-१३५ पिस सबै 2 ml भएको) फेला पारी सवार निजको साथि देश भारत मतिहारी जिल्ला कलबारी मोडरीग्राम बस्ने वर्ष अन्दाजी २६ की पुनम देवी राम पनि संलन रहेको भन्ने बुझिएको, साथै उक्त लागुऔषध किनमेलमा संलग्न रहेको जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-९ HID बस्ने वर्ष अन्दाजी २७ को टेक बहादुर मगर लाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

छुट्टाछुट्टै ठाँउमा मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०४-०१

सिन्धुली, कमलामाई नगरपालिका-१०, भडार बस्ने देब बहादुर सुनारको छोरी वर्ष १३ की सिम्पल सुनार घरको दक्षिण साइडमा बाहिर निस्केको काठको निदालमा नाइलनको दाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-१, अर्गौटा बस्ने वर्ष ३३ को ढुण्डु राज गिरी आफ्नै घर नजिक रहेको समिको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, इन्द्रसरोबर गाउँपालिका-४, पुरन्डी स्थित मकवानपुर थाहा गाउँपालिका-५ दामन बस्ने बुद्ध मोक्तानको श्रीमती वर्ष अन्दाजी २४ की स्वस्तिका डिमडुङले आफ्नै मईती घरको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२, स्थित बनसखण्डि सामुदायिक वनमा मकवानपुर इन्द्रसरोबर गाउँपालिका-२ घरभई हाल हेटौंडा उपमहानगरपालिका-२ मानसचोक बस्ने वर्ष अन्दाजी ४५ को राजन पौडेल कुकाठको रुखमा नाइलनको डोरीको पासो  लगाई  झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।दोलखा, भिमेश्वर नगरपालिका-६, घ्याङचौर स्थित बस्ने वर्ष अन्दाजी ४२ को विश्वजित भण्डारी आफ्नै घर देखि अन्दाजी १०० मिटर पर रहेको दुधिलोको रूखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, राप्ति नगरपालिका-५, घर भई हाल चितवन रत्ननगर नगरपालिका-६ स्थित डेरामा किराना पसल तथा चिया पसल संचालन गरि बस्ने वर्ष अन्दाजी २७ की सृजना मिजार पसलको छानोमा फलामको पाइपमा सलको पासो लगाई झुण्डि मृत्यु अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।    

छुट्टाछुट्टै ठाँउमा मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०३-३०

रामेछाप, सुनापती गाउँपालिका-३, हिलेदेवी बस्ने चमारसिंह तामाङको छोरी वर्ष १६ की जेसुङ तामाङ आफ्नै घरदेखि अन्दाजी २०० मिटर पूर्वमा रहेको दुधिलोको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । धादिङ, थाक्रे गाउँपालिका-६, महादेववेशी बजार स्थित रुद्र बहादुर नेपालीको घरमा कोठा भाडामा लिएर टेलर काम गरि बस्ने चितवन खैरेनी नगरपालिका-४ शिवालय चोक घर बताउने वर्ष अन्दाजी ३०/३२ को सन्तोष परियारले घरको दोस्रो तलाको च्यानलगेटमा खैरो रंगको खाताको पासो लगाई झुण्डी मृत्यु मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, मनहरी गाउँपालिका-५, वसन्तपुर बस्ने सन्तोष लामिछानेको श्रिमती वर्ष २२ कि पार्वति लामिछानेले आफ्नै घरको काठको धुरिको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डिएको अवस्थामा मृत फेला
२०८०-०३-२९

चितवन, भरतपुर महानगरपालिका-१८, चनौली बजार स्थित ईन्द्रमणी ढकालको घरमा डेरा गरी बस्ने मजुना मियाको श्रीमती वर्ष अन्दाजी ५० की नसिरा मिया ट्वाईलटेटमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । नुवाकोट, ककनी गाउँपालिका-३, लौके स्थित बस्ने भैरे कामीको छोरा अन्दाजी वर्ष ३२ को किस्ने कामी आफ्नै घरको आफु सुत्ने कोठाको ट्रस्ट पाईपमा  तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।काभ्रे, भुम्लु गाउँपा-९, खत्रीगाउँ बस्ने बिकास पराजुलीको छोरा  अन्दाजी वर्ष १० को बिक्रम पराजुली आफ्नै घर भित्रको दलिनमा पछ्यौरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुरमा मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०३-२९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चौकिटोल बस्ने वर्ष ५१ को तुल्सी राम रिमाल आफ्नै घरको सिलिङमा सलको पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।   मकवानपुर, थाहा नगरपालिका-६, शिखर खेतस्थित बस्ने वर्ष अन्दाजी ३६ को मधु अधिकारीले आफ्नै घरको बलोमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३, टुटेपानी गौरवटोल बस्ने  किरण मोक्तानको श्रीमती वर्ष अन्दाजी ३५ कि शान्ति मोक्तान आफ्नै गाईको गोठको दलिनमा सलको पासो बनाई  झुण्डी मृत अवस्थामा फेला परेको छ । यस घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
२०८०-०३-२८

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूको समुपस्थितिमा जिल्ला चितवन राप्ती नगरपालिका वडा नं. १ परेवाकोट स्थितमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । समुदाय प्रहरी साझेदारीको अवधारणा अन्तर्गत मास्के मल्टिप्रपोज एग्रिकल्चर एण्ड रिसर्च प्रा.ली. चितवनसँगको सहकार्यमा कफिका विरुवाहरु वृक्षारोपण गरिएको हो । प्रहरी कर्मचारीहरु, जनप्रतिनिधि, समाजसेवी, भद्रभलाद्‍मी, संचारकर्मी लगायत ८५ जनाको सहभागीता रहेको कार्यक्रममा अन्दाजी ३,००० कफिका विरुवा रोपण गरिएको थियो । आगामी दिनहरुमा समेत स्थानीय तह लगायत विभिन्न सरोकारवाला निकायहरुसँगको समन्वयमा बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाहरुमा यसै किसिमको कार्यक्रम संचालन गरिनेछ ।  

सुन सहित मानिस नियन्त्रणमा
२०८०-०३-२८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पुर्व-पश्चिम सडक-खण्डमा बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलिले काठमाण्डौबाट बिरगंज तर्फ जाँदै गरेको ना.१ ज.७४५० नं.को यात्रु बाहक टाटा सुमो गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीमा सवार जिल्ला पर्सा बिरगंज महानगरपालिका-१ बस्ने वर्ष-३५ को प्रभु साह सोनार लाई संका लागी चेकजाँच गर्दा निजको साथबाट सुन जस्तो पहेलो देखिने वस्तु अन्दाजी ४९० ग्राम थान -१ फेला परेको थियो । निज प्रभु साह सोनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

सचेतनामुलक कार्यक्रम सम्पन्न
२०८०-०३-२४

समुदाय प्रहरी साझेदारीको अवधारणामा बागमती प्रदेश प्रहरीले आम नागरिकहरूलाई विभिन्न किसिमका शिर्षकहरूमा सचेतनामुलक कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ । यसै सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालयले यस कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अहिलेको जल्दो बल्दो अवस्थामा रहेको साईबर क्राईम, आत्महत्या, लागुऔषध, लैङगिक/घरेलु हिंसा सम्बन्धमा सचेतनामुलक प्रशिक्षण प्रदान गरिएको थियो । उक्त कार्यक्रममा मकवानपुर जिल्ला अन्तर्गतका सामुदायीक सेवा केन्द्रका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत स्थानीय समाजसेवी भद्र भलाद्‍मी गरी जम्मा ६० जनाको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा सहभागीहरूबीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले आवश्यक अन्तरक्रिया समेत गर्नु भएको थियो ।

धादिङ र काभ्रेपलाञ्चोकमा करेन्ट लागी २ जनाको मृत्यु
२०८०-०३-२३

धादिङ, निलकण्ठ नगरपालिका-५, फ्याक्से स्थित बस्ने अन्दाजी २२/२३ वर्षीया मुना श्रेष्ठ आफ्नै घर बाथरूममा नुहाउन गएकोमा बाथरूमामा रहेको जास्तामा छुदाँ करेन्ट लागी घटनास्थालमा नै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनसुन्धान कार्य भईरहेको छ ।काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-४, राईडाँडा बस्ने ६५ वर्षीय मैना कोईराला आफ्नै घरबाट अन्दाजी १००/१५० मिटर पूर्वमा रहेको मकैबारीमा बदेलले मकैँ खान्छ भनी २२० भोल्टको लाईनमा हुक लगाई बारीको बारमा नाङगो तार टाँगेको अवस्थामा सोही तार छुदाँ करेन्ट लागी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटना हुदाँ तीन जनाको मृत्यु
२०८०-०३-२३

मकवानपुर, मनहरी गाउँपालिका-६, नयाँबस्ति डिपाट गाउँ स्थित पूर्व पश्चिम सडक खण्डमा हेटौंडा तर्फबाट चितवन तर्फ जाँदै गरेको ना ६ ख ६६६७ नम्बरको ट्रक र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भई दुबै ट्रकमा आगलागी हुदाँ ना ६ ख ६६६७ नम्बरको ट्रक चालक जिल्ला चितवन, राप्ती नगरपालिका-८ बस्ने अन्दाजी २७/२८ वर्षीय रिहान रुम्बा तामाङ, सोही ट्रकको सहचालक जिल्ला गोरखा, गण्डकी गाउँपालिका-२, गोर्दीटार बस्ने अन्दाजी २०/२१ वर्षीय सुमन चेपाङ र ना ६ ख ६३१ नम्बरको ट्रक सहचालक जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-३ बस्ने वर्ष अन्दाजी १९/२० को अमृत प्रजा सवारी साधनमा च्यापिएर मृत भएको छ । अन्य घाईतेहरूको अवस्था मध्यम रहेको र यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-१९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगर र प्रहरी चौकी, रातोमाटेबाट खटिएको चेकिङ टोलिले चितवनबाट बिरगंज तर्फ जाँदै गरेको बागमती प्रदेश-०१-०२५च ३३८४ नम्बरको कार शंका लागी चेकजाँच गर्दा कारको पछाडी डिक्किबाट ४७ किलोग्राम गाँजा जस्तो देखिने लागुऔषध फेला पारी कार चालक जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१४ बस्ने ४२ वर्षीय कन्हैयालाल महतो, जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१८, बस्ने वर्ष २० की दुसमेना खातुन, सोही ठेगाना बस्ने २१ वर्षीया पुजा कुमारी मण्डल र जिल्ला पर्सा, पटेर्वा सुगौली गाउँपालिका-४ बस्ने २५ वर्षीय बिनय चौधरी र कार सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको र प्र २-०३-००७ प ४७५४ नम्बरको मोटरसाईकल सहित जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१४ बस्ने २६ वर्षीय बिनोद मण्डल र सोही ठेगाना बस्ने ३९ वर्षीय बिनोद पासवानलाई समेत नियन्त्रणमा लिई अन्य अनुसन्धान कार्य भईरहेको छ ।त्यसै गरी DL1GC 3035 नम्बरको ईण्डियन ट्रकको क्याबिनको मुनी १४ वटा पोकामा १४३.८  किलोग्राम गाँजा जस्तो देखिने लागुऔषध फेला पारी ट्रक चालक देश भारत, मोतिहारी गोबिन्द बारा बस्ने ६५ वर्षीय लाल बहादुर सहनीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त लागुऔषध ट्रकमा हाल्ने मानिसहरू DL12CA0578  नम्बरको ईण्डियन स्कारपियोमा आउँदैछ भनी जानकारी दिएको हुदाँ निजहरुलाई समेत पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा, बिरगंज महानगरपालिका-१३ बस्ने २५ वर्षीया सन्तोस गुप्ता, जिल्ला बारा,  बिश्रामपुर गाउँपापालिका-४ बस्ने २४ वर्षीय सुरज साह, सोही ठेगाना बस्ने २१ वर्षीय गौतम कुमार साह, जिल्ला पर्सा, छिपहरमाई गाउँपालिका-३ बस्ने ३१ वर्षीय मोहमद नवसाद हुसेन र सोही ठेगाना बस्ने २८ वर्षीय रमेश यादवलाई पक्राउ गरी अन्य अनुसन्धान कार्य भईरहेको छ ।

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डिएको अवस्थामा मृत फेला
२०८०-०३-१७

चितवन, भरतपुर महानगरपालिका-१०, स्थित डेरा गरी बस्ने जिल्ला नुवाकोट, बिदुर नगरपालिका घर भएका ४० वर्षीय बसन्त पाण्डे आफैं सुत्ने कोठाको सिलिङ पंखामा साडीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटना स्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी चितवन, राप्ती नगरपालिका-३, सुन्दरबस्ती स्थित बस्ने अन्दाजी ३९ वर्षीया उर्मिला श्रेष्ठ आफ्नै घरको टिनको छानोमा रहेको फलामको डण्डीमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०३-१३

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू समेतको अनुगमन टोलीद्वारा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय रसुवाको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रम बीच जिल्ला प्रहरी कार्यालय रसुवाबाट सम्पादित कार्यहरूको जानकारी लिनुका साथै समग्र कामकारवाहीहरूको स्थलगत अनुगमन गरिएको हो । उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको थियो । स्थलगत अनुगमनको क्रममा रसुवा जिल्ला स्थित स्थानीय जनप्रतिनिधि, नागरिक समाज, राजनीतिकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्व प्रहरी, संचारकर्मी, सरोकारवाला निकायहरू लगायतसंग सुरक्षा सरोकारका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

मोटरसाईकल दुर्घटना हुदाँ एकको मृत्यु
२०८०-०३-१३

सिन्धुली, दुधौली नगरपालिका-५, कुलुवा स्थित मदन भण्डारी सडक खण्डमा डकाहाबाट दुधौली तर्फ जाँदै गरेको स १० प २७१४ नम्बरको मोटरसाईकल विपरीत दिशा दुधौलीबाट डकाहा तर्फ आउँदै गरेको प्र १-०५-००१ प ४८६५ नम्बरको मोटरसाईकल एक आपसमा ठोकी दुर्घटना हुँदा स १० प २७१४ नम्बरको मोटरसाईकल चालक जिल्ला सिन्धुली, दुधौली नगरपालिका-५ बस्ने अन्दाजी वर्ष ३० को अनिल गुरुङको टाउको र छातीमा चोट लागी गम्भीर घाईते भएकोमा उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लगेकोमा निजको मृत्यु भएको छ । प्र १-०५-००१ प ४८६५ नम्बरको मोटरसाईकल चालक जिल्ला उदयपुर, कटारी नगरपालिका-४ बस्ने वर्ष २५ को रवाली शेखको टाउको, अनुहार र दाँया हात दाँया खुट्टामा चोट लागी गम्भीर अवस्थामा जिल्ला अस्पताल सिन्धुलीमा उपचार भईरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०३-१२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू समेतको अनुगमन टोलिले बागमती प्रदेश प्रहरी कार्यालय मातहत नेपाल पुलिस स्कुल शान्तिपुर चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन, ईलाका प्रहरी कार्यालय भण्डारा चितवन, ईलाका प्रहरी कार्यालय मुग्लिङ चितवन र ईलाका प्रहरी कार्यालय गजुरी धादिङको स्थलगत निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित छुट्टा-छुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिबिधीको जानकारी लिनुका साथै संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गर्न आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको हो ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-११

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, कमाने स्थित विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, कमाने बस्ने ३१ वर्षीय बिशाल रावतको घरमा सोही ठेगाना बस्ने बर्ष १८ को सुमित वाईबा र हेटौंडा उपमहानगरपालिका-१०, निउरेनि बस्ने ३२ वर्षीय बिमल भोलनलाई कोठामा फेला पारी शरीर चेकजाँच गर्दा बिमल भोलनको साथबाट र बिशाल रावतको घर कोठाको दराजबाट खैरो हिरोईन जस्तो  देखिने २५  ग्राम लागुऔषध सहित र वेईट गर्ने मेसिन (काँटा) थान-१ ,नगद रू. ५०००।-, ठुलो मोबाईल-३ वटा, सानो मोबाईल-२ वटा फेला पारी लागुऔषध सहित तिनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको  छ ।

सवारी दुर्घटनाबाट एकको मृत्यु
२०८०-०३-१०

चितवन, ईच्छाकामना गाउँपालिका-४, केवलकार स्थित पृथ्वी राजमार्गमा बुटवलबाट काठामाडौं तर्फ जाँदै गरेको बा ३ ख ९४६० नम्बरको माईक्रो र विपरित दिशा तर्फ आउँदै गरेको लु ९३ प ९४६ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला रुपन्देही, कन्चनजंगा नगरपालिका-१ बस्ने ३६ वर्षीय हेमन्त कुमाल गम्भीर घाईते भई पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन प्रहरी चौकी कुरिन्टारको नियन्त्रणमा रहेको र माईक्रो चालक जिल्ला मकवानपुर, कैलाश गाउँपालिका-२ बस्ने २८ वर्षीय लुम्न सिंह मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८०-०३-०९

धादिङ, बेनीघाट रोराङ गाउँपालिका-९, मझिमटार चेकपोष्ट स्थित पृथ्वीलोक मार्गमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, गजुरी र प्रहरी चौकी जोगीमारा, धादिङबाट खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट भारत तर्फ जाँदै गरेको HR 38 U3431 नम्बरको भारतिय डिब्वा कन्टेनरलाई  चेकजाँच गर्ने क्रममा अन्दाजी ६१३ के.जी. लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । धादिङ, गजुरी गाउँपालिका-६, आदमघाट स्थितमा अस्थाई प्रहरी पोष्ट आदमघाटबाट खटिएको गस्ती टोलीले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका-४, अदुवाबारी बस्ने वर्ष २५ को शंकर मिजारलाई अन्दाजी २ किलो ५०० ग्राम लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मानिस झुण्डी मृत अवस्थामा फेला
२०८०-०३-०८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७, ओध्धालघारी बस्ने प्रकाश पौडेलको छोरा वर्ष अन्दाजी २५ को प्रताप पौडेल आफ्नै घर नजिक रहेको गाईको गोठमा फलामको रडमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-५, रतनकोट धामीटोल बस्ने छेदुप लामाको छोरा अन्दाजी वर्ष ४७ को बुद्धछिरिङ लामा आफ्नै घरको छानोको दलिनमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित अन्य थप अनुसन्धान कार्य भईरहेको छ ।  

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०३-०७

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय नुवाकोटको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिबिधीको जानकारी लिनुका साथै संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गर्न आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको हो । निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख राणाले प्रहरी कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरूसँग प्रहरी काम कारबाहीसँग सम्बन्धित गुनासो समेत संकलन गर्नुभएको थियो ।

छुट्टाछुट्टै स्थानमा मानिस झुण्डिएको अवस्थामा मृत फेला
२०८०-०३-०७

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-४, छाप बस्ने ३९ वर्षीया आशा माया तामाङ आफ्नै घरको सुत्ने कोठाको निदालमा नाईलनको डोरी प्रयोग गरी झुण्डिएको अवस्थामा मृत फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी चौतारा साँगाचोकगढी नगरपालिका-६, पिपलडाँडा घर भई हाल मेलम्ची नगरपालिका-१३, एक्लेबेसी स्थित भाँडा व्यापार गर्दै हिड्ने अन्दाजी ४० वर्षीय शंकर बहादुर खत्रीले आफुले डोको बोक्दा प्रयोग गर्ने नाईलनको डोरी प्रयोग गरी आँपको रूखमा झुण्डिएको अवस्थामा मृत फेला पेरको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे स्थित पूर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ८६८८ नम्बरको माईक्रोलाई ईलाका प्रहरी कार्यालय, पशुपतीनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले उक्त माईक्रोलाई  रोकी चेकजाँच गर्दा माईक्रोमा सवार देश भारत मोतिहारी ४ बस्ने वर्ष अन्दाजी १७ को धिरज कुमारले सटको बाउलामा लुकाई-छिपाई ल्याएको अन्दाजी ५/६ ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको, निजको साथी जिल्ला बारा, ईटयाही गाउँपालिका-१२ बस्ने वर्ष अन्दाजी १४ को बिष्णु कुमार सहित दुबै जनालाई नियन्त्रण लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मासिक कार्य सम्पादन समिक्षा तथा निर्देशन सम्बोधन
२०८०-०३-०४

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले भर्चुअल माध्यमबाट मातहत कार्यालयहरूले जेष्ठ महिनामा सम्पादित कार्यको समिक्षा गर्नुको साथै आवश्यक निर्देशन दिनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित उक्त कार्यक्रममा मातहत कार्यालय प्रमुखहरूले सम्पादित कार्यको प्रस्तुतिकरण गर्नुका साथै प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरूबाट २०८० साल जेष्ठ महिनामा सम्पादित कार्यहरू सहितको निर्देशनात्मक प्रस्तुति गर्नु भएको थियो । यसै अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख राणाले पूर्ण व्यवसायिक रूपमा संगठनले अंगिकार गरेको शुन्य सहनशिलताको नीति अनुरूप कार्य सम्पादन गर्ने, तस्करी नियन्त्रणमा निर्मम तरिकाले प्रस्तुत हुने, प्रहरी आचरण व्यवहार सुधार गर्ने, प्राकृतिक स्रोत साधनको अवैध दोहन नियन्त्रण गर्ने, फरार अपराधी पक्राउ गर्ने, व्यवस्थित ट्राफिक व्यवस्थापन गर्ने र कुनै पनि गुनासो नआउने तवरले आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गरी बागमती प्रदेश भरको शान्ति सु-व्यवस्था अमन चयन तथा अपराध नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित हुन आवश्यक विभागिय निर्देशन दिनुभयो ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०३-०३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४, मयुरधाप स्थित सडक खण्डमा अस्थायी प्रहरी पोष्ट मयुरधाप, मकवानपुरबाट खटिएको गस्ति टोलिले हेटौंडा सिमेन्टबाट मुयुरधाप तर्फ जाँदै गरेको बा प्र ०२०२३ प १३७२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१४, मयुरधाप बस्ने अन्दाजी २८ वर्षीय रूपेश ढुंगानाले भिरेको कालो झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध ONEREX 100 ML को ४ बोत्तल, नगद रू. १९,३१५।-, मोबाईल थान २ फेला पारी उक्त लागुऔषधको सम्बन्धमा निजसँग सोधपुछ गर्दा निजले बाँकी लागुऔषध हेटौंडा सिमेन्ट फ्याक्ट्री स्थित तल्लो कोलनी केरा घारीमा दुई वटा भिर्नी झोलामा लुकाई छिपाई राखेको छु भनि जानकारी गराएको हुदाँ उक्त ठाउँमा प्रहरी पुगी दुई वटै झोला चेक गर्दा दुबै झोलाबाट २२९ बोत्तल ONEREX फेला पारी मोटरसाईकल, लागुऔषध र निजलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

रेडियो अपरेटर ग्रेड थ्री १७ औँ समूहको तालिम समापन
२०८०-०३-०३

बामगती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको तत्वावधानमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाद्वारा बागमती प्रदेश प्रहरी गण हेटौंडामा सञ्चालित ७५ कार्यदिन अवधीको प्रहरी जवान लक्षित संचार तालिम १७ औँ समूहको प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा प्रशिक्षार्थीहरूले कार्य क्षेत्रमा आईपर्ने समस्या तथा तालिम सम्बन्धी विभिन्न विषयमा जिज्ञासाहरू राखेका थिए भने प्रदेश प्रहरी प्रमुख राणाले प्रशिक्षार्थीहरूका जिज्ञासाहरूको जवाफ दिनुभएको थियो । तालिम समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले तालिममा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने सफल प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण तथा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै तालिममा सिकेका ज्ञान, सिप र अनुभवलाई कार्य क्षेत्रमा कुशतलापूर्वक प्रयोग गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो । तालिममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी लगायत बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । गत चैत ५ गतेबाट संचालन भएको उक्त तालिममा २५ जना पुरुष र ५ जना महिला गरी ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०२-२९

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी कार्यालय मातहत सिन्धुपाल्चोक जिल्ला अन्तर्गतका ईलाका प्रहरी कार्यालय बाह्रबिसे र ईलाका प्रहरी कार्यालय कोदारी सिन्धुपाल्चोकको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिबिधीको जानकारी लिनुका साथै सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिबिधी न्यूनिकरण गरी संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गर्न आवश्यक बिभागिय निर्देशन समेत दिनुभएको हो ।

विभिन्न स्थानमा मानिस झुण्डिएको अवस्थामा मृत फेला
२०८०-०२-२५

चितवन, भरतपुर महानगरपालिका-९, शरदपुर बस्ने ४९ वर्षीय सुरज पौडेल घरको भान्सा कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत रहेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको  छ । त्यसै गरी रत्ननगर नगरपालिका-९, मोहोना टोल बस्ने अन्दाजी २५ वर्षीया शसी कार्की घरको कोठामा पंखाको सिलिङमा सलको पासो लगाई झुण्डिएको अवस्थामा मृत रहेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-५, चौकोट बस्ने ४२ वर्षीय दिपक के.सि. आफ्नै बनिरहेको घरको भर्‍याङ छोप्न उठाएको पिल्लरको रडमा बिजुलीको तारले पासो लगाई झुण्डिएको अवस्थामा मृत रहेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०२-२४

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा संचारकर्मीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा मकवानपुर जिल्लास्थित विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरूसँग उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा उपस्थित संचारकर्मीहरूले बागमती प्रदेशको शान्ति सुरक्षाको विषयमा विभिन्न जिज्ञासा राख्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख राणाले संचारकर्मीको जिज्ञासाको जवाफ दिनुभएको थियो । यसैगरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राणाले प्रभावकारी शान्ति सुरक्षा व्यवस्थापनमा संचार माध्यमको समेत महत्वपूर्ण भूमिका हुने भएकाले निरन्तर समन्वय गर्दै अगाडी बढ्न संचारकर्मीहरूलाई आह्वान समेत गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरी अन्तर्गतका कार्यालयहरूको काम कारबाहीको सन्दर्भमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । 

टावर क्रेन बनाउने सामानले लागी मानिसको मृत्यु
२०८०-०२-१५

रसुवा, गोसाईकुण्ड गाउँपालिका-३, लिङलिङ स्थित पासाङ ल्हामु सडक अन्तर्गत टिमुरे-स्याफ्रु सडकखण्डमा बारा जिल्ला स्थित निजगढ फास्टट्रयाक निर्माणको सामाग्री टावर क्रेन (फलाम) लोड भएको ना ४ ख २००४ नम्बरको प्लेटफर्म (टेलर) रसुवाबाट निजगढ तर्फ जाने क्रममा उक्त सामान सोही प्लेटफर्मबाट खस्न लागेकोले उक्त प्लेटफर्म चालक जिल्ला धादिङ, थाक्रे गाउँपालिका-५ घर भएका अन्दाजी ५०/५५ वर्षीय हरी तामाङले सामान बाँधेको चेनको पुल्ली मिलाउन खोज्दा अचानक चेनपुल्ली खुस्किन गई सामानले निजको टाउकोमा लागी घटनास्थलमै मृत्यु भएको छ ।  यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटनाबाट एकको मृत्यु
२०८०-०२-१३

मकवानपुर, मनहरी गाउँपालिका-९, रजैया स्थित पूर्व-पश्चिम सडक खण्डमा हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८३९४ नम्बरको बसमा सवार हाल नामथर वतन नखुलेको अन्दाजी ३०/३२ वर्षीय पुरुष व्यक्ति सिटमा बसी झ्यालबाट हात बाहिर निकालेको अवस्थामा दुबै सवारीले चेप्पिन गई दाहिने हातको पाता भन्दा मुनिको भाग चुडिएको र निधारमा चोट लागेको हुदाँ घाइतेलाई चुडिएको हात सहित उपचारको लागी हेटौंडा अस्पताल पठाएकोमा निजको उपचारको क्रममा मृत्यु भऐको छ । दुबै सवारी र सवारी चालक नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०२-१२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा समेतको अनुगमन टोलीद्वारा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय दोलखाको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रम वीच जिल्ला प्रहरी कार्यालय दोलखाबाट सम्पादित कार्यहरूको जानकारी लिनुका साथै भएगरेका समग्र कामकारवाहीहरूको स्थलगत अनुगमन समेत गरिएको थियो । उक्त कार्यक्रममा संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचीहरूलाई आवश्यक बिभागीय निर्देशन समेत दिईएको थियो । स्थलगत अनुगमनको क्रममा दोलखा जिल्ला स्थित स्थानीय जनप्रतिनिधि, नागरिक समाज, राजनैतिककर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्व प्रहरी, संचारकर्मी, सरोकारवाला निकायहरु लगायतसंग सुरक्षा सरोकारका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ । यसै अवसरमा जिल्ला सुरक्षा समितिका पदाधिकारीसंग समेत जिल्लाको सुरक्षा व्यवस्थापन सम्बन्धमा आवश्यक अन्तरक्रिया गरिएको थियो ।

सिन्धुली र चितवनमा झुण्डी मृत्यु
२०८०-०२-११

सिन्धुली, दुधौली नगरपालिका-११, तल्लो धन्सरी बस्ने अन्दाजी वर्ष ९ को युबराज जोगी आफ्नै घरको कोठामा काठको कोरामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी दुधौली नगरपालिका-१०, सिर्नजना नगर स्थित हाम्रो कटेज होटलमा जिल्ला धनुषा, महेन्द्रनगर घर बताउने वास्तविक वतन नखुलेको अन्दाजी २३।२४ वर्षीय विनय सिङ कोठा बुक गरी बसेकोमा निज बिहान अबेर सम्म नउठेकोले उक्त होटल संचालकले कोठामा गई हेर्दा पंखाको हुकमा पर्दाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-२६, ज्योतिनगर बस्ने ४४ वर्षीया रनिता अधीकारी आफ्नै आफ्नै घरमा कोठाको सिलिङमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०२-१०

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा समेतको अनुगमन टोलीद्वारा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय रामेछापको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रममा बीच जिल्ला प्रहरी कार्यालय रामेछापबाट सम्पादित कार्यहरुको जानकारी लिनुका साथै भए गरेका समग्र कामकारवाहीहरुको स्थलगत अनुगमन समेत गरिएको थियो । उक्त कार्यक्रममा संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई आवश्यक बिभागीय निर्देशन समेत दिईएको थियो ।

निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८०-०२-०९

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले भर्चुअल माध्यम मार्फत मातहत कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ । उक्त कार्यक्रममा मातहत जिल्ला प्रहरी प्रमुख तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखले सम्पादित कार्यको प्रस्तुतिकरण गर्नुका साथै प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश अन्तर्गतका प्रहरी ईकाईहरूबाट २०८० साल वैशाख महिनामा सम्पादित कार्यहरू सहितको निर्देशनात्मक प्रस्तुति समेत प्रस्तुत गर्नु भएको थियो । यसै अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख राणाले पूर्ण व्यवसायिक रूपमा संगठनले अंगिकार गरेको शुन्य सहनशिलताको नीति अनुरुप कार्य सम्पादन गर्ने, तस्करी नियन्त्रणमा निर्मम तरिकाले प्रस्तुत हुने, प्रहरी आचरण व्यवहार सुधार गर्ने, प्राकृतिक स्रोत साधनको अवैध दोहन नियन्त्रण गर्ने, फरार अपराधी पक्राउ गर्ने, व्यवस्थित ट्राफिक व्यवस्थापन गर्ने, कुनै पनि गुनासो नआउने तबरले आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गरी बागमती प्रदेश भरको शान्ति सु-व्यवस्था अमन चयन तथा अपराध नियन्त्रणमा प्रभावकारी रूपमा परिचालित हुन आवश्यक विभागीय निर्देशन दिनुभयो ।

रूखबाट लडी दुई जनाको मृत्यु
२०८०-०२-०८

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-६, चिसापानी बस्ने अन्दाजी ५० वर्षीया शान्तिमाया माझी घरबाट अन्दाजी २०० मिटर दश्चिण तर्फ आफ्नै बारीमा रहेको स्वामीको रूखमा चढी स्याउला झार्ने क्रममा सोही रूखबाट लडी मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धानन कार्य भईरहेको छ ।रामेछाप, मन्थली नगरपालिका-८, चिसापानी सुहानटार बस्ने अन्दाजी ३५ वर्षीया बिन्दा मग्राती आफ्नै घर नजिक रहेको कटहरको रूखमा घाँस काट्ने क्रममा आफैँ लडी घाईते भई उपचारको लागि धुलिखेल अस्पताल काभ्रेपलाञ्चोक लगिएकोमा अस्पताल पुग्नसाथ निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवशयक अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटनाबाट स्कुटर चालकको मृत्यु
२०८०-०२-०७

चितवन, भरतपुर महानगरपालिका-१२, टिकौली जंगल स्थित टाँडीबाट भरतपुर तर्फ आउँदै गरेको ना ४ ख ६६७४ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ७६८८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिदाँ स्कुटर चालक सहित पछाडि सवार दुवै जना गम्भिर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर र भरतपुर सरकारी अस्पताल पठाईएकोमा स्कुटर चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-११ बस्ने २० वर्षीय सागर तामाङ उपचारको क्रममा मृत्यु भएको छ । पछाडि सवार सोही ठेगाना बस्ने २० वर्षीय बिशान्त ढकाल गम्भीर अवस्थामा रहेकोमा नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । ट्रक चालक जिल्ला तनहुँ बस्ने ५० वर्षीय ढक बहादुर गुरुङलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

९२ किलोग्राम लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८०-०२-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चौकी टोल स्थित हेटौंडा भैंसे सडक खण्डमा विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको संयुक्त टोलिले काठमाण्डौंबाट हेटौंडा तर्फ आउँदै गरेको BR01BN 1518 नम्बरको भारतीय कारलाई चेकजाँच गर्दा लागुऔषध गाँजा अन्दाजी ९२ किलोग्राम फेला परेको थियो । कार चालक देश भारत मोझपरपुर बस्ने अन्दाजी वर्ष १८ को अमित कुमार, कारमा सवार जिल्ला पर्सा, सिखरमाई गाउँपालिका-९ बस्ने अन्दाजी ५० वर्षीय नैमुदिन मिया र जिल्ला मकवानपुर, कैलास गाउँपालिका-१०, बाझोखेत बस्ने अन्दाजी ६० वर्षीय बुद्धिमान थोकरलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०२-०५

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय धादिङको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । मिति २०८०-०२-०५ गते आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिबिधीको बारेमा जानकारी लिनुका साथै संगठनले सुम्पेको जिम्मेवारी नागरिकमैत्री तवरले त्रुटिरहित ढंगबाट सम्पादन गरी प्रभावकारी सेवा प्रवाह गर्न प्रहरी कर्मचीहरुलाई आवश्यक बिभागीय निर्देशन समेत दिनुभएको हो । निरीक्षणपश्चात् प्रदेश प्रहरी प्रमुख राणाले जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधी, पूर्व प्रहरी, सञ्चारकर्मी, राजनीतिक दल, बिभिन्न संघ संस्थाका प्रतिनिधी लगायत नागरिक समाजका बिभिन्न व्यक्तिहरुसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो । 

चितवन, दोलखा र सिन्धुपाल्चोकमा झुण्डी मृत्यु
२०८०-०२-०५

चितवन, माडी नगरपालिका-९, खरिकुना स्थित बस्ने ५७ वर्षीया मन कुमारी अधिकारी घर नजिकै रहेको परालको टौवामा काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।दोलखा, कालिञ्चोक गाउँपालिका-६, लेप्टुन बस्ने अन्दाजी ५३ वर्षीय हर्क बहादुर थापा घरदेखि अन्दाजी २ किलोमिटर उत्तर बारीको झिगानेको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-९, कमल डाँडा बस्ने ३१ वर्षीय सुमन मैनाली घरको काठको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनसुन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटना हुदाँ एकको मृत्यु
२०८०-०२-०४

नुवाकोट, बेलकोटगढी नगरपालिका-७, ठुलोखोला पुल स्थित देवीघाटबाट काठमाडौं तर्फ गईरहेको बा ०३-००१ ख २५८४ नम्बरको टिफर र विपरीत दिशाबाट आईरहेको बा ०२-०२९ प ५७५८ नम्बरको मोटसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला नुवाकोट, लिखु गाउँपालिका-१ बस्ने २० वर्षीय निरज बि.क. र सोही मोटरसाईकलमा सवार निजको बुवा ५० वर्षीय नेत्रमान बि.क. घाईते भई उपचारको लागी त्रिशुली अस्पताल नुवाकोट ल्याइएकोमा उपचारको क्रममा नेत्रमान बि.क. मृत्यु भएको छ । मोटरसाईकल चालकको त्रिशुली अस्पताल नुवाकोटमा उपचार भईरहेको छ । दुबै सवारी साधन जिल्ला प्रहरी कार्यालय नुवाकोटको नियन्त्रणमा रहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८०-०२-०२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-७, बेलिबृज नजिकै बस्ने ५६ वर्षीय जय बहादुर मुक्तान साईकलमा हिडिरहेको अवस्थामा विशेष सूचनाको आधारमा बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलिले चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध अफिम जस्तो देखिने २ किलो ९०० ग्राम गिलो पदार्थ फेला परेको थियो । निजको सँगै रहेको बारा निजगढ नगरपालिका-१२ बस्ने २४ वर्षीय विष्णुलाल थिङ र जिल्ला मकवानपुर, बकैया गाउँपालिका-६ बस्ने ३२ वर्षीय दिनेश थिङलाई अवैध लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

भरूवा बन्दुक सहित रकम चोरी गर्ने दुई जना पक्राउ
२०८०-०२-०१

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-७ स्थित पनौती सामुदायिक सहकारी संस्थाबाट रू.३३,००,०००।-(तेत्तिस लाख) चोरी गरी फरार भई जिल्ला मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-५, मधुवनमा लुकी-छिपी बसेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पनौती, काभ्रेपलाञ्चोकबाट प्रहरी टोलिले खोजतलास कार्य गर्दा जिल्ला मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-५ बस्ने अन्दाजी ३० वर्षीय अशोक रुम्बा र सोही ठेगाना बस्ने अन्दाजी ३५ वर्षीय अकबर लामाको साथबाट नगद रू.५,४५,०००।- (पाँच लाख पैतालिस हजार), एकनाले भरूवा बन्दुक र १ थान रड फेला पारी सामान र निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

नुवाकोट र चितवनमा झुण्डी मृत्यु
२०८०-०१-३१

नुवाकोट, सुर्यगढी गाउँपालिका-५, डाँडा गाउँ बस्ने अन्दाजी ३० वर्षीय राजकुमार राई आफ्नै घरको दलिनमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ ।  घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरि नुवाकोट, बेलकोटगढी नगरपालिका-६, तल्लो अर्चले बस्ने अन्दाजी ३२ वर्षीय रोशन तामाङ आफ्नै घरको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, कालिका नगरपालिका-४, पदमपुर बस्ने २७ वर्षीया रुपा न्यौपाने घिमीरे जिल्ला चितवन, भरतपुर महानगरपालिका-११, नौरङ्गे टाईगर ताल जाने बाटोको जंगलमा रहेको सालको रूखमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटस्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरि चितवन, भरतपुर महानगरपालिका-६, ढकाल चोक स्थित डेरा गरि बस्ने जिल्ला गोर्खा, गण्डकी गाउँपालिका-७ स्थायी घर भएका अन्दाजी २२ वर्षीय दिपेश सुनार आफु सुत्ने कोठाको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

ट्राफिक नियन्त्रण तालिम दोस्रो समूहको अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न
२०८०-०१-२९

बामगती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको तत्वावधानमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सञ्चालित ४५ कार्यदिन अवधीको प्रहरी हवल्दार तथा जवान लक्षित ट्राफिक नियन्त्रण तालिम दोस्रो समूहका प्रशिक्षार्थीहरूसँग अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा प्रशिक्षार्थीहरूले कार्य क्षेत्रमा आईपर्ने समस्या तथा तालिम सम्बन्धी विभिन्न विषयमा जिज्ञासाहरू राखेका थिए भने प्रदेश प्रहरी प्रमुख राणाले प्रशिक्षार्थीहरूका जिज्ञासाहरूको जवाफ दिनुभएको थियो । तालिम समापन कार्यक्रममा प्रदेश प्रहरी प्रमुख राणाले तालिममा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने सफल प्रशिक्षार्थीहरूलाई पुरस्कार वितरण तथा तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै तालिममा सिकेका ज्ञान, सिप र अनुभवलाई कार्य क्षेत्रमा कुशतलापूर्वक प्रयोग गरी त्रुटिरहित ढंगबाट कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभएको थियो । तालिममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी लगायत बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा कार्यरत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । गत चैत ५ गतेबाट संचालन भएको उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार ५ जना र प्रहरी जवान २३ जना गरी ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो ।  

पूर्व प्रहरी कर्मचारीहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०१-२८

नेपाल प्रहरीका पूर्व प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा सहभागी पूर्व प्रहरी कर्मचारीहरूले विभिन्न विषयमा सुझाव एवम् अपेक्षा राख्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख राणाले निरन्तर समन्वय गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।    

२०२ किलोग्राम लागुऔषध गाँजा सहित ३ जना पक्राउ
२०८०-०१-१८

मकवानपुर, थाहा नगरपालिका-७, आग्रा बस्ने अन्दाजी ७६ वर्षीय भिम बहादुर थिङ, अन्दाजी ३९ वर्षीय शिवराज थिङ र ६७ वर्षीय ईन्द्र बहादुर थिङको घरमा लागुऔषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौंबाट खटिएको प्रहरी टोलिले भिम बहादुर थिङ र शिवराज थिङको घरबाट ३० वटा पोकाहरूमा २७ किलोग्राम गाँजाको धुलो र ईन्द्र बहादुर थिङको घरबाट १० वटा बोराहरूमा १७५ किलो लागुऔषध गाँजा गरी कुल जम्मा २०२ किलो लागुऔषध गाँजा फेला पारी निजहरूलाई नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

मकवानपुर र चितवनमा झुण्डी मृत्यु
२०८०-०१-१८

मकवानपुर, कैलाश गाउँपालिका-५, गोगने स्थित एकान्तकुना आरणटोल बस्ने अन्दाजी वर्ष १७ को राजेश कालीदास बि.क घर देखि अन्दाजी ७०० मिटर पूर्व तर्फ रहेको जंगलमा चिलाउनेको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, राप्ती नगरपालिका-८, बडहरा बस्ने २० वर्षीय संजोक सिंजाली आफ्नै घरको कोठामा फलामको डण्डीमा वाईरिङको तारको पासो लगाई झुण्डी मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी भरतपुर महानगरपालिका-९, गुरुकुल स्कुल पछाडी भरतपुर महानगरपालिका-७, प्रेम बस्ती स्थायी घर भएका अन्दाजी ३०/३५ वर्षीय रबि लामिछाने ठेक्का लिएर बनाउँदै गरेको  घरमा झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०८०-०१-१७

सिन्धुली, कमलामाई नगरपालिका-२, पिपलभञ्ज्याङ बि.पी. राजमार्गमा काठमाण्डौंबाट सिन्धुली तर्फ आउँदै गरेको बा. ८ च. ९१३५ नम्बरको रातो ग्रेटवाल कार आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसी दुर्घटना हुँदा कार चालक जिल्ला झापा, चारपाने बस्ने अन्दाजी ४३ वर्षीय कुमार पुरी र उक्त कारमा सवार जिल्ला सिन्धुली, कपिलाकोट-३ घर भई हाल जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाई घटना स्थलमा नै मृत्यु भएको छ । उक्त कारमा सवार १ जना पुरुष गम्भिर घाईते भई तत्काल उपचारको लागी जिल्ला अस्पताल सिन्धुली पठाईएकोमा थप उपचारको लागि काठमाण्डौं तर्फ पठाईएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

विभिन्न जिल्लामा झुण्डी मृत्यु
२०८०-०१-१५

दोलखा, कालिञ्चोक गाउँपालिका-६, लप्टुन बस्ने अन्दाजी ४६ वर्षीय पिथी बहादुर थापा आफ्नै घरको निदालमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, थाक्रे गाउँपालिका-७, बस्ने ६८ वर्षीया बिष्णुमाया रेग्मी बाराहीथान स्थित जङ्गलमा  सालको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-३, तिनघरे स्थित ४२ वर्षीया कुमारी तामाङ घरदेखि अन्दाजी ७०० मिटर तल मौरिखोला जंगलमा जम्बुको रूखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका-२, ओख्रेनी घर भई हाल कर्थली पाखाटोलमा बस्ने ५८ वर्षीय पदम बहादुर बुढाथोकी घरको छानोको फलामको पाईपमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको  छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

ट्‍याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु
२०८०-०१-११

मकवानपुर, मनहरी गाउँपालिका-३, कालिदमार स्थित भित्री सडक खण्डमा मिल डाँडाबाट हाँडीखोला तर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ त ७१८८ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिन गई दुर्घटना हुँदा ट्याक्टरमा सवार जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-३, हाँडीखोला बस्ने अन्दाजी ३० वर्षीय बीरमान रुम्बा, सोही ठेगाना बस्ने अन्दाजी २४ वर्षीय राजकुमार प्रजा र जिल्ला मकवानपुर, मनहरी गाउँपालिका-४, सालघारी बस्ने अन्दाजी २० वर्षीय प्रविण प्रजा सहित ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

आगलागी हुँदा १ करोड रूपैयाँ भन्दा बढीको क्षति
२०८०-०१-११

सिन्धुली, कमलामाई नगरपालिका-२, चियाबारी स्थित राज कुमार श्रेष्ठको घर भाडामा लिई सोही ठेगाना बस्ने अम्बिका कुमारी बुढाथोकीले किराना पसल संचालन गर्दै आएकोमा निजले आफ्नो कोठामा बालेको दियो बत्तीले अचानक घरमा सल्किन गई आगलागी हुँदा अम्बिका कुमारी बुढाथोकीको पसलको किराना सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन र नगद रू. १,००,०००।– सहित अन्दाजी रू. १५,२०,०००।– क्षति भएको र घरधनी राज कुमार श्रेष्ठको घर जली पूर्ण रूपमा नष्ट भएको हुँदा अन्दाजी रू. १०,००,०००।– समेत गरी २५,२०,०००।– बराबरको क्षति भएको छ । निजको घरसँगै जोडिएको सोही ठेगाना बस्ने कौशल थापाको नगद रू. २,६०,०००।– र सुनचादीको गरगहना, होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत अन्दाजी रू. ३२,००,०००।– र सोही ठेगाना बस्ने योग बहादुर थापाको होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत अन्दाजी रू. २६,००,०००।– र सोही ठेगाना बस्ने गंगा बहादुर थापाको नगद रू. १३,००,०००।– र होटलको सामान, फर्निचर, लत्ताकपडा, भाँडाबर्तन, अन्य सरसामान र घर समेत अन्दाजी रू. ३३,००,०००।– गरी जम्मा अन्दाजी रू. १,१६,२०,०००।– (अक्षरेपी रू. १ करोड १६ लाख २० हजार) बराबरको क्षति भएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोक र सिन्धुलीमा झुण्डी मृत्यु
२०८०-०१-१०

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-११, मेलम्ची बस्ने अन्दाजी ४५ वर्षीय गुरु प्रसाद दुलाल घरबाट हराई बेपत्ता भएकोमा जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-९ स्थित गुफाडाँडा भन्ने स्थानमा अगेरीको रूखमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुली, कमलामाई नगरपालिका-७, गड्यौली बस्ने ३८ वर्षीया सुनिता स्याङबो आफ्नै घरको काठको बलोमा तन्नाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मिक्सचरको ठक्करबाट स्कुटर चालकको मृत्यु
२०८०-०१-०८

चितवन, भरतपुर महानगरपालिका-१०, चौबिसकोठी स्थित हाकिम चोकबाट चौबिसकोठी तर्फ आउँदै गरेको बा २ क ८३४९ नम्बरको मिक्सचरले बाटो क्रस गर्न लागेको प्रदेश ३-०३-००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-९, बसन्त चोक बस्ने ६८ वर्षीय महेन्द्र प्रसाद पौडेल गम्भिर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा निजको मृत्यु भएको छ । स्कुटरलाई ठक्कर दिने मिक्सचर चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-१६ बस्ने २९ वर्षीय सुरेश मगर र मिक्सचर सहित नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

मोटरसाईकल र स्कुटर ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु
२०८०-०१-०५

धादिङ, गजुरी गाउँपालिका-२, विहानी पम्प स्थित पृथ्वी लोकमार्गमा काठमाण्डौं देखी चितवनतर्फ जाँदै गरेको प्र ३ -०२-००६ प ५८२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा.प्र. ०२-०३२-प १६५५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा मोटरसाईकल चालक जिल्ला गोरखा, गोरखा नगरपालिका-९ बस्ने अन्दाजी २६ वर्षीय लक्ष्मण बानिँया घाईते भई उपचारको लागी स्थानिय प्राथमिक स्वास्थ्य केन्द्र गजुरी ल्याईएकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर चालक घाईते भई उपचारको लागि गजुरी अस्पताल पठाएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

ट्याक्टरबाट खसी टायरमा ठक्कर खाई च्यापिदा एकको मृत्यु
२०८०-०१-०५

सिन्धुली, दुधौली नगरपालिका-१०, कर्था स्थित मदन भण्डारी सडक खण्डमा सिर्थौलीबाट दुधौलीतर्फ जाँदै गरेको चालक हाल नाम थर नखुलेको पुरुष व्यक्तिले चलाएको नम्बर नखुलेको ट्याक्टरमा अगाडी सबार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-५, तलखा टोल बस्ने अन्दाजी ५५ वर्षीय कालिदाश अधिकारी दनुवार ट्याक्टरबाट खसी बीचको टायरमा ठक्कर खाई च्यापिदा घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लाँदै गर्दा बाटोमै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान सहित ट्याक्टर चालकको खोजतलास कार्य भईरहेको छ ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-१२-२९

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रे, जिल्ला प्रहरी कार्यालय काभ्रे तथा ईलाका प्रहरी कार्यालय बनेपा, काभ्रेको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूमा रहेका बिभिन्न शाखा, थुनुवा कक्ष लगायतका स्थानहरूको निरीक्षण गर्नुका साथै कार्यालयको वस्तुस्थितीको बारेमा जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख राणाले नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेको निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख राणाले जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधी, राजनीतिक दल, सञ्चारकर्मी, पूर्व प्रहरी कर्मचारी, बिभिन्न संघ संस्थाका पदाधिकारी, नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-१२-२८

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूमा रहेका बिभिन्न शाखा, कार्यालय ब्यारेक, कोत, एम.आई.रुम, मेश, चमेना क्यान्टिन र खुद्रा क्यान्टिन लगायतका स्थानहरूको निरीक्षण गर्नुका साथै कार्यालयको वस्तुस्थितीको बारेमा जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख राणाले तालिम केन्द्र दक्ष प्रहरी उत्पादन स्थल भएको हुनाले दत्तचित्त भएर प्रशिक्षण गतिबिधीमा सहभागी हुन तालिम केन्द्रमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन समेत दिनुभएको छ ।  

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-१२-२७

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा सिन्धुली जिल्ला अन्तर्गतका ईलाका प्रहरी कार्यालय कपिलाकोट, भिमान र डकाहा सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूमा रहेका बिभिन्न शाखा, थुनुवा कक्ष लगायतका स्थानहरूको निरीक्षण गर्नुका साथै कार्यालयको वस्तुस्थितीको जानकारी लिनुभएको हो । निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख राणाले नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको निरीक्षण पश्चात प्रदेश प्रहरी प्रमुख राणाले जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानीय तहका जनप्रतिनिधी, राजनीतिक दल, सञ्चारकर्मी, पूर्व प्रहरी कर्मचारी, बिभिन्न संघ संस्थाका पदाधिकारी, नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।  

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-१२-२६

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाले बागमती प्रदेश प्रहरी कार्यालय मातहतका बागमती प्रदेश प्रहरी गण, हेटौंडा तथा बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म, हेटौंडाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले कार्यालयहरूको वस्तुस्थिति र सम्पादित कार्यहरूको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका क्‍वाटरगार्ड, उद्दार सम्बन्धी उपकरण तथा विभिन्न शाखाहरूको निरीक्षण गर्नुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमण पश्चात् प्रहरी नायव महानिरीक्षक राणाले आफूलाई दिईएको जिम्मेवारी प्रभावकारी ढंगले, उच्च मनोवल र अनुशासित तवरले सम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको थियो ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-१२-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१, चौकीटोल स्थित तरकारी बजारबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाण्डौ जान आएको  BR 29 GB5486 नं.को भारतीय कागतीलोड बलेरो गाडीलाई चेकजाँच गर्ने क्रममा लागुऔषध वनरेक्स २४० बोतल (प्रति बोतल 100 ml), डाइजेपाम १३ बट्टा (प्रति बट्टा ५० एम्पुल), नोरफिन ६ बट्टा (प्रति बट्टा १०० एम्पुल), फेनारगन १२० पत्ता (प्रति पत्ता ५ एम्पुल)  फेला परेको । निज चालक देश भारत जिल्ला सिवान पन्चायत ५ बस्ने वर्ष २६ को अमित कुमार र सोहि बस्ने वर्ष अन्दाजी २३ को अनिल कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

तीन जिल्लामा झुण्डी मृत्यु
२०७९-१२-२३

चितवन, माडी नगरपालिका-१, कल्याणपुर बस्ने अन्दाजी ६१ वर्षीय जंग बहादुर भुजेलले आफ्नै घरको कोठाको बलोमा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत्यु अवस्थामा निजको श्रीमती हरीमया भुजेलले फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप आवश्यक अनुसन्धान कार्य भइरहेको छ । काभ्रे, पनौती नगरपालिका-१, स्थित खमले भन्ने स्थानमा ६४ वर्षीय बाल कृष्ण सापकोटा घर देखी अन्दाजी ५०० मिटर तल खमाले जंगलमा रहेको चिलाउनेको रूखमा आफुले कम्मरमा बांधेको पटुकाको पासो लगाई झुन्डी मृत्यु भएको अवस्थामा भेटिएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । धादिङ, त्रिपुरासुन्दरी गाउँपालिका-९, सुकौरा स्थित बस्ने अन्दाजी ५०।५१ वर्षीय रामकृष्ण गौली आफ्नै घर नजिकै रहेको चिलाउनेको रुखमा प्लाष्टिकको डोरिको पासो लगाई झण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाद्वारा निर्देशन सम्बोधन
२०७९-१२-२२

नेपाल सरकार गृह-मन्त्रालय (माननीय मन्त्रीस्तर)को मिति २०७९।१२।१७ गतेको निर्णायानुसार बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा सरुवा भई आउनुभएका प्रहरी नायव महानिरीक्षक किरण राणाले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख राणाले आफ्नो पदभार ग्रहण गर्नुको साथै प्रदेश प्रहरीको बस्तुस्थितिको बारेमा जानकारी लिनुभएको हो । पदभार ग्रहण पश्चात् प्रदेश प्रहरी प्रमुख राणाले बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडामा कार्यरत सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१२-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे स्थित पूर्व पश्चीम सडक खण्डमा प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिईएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडा बजारबाट रातोमाटे तर्फ आउँदै गरेको ना ७ ख ६८३९ नं.को ट्रक लाई संका लागि चेकजाँच गर्ने क्रममा उक्त ट्रकको क्याबिनमा लुकाई छिपाई ल्याएको अन्दाजी २ किलो ९०० ग्राम लागुऔषध गाँजा फेला परेका थिए । उक्त ट्रकको  चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-८ कमाने ओमनगर बस्ने वर्ष अन्दाजी ३४ को सुजन श्रेष्ठ र सोहि बस्ने वर्ष अन्दाजी ३१ को सन्तोष श्रेष्ठ लाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।  

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१२-१७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानिचोक स्थित भित्री सडक खण्डमा प्रहरीले लागुऔषध गाँजा  सहित मानिस नियन्त्रणमा लिईएको छ । गुम्बाचोकबाट हेटौंडा बजार तर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ह १८९ नम्बरको अटोलाई प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलिले शंका लागि चेकजाँच गर्ने क्रममा उक्त अटोमा लुकाईछिपाई राखेको लागुऔषध गाँजा अन्दाजी २ किलो फेला परेको छ । निज अटो चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्ने वर्ष अन्दाजी २२ को सुशिल थोकर र उक्त अटोमा सवार सोही ठेगाना बस्ने वर्ष अन्दाजी २३ को सुमन गोलेलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।    

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-१२-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले गौरबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २-०३-०२० प ६८६२ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला रौतहट, राजपुर नगरपालिका-४ बस्ने अन्दाजी २० वर्षीय उमेश मन्सुरी र मोटरसाईकल पछाडी सवार सोही ठेगाना बस्ने अन्दाजी २२ वर्षीय महमद दहमिदको साथबाट लागुऔषध गाँजा ७ प्याकेट अन्दाजी १० ग्राम, नाईट्रोभेट १८ पिस, कोरेक्स १००ml को १ बोतल र मोटरसाईकल समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

१०८ किलोग्राम लागुऔषध गाँजा बरामद
२०७९-१२-०८

मकवानपुर, थाहा नगरपालिका-८, चौतरा बस्ने अन्दाजी ५७ वर्षीय लाल बहादुर घलान र सोही ठेगाना बस्ने अन्दाजी ५३ वर्षीय शेर बहादुर घलानको घरमा लागुऔषध गाँजाको धुलो विक्रि वितरण गर्ने गरेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली खटिई गई घर खानतलासी गर्दा लाल बहादुर घलानको घरबाट लागुऔषध गाँजाको धुलो अन्दाजी ४५ किलोग्राम र शेर बहादुर घलानको घरबाट लागुऔषध गाँजाको धुलो अन्दाजी ६३ किलोग्राम गरी जम्मा १०८ किलोग्राम लागुऔषध गाँजा फेला परेको र लाल बहादुर घलानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । शेर बहादुर घलान फरार र निजको खोजतलास कार्य भईरहेको छ ।

धादिङ, रामेछाप र चितवनमा झुण्डी मृत्यु
२०७९-१२-०७

धादिङ, गजुरी गाउँपालिका-२, ढाडे बस्ने ५२ वर्षीय डोलराज थापा घर नजिकै रहेको सालको रूखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।रामेछाप, मन्थली नगरपालिका-१, कटहरबोट स्थित डेरा गरी बस्ने सोही ठेगाना स्थायी घर भएकी ३० वर्षीया अनु श्रेष्ठ आफैं सुत्ने कोठाको सिलिङ पंखा झुन्डाउने रडमा सलको पासो लगाई झुन्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, कालिका नगरपालिका-७, बिजयटोल स्थित बस्ने २२ वर्षीया अनु गुरुङ आफ्नै माईती घरको दलिनमा रहेको फलामको पाईपमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

नुवाकोट र सिन्धुपाल्चोकमा बेवारिसे लाश फेला
२०७९-१२-०५

नुवाकोट, विदुर नगरपालिका-३, बुनेबेशी स्थित त्रिशुली नदीको किनार नजिकै झाडीमा नाम थर वतन नखुलेको पुरुष व्यक्तिको लाश सडीगली सकेको अवस्थामा फेला परेको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-३, ठूलोभोताङ स्थित भीरको बाटोबाट अन्दाजी ४०० मिटर तल खसी उतिसको रूख मुनी घोप्टो परेको हाल नामथर वतन नखुलेको खैरो दौरा सुरुवाल, रातो सुइटर लगाएको, सेतो पटुका बाँधेको अन्दाजी ६०/६५ वर्षीय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

चितवन, नुवाकोट र सिन्धुलीमा झुण्डी मृत्यु
२०७९-१२-०५

चितवन, रत्ननगर नगरपालिका-८, बागमारा बस्ने अन्दाजी १८ वर्षीय सुमित महतो आफ्नै घरको सुत्ने कोठाको पंखामा पछ्यौराको पासो लगाई झुण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी ईच्छाकामना गाउँपालिका-६ बस्ने ३२ वर्षीय सुमन गुरुङ आफ्नै घरको कोठामा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।नुवाकोट, विदुर नगरपालिका-९, लामटार बस्ने अन्दाजी १७ वर्षीय अविनाश सुनारले आफ्नै घरदेखि अन्दाजी २०० मिटर तल चिलाउनेको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुली, गोलन्जोर गाउँपालिका-३, ओख्ले बस्ने ६१ वर्षीया मिश्रा देवी आछामी घरबाट अन्दाजी ३०० मिटर रहेको वरको रूखमा नाम्लोको डोरीले  पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१२-०४

चितवन, राप्ती नगपालिका-२, राईटोल स्थित विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, भण्डारा, चितवनबाट खटिएको गस्ति टोलीले अन्दाजी ६०/६५ किलोग्राम लागुऔषध गाँजा बोकी ल्याउदै गरेको जिल्ला चितवन, राप्ती नगरपालिका-१२ बस्ने ३२  वर्षीय चन्द्र बहादुर प्रजा लागुऔषध गाँजा सहित पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेको छ ।काभ्रेपलाञ्‍चोक, पाँचखाल नगरपालिका-२, देवीस्थान बस्ने ३० वर्षीय विश्व तामाङले लागु औषध (गाँजा) विक्री वितरण गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको टोलीले चेकजाँच गर्दा निजले आफ्नै घरमा लुकाई छिपाई राखेको  अन्दाजी १० किलोग्राम गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर र चितवनमा झुण्डी मृत्यु
२०७९-१२-०३

मकवानपुर, मनहरी गाउँपालिका-५, दरदरा बस्ने अन्दाजी ५० वर्षीय कृष्ण बहादुर सुरखेती आफ्नै घरभित्र काठको बलोमा तन्ना (कपडा) को पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-११, मुक्तिनगर चोक स्थित डेरा गरी बस्‍ने जिल्ला मकवानपुर, राक्सिराङ्ग गाउँपालिका-६ स्थायी घर भएका २७ वर्षीय अनिश चेपाङ् आफैं सुत्ने कोठाको बलोमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी भरतपुर महानगरपालिका-१६, पुष्पकमल टोल बस्ने ३३ वर्षीय बिकास श्रेष्ठ घरको रेलिङ्को फलाममा कम्मर बाँध्ने पटुकीले पासो लगाई मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर र सिन्धुलीमा झुण्डी मृत्यु
२०७९-१२-०२

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-१, फुलबारी स्थित मामा घर बस्दै आएकी सोही ठेगाना घर भएकी अन्दाजी १४ वर्षीया मनिषा घलान सुत्ने कोठाको दलिनमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुली, कमलामाई नगरपालिका-१४ स्थित शिव मन्दिर सामुदायिक वनमा नामथर वतन नखुलेको अन्दाजी २०/२५ वर्षीय पुरुष मैनासेको रूखमा सर्टको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । उक्त मृत लास अन्दाजी १५/२० दिन अघि नै झुण्डिएको जस्तो देखिएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

७६ किलो ५०० ग्राम लागुऔषध गाँजा बरामद
२०७९-१२-०२

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-७, भुताहा र काभ्रेपलाञ्चोकको सिमाना नजिक प्रहरी चौकी क्यानेश्वरबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा क्यानखोला कच्ची-सडक खण्डमा क्यानशिरबाट भुताहा तर्फ आउदै गरेको प्र ०२-०३-०१८ प ८०६५ नम्बरको मोटरसाईकल चालक जिल्ला सर्लाही, हरिवन नगरपालिका-२ बस्ने अन्दाजी २३ वर्षीय प्रलात कुमार थोकर र पछाडि सवार जिल्ला सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-८ बस्ने अन्दाजी ३३ वर्षीय देउकुमार स्याङ्तानलई चेकजाँच गर्ने क्रममा बोरा भित्र लागुऔषध गाँजा र अर्को नम्बर नखुलेको मोटरसाईकलमा दुई जना सवार व्यक्ति प्रहरी टोलीलाई देख्ना साथ मोटरसाईकलको बिचमा राखि ल्याएको बोरा फाली मोटरसाईकल सहित फरार भएको छ । उक्त दुई ओटा बोरामा जम्मा लागुऔषध गाँजा ७६ किलो ५०० ग्राम रहेको थियो । लागुऔषध गाँजा सहित मोटरसाईकल र २ जना व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुरमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
२०७९-१२-०१

मकवानपुर, बकैया गाउँपालिका-१२, खोरभञ्ज्याङ स्थित भित्री कच्ची सडक-खण्डमा शिवम सिमेन्ट फ्याक्ट्रीको चक्ति ढुङ्गा खानीमा शिवम सिमेन्ट प्याक्ट्रीबाट ढुङ्गा लोड गर्न जाँदै गरेको ना ८ ख ५३३५ नम्बरको टिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ८००/९०० मिटर तल खोल्सामा खसी दुर्घटना हुदाँ चालक जिल्ला मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२, अदुवाखर्क बस्ने अन्दाजी २७/२८ वर्षीय चन्द्र योन्जन मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ स्थित पूर्व-पश्चिम सडक खण्डमा नवलपुरबाट हेटौंडातर्फ आउदै गरेको मधेश प्रदेश ०३-००१ च ६९४३ नम्बरको हात्ती गाडीले पैदल यात्री हाल नामथर वतन नखुलेको अन्दाजी ३५/४० वर्षीया महिलालाई ठक्कर दिदाँ निजको मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, सिन्धुपाल्चोक र धादिङमा झुण्डी मृत्यु
२०७९-११-३०

चितवन, रत्ननगर नगरपालिका-४, देवौली बस्ने अन्दाजी ५८ वर्षीय श्याम राजा ठकुरी आफ्नै घरको कोठामा फलामको पाइपमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । त्यसै गरि भरतपुर महानगरपालिका-१८, गाजीपुर बस्ने ६१ वर्षीय कालु गुरुङ आफ्नै घरको कोठामा काठको बलोमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका-८, मानेश्वरा खिपिङ बस्ने ५५ वर्षीय नेत्र बहादुर पौड्याल गिद्धे सामुदायिक वनको मौवाको रुखमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । त्यसै गरि ईन्द्रावती गाउँपालिका-२, भोर्ले बस्ने अन्दाजी ४७ वर्षीया सरिता तामाङ आफ्नै घरको कोठामा पङ्खा झुण्ड्याउन बनाएको सिलिङको हुकमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, सिद्धलेक गाउँपालिका-२, आंखिले बस्ने अन्दाजी ३०/३१ वर्षीय पवन बागदाश आफ्नै घरदेखि अन्दाजी ७ किलोमिटर पूर्वमा रहेको लामीडांडा सामुदायिक वनमा बरको रूखमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन,धादिङ र सिन्धुलीमा झुण्डी मृत्यु
२०७९-११-२६

चितवन, भरतपुर महानगरपालिका-२०, चन्द्रनगर बस्ने ३९ वर्षीय राजु थापा आफ्नै घरको कोठामा सिलिङ् पंखामा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, बेनिघाट रोराङ गाउँपालिका-८, बर्तु स्थित बस्ने ३० वर्षीय सनाराम चेपाङ आफ्नै घरको धुरिको बलोमा नाईनलको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।सिन्धुली, दुधौली नगरपालिका-११, टाँडीरजवास बस्ने अन्दाजी ४६ वर्षीया तारादेवी सुनुवार घर देखि अन्दाजी ५० मिटर टाढा रहेको गाई गोठको कोरामा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सवारी दुर्घटना हुदाँ दुईको मृत्यु
२०७९-११-२४

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७, हटिया कठायत चोक स्थित हेटौंडा फापरबारी सडक खण्डमा हेटौंडाबाट ठुलो दमार तर्फ जाँदै गरेको बा ६४ प ६६६४ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा प्र ०३-०५ प ७११ नम्बरको स्कुटर एक-आपसमा ठक्कर भई दुर्घटना हुदाँ मोटरसाईकल चालक जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, भालुखोला बस्ने अन्दाजी १८ वर्षीय अर्जुन बम्जन अस्पताल पुग्नासाथ मृत्यु भएको र स्कुटर चालक जिल्ला नुवाकोट, ककनी नगरपालिका-४ बस्ने अन्दाजी २८ वर्षीया जिना लामाको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

विभिन्न जिल्लामा झुण्डी मृत्यु
२०७९-११-२४

दोलखा, शैलुङ गाउँपालिका-३, फोक्टे घर भई हाल काठमाण्डौ बस्दै आएको अन्दाजी ५२ वर्षीय नारायण श्रेष्ठ जिल्ला दोलखा, भिमेश्वर नगरपालिका-९, एक्लेपाखा सामुदायिक वनमा खरानेको रुखमा रुखको जराको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, हेटौडा उपनगरपालिका-१४, बदेलधाप बस्ने १४ वर्षीया किशिला विश्वकर्मा आफ्नै घरको कोठा भित्र रहेको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी मृत्यु भएको थियो । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-२८, गोलाघाट स्थित नानुमाया कुमालको गोठमा सोही ठेगाना बस्ने ७० वर्षीय धन बहादुर कुमाल फलामको पाईपमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

छुट्टाछुट्टै जिल्लामा मानिस मृत अवस्थामा फेला
२०७९-११-२२

नुवाकोट, किस्पाङ गाउँपालिका-४, साल्मे बस्ने अन्दाजी ६० वर्षीय कृष्ण बहादुर घले हाल नुवाकोट बिदुर नगरपालिका-१, सिमुटार सुकुम्बासी टोलमा बसोबास गर्दै आएको र निज बा ८१ प ५३८३ नम्बरको मोटरसाईकल लिई हिडेकोमा मेगाङ गाउँपालिका-२, बुङताङबाट साल्मे तर्फ जाने भित्री कच्ची सडक खण्डबाट अन्दाजी २०० मिटर तल मृत अवस्थामा फेला परेको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, भरतपुर महानगरपालिका-१, नारायणी नदी किनारमा हेटौडा उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय सौरभ पाठकको लास फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

छुट्टाछुट्टै जिल्लामा झुण्डी मृत्यु
२०७९-११-२२

काभ्रे, चौरी देउराली गाउँपालिका-४ बस्ने अन्दाजी ४० वर्षीय शशिधर चौलागाई फलाटको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, रत्ननगर नगरपालिका-१५, दिग्दर्शन टोल स्थित डेरामा बस्ने जिल्ला गोरखा घर भएकी अन्दाजी ४०/४५ वर्षीया उजेली नेपाली आफै सुत्ने कोठाको फलामको पाईपमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।दोलखा, गौरीशंकर गाउँपालिका-४, यार्सा बस्ने अन्दाजी ४० वर्षीय नर्बु तामाङ आफु सुत्ने कोठाको दलिनमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।भक्तपुर, सुर्यविनायक नगरपालिका-८, घर भई हाल जिल्ला काभ्रे बनेपा नगरपालिका-१२, बाँसडोल गोठडाँडामा बसोबास गर्दै आएको ९० वर्षीय सुकमान तामाङ घरदेखी १० मिटर उत्तर पैयुँको रूखमा गलबन्दीको पासो लगाई झुण्डी मृत्त अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

छुट्टाछ्ट्टै स्थानमा अवैध लागुऔषध बरामद
२०७९-११-२२

सिन्धुली, दुधौली नगरपालिका-६, बसनिया स्थित सिर्थौलीबाट पत्रीङ्गा जाँदै गरेको लु ४८ प ८३७६ नम्बरको मोटरसाईकलमा ३ जना सवार देखी शंका लागी प्रहरी चौकी हर्षाहीबाट खटिएको गस्ती टोलिले चेकजाँच गर्दा चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका-५, सिर्थौली बस्ने १७ वर्षीय रोशन अधिकारी र सोही मोटरसाईकलमा सवार सिन्धुली दुधौली नगरपालिका-५, सिर्थौली बस्ने निमेश कुमारको साथबाट NITRVET 27 चक्की र नाम नखुलेको १ चक्की क्याप्सुल नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, माझिमटार स्थित पृथ्वी लोकमार्गमा प्रहरी चौकी जोगिमाराबाट खटिएको टोलिले काठमाण्डौबाट पोखरा जाँदै गरेको बा २ ख १४१० नम्बरको माईक्रोलाई चेकजाँच गर्ने क्रममा उक्त माईक्रोमा सवार यात्रु जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका-७ बस्ने ४१ वर्षीय युवराज गुरुङले बोकेको झोलामा अन्दाजी २ किलो लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

छुट्टाछुट्टै जिल्लामा झुण्डी मृत्यु
२०७९-११-२१

धादिङ, निलकण्ठ नगरपालिका-६, भोर्ले स्थित बस्ने कुल बहादुर भारतीको छोरा वर्ष २१ को राजन भारतीले आफ्नै घर नजिक रहेको खर्सेटोको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । यस्तै धादिङ, सिद्धलेक गा.पा.३, द्वार थोक बस्ने १५/१६ वर्षीया सुनिता उपरकोटी आफ्नै घरगोठमा नाम्लो डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।मकवानपुर, हे.उ.म.न.पा.-०९, स्थित मदनपथमा बस्ने सुमित्रा वाग्लेको कान्छो छोरा अन्दाजी २०/२१ वर्षीय  प्रलाद वाग्ले आफ्नै घरको जस्ताको छानाको फलामको पाईपमा नाईलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भई रहेको छ । काभ्रेपलाञ्चोक, पाँचखाल न.पा. १२, खामपुर बस्ने ४२ वर्षीय  शान्ते भन्ने बिकि दनुवार ऐ. स्थित खटारमा शुभने खोला नजिक रहेको शम्भु खड्काको पानीको ईनार भित्र नाईलनको डोरीको घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भइरहेको छ ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-११-१७

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय, रसुवाको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय, रसुवाको वस्तुस्थिती तथा कार्यालयमा रहेका विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै सम्पादित पछिल्लो गतिविधीको बारेमा जानकारी लिनुभएको हो ।  निरीक्षणका क्रममा प्रदेश प्रहरी प्रमुख थापाले नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन समेत दिनुभएको छ । 

नवनिर्मित भवन उद्‌घाटन सम्पन्न
२०७९-११-१६

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नव निर्मित प्रहरी चौकी सरमथली पारच्याङ र हाकु रसुवाको उद्‌घाटन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुवेर खापुङ, प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी लगायत स्थानिय तहका जनप्रतिनिधीहरू संचारकर्मी तथा नागरिक समाजका विभिन्न भद्रभलाद्मीहरूको उपस्थिती रहेको थियो ।साथै उक्त कार्यक्रममा जग्गादाता र भवन निर्माणमा सहयोग पुर्‍याउनुहुने विभिन्न व्यक्तित्वहरूलाई सम्मान सहित गरिएको थियो ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-११-१४

मकवानपुर, राक्सीराङ गाउँपालिका-८, गोठडाँडा बस्ने वर्ष ४८ को ठाकुराम मोक्तान र सोहि बस्ने बर्ष २५ को प्रेम घलानको घरमा लागुऔषध रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सहितको सिभिल टोलि-९ जना र ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा १६ जना टोली समेत जम्मा २५ जनाको टोली खटी गई निजहरूको घर खानतलासी गर्दा लागुऔषध गाँजा ३४५ किलो ४०० ग्राम फेला परेको थियो । निज प्रेम घलान र ठाकुराम मोक्तानलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

मोटरसाईकल दुर्घटनामा परी एकको मृत्यु
२०७९-११-१३

मकवानपुर, ईन्द्रसरोबर गाउँपालिका-२ हेभि स्थित हेटौडाबाट काठमाण्डौ तर्फ जादै गरेको बा ९० प २६०० नं.को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ चालक देश भारत घरभई हाल काठमाण्डौ डेरा गरि बस्ने वर्ष अन्दाजी ३५ को बिकास जैसवालको मृत्यु भएको छ भने सोहि मोटरसाईकलमा सवार सोहि बस्ने वर्ष अन्दाजी १८ को गौतम कुमारको टाउँकोमा चोट लागि गम्भिर घाईते भएका छन । मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खसि दुर्घटना भएको थियो । दुर्घटनाम घाईते भएका गौतम कुमारको उपचार हेटौडा अस्पतालमा भईरहेको छ । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध र हतियार सहित मानिस नियन्त्रणमा
२०७९-११-१२

मकवानपुर, कैलाश गाउँपालिका-६ दुम्सिखर्क बस्ने वर्ष अन्दाजी ५५/६० को जित बहादुर थिङको घरमा लागुऔषध रहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा र थप ईलाका प्रहरी कार्यालय, पालुङबाट प्रहरी नायव निरीक्षकको कमाण्डको टोली समेत गरी जम्मा २५ जनाको प्रहरीको टोलीले निज व्यक्तिको घर खानतलासी गर्दा घरबाट भरुवा बन्दुक थान-१, कटुवा पेस्तोल थान-१ सोही मा लाग्ने ६ राउण्ड गोली र निजकै घर नजिक रहेको गोठबाट लागुऔषध गाँजा १५ सय १५ के.जी. र चरेश १३ के.जी. फेला पारेको थियो । उक्त लागुऔषध र हतियार बरामद गरी अनुसन्धानको लागी जित बहादुर थिङ सहित ५ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-११-११

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको वस्तुस्थिती तथा सम्पादित कार्यहरूको जानकारी लिनुका साथै तालिम केन्द्र दक्ष प्रहरी उत्पादनको स्थल भएको हुनाले दत्तचित्त भएर प्रशिक्षण गतिविधीमा सहभागी हुन तालिम केद्रमा कार्यरत प्रहरी कर्मचारी तथा प्रशिक्षार्थी प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन दिनुभएको हो । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-११-११

सिन्धुली, मरिण गाउँपालिका-४, चुरे जङ्गल स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिईएको छ । हरिहरपुरगढी गाउँपालिका-७, हरलाभरला हुँदै लालबन्दी तर्फ ३ वटा मोटरसाईकलमा लैजाँदै गरेको अन्दाजी ११५ किलो लागुऔषध गाँजा प्रहरीले फेला पारेको थियो । प्र.२-०३-००१ प ८३७१, ना.३७ प ४२२९ र बा.७४.प २२८० नं.को  मोटरसाईकलहरू सहित ४ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिईएको थियो । नियन्त्रणमा आउने मानिसहरू हरिहरपुरगढी गाउँपालिका-७ बस्ने रमन सिंह वाईबाको छोरा वर्ष ५१ को चन्द बहादुर वाईबा, सोहि बस्ने पदम बहादुर वाईबाको छोरा वर्ष २७ को सूर्य बहादुर वाईबा, कालिदास वाईबाको छोरा वर्ष ४० को बिर्ख बहादुर वाईबा र जिल्ला सर्लाही लालबन्दी नगरपालिका-१४ बस्ने सुर्य बहादुर वाईबाको छोरा वर्ष ३२ को मनधोज वाईबा रहेका छन् । निजहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरी माथि ढुङ्गा, मुढा र खुकुरी प्रहार हुँदा प्रहरीले पेस्टोलबाट १ राउण्ड फायर गरि निजहरूलाई नियन्त्रणमा लिईएको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-११-१०

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिविधीको बारेमा जानकारी लिनुका साथै नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागीय निर्देशन दिनुभएको हो ।निरीक्षण तथा अवलोकन भ्रमण पश्चात प्रदेश प्रहरी प्रमुख थापाले सिन्धुली जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा नागरिक समाजका बिभिन्न व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।

सिन्धुपाल्चोकमा झुण्डी २ जनाको मृत्यु
२०७९-११-१०

सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-२ भोर्ले सिपा खोला स्थित बस्ने लुला बहादुर थापा क्षेत्रीको छोरी ३५ वर्षीया कमला थापाले आफ्नै घरमा भएको शौचालय भित्र स्टिलको डण्डीमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थलम मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । त्यस्तै सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-५, ट्याङथली बस्ने देबी बहादुर कार्कीको श्रीमती ३३ वर्षीया बिनु कार्कीले आफ्नै घरको निदालमा नाम्लाको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

चितवन र सिन्धुलीमा झुण्डी मृत्यु
२०७९-११-०९

चितवन, भरतपुर महानगरपालिका-२९ साततले स्थित भद्रेघारी भन्ने स्थानमा सोहि बस्ने चित्र बहादुर गुरुङको छोरी वर्ष १७ की शिखा गुरुङको झुण्डी मृत्यु भएको छ । निज आफ्नो घर नजिकै रहेको दाउरा राख्ने कटेरोको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । सिन्धुली, मरिण गाउँपालिका-५ घर भई हाल कमलामाई नगरपालिका-५ मिलनचोक स्थित भरत कुमार श्रेष्ठको घरमा कोठा भाडामा बस्ने अजय बम्जनको श्रीमती वर्ष २२/२३ की सपना बम्जनको झुण्डी मृत्यु भएको छ । निज आफु सुत्ने कोठाको सिलिङको हुकमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-११-०८

चितवन, राप्ती-१, लोथर स्थित प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिईएको छ । अस्थाई प्रहरी पोष्ट लोथरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पिप्लेबाट लोथर तर्फ आउँदै गरेको बा ३ च २५०४ नं.को टाटा डिआई गाडीमा लुकाई छिपाई ल्याएको लागुअैषध गाँजा अन्दाजी ५६ किलो फेला परेको थियो । चालक जिल्ला चितवन भरतपुर महानगरपालिका-१६ बस्ने ३० वर्षीय अर्जुन दर्जि र उक्त गाडीमा सवार जिल्ला चितवन राप्ती-१ बस्ने १५ वर्षीय सुजन चेपाङलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।    

विभिन्न जिल्लामा झुण्डी ४ जनाको मृत्यु
२०७९-११-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ देउराली स्थित रातोमाटे सामुदयिक जङ्गल भित्र सालको रुखमा नाईलनको डोरीले पाँसो लगाई अपरिचित पुरुष व्यक्ति झुण्डी मृत अवस्थामा फेला परेको । शब अन्दाजी २०/२२ दिन पहिला झुण्डीएको जस्तो अवस्थामा रहेको, अनुहार हात खुट्टा सुकिसकेको देखिएकोले उमेर एकिन गर्न नसकिएको, घटना स्थल सुरक्षित राखि आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।रामेछाप, खाँडादेवि गाउँपालिका-४ पुराना गाउँ स्थित भोजराज शिलवालको घरमा जिल्ला हुम्ला शिला गाउँपालिका-९ वतन घर भई हाल श्री रक्तमाला मा.वि.मा पढाउने शिक्षक मुन बहादुर थापा आफु बसेको कोठाको दलिनमा घाँटिमा सलको पासो लगाइ मृत अवस्थामा फेला परेका छन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।काभ्रे, बनेपा नगरपालिका-८ बसपार्क पछाडी सलिन श्रेष्ठको घरमा डेरा गरी बस्ने जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका-४ घर भएका मिन बहादुर श्रेष्ठको श्रीमती वर्ष २२ की देबु श्रेष्ठ कोठा भित्र पङ्खा अड्याउन राखिएको रडमा सलको पासो लगाई मृत अवस्थामा फेला परेकी छिन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।चितवन, भरतपुर ममहानगरपालिका-१६ बस्ने वर्ष ४० को नकुल कार्की आफ्नै भान्छ कोठामा फलामको डण्डीमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका छन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-११-०६

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित वि.पि. राजमार्गमा प्रहरीको चेकिङ टोलीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । सर्लाहिबाट काठमाण्डौ तर्फ आईरहेको ना १ ज ६७८१  नं.को यात्रुवाहक विङ्गर गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको सिट नं. ३ मा सवार जिल्ला सर्लाहि हरीवन नगरपालिका-३ बस्ने वर्ष अन्दाजी ३३ को रामेश्वर सिंहलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको साथमा रहेको गाडा खैरो रंगको साईड झोला भित्र ५०० MLको कोकाकोला को बोत्तलमा अन्दाजी ४८० ML लागुऔषध जस्तो देखिने झोल पदार्थ लुकाई छिपाई राखेको अवस्थामा फेला परेको थियो । निज सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

चितवनमा योद्धागाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०७९-११-०६

चितवन, भरतपुर महानगरपालिका-४ लंकु पुल स्थित भित्री सडक खण्डमा योद्धागाडीको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । उक्त दुर्घटना बा.प्र.०३-००१ च १३६७ नम्बरको योद्धागाडीले बा.प्र.०३-००४ प ४४६७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा भएको हो । दुर्घटनामा मोटरसाईकल चालक जिल्ला बारा जितपुर सिमरा उप-महानगरपालिका घर भई हाल भरतपुर महानगरपालिका-४ बेलचोकमा डेरा गरी बस्ने वर्ष ३४ को प्रभाकर पौडेल रहेका छन । निज पौडेल उक्त दुर्घटनामा परी गम्भिर घाईते भएका थिए । घाईते भएका पौडेलको उपचारको लागि जिल्ला सरकारी हस्पिटल भरतपुर ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

विषादी सेवन गराई फरार रहेका बुवा झुण्डी मृत अवस्थामा फेला
२०७९-११-०६

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-१३ ठुलोसिरुवारी अर्चले बस्ने मामा उमेश कुमार दुलालको घरमा विगत २/३ महिना देखि बस्दै आएको जिल्ला धादिङ धुनिबेशी नगरपालिका-२ महेशफाट बस्ने कमल कडेलको छोराहरु जेठो वर्ष १० को सुभम कडेल र कान्छो वर्ष ४ को सुलस कडेल दुबै छोराहरुलाई भेट्छु भनि निज कमल कडेल आई छोराहरु सँग सुतेकोमा दुवै छोरा लाई नाम नखुलेको विषादी खुवाएका छन । विषादी सेवनबाट बिरामी भएका दाजुभाईको उपचारको लागी जिल्ला अस्पताल चौतारा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल पठाईएको छ । जस मध्ये जेठो सुभम कडेलको अवस्था मध्यम बोल्न सक्ने छ भने कान्छो सुलस कडेल बोल्न नसक्ने गम्भिर अवस्थामा रहेका छन । निजहरुको बुबा बिषादी सेवन गराई फरार रहेको, निज कडेललाई खोज्दै जाने क्रममा ससुराली घरदेखि अन्दाजी ३०० मिटर पूर्ब रहेको तल्लोपाखा सामुदायिक वनमा चिलाउनेको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । बिरामी बच्चाहरुको आमा विदेश दुबईमा रहेको । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-११-०५

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय, धादिङको वस्तुस्थिति तथा सम्पादित पछिल्लो गतिविधीको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका बिभिन्न शाखाहरूको निरीक्षण गर्नुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा प्रदेश प्रहरी प्रमुख थापाले नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको थियो ।निरीक्षण तथा अवलोकन भ्रमण पश्चात प्रदेश प्रहरी प्रमुख थापाले धादिङको जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधि, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा नागरिक समाजका बिभिन्न व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-११-०५

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क स्थित रोशन होटलको ५०४ नं. रुममा लागुऔषध बिक्रिबितरण भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको विशेष टोलिले उक्त होटलको ५०४ नं.को रुमलाई चेकजाँच गर्ने क्रममा जेब्रा झोला भित्र लुकाई छिपाई राखेको कोडिविल (Codiwell0) ५० बोतल (प्रतिबोतल १०० ml) फेला परेको छ ।  उक्त होटल भित्र रहेको जिल्ला बारा, निजगढ नगरपालिका-७ बस्ने २८ वर्षीया सुस्मा तिमल्सिना र जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, कमाने बस्ने ३८ वर्षीय जग बहादुर तामाङलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-११-०३

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको वस्तुस्थिती तथा सम्पादित पछिल्लो गतिविधीको बारेमा जानकारी लिनुका साथै नागरिकमैत्री तवरले प्रभावकारी प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनुभएको छ । निरीक्षण तथा अवलोकन भ्रमण पश्चात प्रदेश प्रहरी प्रमुख थापाले काभ्रेपलाञ्चोक जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा नागरिक समाजका बिभिन्न व्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-११-०२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय नुवाकोटको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय नुवाकोटको बस्तुस्थिति र जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका बिभिन्न शाखाहरुको निरीक्षण गर्नुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणका क्रममा प्रदेश प्रहरी प्रमुख थापाले प्राकृतिक स्रोतको अवैध दोहन तथा तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।यसैगरी निरीक्षण तथा अवलोकन भ्रमण पश्चात प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले नुवाकोट जिल्लास्थित सुरक्षा समितिका पदाधिकारी, स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रतिनिधी तथा नागरिक समाजका बिभिन्न ब्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको छ । छलफलका क्रममा प्रदेश प्रहरी प्रमुख थापाले सबै सरोकारवाला निकाय र आम नागरिकहरुको सहकार्य र समन्वयमा मात्र प्रभावकारी शान्ति सुरक्षा कायम हुने र वस्तुनिष्ठ अपराध अनुसन्धान सम्भव हुने भएकाले निरन्तर सहयोग र समन्वय गर्दै अगाडि बढ्न सबै निकाय र नागरिक समाजका प्रतिनिधीहरुलाई आह्वान गर्नुभएको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१०-२७

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजार स्थितमा प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रण, लिएको छ । नियन्त्रणमा आउने राक्सिराङ गाउँपालिका-२ बस्ने वर्ष ४३ को जगत बहादुर ठोकर र सोहि बस्ने वर्ष ५१ की सन्चरी माया स्याङबो रहेका छन । निजहरुलाई मनहरी बजारमा हिडिरहेको अवस्थमा प्रहरीको बजार गस्ति टोलिले शंका लागि चेकजाँच गर्दा निजहरुले पछाडि भिर्ने झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा दुबै जनाको १० के.जि. ८७० ग्राम गाजाँ फेला परेको थियो । लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु
२०७९-१०-२६

चितवन, रत्ननगर नगरपालिका-९ टिकौली जंङ्गल स्थित पुर्वपश्चिम सडक खण्डमा टांडीबाट भरतपुर तर्फ जाँदै गरेको ना१६ प १७२७ नं.को मोटरसाईकल र भरतपुरबाट टांडी तर्फ आउँदै गरेको ना२१ प ७२५ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा ना२१ प ७२५ नं.को मोटरसाईकल चालक खैरहनी नगरपालिका-१ बस्ने वर्ष ४४ को राजेश बस्याल घाईते भई उपचारको लागि भरतपुर सरकारी अस्पताल भरतपुर पठाईएकोमा निजलाई चिकित्सकले मृत घोषणा गर्नुभएको थियो । दुबै सवारी साधन र ना१६ प १७२७ नं.को मोटरसाईकल चालक प्रहरीको नियन्त्रणमा रहेको । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

निरीक्षण तथा निर्देशन सम्बोधन
२०७९-१०-२६

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा रहेका बिभिन्न शाखाहरु, हिरासत कक्ष लगायतको निरीक्षण गर्नुको साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको बारेमा जानकारी लिनुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् प्रदेश प्रहरी प्रमुख थापाले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न, प्राकृतिक स्रोतको अवैध दोहन तथा तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो । यसैगरी निरीक्षण तथा अवलोकन भ्रमणकै क्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाले सिन्धुपाल्चोक जिल्लास्थित स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, बिभिन्न संघ संस्थाका प्रतिनिधी, नागरिक समाजका बिभिन्न ब्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको छ । छलफलका क्रममा प्रदेशको शान्ति, सुरक्षाका विषयमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै प्रदेश प्रहरी प्रमुख थापाले सबै सरोकारवाला निकाय र आम नागरिकहरुको सहकार्य र समन्वयमा मात्र प्रभावकारी शान्ति सुरक्षा कायम हुने र वस्तुनिष्ठ अपराध अनुसन्धान सम्भव हुने भएकाले निरन्तर सहयोग र समन्वय गर्दै अगाडि बढ्न सबै निकाय र नागरिक समाजका प्रतिनिधीहरुलाई आह्वान गर्नुभएको छ ।

दोलखामा एक कामदारको मृत्यु
२०७९-१०-२६

दोलखा, शैलुङ गाउँपालिका-३ गोफ्ले स्थित सगुन कन्ट्रक्सन सडक निर्माणमा लेबर काम गर्ने जिल्ला बाँके बैजनाथ गाउँपालिका-१ घर भएका बर्ष १७ को बिष्णु बि.क.को मृत्यु भएको छ । निज कामदारहरू बस्ने सडकको छेउमा बनाएको छाप्रो बाहिर पिसाव फेर्ने निस्किएकोमा लडि बेहोस अवस्थामा निजको बुवा मान बहादुर बि.क.ले देखि तत्काल उपचारको लागि शैलुङ स्वास्थ्य चौकीमा ल्याएका थिए । निज बि.क.को सामान्य उपचार पश्चात थप उपचारको लागी चरिकोट अस्पताल चरिकोटमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको भनि सोही अस्पतालको चिकित्सकले मृत घोषणा गर्नु भएको थियो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१०-२५

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१५ रातोमाटे स्थित रहेको प्रहरी चेक पोष्टबाट प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । भोर्ले तर्फ बाट रातोमाटे हाईवे तर्फ निस्किदै गरेको ना ४० प ४१७ नं.को २२० पल्सर मोटरसाईकललाई प्रहरीले चेज जाचँ गर्ने क्रममा मोटरसाईकलको लेगगार्डमा झुण्डाएको झोला बाट अन्दाजी १ के.जि. २०० ग्राम लागुऔषध गाँजा फेला परेको थियो । नियन्त्रणमा आउने मोटरसाईकल चालक हेटौडा-१५ बस्ने बर्ष १९ को सरोज भोलन र पछाडि सवार मकवानपुरगढि गाउँपालिका-८ बस्ने बर्ष १७/१८ को प्रकाश स्याङतान रहेका छन । प्रहरीले लागुऔषध सहित दुबै जना लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सवारी दुर्घटनामा परी एकको मृत्यु
२०७९-१०-२४

धादिङ, थाक्रे गाउँपालिका-६ महादेववेशी स्थित पृथ्वीलोकमार्गमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटना काठमाण्डौबाट गजुरी तर्फ जाँदै गरेको बाग्मती प्रदेश २-०२५ प ५१११ नं.को स्कुटर साईड लगाई पार्कीङ् गरी राखेको बा ४ ख २६५४ नं.को टिप्परको पछाडी ठक्कर खान गई सवारी दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटर चालक सोहि गाउँपालिका-११ सुन्दरटोल बस्ने वर्ष १५ को संगम लामा गम्भिर घाईते भएका थिए । घाईते लामाको उपचारको लागी धार्के स्थित रहेको शाही बाबा अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न
२०७९-१०-२३

श्रीमान प्रहरी महानिरीक्षकको मिति २०७९-१०-१९ गतेको निर्णय अनुसार यस बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा मकवानपुरबाट जिल्ला प्रहरी कार्यालय धादिङ सरुवा भई जान लाग्नुभएका प्रहरी उपरीक्षक गौतम मिश्रको बिदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले पुष्पगुच्छा, खादा र मायाको चिनो प्रदान गरी प्रहरी उपरीक्षक मिश्रको यस कार्यालयबाट बिदाई तथा आगामी कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको हो । कार्यक्रममा उपस्थित प्रदेश प्रहरी प्रबक्ता प्रहरी उपरीक्षक दिपक रेग्मी लगायत अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुले मिश्रको आगामी कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

चितवनमा झुण्डी दुई जनाको मृत्यु
२०७९-१०-२२

चितवन, भरतपुर महानगरपालिका-५ स्थितमा रहेको कामना बिकाश बैंकको ट्वाईलेटको भेन्टिलेटरको फलामको रडमा प्लाष्‍टिको डोरीले पासो लगाई सोही बैंकको गार्ड जिल्ला चितवन माडी नगरपालिका-९ अयोध्यपुरी घर भई हाल भरतपुर-५ गिरीचोकमा डेरा गरी बस्ने बर्ष ४२ को मिलन पण्डित झुण्डी मृत अवस्थामा फेला परेका छन । यस घटनाहरुको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । साथै राप्ती नगरपालिका-५ चौकिडाँडा स्थित बस्ने अन्दाजी २२/२३ वर्षीय सुमन स्याङतानको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको सुत्ने कोठामा फलामको पाईपको बलोमा तन्नाको पासो लगाई झुण्डिएको अवस्थामा निजको भाई गणेश स्याङतानलेदेखि तत्काल पासो काटी उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याईएकोमा निज सुमन स्याङतानको उपचारको क्रममा मृत्यु भएको हो । यस घटनाहरुको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०७९-१०-२२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक थापाले जिल्ला प्रहरी कार्यालय चितवन निरीक्षणको क्रममा चितवन जिल्ला स्थितका स्थानिय तहका जनप्रतिनिधी, समाजसेवी, राजनीतिक दल, संचारकर्मी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवार, बिभिन्न संघ संस्थाका प्रतिनिधी, नागरिक समाजका बिभिन्न ब्यक्तिहरूसँग छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । छलफलका क्रममा प्रदेशको शान्ति, सुरक्षाका विषयमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै प्रदेश प्रहरी प्रमुख थापाले सबै सरोकारवाला निकाय र आम नागरिकहरुको सहकार्य र समन्वयमा मात्र प्रभावकारी शान्ति सुरक्षा कायम हुने र वस्तुनिष्ठ अपराध अनुसन्धान सम्भव हुने भएकाले निरन्तर सहयोग र समन्वय गर्दै अगाडि बढ्न सबै निकाय र नागरिक समाजका प्रतिनिधीहरुलाई आह्वान गर्नुभएको छ  ।

निरीक्षण तथा निर्देशन
२०७९-१०-२२

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दीपक  थापाले  जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय चितवनको वस्तुस्थितिको जानकारी लिनुका साथै जिल्लाबाट सम्पादित पछिल्लो गतिविधीहरुको जानकारी लिनुभएको हो । निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक थापाले चितवन जिल्लाको भौगोलिक संवेदनशीलता लाई मनन गरी तस्करी नियन्त्रण गर्न, वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न, फैसला कार्यान्वयन तथा पेण्डिङ मुद्दा फर्स्यौटलाई प्राथमिकता दिन र पीडितलाई केन्द्रबिन्दुमा राखी गुनासो रहित ढंगबाट प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।

धादिङमा आगलागिबाट लाखौंको क्षति
२०७९-१०-२१

धादिङ, निलकण्ठ नगरपालिका-८ सांघुटार बस्ने अमृत सिटौलाको २ तले घरमा सञ्चालनमा रहेको सरिता ईन्टरप्राईजेट (भांडा पसलमा) अचानक बिधुत सर्ट भई आगलागी भएको छ । जिल्ला तनहुं शुक्ला गण्डकी नगरपालिका-२ दुलेगौडा बस्ने सरिता श्रेष्ठले उक्त सटर भाडामा लिई संचालन गरेको सरिता ईन्टरप्राईजेट (भांडा पसलमा) अचानक बिधुत सर्ट भई आगलागी भएको हो । आगलागिबाट पसल भित्र रहेको सरसामान, भांडाकुडा, कागजपत्र तथा घर (दुई वटा कोठा) सहित गरी अन्दाजी १५,००,००/- (पन्ध्र लाख) बराबरको क्षति भएको छ । साथै सोहि आगलागीबाट त्रिपुरा सुन्दरी गाउँपालिका-८ बस्ने बिकाश ठकुरीले सोहि स्थितमा संचालन गरेको (सजिना खाजा घर) होटेलमा समेत आगलागी हुँदा, होटेल भित्र रहेको अन्दाजी ५०/६० हजार बराबरको सरसामान जलि क्षती भएको छ । आगोबाट कुनै मानबिय तथा चौपाय क्षति नभएको । उक्त आगो नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलि खटिई गई दमकल तथा स्थानियको सहायताबाट पुर्ण रुपमा नियन्त्रणमा लिएको थियो ।  यस घटना बारे थप अनुसन्धान कार्य भईहेको छ ।

झुण्डी मृत्यु
२०७९-१०-२०

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ आमभन्ज्याङ (पेटीटोल) बस्ने अक्कल बहादुर दोङको छोरा २२ वर्षीय पेमा दोङको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको सुत्ने कोठाको निदालमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । साथै रामेछाप दोरम्बा शैलुङ गाउँपालिका-३ थामचौर ३ बस्ने लिला बहादुर सार्कीको श्रीमती वर्ष ४० की रमिला बसेलको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको बलोमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । साथै नुवाकोट, बिदुर नगरपालिका-८ जफती स्थित बस्ने देबेन्द्र प्याकुरेलको छोरी अन्दाजी वर्ष २१ की दिपिका प्याकुरेलको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घर देखि अन्दजी १०० मिटर उत्तर पर्ने मान्छे नबस्ने घरको ट्रसको पाईपमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत्यु अवस्थामा फेला परेकी थिईन । साथै दोलखा, मेलुङ गाउँपालिका-१ पोवटी बस्ने अन्दाजी वर्ष ३२ को रुपक मुग्रातीको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाहरुको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-१०-१८

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोष्ट स्थित पुर्ब पश्चिम सडक खण्डमा प्रहरीले लागुऔषध  सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ४ जना चेकिङ टोलिले सर्लाही बाट काठमाण्डौ तर्फ आउँदै गरेको प्रदेश.२-०३-००९ प ७८९६ नं.को मोटरसाईकलमा सवार जिल्ला सर्लाही मलङवा नगरपालिका-१०, जिल्ला विकास समिती चोक बस्ने अन्दाजी १८ वर्षीय राज झा र सोहि स्थित बस्ने अनिल कुमार यादवलाई चेकजाँच गर्ने क्रम्मा १६ (पत्ता) १६० पिस (NITRAZEPAM (TAP 10MG) लागुऔषध फेला परेका थिए । निजहरूलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ । 

प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाद्वारा पदभार ग्रहण
२०७९-१०-१२

बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा प्रहरी नायव महानिरीक्षक दिपक थापाले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । नेपाल सरकार, (माननीय उप-प्रधानमन्त्री तथा गृह मन्त्रीस्तर) को मिति २०७९ पौष२९ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, काठमाण्डौबाट बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको थियो । बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक थापालाई बागमती प्रदेश प्रहरी कार्यालयमा स्वागत गरिएको छ । पदभार ग्रहण पश्चात प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले बागमती प्रदेश प्रहरीको अवस्था तथा समग्र कार्यसंचालन बारेमा संक्षिप्त प्रस्तुतीकरण दिनु भएको थियो । त्यसैगरीप्रदेश प्रहरी प्रमुख दिपक थापालेतस्करी नियन्त्रण गर्ने, पिडितलाई प्राथमिकतामा राखी प्रदेशको शान्ति सुरक्षा कायम गर्ने, वस्तुनिष्ट अपराध अनुसन्धान गर्ने, विगतदेखि पेण्डिङमा रहेका मुद्धाहरुको अनुसन्धान गर्ने, फरार अपराधी पक्राउ गर्ने, प्रहरी कर्मचारीको मनोवलमा बृद्धि गरी कार्यमा लगाउन उत्प्रेरणाका क्रियाकलाप संचालन गर्ने लगायतको विषयहरु आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रहरु भएको हुँदा सोही अनुसार कार्यसम्पादन गर्न गराउन हुन कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-१०-१२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिसलाई नियन्त्रणमा लिईएको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलिले सर्लाही जाने बसमा चढ्न लागेको जिल्ला चितवन राप्ती नगरपालिका-९, बस्ने अन्दाजी ४० वर्षीया टेकमाया गुरुङ र सोहि बस्ने अस्मिता प्रजालाई संका लागि चेकजाँच गर्ने क्रममा पछाडी भिर्ने झोलामा लुकाई छिपाई लादैँ गरेको लागुऔषध गाँजा २१ किलो फेला  परेका थिए । लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-१०-०९

मकवानपुर, मनहरी गाउँपालिका-८, दारिमबास स्थित भित्रि सडक खण्डमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले कान्द्राङबाट मनहरी तर्फ आउँदै गरेको बा ४ ख ५१४८ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला पर्सा पटेर्वा सुगौली गाउँपालिका-८, रंगपुरटारी बस्ने अन्दाजी ५० वर्षीय शेख भिखारीले बोकेको झोला भित्र अन्दाजी १ किलो लागुऔषध अफिम जस्तो देखिने पदार्थ फेला परेका थिए । निज शेख भिखारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

चरेश सहित मानिस नियन्त्रणमा
२०७९-१०-०९

धादिङ, थाक्रे गाउँपालिका-२, समनटार स्थित महादेवबेशी-पालुङ भित्री सडकखण्डमा विशेष सुचनाको आधारमा प्रहरीले लागुऔषध चरेश सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरी चौकी महादेवबेशीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालयको खानीखोलबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोलि खटी गई पालुङबाट महादेवबेशी तर्फ आउँदै गरेको बा.५.ख ६५९० नम्बरको यात्रुबाहक बस चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर थाहा नगरपालिका-८, बस्ने ३५ वर्षीय लक्ष्मी पुरीले बोकेको पछाडि भिर्ने झोला भित्र ८.५ किलो चरेश फेला परेका थिए । निज लक्ष्मी पुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न
२०७९-१०-०४

नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको मिति २०७९ साल पौष २८ गतेको निर्णयअनुसार यस बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट तालुक नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्साल, काठमाडौं काज खटी जान लाग्नुभएका बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको विदाई तथा फेरी भेटौँला कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले प्रहरी नायव महानिरीक्षक बज्राचार्यको आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुका साथै फूलमाला, खादा र मायाको चिनो प्रदान गरी बिदाई गर्नुभएको थियो भने प्रदेश प्रहरी प्रमुख बज्राचार्यले बागमती प्रदेश प्रहरी कार्यालयमा रहँदा बस्दाको अनुभव व्यक्त गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सकल दर्जाका प्रहरी कर्मचारीहरूले मायाको चिनो, माला, खादा र पुष्पगुच्छा प्रदान गरी प्रदेश प्रहरी प्रमुख बज्राचार्यको विदाई गर्नुका साथै आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सवारी दुर्घटना
२०७९-०९-२९

मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरे भलादमी चोक स्थित पूर्वपश्चिम सडकखण्डमा ना ३९ प १४३९ नं.को स्कुटर दुर्घटना अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा ९ जनाको टोली खटी गई हेर्दा जिल्ला मकवानपुर मनहरी गाउँपालिका-८ बस्ने अन्दाजी ३२ वर्षीय धर्मराज मोक्तान, सोहि बस्ने मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३, लावती बस्ने  रुपेश तामाङ गम्भिर घाईते अवस्थामा फेला परेका थिए । निजहरूलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाईएकोमा चिकित्सकले मृत घोषणा गरेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७९-०९-२७

मकवानपुर, हेटौडा उपमहानगरपालिका-११, थानाभर्‍याङ स्थित पूर्व पश्चिम सडकखण्डमा विशेष सुचनाको आधारमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले मनहरीबाट हेटौंडा तर्फ आँउदै गरेको ना८ख ९५३ नं. को बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-१, बस्ने ६० वर्षीय डिल बहादुर चेपाङले बोकेको झोलाबाट लागुऔषध गाँजा ५ किलो ७०० ग्राम र  सोहि बस्ने १९ वर्षीय प्रकाश चेपाङले बोकेको झोलाबाट १ किलो ३०० ग्राम लागुऔषध गाँजा फेला परेका थिए । निज डिल बहादुर चेपाङ र प्रकाश चेपाङ दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०९-२५

सिन्धुली, कमलामाई नगरपालिका-९ स्थित भिमान चेकपोष्ट नजिकै बि.पि.राजमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा धरान बाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ४  ख ५०६० नं. को हायसको बाया तर्फको ५ नं. सिटमा सवार जिल्ला काठमाण्डौ किर्तिपुर नगरपालिका-१०, बस्ने ३७ वर्षीय नरेश श्रेष्ठले लगाएको कालो रङको ज्याकेटको बाहिरी खल्तीमा कालो प्लाष्टिकमा पोका पारी राखिएको खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ अन्दाजी ५.८ ग्राम सहित निज लाई पक्राउ गरी यस कार्यालयमा ल्याई आवस्यक अनुसन्धान गर्दा निजको साथमा रेडमि कम्पनी र स्यामसुङ कम्पनीको मोबाईल थान १-१ र नगद रु ३८,०००(अर्तिस हजार) सहित नियन्त्रणमा लिईएको ।  घटना सम्बन्धी आवश्यक अनुसन्धान कार्य भईरहेको । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०९-२५

सिन्धुली, कमलामाई नगरपालिका-९ स्थित भिमान चेकपोष्ट नजिकै बि.पि.राजमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्र.३-०१-००६ ख ०६२६ नं.को बसबाट झरी सडकमा हिड्दै गरेको अवस्थामा जिल्ला पाचथर फिदिम नगरपालिका-१ बस्ने बर्ष २१ को बबिन थापा मगरले लगाएको कालो रङको ज्याकेटको बायातर्फको भित्री खल्तिमा कालो प्लाष्टिकमा बेरी खुकुरी चुरोटको बट्टाभित्र पोका पारी राखिएको हिरोईन जस्तो देखिने पदार्थ अन्दाजी ५८० मिलिग्राम र निज सगै हिड्दै गरेको निजकै साथी सोहि बस्ने बर्ष २० को आयुस मुखियाको सोहि बसभित्र राखेको खैरो कालो रङको साईडमा भिर्ने झोलाको भित्री भागमा कागजको झोलामा रहेको अन्दाजी ९० ग्राम गाजा जस्तो देखिने पदार्थ फेला पारेको थियो । प्रहरीले दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

नक्कली नोट सहित १ जना पक्राउ
२०७९-०९-२४

चितवन, कालिका नगरपालिका-१ डेरीचोक स्थितबाट प्रहरीले नक्कली नोट कारोबारमा संलग्न १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका १ गोगनपानी घर भई हाल चितवनको कालिका नगरपालिका-१ स्थितमा डेरा गरी बस्ने  ४२ वर्षीया गंगा थिङ्ग रहेकी छिन । निज थिङ्गले नक्कली नेपाली नोट कारोबार गरी रहेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरीको टोलीले निजको कोठामा खानतलासी गर्दा १ लाख ३६ हजार  नक्कली नोट बरामद गरेको हो । पक्राउ परेका थिङ्को साथबाट नक्कली जस्तो देखिने रु. १ हजारको नेपाली नोट १० थान, राष्ट्रिय वाणिज्य बैंकको १० लाखको चेक, मोवाईल १ थान र ल्यापटप १ थान बरामद भएको थियो । यस घटना बारे थप अनुसन्धान भईरहेको छ । 

आगलागीमा परी एक बालकको मृत्यु
२०७९-०९-२१

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-४ लप्से स्थित बस्ने सोहि वडाको वडाध्यक्ष सुर्के तामाङको लप्से युवा पशुपंक्षी फर्ममा अचानक आगलागि भएको छ । उक्त आगो पशुपंक्षिको दाना तथा पराल राखेको फर्मको कटेरोबाट सुरु भएको थियो । आगोमा सोहि फर्ममा काम गर्ने सोहि बस्ने बर्ष २५ की निर्जला कार्कीको छोरा बर्ष ३ को निर्जल कार्की उक्त आगोमा परी मृत्यु भएको छ । आगो प्रहरी र स्थानियहरुको सहयोगमा पुर्णरुपमा नियन्त्रणमा आएको हो । उक्त आगोबाट गोठ, दाना ढुटो र पराल जलि अन्दाजी रू ६,१४,०००।– (छ लाख चौध हजार) बराबरको क्षती भएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  

अबैध अमेरिकी डलर देखाई ठगी गर्ने मानिसहरु नियन्त्रणमा
२०७९-०९-२०

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१७ सालकपार्क स्थित प्रहरीले बिशेष सुचनाको आधारमा अबैध अमेरिकी डलर देखाई ठगी गर्ने ४ जना मानिसहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा आउने जिल्ला सिन्धुपाल्चोक बाह्बिसे नगरपालिका-३ बस्ने बर्ष अन्दाजी २१ को सोम बहादुर बम्जन, सोहि बस्ने बर्ष अन्दाजी ३३ को दिबस बम्जन, सोहि नगरपालिका-४ बस्ने बर्ष अन्दाजी २८ को कान्छा तामाङ र त्रिपुरासुन्दरी गाउँपालिका-३ बस्ने बर्ष अन्जी २८ को सुक्र तामाङ रहेका छन । निजहरुले प्रयोग गरेको बा.५० प ९३७२, बा.प्र.०२-०३४ प ४२८७, बा.प्र.०२-०१९ प ९६२६ नं.को मोटरसाईकल, अमेरिकी डलर १७४१ र नेपाली रु.६,२१०।- (छ हजार दुई सय दश) सहित नियन्त्रणमा लिएको छ । यस घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

प्रहरी दर्पण कार्यक्रम प्रशारण सम्झौता नवीकरण
२०७९-०९-१९

प्रहरी गतिविधीलाई संचार माध्यम मार्फत आम नागरिक समक्ष पुर्‍याउने सन्दर्भमा संचार माध्यमसंग औपचारिक समन्वयका साथ अगाडि बढ्ने मूल अभिप्रायका साथ बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाद्वारा निर्माण गरी सर्बोत्कृष्ट मिडिया प्रा.लि. द्वारा संचालित नेशनल गोल्ड टेलिभिजनबाट पाक्षिक रुपमा प्रशारण गरिँदै आएको प्रहरी दर्पण कार्यक्रम प्रशारण सम्बन्धी सम्झौता नवीकरण पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र सर्बोत्कृष्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक उज्वल चौलागाइँले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०९-१८

सिन्धुली, कमलामाई नगरपालिक-९ स्थित रहेको प्रहरी चेकपोष्टमा प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँच गर्ने क्रममा बर्दिबास बाट काठमाण्डौ तर्फ जाँदै गरेको ना. १ ज. ६८१५ नं. को सुमोमा सवार जिल्ला महोत्तरी बर्दिबास नगरपालिका-४ बस्ने अन्दाजी वर्ष १९ को जय कुमार कार्कीले बोकी ल्याएको खैरो रंगको लेदरको झोला भित्र लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा नियन्त्रित NITRAZEPAM  ( १० पत्ता मध्य २ पत्ताको ९ पिस ट्याबलेट निकालिएको अवस्थामा २९१ ( दुई सय एकानब्बे ) पिस लागुऔषध फेला पारेको थियो । उक्त लागुऔषध सहित निज जय कुमार कार्कीलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भैरहेको छ । 

लागुऔषध सहित २ जना मानिसहरु प्रहरीको नियन्त्रणमा
२०७९-०९-१७

सिन्धुली, सुनकोशी गाउँपालिका-६ कानढुग्रे स्थित वि.पि राजमार्गमा प्रहरीको चेकिङ टोलीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । प्रहरीले धनुषाबाट काठमाण्डौ तर्फ आउँदै गरेको चालक जिल्ला धनुषा मिथिला नगरपालिका-९ वस्ने वर्ष २२ को धिरज ठाकुरले चलाई ल्याएको प्रदेश ३-०२-०११ प ८८८६ नम्बरको मोटरसाईल रोकी चेकजाँच गर्दा सोही मोटरसाईकल पछाडी सवार सोहि मिथिला-९ बस्ने वर्ष २६ को सर्वन साहले लगाएको ज्याकेटको दायाँ खल्तीबाट औषधि जन्य लागुऔषध फेला परेको थियो । निजहरुको साथबाट Codeine phosphate (Exiplon) लेखिएको १०० ML को ४ बोतल जम्मा ४००ML, Nitrazepam(Nitravet) लेखिएको ३ पत्तामा जम्मा ४४ ट्याप्लेट, Spasmo-proxyvon plus लेखिएको २ पत्तामा १४ ट्याप्लेट लागुऔषध फेला परेको थियो । प्रहरीले उक्त मोटरसाईकल सहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अन्य अनुसन्धान कार्य गरिरहेको छ । 

मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
२०७९-०९-१५

मकवानपुर, बकैया गाउँपालिका-५ तिनतले स्थित धरानचतरा सडकखण्डमा हेटौडाबाट फापरबारी तर्फ जाँदै गरेको ना २२ प ९९७७ नं.को मोटरसाईकललाई सोही दिशा तर्फ जाँदै गरेको ना ७ ख १३५२ नं.को सिमेन्ट लोड ट्रकले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक हेटौडा-१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जनको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा ट्रक चालक जिल्ला बारा निजगढ नगरपालिका-९ बस्ने २५ वर्षीय सुर्य बहादुर घिमिरेको शरिररको बिभिन्न भागमा चोट, अवस्था मध्यम रहेको, सोहि ट्रकमा सवार सहचालक निजगढ-४ बस्ने अन्दाजी २०/२५ वर्षीय टोकल जिम्बाको टाउकोमा चोट, अवस्था गम्भिर रहेको र मोटरसाईकलमा सवार हेटौडा-१८ फुर्केचौर बस्ने अन्दाजी ३५/४० वर्षीय हिरामाया लोप्चनको शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर रहेको छ । घाईते भएका मानिसहरुको उपचार हेटौडा अस्पताल तथा चुरेहिल अस्पतालमा भईरहेकोमा ट्रकको सहचालक जिम्बाको थप उपचारको चितवन पुरानो cmc रिफर गरिएको छ । मोटरसाईकल चालक भम्जनको हेटौडा अपतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गर्नुभएको थियो । यस घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

कारले मोटरसाईकललाई ठक्कर दिदा २ जना गम्भिर घाईते
२०७९-०९-१३

काभ्रे, बनेपा नगरपालिका-१४ लहरीखर्क स्थितमा भक्तपुरबाट बनेपा तर्फ आउँदै गरेको बा.९च.९८२४ नम्बरको कारले बनेपा बाट साँगा तर्फ जाँदैगरेको बा.६४ प.६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जना मानिस गम्भिर घाईते भएका छन । घाईते हुने मोटरसाईकल चालक रोशी गाउँपालिका-२ बस्ने २२ वर्षीय पेम्बा लामा दाँया हात, दाँया खट्टा फ्याक्चर अवस्था मध्यम रहेको सोहि मोटरसाईकलमा सवार सोहि बस्ने २१ वर्षीय अम्बर  लामा  बाहिरी चोट नभएको  अवस्था गम्भिर बोल्न नसक्ने रहेको । घाईतेहरुको उपचारको लागि शिरमेमोरीयल अस्पताल बनेपा पठाएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

बसमा मोटरसाईकल ठक्कर खाँदा एकको मृत्यु
२०७९-०९-१२

काभ्रे, नमोबुद्ध नगरपालिका-२ बुच्चाकोट स्थित बि.पि. राजमार्गमा बसमा मोटरसाईकल ठक्कर खादाँ मोटरसाईकलमा सवार मानिसको मृत्यु भएको छ भने मोटरसाईकल चालक मध्यम घाईते भएका छन । मृत्यु हुने मानिस जिल्ला सिन्धुली दुधौली नगरपालिका डकाहा बस्ने अन्दाजी २०/२५ वर्षीय सुमन काफ्ले रहेका छन । धुलिखेलबाट भकुण्डे तर्फ जाँदै गरेको प्रदेश १-००१ प ०८८९ नं.को मोटरसाईकलले  सोहि दिशा तर्फ जादै गरेको बागमति प्रदेश ०२६ च ५२१० नं.को कारलाई ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउँदै गरेको बा ४ ख ६२७ नं.बसमा ठक्कर खादाँ दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका व्यक्तिहरुको उपचारको लागी धुलिखेल अस्पताल पठाईएको थियो । मृतक निज काफ्लेलाई धुलिखेल अस्पातालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गर्नु भएको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

चोरीको चाँदी सहित मानिस प्रहरीको नियन्त्रणमा
२०७९-०९-०९

मकवानपुर, मकवानपुरगढी गाउँपालिका-२ बासपानी बस्ने २० वर्षीय सन्तोष मगरको घरमा प्रहरीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा निजको घरमा अन्दाजी ९५ तोला चादी फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा मकवानपुरले जिल्ला भक्तपुर कमल विनायकबाट बा५३प ७५९७ नं.को अपाचे मोटरसाईकलमा सावर व्यक्तिले चादी चोरी गरी फरार भएको भनि हुलिया सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रिले गरेकोमा विशेष सूचनाको आधारमा उक्त मोटरसाईकल चालकलाई खोजतलाश गर्दै जाने क्रममा उक्त नं.को मोटरसाईकल मकवानपुरगढी-२ बासपानी बस्ने सन्तोष मगरको घरमा देखेपछि  सोधपुछ गर्ने क्रममा शंका लागि चेकजाँच गर्दा निजको घरमा स्रोत नखुलेको अन्दाजी ९५ तोला चादी फेला परेको थियो । प्रहरीले मोटरसाईकल, मोटरसाईकल चालक र चादी सहित नियन्त्रणमा लिएको छ । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

महेन्द्र पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०७९-०९-०८

चितवन, राप्ती नगरपालिका-२ गड्यौलि स्थित पुर्ब पश्चिम राजमार्गमा महेन्द्र पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । पुर्बबाट नारायणगढ तर्फ आउँदै गरेको प्र.२-०३-००१ च १७९२ नं.को महेन्द्र पिकअप पैदल यात्री देश भारत घर भई हाल सोहि गड्यौलि बस्ने अब्दुल मसिनको छोरा ९ वर्षीय महमद एकलासलाई ठक्कर दिएको थियो । उक्त पिकअपको ठक्करबाट निज बालकको टाउकोमा चोट, अवस्था सिरियस रहेको थियो । घाईते भएका बालक एकलासको उपचार पुरानो मेडिकल कलेज भरतपुर भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

मकवानपुरमा झुण्डी २ जनाको मृत्यु
२०७९-०९-०७

मकवानपुर, हेटौडा उप-महानगरपालिका-९ स्थित औद्दोगिक क्षेत्र भित्र जिल्ला बारा बिसरमपुर गाउँपालिका-१ घर भई हाल हेटौडा नेस्लन स्टक्चर ईञ्जिनेरिङ कम्पनीमा काम गर्ने राम बिसाल राउट कुर्मीको छोरा २४ वर्षीय बलिराम कुमार पटेल कम्पनिले दिईएको क्वाटरको भित्र सिलिङमा रहेको फलामको पाईपमा नरिवलको डोरिले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । साथै हेटौडा उप-महानगरपालिका-१४ बदेलधाप बस्ने करण वाईवाको श्रीमती २० वर्षीय शुसिला वाईवाको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको शौचालयमा नाम्लाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन यस घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुपाल्चोकमा करेन्ट सर्ट भई आगलागि
२०७९-०९-०७

सिन्धुपाल्चोक, जुगल गाउँपालिका-४ मान्जे बस्ने सुसिला सिलवालको घर संगै जोडेर बनाएको कटेज भित्र अचानक करेन्ट सर्ट भई आगलागी भएको छ । आगलागिबाट उक्त कटेज भित्र पार्किङ गरी राखेको चौतारा साँगाचोकगढी नगरपालिका-५ बस्ने साजन श्रेष्ठको बा.प्र.०२-०१९प ७०४२ नं. को १२५ सि.सि.को निलो स्कुटर पुर्ण रुपमा जली क्षती भएको, जुगल गाउँपालिका-२ लिदी बस्ने सुनलाल दोङको बा.प्र.०२- ०२१प ४१३८ नं.को २२० सि.सि.को रातो पल्सर मोटरसाईकलको अगाडीको भाग जली क्षती भएको, निज सुसिला सिलवालको अन्दाजी मुल्य रु.२०,०००(बिस हजार) बराबरको कटेज र चौपायमा कुखुरा १ चल्ला ४ जली क्षती हुँदा जम्मा अन्दाजी मुल्य रु. १८८,०००(एक लाख अठासी हजार) बराबरको क्षती भएको छ । आगलागिबाट कुनै मानविय क्षती नभएको, उक्त आगलागि स्थानियको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको हो । यस घटनाको बारेमा थप अनुसन्धान कार्य भईरहेको छ । 

यात्रुवाहक बसले ठक्कर दिदा १ जनाको मृत्यु
२०७९-०९-०६

मकवानपुर, मनहरी गाउँपालिका-९ खरङगा स्थित पुर्व पश्चिम सडक खण्डमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुने जिल्ला भोजपुर भोजपुर नगरपालिका-७ कोदार बस्ने ४५ वर्षीय सिता मिजार रहेकी छिन । निज मिजार काकडभिट्टा बाट स्याङजातर्फ जाँदै गरेको ना५ख ६१०३ नं.को बसमा सवार भई आएकोमा सोहि स्थानमा चिया खान रोकिएको अवस्थामा बाटो क्रस गर्ने क्रममा झापाबाट पोखरातर्फ आउँदै गरेको लु२ख ४६०७ नं.को यात्रुवाहक बसले ठक्कर दिदा घाईते भई उपचारको लागि चुरेहिल अस्पताल हेटौडातर्फ पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । निजको टाउकोमा चोट, अवस्था गम्भिर रहेको थियो । यस घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ । 

काभ्रेमा भवन उद्घाटन सम्पन्न
२०७९-०९-०४

ईलाका प्रहरी कार्यालय देवीटार काभ्रेको नवनिर्मित भवन समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा नवनिर्मत कार्यालय, ब्यारेक तथा भान्छाघरको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको उक्त भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले भौतिक पूर्वाधारको विकासले प्रहरीको काम कारबाहीलाई अझ ब्यवस्थित र प्रभावकारी तवरले सम्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

सिन्धुपाल्चोकमा किराना पसलमा चोरी
२०७९-०९-०३

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-४ नौबिसे बस्ने ४४ वर्षीय बलराम भण्डारीको किराना पसलमा चोरी भएको छ । पसल भित्र टिनको ट्याङ्कामा राखिएको सुनको गरगहना र नगद चोरी भएको छ । चोरले रातको समयमा घरको किराना पसलको ढोकाको भित्रको लक बाहिरबाट ढकेली खुस्काई किराना पसल भित्र प्रवेश गरी किराना पसल भित्र राखिएको टिनको ट्याङ्काको लक खुस्काई ट्याङ्का भित्र रहेको उक्त गहना र नगद चोरेको हो । चोरी भएको सुनको गरगहाना सिक्री, तिलहरी (२ वटा), रिङ (१ जोर), मंगलशुत्र, औठी गरी अन्दाजी ६ टोला र नगद रू. २०,०००/- (बीस हजार) गरी जम्मा रू. ६५०,०००(छ लाख पचास हजार) बराबरको धनमाल चोरले चोरी गरेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

चितवनमा झुण्डी २ जनाको मृत्यु
२०७९-०९-०२

चितवन, भरतपुर महानगरपालिका-१९ शारदानगर घर भइ हाल भरतपुर-२ क्षेत्रपुर रामेश्वर मन्दिर स्थित रहेको सितली श्रेष्ठको घरमा डेरा गरि बस्ने १९ वर्षीय बिनिता नेपालीको झुण्डी मृत्यु भएको छ । निज किचेन रुमको पङ्खा झुण्डाउने रडमा सलको पासो लगाइ झुण्डी मृत अवस्थामा फेला परेकी थईन । साथै चितवन कै कालिका नगरपालिका-६ कुमालटोल बस्ने जीवन कुमालको श्रीमती ३५ वर्षीय गोमा कुमालको पनि झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरमा आंफु सुत्ने कोठाको पंखाको हुकमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको बारेमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

मकवानपुरमा एक महिलाको मृत्यु
२०७९-०९-०१

मकवानपुर, हेटौडा उप-महानगरपालिका-५ सानोपोखरा बाटिका टोल डेरा गरि बस्ने २१ वर्षीय मनिका थापाको मृत्यु भएको छ । थाहा नगरपालिका-७ आग्रह घरभई हाल हेटौडा-५ सानोपोखरा बाटिका टोल डेरा गरि बस्ने निजको फुपुदिदि बर्ष ४१ कि सरिता खत्रि सगै निज थापा बस्दै आएकी थिईन । बेलुकी टाउको दुख्यो भनि निजको फुपुदिदिले झाक्रीकोमा लगि उपचार गराईसँगै कोठमा सुतेकोमा ओछ्यानमा बेहोस अवस्थमा देखि घरबेटि, छिमेकी र निज फुपुदिदीले उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा निज मनिका थापाको मृत्यु भएको थियो । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०९-०१

धादिङ, धुनिबेशी नगरपालिका-७ नौबिसे बजारमा ईलाका प्रहरी कार्यालय, खानिखोलाबाट प्रहरी नायाव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । पालुङबाट नौबिसे तर्फ आउँदै गरेको प्र.३-०३-०३ प ११८ नं. को स्कुटरलाई प्रहरीको उक्त टोलीले शंका लागि रोकी चेकजाँच गर्दा लागुऔषध गाँजा ६.५ किलो (6.5 kg) बोरामा फेला परेको हो । प्रहरीले काठमाडौं महानगरपालिका-१५ स्वयम्भु बस्ने २६ वर्षीय सन्तोष महर्जन र २१ वर्षीय सर्जन देउला लाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

भवन उद्घाटन सम्पन्न
२०७९-०८-२८

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको परिसरमा नवनिर्मित क्वाटर गार्ड, आन्तरिक प्रशिक्षणालय, प्रशिक्षार्थी ब्यारेक र भान्छाघरको उद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहज्यूको प्रमुख आतिथ्यतामा नवनिर्मित भवनहरुको उद्‍घाटन कार्यक्रम सम्पन्न भएको छ । भवन उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले भौतिक पूर्वाधारको विकासले प्रहरी तालिम केन्द्रमा संचालन हुने प्रशिक्षण लगायतका गतिबिधीहरु अझ ब्यवस्थित र प्रभावकारी तवरले संचालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारको नियमित बजेटबाट निर्माण सम्पन्न भएको उक्त भवन उद्‍घाटन समारोहमा दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारी, उप प्रमुख चन्द्र किशोर थारु, नेपाली सेनाका सहायक रथी शक्ति जंग बस्नेत, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मसउद आलम खाँ, अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरु, स्थानिय तहका जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधी, संचारकर्मी लगायत अन्य स्थानियहरुको समेत सहभागिता रहेको थियो । 

भवन उद्घाटन सम्पन्न
२०७९-०८-२६

जिल्ला प्रहरी कार्यालय, रामेछापको परिसरमा निर्मित कार्यालय प्रमुख निवास तथा सिनियर प्रहरी अधिकृत निवासको समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले भौतिक पूर्वाधारको विकासले प्रहरीको काम कारबाहीलाई अझ ब्यवस्थित र प्रभावकारी तवरले सम्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारको नियमित बजेटबाट निर्माण सम्पन्न भएको उक्त भवन उद्घाटन समारोहमा रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, स्थानिय जनप्रतिनिधी, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी लगायत अन्य स्थानियहरूको समेत सहभागिता रहेको थियो । 

नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
२०७९-०८-२४

बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा नि:शुल्क स्वास्थ सिविर सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघ र सशस्त्र प्रहरी परिवार महिला संघको संयुक्त आयोजना तथा कलेज अफ मेडिकल साईन्सेस चितवनसँगको सहकार्यमा उक्त सिविर सम्पन्न भएको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह प्रमुख अतिथ्यता तथा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष अनिता लामिछाने अर्याल र बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको विशिष्ट आतिथ्यतामा उक्त स्वास्थ्य सिविर सम्पन्न भएको हो ।शिविरमा नि:शुल्क भिडियो ऐक्स-रे तथा  इसिजी सेवा,  मृगौला तथा मुत्ररोग परीक्षण, रक्तचाप तथा मधुमेह परीक्षण, छाला सम्बन्धी परीक्षण, हाड जोर्नी तथा नशा सम्बन्धी परीक्षण र स्त्री तथा प्रसुती रोगसम्बन्धी परीक्षण गरिएको थियो । स्वास्थ्य जाँच पश्चात् नि:शुल्क औषधी समेत वितरण गरिएको थियो ।नि:शुल्क स्वास्थ्य सिविरमा नेपाल प्रहरीका २ सय ३१ जना तथा सशस्त्र प्रहरी वल नेपालका ४५ जना सकल दर्जाका कर्मचारीहरू तथा १५ जना प्रहरी कर्मचारी परिवारका सदस्य गरी २ सय ९१ जनाले नि:शुल्क स्वास्थ्य सेवा लिनुभएको थियो । जसमा महिलाको संख्या ७३ जना र पुरुषको संख्या २ सय १८ जना रहेको थियो । मिति २०४१ साल भाद्र ४ गते नेपाल प्रहरी श्रीमती संघ नामक मुनाफा रहित संस्थाको स्थापना भएको हो । स्थापना कालदेखि नै संस्थाले प्रहरी परिवारका महिलाहरूको मात्र नभै समग्र महिलाहरूको सिप विकास, आय आर्जन, स्वास्थ्य, शिक्षा, क्षमता अभिवृद्धि जस्ता विभिन्न बिषयहरूमा सचेतनाको लागी कार्यक्रमहरू संचालन गर्दै आईरहेको छ । यसका साथै संस्थाले अमर प्रहरी परिवार, घाईते, दिर्घरोगी प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति, आर्थिक सहयोग, सहारा विहिन वृद्ध वृद्धाहरूलाई राहत सहयोग तथा समय समयमा नि:शुल्क स्वास्थ्य शिविर पनि सचालन गर्दै आईरहेको छ । नेपाल प्रहरी श्रीमती संघको सक्रियतामा हालसालै बहालवाला प्रहरी कर्मचारी, निजका परिवारजन, अमर प्रहरी परिवार र पूर्व प्रहरी परिवारको स्वास्थ्य उपचार सेवामा छुट प्रदान गर्न चितवन मेडिकल कलेज शिक्षण अस्पताल र मेघा अस्पतालसँग सम्झौता पत्रमा हस्ताक्षर भई कार्यान्वयन समेत भईरहेको छ । त्यसैगरी शैक्षिक छात्रवृत्ति प्रदान गर्न देशका विभिन्न शैक्षिक संस्थाहरूसँग समेत सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ ।  

बलेरो र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना
२०७९-०८-२२

चितवन, ईच्छाकामना गाउँपालिका-३ फिस्लिङ स्थित पृथ्वी राजमार्गमा बलेरो र मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । नारायणगढबाट काठमाडौ जाँदै गरेको ना४१प ५४८ नं. मोटरसाईकल र सोहि दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३-००१ च १६८२ नं.को बलेरो एक आपसमा ठक्कर खाँदा दुबै सवारी साधन सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनामा मोटरसाईकल चालक जर्मनि नागरिक ६० वर्षीय Michael Meyer Olbersleben (पासवर्ड नं. 246378959 भएको) घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याई ईसिजि गरी हेर्दा निजलाई चिकित्सकले मृत घोषणा गरेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

मानिस मृत अवस्थामा फेला
२०७९-०८-२२

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-४ जलजले स्थित मसाने खोलाको भिरको गोरेटो बाटो देखि १०० मिटर तल जंगलमा मृत मानिसको लाश फेला परेको छ । लाश जिल्ला दोलखा शैलुङश्वरी गाउँपालिका-३ मागादेउराली बस्ने ७६ वर्षीय रत्न बहादुर श्रेष्ठ रहेका छन । निज त्रिपुरासुन्दरी गाउँपालिका-४ जलजले स्थित रहेको आफ्नै जग्गा हेर्न घरबाट निस्केका थिए । जग्गा हेर्न निस्केका निज श्रेष्ठ हराई बेपत्ता भएका थिए । घटनास्थल मुचुल्का तथा लाशको पोष्टमार्टम प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा भईहेको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

तालिम समापन
२०७९-०८-१९

बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको तत्वावधानमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाद्वारा बागमती प्रदेश प्रहरी गण हेटौंडामा संचालित रेडियो अपरेटर ग्रेड थ्री (प्र.ज.) तालिम १६ औं समुहको दीक्षान्त समारोह सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी गण हेटौंडामा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी उपरीक्षक गौतम मिश्रले तालिमको समापन गर्नुभएको हो । ७५ कार्यदिन अवधीको उक्त तालिममा २५ जना पुरुष र ५ जना महिला गरी ३० प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत अन्य सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरूको समेत सहभागिता रहेको थियो । 

नेपाली सेनाका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण सम्पन्न
२०७९-०८-१६

नेपाली सेनाको श्री नेपाली सैनिक स्टाफ कलेजका शिक्षार्थी अधिकृतहरूलाई प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आज आयोजित एक कार्यक्रमका बिच प्रहरी उपरीक्षक गौतम मिश्रले बागमती प्रदेश प्रहरीको समग्र वस्तुस्थितीको जानकारी गराउँदै जिम्मेवारीको क्षेत्र, प्रहरी कामकारबाही तथा शान्ति सुरक्षा र सहकार्यको बारेमा जानकारी प्रदान गर्नुभएको हो । प्रशिक्षण पश्चात शिक्षार्थी अधिकृतहरूले राख्नुभएको बिभिन्न जिज्ञासाको समेत प्रहरी उपरीक्षक मिश्रले सामाधान गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका ४१ जना, नेपाल प्रहरीबाट १ जना र राष्ट्रिय अनुसन्धान विभागबाट १ जना गरी जम्मा ४३ जना शिक्षार्थी अधिकृत तथा ३ जना नेपाली सैनिक स्टाफ कलेजका शिक्षक अधिकृतहरूको सहभागिता रहेको थियो ।  

सवारी दुर्घटना
२०७९-०८-१४

सिन्धुली, कमलामाई नगरपालिका-८ हर्दिया पुल स्थित बि.पि.राजमार्गमा सवारी दुर्घटनामा परी जिल्ला खोटाङ खोटाङ गाउँपालिका-३ बस्ने २६ वर्षीय सबिन तामाङ गम्भिर घाईते भएका छन । दुर्घटना भिमान तर्फबाट सिन्धुली तर्फ जाँदै गरेको बा ७ च ५१७० नं.को बोलेरो पेट्रोल पम्पमा तेल हाल्न जाने क्रममा सोहि दिशा तर्फ जाँदै गरेको बा ५९ प ६८१६ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालक सबिन तामाङको बाया खुट्टा, चिउडोमा चोट लागि गम्भिर घाइते भएका छन । घाईतेको उपचार सिन्धुली जिल्ला अस्पतालमा भईरहेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

लागुऔषध गाँजा नियन्त्रणमा
२०७९-०८-१४

मकवानपुर, मनहरी गाउँपालिका-६ कत्लेखोला स्थित पुर्व पश्चिम सडक खण्डमा प्रहरीले लागुऔषध गाँजा लोड गर्दै गरेको अवस्थामा WB59C6735 नं.को ईन्डियन ट्रक नियन्त्रणमा लिएको छ । विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय, मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा र सशस्त्र प्रहरी बल IRT पोष्ट कत्लेखोला मकवानपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको संयुक्त टोलिले नियन्त्रणमा लिएको हो । ट्रकभित्र पलास्टिको बोरामा प्याक गरि लुकाई छिपाई राखेको १२ वटा पोका लागुऔषध गाँजा तौल गर्दा ७९ के.जि. फेला परेको थियो । प्रहरीले लागुऔषध गाँजा सहित ट्रक नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्य गरिरहेको छ ।

सवारी दुर्घटना
२०७९-०८-०९

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६, गौरीटार स्थित धरान चतरा सडक खण्डमा मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको मृत्यु र एक जना गम्भीर घाइते भएका छन् । फुर्केचौरबाट हेटौंडा बजार आउँदै गरेको ना ४ ख ९००२ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको बा ९९ प २९८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा हेटौंडा–१८ हर्नामाडीका २८ वर्षीय आशिष ढकालको मृत्यु भएको, सोही ठाउँका २९ वर्षीय दिपु लामा गम्भीर घाइते भएका छन् । बस चालक जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको । 

राँगो आतंक पश्चात गोली हानि मारिएको
२०७९-०८-०८

सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.३ सुनकोशी बस्ने पशुपती श्रेष्ठले पालेको राँगो अचानक बाँधेको ठाँउबाट फुस्की बलेफी गाउँपालिका वडा नं. ७ तर्फ भाग्दै जाने क्रममा सोही स्थान बस्ने वर्ष १६ को उमेश ढुङगाना बिहान कलेज जाने क्रममा राँगोले हानि हातमा सामान्य चोट लागेको तथा ऐ. ऐ. बस्ने वर्ष ६९ की  गोरी माया भुजेल राँगोलाई देखि भाग्ने क्रममा लडी छातीमा चोट लागेको अवस्था सामान्य रहेको,  राँगो बलेफि गाउँपालिका-७ साँउने जंगलबाट निस्की लामोसाँघु बजार र अधेरी बजारमा आतंक मच्चाउदै हिडेकोले उक्त राँगोबाट थप मानबिय क्षती नपुगोस भनि रागोलाई नियन्त्रणमा लिन गोली हानि मारिएको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०८-०१

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५, रातोमाटे स्थितबाट प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । पुर्व पश्चिम सडक खण्डमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले बिरगंजबाट नारायणघाट तर्फ जाँदै गरेको ना.५.ख १७५८ नं.को बस चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका-११, थानाभर्याङ बस्ने २४ वर्षीय सुमन लामाले बसेको सिट को कबरमा लुकाई छिपाई ल्याएको लागुऔषध नुरफिन २० एम्पुल, फेनारगन २० एम्पुल र डाईजेपाम २० एम्पुल गरी जम्मा ६० एम्पुल फेला परेको थियो । निजलाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।  यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

प्रहरी परिचालन सम्बन्धी अन्तरक्रिया तथा निर्देशन सम्बोधन
२०७९-०७-२९

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले २०७९ साल मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुर जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा आज आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन दिनुका साथै निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग समेत आवश्यक छलफल गर्नुभएको छ ।

प्रहरी परिचालन सम्बन्धी अनुगमन तथा निर्देशन
२०७९-०७-२५

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रामेछाप जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, रामेछापमा आज आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुका साथै निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन दिनुभएको हो । यसैगरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग समेत प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले छलफल गर्नुभएको थियो ।

प्रहरी परिचालन सम्बन्धी अनुगमन तथा निर्देशन
२०७९-०७-२४

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकमा आज आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुका साथै निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन दिनुभएको हो । यसैगरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग समेत प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले छलफल समेत गर्नुभएको छ ।

प्रहरी परिचालन सम्बन्धी अनुगमन तथा निर्देशन
२०७९-०७-२४

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लामा प्रहरी परिचालनको अवस्थाबारे जानकारी लिनुभएको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक निर्देशन समेत दिनुभएको हो । यसैगरी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बज्राचार्यले छलफल गर्नुको साथै निर्वाचनमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूका लागि संचालित एक दिने अभिमुखीकरण कार्यक्रममा समेत सहभागिता जनाउनुभएको छ ।

निरीक्षण तथा निर्देशन
२०७९-०७-२३

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले ईलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा ईलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित छुट्टाछुट्टै कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले कार्यालयहरूबाट  सम्पादित पछिल्लो गतिविधिको बारेमा जानकारी लिनुका साथै उत्कृष्ट सेवा प्रवाहका लागि प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक विभागिय निर्देशन दिनुभएको हो । निरीक्षण तथा निर्देशन पश्चात् प्रदेश प्रहरी प्रमुख बज्राचार्यले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल समेत गर्नुभएको थियो । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०७-२२

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान स्थितबाट प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । बि.पि. राजमार्गमा रहेको चेक पोष्टमा खटिएको प्रहरी टोलिले बिराटनगरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.५.ख.७३६ नं.को हाईस चेकजाँच गर्ने क्रममा हाईसमा सवार जिल्ला खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ बस्ने २० वर्षीय चिरन्जिवि घिमिरेले बोकेको बोराको सेतो झोला भित्र रहेको खुर्सानी संगै लुकाई छिपाई लै जाँदै गरेको NITRAVET-10 लेखिएको प्रति पत्तामा ३० पिसको दरले रहेको १५ पत्ताको जम्मा ४५० पिस नियन्त्रित लागुऔषध फेला परेको थियो । लागुऔषध सहित निज र निजको साथी जिल्ला सर्लाही बरहथवा नगरपालिका-५ बस्ने २२ वर्षीय रविशंकर ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा
२०७९-०७-२१

दोलखा, गौरीशंकर गाउँपालिका-६ चंखु बस्ने ३८ वर्षीय निमपासाङ शेर्पालाई प्रहरीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । सोहि चंखु बस्ने निजको काका नाता पर्ने पासाङ शेर्पा बिच झै-झगडा भएको भन्ने ब्यहोराको सुचना प्रहरीलाई प्राप्त हुनासाथ प्रहरीको टोलीले निज पासाङ शेर्पालाई सोधपुछ गर्दा निज निमपासाङ शेर्पाले सामान्य बादबिबादमा भरुवा बन्दुक बोकी लिई आई मलाई घोच्न आएको भनि बताएको हुँदा निज निमपासाङ शेर्पालाई खोजतलाश गर्ने क्रममा गाउँघरमा लुकीछिपि बसेको अवस्थामा १ नाल भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

पर्चा पम्लेट टाँसिरहेको अवस्थामा मानिस नियन्त्रणमा
२०७९-०७-२०

नुवाकोट, बेलकोटगढी नगरपालिका-११ स्थित वडा कार्यालय भवन लगायत ठाउँहरुमा पर्चा पम्लेट टाँसिरहेको अवस्थामा प्रहरीले एक मानिसलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने जिल्ला रोल्पा त्रिवेणी गाउँपालिका-७ बस्ने ३७ वर्षीय पुर्ण बि.क.(रक्तिम) रहेका छन । निजलाई “संसदिय चुनाबको अभग्य गरौ, वैज्ञानिक समाजवादी क्रान्तिको बाटोमा अघि बडौ” भनि लेखिएको पर्चा पम्लेट टासिरहेको अवस्थामा स्थानियले देखी प्रहरीलाई जानकारी गरेका थिए । प्रहरीले निज पुर्ण बि.क.(रक्तिम) र निजले प्रयोग गरेको बा ३७ प ८०८३ नं.को मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

बसले अटोलाई ठक्कर दिदा एक बालिकाको मृत्यु
२०७९-०७-२०

चितवन, भरतपुर महानगरपालिका-१२ स्थितमा स्मार्ट बैंकुट अगाडी भरतुरबाट टाँडी तर्फ आउँदै गरेको ना ८ख ७३१९ नं.को बसले विपरीत दिशा तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ह १८८३ नं.को अटोलाई ठक्कर दिएको छ । दुर्घटनामा परी अटोमा सवार खैरहनी नगरपालिका बस्ने २५ वर्षीय पुणिमा थापा मगरको टाउकोमा चोट अवस्था मध्यम, निजको छोरी ३ वर्षीय एरिका पुन मगर बाहिरी चोट नदेखिएको अवस्था गम्भिर रहेको र राप्ती नगरपालिका-११ बस्ने ५० वर्ष कमला सारु मगरको दाहिने हातमा चोट अवस्था मध्यम रहेको छ । घाईतेहरुको उपचार भरतपुर सरकारी अस्पतालमा भईरहेकोमा गम्भिर घाईते भएकी एरिका पुन मगरको उपचारको क्रममा मृत्यु भएको छ । यस घटना बारे थप अनसुन्धान कार्य भईरहेको छ । 

सवारी दुर्घटना
२०७९-०७-२०

धादिङ, थाक्रे गाउँपालिका-१ खयारघारी स्थित पृथ्बिलोकमार्गमा मोटरसाईकल आफै अनियन्त्रित भई सडक बाट अन्दाजी १५ फिट तल खसी दुर्घटना भएको छ । गोरखा बाट काठमाडौ तर्फ जादै गरेको बागमती प्रदेश ०२-०३८ प २६४ नं.को मोटरसाईकल आफै अनियन्त्रत भई दुर्घटना भएको हो । दुर्घटनामा चालक जिल्ला गोरखा गोरखा नगरपालिका-१३ बस्ने २७ वर्षीय रुपेश परियारको छाती टाउकोमा चोट अवस्था गम्भिर रहेको छ भने उक्त मोटरसाईकलमा सवार जिल्ला धादिङ गल्छी गाउँपालिका-६ बस्ने १७ वर्षीय अनिता भण्डारी दायाँ खुट्टा, बाया हात, टाउकोमा चोट अवस्था मध्यम रहेको छ । घाईतेहरुको उपचार ट्रमा सेन्टर काठमाण्डौमा भईरहेको छ । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
२०७९-०७-१९

रामेछाप, उमाकुण्ड गाउँपालिका-५ चिलाउने संसरिडाँडा स्थितमा ट्याक्टर सडक बाट अन्दाजी ९० मिटर तल खस्न गई दुर्घटना हुँदा चालकको घटनास्थल मै मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन । लिखुखोलाबाट चिलाउने संशरीडाँडा तर्फ पसलको खाध्यन्न सामान लिई जादै गरेको नं.को ट्याक्टर सोहि स्थित उकालो बाटोमा रोकि राखेको अवस्थामा ट्याक्टरमा सवार सोहि बस्ने ३० वर्षीय प्रेम कुमार सुनुवारले चलाउन खोज्दा ट्याक्टर ब्याक भई सडक बाट तल खस्न गई दुर्घटना भएको थियो । चालक प्रेम कुमार सुनुवारको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा सोहि ट्याक्टरमा सवार चिलाउने संसरिडाँडा बस्ने ३६ वर्षीय निल कुमार सुनुवार बेहोस अवस्थामा रहेको र सोहि बस्ने ३८ वर्षीय हित बहादुर खत्री दाहिने खुट्टा फ्याक्चर भएको अवस्था रहेको थियो । निज घाईतेहरुको उपचार प्राथमिक स्वास्थ्य केन्द्र डाँडाखर्कमा भईहेको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

निरीक्षण तथा निर्देशन
२०७९-०७-१८

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जिल्ला प्रहरी कार्यालय, धादिङको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले जिल्ला प्रहरी कार्यालय, धादिङबाट सम्पादित पछिल्लो गतिविधिको बारेमा जानकारी लिनुका साथै उत्कृष्ट सेवा प्रवाहका लागि प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन दिनुभएको हो । निरीक्षण तथा निर्देशन पश्चात् प्रदेश प्रहरी प्रमुख बज्राचार्यले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल समेत गर्नुभएको थियो । 

निरीक्षण तथा निर्देशन
२०७९-०७-१८

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जिल्ला प्रहरी कार्यालय, नुवाकोटको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । आज आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख बज्राचार्यले जिल्ला प्रहरी कार्यालय, नुवाकोटबाट सम्पादित पछिल्लो गतिविधिको बारेमा जानकारी लिनुका साथै उत्कृष्ट सेवा प्रवाहका लागि प्रहरी कर्मचारी तथा म्यादी प्रहरीहरूलाई आवश्यक विभागिय निर्देशन दिनुभएको हो । निरीक्षण तथा निर्देशन पश्चात् प्रदेश प्रहरी प्रमुख बज्राचार्यले आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ लाई निष्पक्ष, भयरहित र विश्वसनीय ढंगले सम्पन्न गर्न तयार गरिएको सुरक्षा व्यवस्थापनको बारेमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल समेत गर्नुभएको थियो।

मन्दिरको चन्दा बक्स चोरी
२०७९-०७-१७

काभ्रे, पाँचखाल नगरपालिका-९ पलान्चोक स्थित रहेको भगवती मन्दिर को भित्री कम्पाउण्ड भित्र रहेको २ वटा फलामको चन्दा बक्स चोरी भएको छ । अपरिचित व्यक्तिहरुको चोरी समुहले रातीको समयमा उक्त चन्दा बक्स चोरी लगेको हो । उक्त चन्दा बक्समा रहेको नगद पैसाको जानकारी नखुलेको ।  चोरी भएको चन्दाको बक्स मन्दिर भन्दा अन्दाजी २ किलो मिटर पश्चिम तर्फ भेटवाल थोक स्थित गोरेटो बाटो छेउमा २ वटै बक्स फोडी नगद चोरी लगेको अवस्थामा फेला परेको छ । चोरी गर्ने व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य जारी रहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०७-१५

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० बसपार्क टिसियन रोड स्थित प्रहरीले लागुऔषध सहित मानिसलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने हेटौडा-१२ पदमपोखरी बस्ने २३ वर्षीय रोशन लामा, सोहि बस्ने २६ वर्षीय अनिल कुमार घलान र हेटौंडा-१३ बनस्पति बस्ने ३३ वर्षीय सुमन परियार रहेका छन । निजहरूलाई बिशेष सूचनाको आधारमा प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्दा लागुऔषध एनारगन ९ पत्ता (९०पिस ट्याब्लेट), ट्रमाडेक्स ३५पत्ता (३५० पिस ट्याब्लेट), गाजाँ अन्दाजी १००/१५० ग्राम फेला पारेको थियो । लागुऔषध र निजहरुले प्रयोग गरेको ना२८प ७५२० नं.को स्कुटी, ना४९प ८७३९ नं.को मोटरसाईकल सहित तिनै जना लाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाही भईरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०७-१४

मकवानपुर, हेटौडा उपमहानगरपालिका-५ सानो पोखरा स्थित प्रहरीले बिशेष सूचना को आधारमा लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाट खटिईएको बिशेष टोलिले ना.४८ प.९००५ नं.को मोटरसाईकललाई रोकि  चेकजाँच गर्दा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ४६० मिलि ग्राम र सानो डिजिटल तराजु १ थान फेला परेको थियो । नियन्त्रणमा आउने मानिस हेटौंडा-१४ मयुरधाप बस्ने २८ वर्षीय रोबिन श्रेष्ठ, हेटौंडा-११ थानाभर्‍याङ बस्ने २५ वर्षीय अनिष चौलागाई र हेटौंडा-२ कान्तिराज पथ बस्ने २३ वर्षीय बिकाश कार्की रहेका छन । निजहरूलाई लागुऔषध र मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ । 

मानिस मृत अवस्थामा फेला
२०७९-०७-१२

चितवन, माडी नगरपालिका-४ धुसेरी बस्ने २९ वर्षीय जिवन नेपाली आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन । घटनाको जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय, माडीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई हेर्दा घटनास्थलमा खुकुरी फेला परेको, मृतक को टाउकोमा चोट लागेको अवस्था रहेको थियो । उक्त घटनामा शंकास्पद मानिसलाई प्रहरीको उक्त टोलीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने मानिस जिल्ला नवलपुर गैंडाकोट नगरपालिका-७ बस्ने ३४ वर्षीय सुरेश कुमाल रहेका छन । निज कुमाललाई प्रहरीले घटनास्थल देखी ५ किलोमिटर टाढा माडी नगरपालिकाको बसन्तपुर बजारबाट नियन्त्रणमा लिएको हो । यस घटनाको सम्बन्धमा आवश्यक अन्य अनुशन्धान कार्य भईरहेको छ । 

मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु
२०७९-०७-१२

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-३ घण्टे स्थित मदन भण्डारी राजमार्गमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुने हरिहरपुरगढी-३ बस्ने ५० वर्षीय विश्वकुमार श्रेष्ट रहेका छन । मकवानपुरबाट आउँदै गरेको चालक जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-५  बस्ने ६८ वर्षीय चिरन्जिवी न्यौपानेले चलाई ल्याई ल्याएको ना ५१ प ७६३९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको चालक जिल्ला सिन्धुली हरिहरपुरगढी-३ बस्ने ५० वर्षीय विश्वकुमार श्रेष्टले चलाएको  ना ३३ प ४७६० नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनाबाट ना ३३ प ४७६० नम्बरको मोटरसाईकल चालक विश्वकुमार श्रेष्टको निधारमा, बायाँ कुईनामा र बायाँ घुडामा चोट लागी स्वास्थय चौकी हरिहरपुरगढीमा सामान्य उपचार पश्चात थप उपचारको लागि सामुदायीक अस्पतालमा हेटौंडामा ल्याई उपचार भईरहेकोमा निज श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । यस घटनाको सम्बन्धमा आवश्यक थप अनुसन्धान कार्य भईरहेको छ । 

जुवा खेलिरहेको अवस्थामा ३४ जना मानिसहरू प्रहरीको नियन्त्रणमा
२०७९-०७-०८

मकवानपुर, हेटौडा उपमहानगरपालिका-११ नवलपुर स्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ३४ जना लाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट थानाभर्‍याङबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट दुई प्रहरी निरीक्षकको कमाण्डमा मुचुल्का सहितको टोली खटीगई जुवा खेलिरहेको स्थान बाट कौडा १३ थान, तास १३ बुक, नगद रु.७३,०००/- (त्रिहत्तर हजार) बरामत गरी खेल्ने, च्याखे थाप्ने, हेर्ने ३३ जना पुरुष र प्रहरी संग अभद्र ब्यवहार गर्ने १ जना महिला सहित जम्मा ३४ जना लाई नियन्त्रणमा लिईएको छ । यस घटनाको सम्बन्धमा आवश्यक काम कारबाही भईरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०७-०७

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० जिल्ला प्रहरी कार्यालय गेट अगाडि पुर्व-पश्चिम सडक खण्डमा विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको विशेष टोलिले मनहरीबाट हेटौडातर्फ आउँदै गरेको ना१ज २६२७ नं.को म्याजिकलाई रोकि चेकजाँच गर्ने क्रममा लागुऔषध गाजाँ सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने जिल्ला पर्सा बिरगंज महानगरपालिका-२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन । निजले जेब्रा झोला र ह्याण्ड ब्यागमा लुकाई छिपाई ल्याएको ११ के.जि.३९० ग्राम लागुऔषध गाजाँ प्रहरीले फेला परेको थियो । निज ओमप्रकाश पटेललाई लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक कारवाही तथा थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ ।

काभ्रेपलाञ्चोकमा सवारी दुर्घटना
२०७९-०७-०५

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-५ चण्डेश्‍वरी स्थित रिबिओपी बनेपा भित्री सडक खण्डमा चप्लेटीबाट बनेपा तर्फ आउँदै गरेको प्रदेश ३ -०२- ००१ प ७८७३ नं. को स्कुटर आफै अनियन्त्रित भई सडक छेउमा रहेको फलामको पोलमा ठक्कर खाँदा उक्त स्कुटर चालक सोहि नगरपालिका-१० जनागल बस्ने १९ वर्षीय नबिन तिमलसिना मध्यम घाईते भएका छन भने सोहि स्कुटरमा सवार सोहि नगरपालिका-९ तिनदोबाटो बस्ने २० वर्षीय सोनिक श्रेष्ठ गम्भिर घाईते भएका छन । घाईतेहरुको उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा पठाएको छ । गम्भिर घाईते भएका श्रेष्ठको थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाण्डौंमा रिफर गरिएको छ । घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

लोडरबाट खसि चालकको मृत्यु
२०७९-०७-०५

रसुवा, आमाछोदिङमो गाउँपालिका-५ स्थितमा रहेको निर्माणाधिन सान्जेन जलविधुत आयोजनाको ड्याम साईडमा लोडरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुने जिल्ला दाङ राप्ति गाउँपालिका-४ बस्ने ३६ वर्षीय बसन्त राज घिमिरे रहेका छन । निज उक्त आयोजनामा लोडर अप्रेटर काम गर्दै आईरहेका थिए । मृतक आफैले चलाएको लोडर बाट अचानक खस्न गई घाईते भएका थिए । ढाडमा चोट भएका घाईते घिमिरेलाई उपचारको लागि जिल्ला अस्पताल धुन्चेमा ल्याएको थियो । निजलाई चेक जाँच गर्दा मृत्यु भईसकेको कुरा चिकित्सकले घोषणा गरेका थिए । घटना बारे थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

फलामको सामनहरु चोरी गरी जाँदै गरेको अवस्थामा ४ जना मानिसहरु प्रहरीको नियन्त्रणमा
२०७९-०७-०४

मकवानपुर, बकैया गाउँपालिका-१२ जितपुर भञ्ज्याङ स्थितमा फास्टट्रयाक निर्माणको लागी राखेको फलामको सामनहरु चोरी गरी जाँदै गरेको अवस्थामा सवारी र मानिसहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने मानिसहरु गढी गाउँपालिका-२ बस्ने ३३ वर्षीय इन्द्र बहादुर बि.क., बकैया गाउँपालिका-१२ कोलखोप बस्ने २२ वर्षीय अबिरल घलान, २४ वर्षीय दिनेश लामा बम्जन र ३२ वर्षीय नारायण बहादुर मोक्तान रहेका छन । फलामको सामनहरु अन्दाजी १२/१३ कुईन्टल बराबरको रहेको । उक्त फलामको सामनहरु ना ५ ख १४४३ नम्बरको बोलेरो गाडिमा चोरी गरि लिई जाँदै छ भन्ने सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट जितपुरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिईएको टोलीले नियन्त्रणमा लिएको हो । उक्त बोलेरो गाडिलाई अगाडी अगाडी बाटो देखाउँदै हिड्दै गरेको  बा५५ च ८५०२ नम्बरको मोटरसाईकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बोलेरो, मोटरसाईकल र उक्त मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय हेटौंडामा ल्याई थप अनुसन्धान कार्य गरिरहेको छ । 

घुसको रकम सहित मानिस नियन्त्रणमा
२०७९-०७-०२

रामेछाप, मन्थली नगरपालिका-१ स्थितमा रहेको खानेपानी तथा सरसफाई डिभिजन नं.४, बागमती प्रदेश, मन्थली कार्यालयका इन्जिनियर (आठौं तह) नवराज सत्याल र करारमा कार्यरत पलम्बर बखत बहादुर थापालाई प्रहरीले घुस सहित नियन्त्रणमा लिएको छ । निजहरुले खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुसको माग गरेका थिए । निजहरु माथि उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई आएको प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको टोलीले निज इन्जिनियर नवराज सत्याल र करार पलम्बर बखत बहादुर थापालाई सेवाग्राहीबाट रु.१६,००,०००।–(सोह्र लाख रुपैयाँ) नगद र १२,००,०००।– (बाह्र लाख रुपैयाँ) को चेक लिइसकेको अवस्थामा उक्त रकम र चेकसहित मन्थली १, स्थित इन्जिनियरको निवासबाट निजहरुलाई नियन्त्रणमा लिएको हो । घट्ना बारे प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०७-०२

सिन्धुली, कमलामाई नगरपालिका-९ चोरखोला स्थित बि.पि.राजमार्गमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षकको कमाण्डमा ट्राफिक सहित प्रहरी टोलिले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७९९ नं.को वीङगर गाडिलाई चेकजाँच गर्दा उक्त गाडिको अन्तिम सिटमा सवार जिल्ला झापा हल्दिवारी गाउँपालिका-१ बस्ने २५ वर्षीय बिशाल राईले बोकेको पछाडि भिर्ने झोलाको भित्री भागमा सेतो प्लास्टीक भित्र अन्दाजी १०१ ग्राम ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको हो । प्रहरीले निज व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

बिष्फोटक पटाका सहित मानिस नियन्त्रणमा
२०७९-०७-०१

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट स्थित प्रहरीले बिष्फोटक पटका सहित मानिस नियन्त्रणमा लिएको छ । बि.पि.राजमार्गमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा उक्त चेकपोष्टमा खटिएको चेकिङ टोलिले बर्दिबासबाट भिमान बजार तर्फ आउँदै गरेको ज.१.ह. २३७५ नं. को अटो चेकजाँच गर्ने क्रममा अटोको डिकी भित्र रहेको ८ वटा ठुलो प्याकेट प्रत्येक प्याकेटमा ७०० पिसका दरले जम्मा ५६०० पिस नागिन पटका फेला पारेको हो । अटो चालक सोही नगरपालिका-४, धुराफाट बस्ने २७ वर्षीय पारस थिङ रहेका छन । निजलाई अटो र पटका सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । उक्त अटोमा सवार सोहि नगरपालिका-६, धुरा बस्ने २२ वर्षीय बिबेक महतो र १७ वर्षीय संजिब साहलाई पनि प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।

पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न
२०७९-०६-३१

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न ६७ औं प्रहरी दिवस २०७९ विशेष दिवा कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद र प्रशंसा-पत्रसहित सम्मान गर्नुको साथै प्रहरी दिवसको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेता खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाण-पत्रसहित पुरस्कृत गरिएको छ ।  बागमती प्रदेश प्रहरी कार्यालय लगायत मातहतमा कार्यरत १७ जना प्रहरी कर्मचारीहरूलाई नगद र प्रशंसा-पत्रसहित तथा ९ जना प्रहरी कर्मचारीहरूलाई नगदद्वारा पुरस्कृत गरिएको हो ।  पुरस्कार वितरण कार्यक्रमलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले अब सम्पूर्ण जनशक्ति निर्वाचनमा केन्द्रित हुनुपर्ने बताउनुभयो । प्रहरी पोसाक लगाएको प्रहरी सदैव निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताउँदै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले सबै नागरिकहरूलाई समान रूपले व्यवहार गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । दिवा कार्यक्रम दिउँसो ३ बजेदेखी ४:३० बजेसम्म संचालन भएको थियो ।

६७ औं प्रहरी दिवस २०७९ विशेष कार्यक्रम सम्पन्न
२०७९-०६-३१

    "६७ औं प्रहरी दिवस २०७९" को सु-अवसरमा आयोजित प्रहरी दिवस विशेष कार्यक्रम बागमती प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता तथा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय कृष्ण प्रसाद शर्मा खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण तथा शहिद प्रति मौन धारण गरी कर्तव्य पालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने ८ जना अमर प्रहरी परिवारलाई दोसल्ला ओढाई सम्मान गरिनुका साथै प्रहरीलाई शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्ने महानुभावहरू तथा बागमती प्रदेशकै सबैभन्दा ज्येष्ठ पूर्व प्रहरीलाई सम्मान गरिएको थियो । यसैगरी नेपाल प्रहरी कार्य दक्षता मुल्याङकन (Police Baton) २०७९ मा उत्कृष्ट हुन सफल बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मुनेन्द्र थापालाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको प्रशंसापत्र तथा बागमती प्रदेश अन्तर्गत सर्वोत्कृष्ट प्रदेश प्रहरी हुन सफल प्रहरी नायव उपरीक्षक मधु कुमार थापालाई प्रमुख अतिथि माननीय मुख्यमन्त्रीबाट प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना कुमारी लामा, बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला, आन्तरिक मामिला तथा कानून सचिव, प्रदेश सुरक्षा समिति तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, अमर प्रहरी परिवार, पूर्व प्रहरी कर्मचारी, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधि, संचारकर्मीहरू लगायतको उपस्थिति रहेको पहिलो चरणको कार्यक्रम विहान ८ बजे सुरु भई बिहान १० बजे समाप्त भएको थियो ।

वृक्षारोपण कार्यक्रम सम्पन्न
२०७९-०६-३०

६७ औं प्रहरी दिवस २०७९ लाई विभिन्न कार्यक्रमहरू संचालन गरी मनाउने क्रममा वृक्षारोपण कार्यक्रम सम्पन्‍न भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१ पाथिभरा मन्दिर परिसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले कपुरको बिरुवा रोपी वृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो । वृक्षारोपण कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश प्रहरी गण हेटौंडा तथा बागमती प्रदेश विपद व्यवस्थापन गुल्म हेटौंडामा कार्यरत प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा तेजपत्ता, कपुर, अम्बा, कागती, अनार, जमुना, कोइराला, बयर, पारिजात, ईपिल, अमला, निम लगायतका प्रजातीका १६३ वटा बहुउपयोगी विरुवा रोपिएको छ । यसैगरी वृक्षारोपण पश्चात प्रहरी कर्मचारीहरूले मन्दिर परिसरको सरसफाई समेत गरेका छन् ।

रस्साकस्सी प्रतियोगिता सम्पन्न
२०७९-०६-२८

६७ औं प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले आयोजना गरेको अन्तर प्रहरी कार्यालय स्तरीय महिला तथा पुरुष रस्साकस्सी प्रतियोगिता सम्पन्न भएको छ । रस्साकस्सी प्रतियोगितामा महिलातर्फ बागमती प्रदेश प्रहरी गण, हेटौंडा तथा पुरुषतर्फ नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, मकनवानपुरका प्रतियोगीहरूले विजय हासिल गरेका छन् । दुबै तर्फको उपविजेता भने बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडा भएको छ । विजेता तथा उपविजेता खेलाडीहरूलाई आगामी असोज ३१ गते हुने प्रहरी दिवसको कार्यक्रममा शिल्ड र प्रमाणपत्र सहित पुरस्कृत गरिनेछ ।

ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
२०७९-०६-२७

६७ औँ प्रहरी दिवस २०७९ को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालयले आयोजना गरेको अन्तर प्रहरी कार्यालय स्तरिय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा बागमती प्रदेश प्रहरी गण, हेटौंडाका प्रहरी जवान चेत बहादुर बि.क. र प्रहरी जवान सुमन थापाको टोली प्रथम भएको छ भने बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाका प्रहरी नायव निरीक्षक दिनेश पराजुली र प्रहरी नायव निरीक्षक राम बहादुर घिसिङ्गको टोलीले द्धितीय स्थान हासिल गरेको छ । विजेता प्रथम र द्धितीय हुने खेलाडीहरूलाई आगामी असोज ३१ गते हुने  प्रहरी दिवसको कार्यक्रममा मेडल र प्रमाणपत्र सहित सम्मान गरिनेछ ।

छुट्टाछुट्टै स्थानमा झुण्डी मृत्यु
२०७९-०६-२५

नुवाकोट, बिदुर नगरपालिका-५, पिपलटार कुमाल गाउँ बस्ने अम्बे कुमालको छोरी २० वर्षीया दिपा कुमाल आफ्नै घरको आफु सुत्ने कोठाको सिलिङ पंखामा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । यस्तै चितवन, माडी नगरपालिका-५, राजापुर बस्ने चिन्तामनि न्यौपानेको श्रीमती ५६ वर्षीया सिलादेवी न्यौपाने आफ्नै घर अगाडि रहेको आँपको रूखमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

झुण्डी मृत अवस्थामा
२०७९-०६-२३

सिन्धुली, गोलन्जोर गाउँपालिका-६, झगडेपुर बस्ने जित बहादुर सार्कीको श्रीमती ४० वर्षीया बुद्धिमाया सार्की आफ्नै  घरदेखि अन्दाजी १.५ कि.मि. पश्चिम तर्फ रहेको आरूबोटे सामुदायिक बनको तिल्केको रूखमा प्लास्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको ।  घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । यस्तै नुवाकोट, बिदुर नगरपालिका-२, तिनधारे बस्ने ५५ वर्षीय निर बहादुर सार्कीले आफ्नो घर देखी अन्दाजी १.५ कि.मि. पश्चिम स्थित आफ्नै बारीमा रहेको आखाँतरेको रूखमा नाम्लोको बरियोले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्ला सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

मौलो पूजा सम्पन्न ।
२०७९-०६-१८

मिति:२०७९/०६/१८ गते । नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंको अवसरमा बागमती प्रदेश प्रहरी गण हेटौंडामा प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यज्यूले मौलो पूजा अर्चना गर्नुभएको छ । सो अवसरमा सम्पुर्ण सकल दर्जाका प्रहरी कर्मचारीहरू समेतले मौलो परिक्रमा गरेका छन् । नेपाल प्रहरीको निशान रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षा अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्धारा बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर, चितवनमा नवनिर्मित भौतिक संरचनाको समुद्घाटन सम्पन्न
२०७९-०६-०९

नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यतामा बागमती प्रदेश प्रहरी विद्यालय शान्तिपुर, चितवनमा नवनिर्मित भौतिक संरचनाहरुको एक कार्यक्रमवीच समुद्घाटन सम्पन्न भएको छ । नेपाल सरकारको नियमित बजेट मार्फत रु. ३,६८,३१,८५९।८८ को लागतमा निर्मित महिला छात्रा तथा भान्साघर र रु. २१,५७,२६८।७१ को लागतमा निर्मित सोधपुछ कक्षको आज एक समारोहविच समुद्घाटन गरिएको हो । उद्घाटन पश्चात उहाँले नवनिर्मित भौतिक संरचनाको निरीक्षण समेत गर्नु भएको थियो । समुद्घाटन कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हाल कक्षा ८ सम्म मात्र अध्यापन भईरहेको यस बागमती प्रदेश प्रहरी विद्यालयलाई समयानुकुल स्तर वृद्धि गर्ने सन्दर्भमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । आजको प्रतिस्पर्धात्मक विश्व जगतमा गुणस्तरिय र प्रविधिजन्य शिक्षा अत्यन्त आवश्यक रहेको हुँदा वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणालीलाई जोड दिनुपर्ने कुरामा उहाँले जोड दिनुभयो । विद्यार्थीहरुमा असल व्यक्तित्व र सकारात्मक मानसिकताको विकास गरी राष्ट्र निर्माणमा उनिहरुको भूमिका र समाज प्रतिको दायित्वबोध गराई शिक्षित, सभ्य र क्षमतावान नागरिकमा रुपान्तरण गर्नेतर्फ विद्यालय सदैव गंभिर हुनुपर्ने उहाँले बताउनुभयो । आज निर्माण सम्पन्न भई समुद्घाटन भएका भौतिक संरचनाले यस प्रहरी विद्यालयको शिक्षण प्रणाली लगायत अध्ययन र अध्यापन कार्यलाई थप सहज र प्रभावकारी बनाई शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपुर्ण भूमिका खेल्ने कुरा समेत उहाँले व्यक्त गर्नु भयो । कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने विद्यालयका पूर्व समादेशक प्रहरी निरीक्षक धर्म बहादुर अधिकारी, अक्षयकोष स्थापना गर्ने पूर्व प्रहरी नायव उपरीक्षक कमल भण्डारी, शिक्षक अनिता देवकोटा लगायत प्रहरी कर्मचारीहरुमा प्रहरी सहायक निरीक्षक दिनेश थापा, प्रहरी हवल्दार अमिन बस्‍नेत, प्रहरी सहायक हवल्दार प्रकाश घिमिरे समेतलाई प्रशंसापत्रद्धारा सम्मान गर्नु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष एवं नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्‍चोकका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणी आचार्यले प्रमुख अतिथिलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गर्नु भएको थियो । सोही अवसरमा विद्यालयका प्राचार्य प्रधुन्न पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने विद्यालयका संरक्षक एवं बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १४ का वडा अध्यक्षले शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका भौतिक पूर्वाधार शाखाका प्रहरी उपरीक्षक ई. ईश्‍वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त समारोहमा सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, विद्यार्थी, अभिभावकहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०६-०८

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोष्ट नजिकै प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । बि.पि.राजमार्गमा भिमान चेकपोष्ट नजिकै गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी सहायक निरीक्षकको कमाण्डमा सिभिल टोली र ईलाका प्रहरी कार्यालयबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलिले सोहि नगरपालिका-७ बस्ने अन्दाजी २५ वर्षीय बिमल बस्नेतले निलो रङको साईडमा भिर्ने ह्याण्ड ब्याग भित्र NITRAVET लेखिएको २० वटा पातामा ( एउटा पातामा ३० पिसको दरले जम्मा ६०० पिस मध्धे  २ पिस निकालेको) जम्मा ५९८ ट्याबलेट (चक्की) र निजले नै लगाएको Adidos कम्पनिको सेतो रङको जुत्ताभित्र पहेलो रङको प्लाष्टिक भित्र लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ अन्दाजी १ ग्राम सहित बाटोमा हिडिरहेको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको छ । 

लागुऔषध गाँजा नियन्त्रणमा
२०७९-०६-०६

मकवानपुर, हेटौडा उप-महानगरपालिका-११ पुन्यक्षेत्र गेट नजिक भित्रि सडक खण्डमा बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले लागुऔषध गाँजा सहित ना ८ ख २५४२ नम्बरको गाडीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उक्त गाडी नियन्त्रणमा लिन खोज्दा, प्रहरीको टोलीलाई देखि गाडि छोडी चालक फरार रहेको, उक्त गाडिको ढालामा लुकाई छिपाई ल्याउदै गरेको लागुऔषध गाँजा ८ पोका अन्दाजी ८० के.जि. फेला परेको, गाडीको अन्य भाग हेर्न बाकी रहेको, नियन्त्रणमा लिएको उक्त गाडी र लागुऔषध गाँजा जि.प्र.का.मा ल्याई राखिएको, फरार चालकको खोज तलाश कार्य जारी रहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०६-०३

धादिङ, गल्छी गाउँपालिका-४ मासटार स्थित प्रहरीले लागुऔषध सहित मानिसलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने गजुरी गाउँपालिका-८ किरानचोक बस्ने ४८ वर्षीय गणेश लामा रहेका छन् । प्रहरी चौकी बैरेनिबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको गस्ति टोलिले गल्छी-४ मासटार स्थित रहेको प्रतिक्षालयमा निज गणेश लामालाई शंका लागी चेकजाँच गर्दा निजले ल्याएको ४ वटा जेब्रा झोला र ३ वटा कपडाको झोला भित्र अन्दाजी ३५ के.जि. लागुऔषध गाँजा फेला पारेको थियो । प्रहरीले लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०५-२७

मकवानपुर, हेटौडा उप-महानगरपालिका-९ लामसुरे भित्री सडकखण्डमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले लामसुरे बाट पशुपतीनगर तर्फ आउँदै गरेको प्रदेश ३ ०२ ०१४ प ४२२१ नं.को मोटरसाईकललाई रोकि चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक हेटौंडा-४ कर्रा बस्ने २९ वर्षीय बिनय तामाङले बोकेको झोलामा लागुऔषध कोडिवयल कफसिरफ २ बोतल (प्रती बोतल १००ml), Nitzacare ट्याबलेट ८ पिस फेला परेको  थियो । उक्त मोटरसाईकल पछाडी सवार हेटौडा-१० बसपार्क बस्ने २७ वर्षीय प्रकाश बानिया सहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

अवैध धातु र विदेशी मुद्रा सहित मानिस नियन्त्रणमा
२०७९-०४-१७

धादिङ, निलकण्ठ नगरपालिका-३ थोपल स्थित प्रहरीले गोप्य सूचनाको आधारमा अवैध धातु सुन र विदेशी मुद्रा सहित मानिस नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सोहि स्थित रहेको खोलाको पक्कि पुलमा लपाङफेदीबाट धादिङबेशी तर्फ आउँदै गरेको ग.१ ज ६७५३ नं.को तुफान फोर्स गाडिमा सुन जस्तो देखिने धातु र अमेरिकि डलर जस्तो देखिने नगद ल्याउँदै छ भन्ने गोप्य सुचनाको आधारमा उक्त नं.को गाडीलाई नियन्त्रणमा लिई चेक जाचँ गर्ने क्रममा उक्त गाडीमा सवार जिल्ला धादिङ खनियाबास गाउँपालिका-४ बस्ने २६ वर्षीय शोभा तामाङ र सोहि बस्ने ४५ वर्षीय बेग बहादुर तामाङले बोकेको प्लाष्टिकको झोला भित्र सुन जस्तो देखिने धातु (५८८.१ ग्राम), अमेरिकि डलर जस्तो देखिने नगद (५० को ५७ वटा-२८५० र,१०० को १६३ वटा-१६,३००) फेला परेको हो । प्रहरीले दुबै जना लाई नियन्त्रणमा लिई अनुसन्धान पश्‍चात निज बेग बहादुर तामाङको घर खानतलासि गर्दा निजको घरबाट अटोमेटिक पेस्तोल २ थान, सोको म्यागजिन २ थान, सोको गोलि २० राउण्ड, कटुवा पेस्तोल १ थान र सुन जस्तो देखिने पँहेलो धातु ५ थान बरामद गरी नियन्त्रणमा लिएको छ । प्रहरीले आवश्यक थप अनुसन्धान कार्य गरिरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०४-१६

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१२ सोल्टि चोक स्थित प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने सोहि स्थित बस्ने २५ वर्षीय अमित तामाङ रहेका छन् । निजलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोली र प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । निजको घरमा खान तलासी गर्दा प्लाष्टिकको झोलामा लागुऔषध onerex (वनरेक्स)१४८ बोतल (प्रति बोतल १०० ml ) फेला परेको थियो । प्रहरीले उक्त लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही तथा अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०४-१५

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ भैरबरोड स्थित चिल्ड्रेन पार्क नजिक रहेको चौतारी होटलबाट प्रहरीले लागुऔषध सहित मानिसहरुलाई नियन्त्रणमा लिएको छ ।वडा प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको आधारमा उक्त चौतारी होटेलमा बसिरहेको अवस्थामा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । निजहरुको साथबाट लागुऔषध वानरेक्स १३ बोतल (प्रति बोतल १०० ml) फेला परेको थियो । यस घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।निम्न:१.जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.२ संगमचोक बस्ने बर्ष अं. ४९ को राजेश श्रेष्ठ ।२.ऐ.ऐ. ४  फरेष्टि बस्ने बर्ष अं. ५४ को रामजकाजि श्रेष्ठ ।३.ऐ.ऐ.१३ आदामार  बस्ने बर्ष अं. २६  कि आहाना भन्ने अल्बिना तामाङ । ४. ऐ.ऐ.१२ पदमपोखरि घर भई हाल ऐ.११ थानाभर्‍याङ बस्ने बर्ष अं. २५ कि ईसा घलान ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०३-०१

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दार कल्पना नेपालीको कमाण्डमा खटिएको ट्राफिक सहितको ४ जना प्रहरी टोलिले सवारी साधनहरू  चेकजांच गर्ने क्रममा सर्लाहीबाट काठमाण्डौं तर्फ आउदै गरेको ना.१.ज. ५८८७ न.को हाईसमा सवार सर्लाही लालबन्दि नगरपालिका-५ बस्ने २६ वर्षीय समिर राईले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध जस्तो देखिने Nitrazepam Tablets I.P. 10 mg लेखिएको ट्याब्लेट ठुलो ३३ पत्तामा १५ पिसको दरले जम्मा ४९५ पिस,सानो ४ पत्तामा १० पिसको दरले जम्मा ४० पिस र सानो ३ पत्तामा ५ पिसको दरले १५ पिस गरी जम्मा ४० पत्तामा ५५० पिस ट्याब्लेट  सहित निज समिर राई लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानक कार्य भईरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०२-३०

मकवानपुर, भिमफेदी गाउँपालिका-९ चुनिया स्थित भित्रि सडक खण्डमा नामटार पोष्ट बाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले घैराङबाट चुनिया बजारतर्फ आउदै गरेको ना.२ ह ३५६६ नं.को अटोलाई शंका लागि चेकजाँच गर्ने क्रममा अटोको पछाडिको सिटमा प्लाष्टिकको बोरा भित्र लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ९६ के.जि.(५ पोका) फेला पारेका छन् । उक्त लागुऔषध गाँजा सहित निम्न मानिसहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तर्फ पठाएका छन् । निम्न:-१)     अटो चालक:- जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका-२ रिठ्ठेपानि बस्ने ३० वर्षीय अविषेक लामा ।२)     सवार:- कैलाश गाउँपालिका-९ घैराङ बस्ने ३७ वर्षीय ज्ञान बहादुर गोले । ३)     सवार:- कैलाश गाउँपालिका-१० बलमटार बस्ने ४९ वर्षीय चन्द्र लामा ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०२-१७

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१९ बस्तीपुर स्थित प्रहरीले विशेष सूचनाको आधारमा दुई जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्र.स.नि.को कमाण्डमा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको सयुक्त टोलिले हेटौडा उप-महानगरपालिका-१९ बस्तीपुर स्थित लागुऔषध बिक्री बितरण भैरहेको बिशेष सुचनाको आधारमा मनहरी गाउँपालिका-३ बस्ने ३४ वर्षीय रबि घलान र सोहि बस्ने ३० वर्षीय बिनोद बल लाई नियन्त्रणमा लिएको हो । निजहरुको साथबाट लागुऔषध वानरेक्स ३४ पिस १००ml फेला परेको थियो । निजहरुलाई नियन्त्रणमा लिन खोज्दा लुकाई राखेको ह्याण्ड नक प्रहरी माथी प्रहार गर्न खोज्दा प्रहरीले सुरक्षार्थ पेस्तोलबाट १ राउण्ड हवाई फायर गरी निजहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले आवश्यक कार्वाहीको लागी दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा थप अनुसन्धान कार्य   गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०१-१३

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा ईलाका प्रहरी कार्यालय, भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको ट्राफिक सहितको ५ जना प्रहरी टोलीले सवारी साधनहरू चेकजांच गर्ने क्रममा बिराटनगरबाट काठमाण्डौं तर्फ आउदै गरेको बा.४.ख ५०४९ न.को हाईसमा सवार जिल्ला सप्तरी कन्चनरुप नगरपालिका-४ बस्ने २१ वर्षीय सन्तोष हलुवाईले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको निम्न अनुसारको लागु औषध जस्तो देखिने ट्याबलेट र अबैध लागुऔषध गाँजा सहित निज सन्तोष हलुवाईलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।                                                                         निम्न १)     NITRAVET-10 लेखिएको ठुलो १३ पत्तामा १ पत्तामा ३० पिसको दरले जम्मा ३९० पिस हुनुपर्नेमा १ पत्तामा ४ वटा खालि रहेको गरी जम्मा  ३८६ पिस रहेको र सानो २ पत्तामा १ पत्तामा १५ पिसको दरले ३० पिस गरी जम्मा ४१६ पिस रहेको । २)     Nitrosun-10 लेखिएको ठुलो ५ पत्तामा २० पिसको दरले जम्मा १०० र सानो १ पत्तामा ५ पिस रहेको जम्मा १०५ पिस रहेको ।३)     SPASMO PROXYVON PLUS ठुलो ३ पत्तामा २४ पिसको दरले ७२ पिस र सानो १ पत्तामा ८ पिस रहेको गरी जम्मा ८० पिस रहेको ।४)     अबैध ला.औ.गांजा पत्रिकामा पोका पारी ल्याएको १८ वटा पोकामा जम्मा तौल ९३ ग्राम २२० मिलिग्राम रहेको ।५)     पत्रिकाको पोकामा बेरेर ल्याएको ३ पिस खुल्ला ला.औ. जस्तो देखिने सेतो रङगको ट्याब्लेट समेत रहेको । ६)     जम्मा २४ पत्तामा ६०४ पिस ३पिस खुल्ला सहित    

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७९-०१-०६

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि. राजमार्ग सडक-खण्डमा ईलाका प्रहरी कार्यालय, भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको ट्राफिक सहितको ५ जना प्रहरी टोलीले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट काठमाण्डौं तर्फ आउदै गरेको बा. ४ ख ६६७३ न.को हाईसमा सवार जिल्ला सर्लाही हरिपुर नगरपालिका-२ बस्ने १८ वर्षीय प्रसान्त गोले र सोही स्थित बस्ने १८ वर्षीय नम पुलामी मगरले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको लागु औषध जस्तो देखिने ट्याबलेट सहित निज प्रसान्त गोले र नम पुलामी मगरलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । निम्न१)     NITRAVET-10 लेखिएको ७० पत्ता, १ पत्तामा ३० पिसको दरले जम्मा २१०० पिस २)     NOOPHIN-४ पिस एम्पुल, DIAZEPAM-४ पिस एम्पुल र PHENERGAN-४ पिस एम्पुल गरी जम्मा १२ पिस एम्पुल ।३)     SYRINGE-३ पिस  

शंकास्पद नक्कली पैसा सहित मानिस नियन्त्रणमा
२०७८-१२-२९

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बर्दिबास बाट काठमाण्डौँ तर्फ आउदै गरेको बा.२ ज ४३६७ न.को ट्याक्सीलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त ट्याक्सीमा सवार निम्न मानिसहरुको साथमा रहेको झोला भित्र नक्कली नोट जस्तो  देखिने हजारको नोट भएको बिट्टा प्लास्टिकले बेरेर ल्याएको ५ (पाँच ) पोका पैसा र पैसा बनाउन प्रयोग गरिने सेतो पेपर १ बिट्टा फेला परेको थियो । प्रहरीले उक्त ट्याक्सी,चालक तथा सवार दुबै जना लाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धानक कार्य गरिरहेको छ ।  निम्नः- नियन्त्रणमा रहेको मानिसजहरुः-१)     जिल्ला सिन्धुपाल्चोक मेलम्ची-१३ घर भई हाल जिल्ला काठमान्डौ काठमान्डौ महानगरपालिका-९ बस्ने बर्ष ३२ को समिर पाण्डे । २)     जिल्ला खोटाङ खुट्टेह्याङ गाउँपालिका-९ बस्ने बर्ष २३ को भुमिराज अधिकारी ।                  

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-२२

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा ईलाका प्रहरी कार्यालय भिमान बाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको ट्राफिक सहितको ५ जना प्रहरी टोलिले सवारी साधनहरू चेकजांच गर्ने क्रममा बिराटनगर बाट काठमाण्डौं तर्फ आउदै गरेको प्र ३-०१०००६ ख ०३१० न.को हाईसमा सवार जिल्ला सिराहा कर्जन्हा नगरपालिका-४ बस्तिपुर बस्ने ३७ वर्षीय नन्द किशोर दासले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध जस्तो देखिने NITRAVET-10 लेखिएको १०० पत्ता, १ पत्तामा ३० पिसको दरले जम्मा ३००० पिस लागुऔषध फेला परेको थियो ।  लागुऔषध सहित निज फुल महमद अन्सारीलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान कार्य भईरहेको छ ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-२१

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा ईलाका प्रहरी कार्यालय भिमान सिन्धुली बाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको ट्राफिक सहितको ५ जना प्रहरी टोलिले सवारी साधनहरू चेकजांच गर्ने क्रममा बर्दिबास बाट काठमाण्डौं तर्फ आउदै गरेको ना १ ज ३८७४ नं.को सुमो गाडिको दाहिने साईडको सिटमा सवार जिल्ला सर्लाही मलंगवा नगरपालिका-३ बस्ने १९ वर्षीय फुल महमद अन्सारीले बोकेको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध जस्तो देखिने NITRAVET-10 लेखिएको २० पत्ता, १ पत्तामा ३० पिसको दरले जम्मा ६०० पिस लागुऔषध फेला परेको थियो । लागुऔषध सहित निज फुल महमद अन्सारीलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान कार्य भईरहेको छ ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-१८

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१५ रातोमाटे चेकप्वईन्ट स्थित प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलिले पथलैयाबाट हेटौडातर्फ आउदै गरेको प्र.३-०२-००६प २६१४ नं.को Ns मोटरसाईकल लाई शंका लागि चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला धादिङ निलकण्ठ नगरपालिका-१४ धुँवाकोट बस्ने २९ वर्षीय बलराम गुरूङले बोकेको भिर्ने झोला र मोटरसाईकलको सिटमुनि लुकाईछिपाई ल्याएको लागुऔषध खैरो हिराईन जस्तो देखिने धुलो पदार्थ ८ प्याकेट (४ ग्राम) र नाईट्रोभेट १३ ट्यावलेट फेला परेको । लागुऔषध, मोटरसाईकल सहित निज बलराम गुरूङ लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा अवश्यक अनुसन्धान कार्य भईरहेको ।  

संकास्पद औषधी सहित मानिस नियन्त्रणमा
२०७८-१२-१७

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा  ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा बिर्तामोडबाट काठमाण्डौं तर्फ आउँदै गरेको प्र ३-०१-००५ ख ९७९९ नं.को WINGER गाडिको १ नं. सिटमा सवार जिल्ला झापा बिर्तामोड नगरपालिका-७ बस्ने २४ वर्षीय सागर दर्नालले बोकेको कालो झोला भित्र लुकाईछिपाई ल्याएको लागुऔषध जस्तो देखिने निम्न अनुसारको औषधी सहित निज सागर दर्नाललाई  प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । निम्न अनुसारको औषधीहरूः१)     Tramadol Hydrochloride Capsules Tramol-50 लेखिएको १५ पिस ( १ पत्तामा १० पिस र १ पत्तामा १० पिस हुनुपर्नेमा  ५ पिस मात्र रहेको) २)     SPASPAIN- लेखिएको १५ पिस ( १ पत्तामा १० पिस र १ पत्तामा १० पिस हुनुपर्नेमा  ५ पिस मात्र रहेको) ३)     Paracetamol Tablets IP 500 Mg Parashang लेखिएको ९ पिस (१ पत्तामा १० पिस हुनुपर्नेमा ९ पिस मात्र रहेको )४)     TRAID -१ पत्ता १० पिस मात्र५)     PREGABA ७५ लेखिएको १ पत्ता १० पिस  

बसको ठक्कर बाट मानिसको मृत्यु
२०७८-१२-१७

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१९ नेवारपानी स्कुल चोक स्थित पुर्व पश्चिम सडकखण्डमा बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुने मानिस सोहि नेवारपानी बस्ने ७३ वर्षीय मान बहादुर ढकाल रहेका छन् । निजलाई पुर्व-पश्चिम सडकखण्डमा मोरङ उर्लाबारी बाट काठमाण्डौ तर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ ख १३६५ नं.को बसले ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाईते भएका निज मान बहादुर ढकालको उपचारको लागी हेटौडा अस्पताल पठाईएकोमा हेटौडा अस्पताल पुग्नासाथ डाक्टरलले निजलाई मृत घोषणा गरेको थियो । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको, घट्ना बारे अन्य अनुसन्धान कार्य भईरहेको ।  

संकास्पद औषधी सहित मानिस नियन्त्रणमा
२०७८-१२-१७

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्ट स्थित बि.पि.राजमार्ग सडक-खण्डमा  ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको प्रहरी टोलिले सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ईटहरीबाट काठमाण्डौं तर्फ आउँदै गरेको ना.८.ख ३२९४ नं.को चाउचाउ लोड गरेको ट्रकलाई रोकि चेकजाँच गर्ने क्रममा उक्त ट्रकको Dashboard मा लुकाई छिपाई ल्याएको निम्न अनुसारको औषधी लागुऔषध जस्तो देखिने फेला परेको थियो । प्रहरीले उक्त ट्रक, ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका-२ बस्ने २४ वर्षीय सन्देश तामाङ र त्यसमा सवार सोहि स्थित बस्ने २४ वर्षीय उमेश परियार समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । निम्न अनुसारको औषधीहरूः१)     Tramadol Hydrochloride Capsules Tramol-50 लेखिएको १५ पिस ( १ पत्तामा १० पिस र १ पत्तामा १० पिस हुनुपर्नेमा  ५ पिस मात्र रहेको) २)     SPASMO-७ पिस (१ पत्तामा १० पिस हुनुपर्नेमा ७ पिस मात्र रहेको) CTZ (सी.टी.जेड)-११ पिस (१ पत्तामा १४ पिस हुनुपर्नेमा ११ पिस मात्र रहेको)

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-१५

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्टमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको टोलिले सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा सर्लाही बाट काठमाण्डौं तर्फ जाँदै गरेको बा २ ख ४१३१ न.को हाईस गाडिको १० नं.सिटमा सवार जिल्ला सर्लाही हरिवन नगरपालिका-८ बस्ने १९ वर्षीय डिकल राईले बोकेको भिर्नि झोला खोलि हेर्दा उक्त झोला भित्र सोहि स्थित बस्ने १९ वर्षीय रोहित कुमार दासको ट्याक सुरुवालमा हरियो प्लास्टिकको झोलामा पोका पारी ल्याएको १२२ (एक सय बाईस) ग्राम लागुऔषध गाँजा फेला परेको हो । लागुऔषध गाँजा सहित निज रोहित कुमार दासलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको । उक्त सवारी, त्यसको चालक र निजको साथी डिकल राईलाई आवश्यक कागज गरी छाडिएको हो ।

अवैध किट-नाशक औषधी सहित मानिस नियन्त्रणमा
२०७८-१२-१४

मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानी स्थित ना.१ ज.४७७६ नं.को भाडाको म्याजिक प्रयोग गरी  प्रतिबन्धित किटनाषक औषधी र अवैध मल बिक्री बितरण गरी रहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले उक्त नं.को म्याजिकमा लुकाई छिपाई राखेको १७ बोरा बिनग्रो जी र ५ कार्टुन जिल सहित जिल्ला सर्लाही बसपडिया गाउँपालिका-६ बस्ने ३२ वर्षीय सन्तोष साह र जिल्ला चितवन माडी नगरपालिका-९ बगही बस्ने ३२ वर्षीय गिरेन्द्र दुरा लाई नियन्त्रणमा लिई सोधपुछ गर्दा हेटौडा उप-महानगरपालिका-१९ बस्तिपुर स्थित भाडामा लिएको कोठा भित्र लुकाई छिपाई राखेको बिनग्रो जी ३२ बोरा र जिल ११ कार्टुन गरी जम्मा बिनग्रो जी ४९ बोरा र जिल १६ कार्टुन फेला पारेकोले उक्त किटनाषक औषधि सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान ईलाका प्रहरी कार्यालय मनहरीमा भईरहेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-१४

मकवानपुर, मनहरी गाउँपालिका-६ लोथर खोलाको बगरमा माथिल्लो भेगबाट लोथर बजार तर्फ लागुऔषध गाजाँ बोकि आईरहेका ब्यक्तिहरुलाई बिशेष सुचना आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक र प्रहरी चौकी सुनाचुरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले चार (४) वटा बोरामा बोकि ल्याएको लागुऔषध गाजाँ अन्दाजी ९५ के.जि. र गाजाँ बोकि आईरहेका निम्न स्थान बस्ने निम्न मानिसहरु सहितलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय मनहरीमा भईरहेको ।निम्न:१)     जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३ सुगौरा बस्ने वर्ष ५३ को बुद्धि बहादुर थिङ ।२)     जिल्ला धादिङ रोराङ गाउँपालिका-२ बस्ने वर्ष अन्दाजी ३० को मान बहादुर चेपाङ।३)     सोही बस्ने वर्ष अन्दाजी ३९ को सन्त बहादुर चेपाङ ।४)     जिल्ला चितवन राप्ति नगरपालिका-११ बस्ने वर्ष अन्दाजी ५५ को सन्च बहादुर थिङ । ५)      घट्ना स्थलमा गई सर्च गर्ने क्रममा प्लाष्टिकको झोलामा थप अन्दाजी ५ के.जि. लागुऔषध गाँजा फेला परेको ।

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-११

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्टमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी हवल्दारको कमाण्डमा ५ जना खटिएको टोलिले सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । सर्लाहीबाट काठमाण्डौं तर्फ जाँदै गरेको ना.१.ज ७०७२ नं.को Winger गाडिको चालक साईडको ११ नं. सिटमा सवार जिल्ला मकवानपुर बागमती गाउँपालिका-२ सानोबगर बस्ने २८ वर्षीय कुमार स्याङतानले बोकेको भिर्ने झोलाभित्र रहेको कालो प्लास्टिकको झोलामा कागजमा पोका पारी ल्याएको (४ पोका) अन्दाजी ७५ (पच्चहत्तर) ग्राम लागुऔषध गाँजा फेला पारी लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई हो । यस घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको । 

ट्याक्टर दुर्घट्ना हुँदा चालकको मृत्यु
२०७८-१२-१०

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१९ बस्तिपुर स्थित राप्तिखोलामा ट्याक्टर दुर्घट्ना भई चालकको मृत्यु भएको छ । भुन्द्रुङबाट बस्तिपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नं.को खालि ट्याक्टर काठको पुलबाट क्रस गर्ने क्रममा अचानक काठको पुल भाचि दुर्घट्ना हुँदा ट्याकटर चालक राक्सिराङ गाउँपालिका-८ बस्ने २८ वर्षीय सागर स्याङतान पानिमुनि ट्याक्टरले च्यापि मृत अवस्थामा फेला परेका थिए । उक्त ट्याक्टरमा सवार सोहि बस्ने १६ वर्षीय बिशाल बल भने पौडिएर स-कुशल रहेको । यस घट्नाको सम्बन्धामा प्रहरीले मुचुल्का सहितको कार्य गरि थप अनुसन्धान पनि गरिरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७८-१२-१०

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान चेकपोईन्टमा ईलाका प्रहरी कार्यालय भिमानबाट प्र.ना.नि. को कमाण्डमा खटिएको ७ जनाको प्रहरी टोलिले सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । बर्दिबासबाट काठमाण्डौं तर्फ जाँदै प्र ३-०१-००५ ख ९७१४ नं.को Winger गाडिको चालक साईडको ६ नं.सिटमा सवार जिल्ला धनुषा धनुषाधाम नगरपालिका-६ मालटोल बस्ने २४ वर्षीय फुच्चे अछामिले बोकेको कालो रङको भिर्ने झोला चेकजाँच गर्दा उक्त झोलाभित्र रहेको कालो प्लास्टिकको झोलामा कागजमा पोका पारी ल्याएको (२२ पोका) अन्दाजी ९६ (छयानब्बे) ग्राम लागुऔषध गाँजा फेला परेको थियो । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवस्यक अनुसन्धान भईरहेको छ ।

करेन्ट सर्ट भई आगलागि हुँदा लाखौंको क्षति
२०७८-१२-१०

दोलखा, भिमेश्वर नगरपालिका-६ बिचबजार स्थित बालकृष्ण श्रेष्ठको घरको सटरमा सञ्चालनमा रहेको संसार टेलर्समा अचानक करेन्ट सर्ट भई आगलागि भएको छ । उक्त टेलर्स सोहि नगरपालिका-१ देउराली बस्ने ४३ वर्षीय पदम बहादुर श्रेष्ठले संचालन गर्दै आएका थिए । आगो स्थानिय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । उक्त आगो बाट कुनै मानबिय तथा चौपाय क्षती भने नभएको तर निम्न सरसमान जली नष्ट हुँदा अन्दाजी रू. १०,००,०००।– (दश लाख) बराबरको क्षति भएको छ ।निम्नः१.      काठको कपडा राख्ने र्‍याक थान १  ।२.     टेलर मेसिन थान ३  । ३.     टेबुल थान १  । र टेलर्समा रहेको कपडा र अन्य सामान जलि नष्ट भएको । 

मोटरसाईकल दुर्घटनामा परी युवकको मृत्यु
२०७८-१२-०७

सिन्धुली, दुधौली नगरपालिका-२ गागन बजार स्थित मदनभण्डारी राजमार्गमा मोटरसाईकल दुर्घटना भई एक युवकको मृत्यु भएको छ । मृत्यु हुने युवक जिल्ला मोरङ इटहरा गाउँपालिका-४ बस्ने २२ वर्षीय अबिशेक भट्टराई रहेका छन् । निज प्र.१-०२-०४४ प. ५००९ नं. NS 200 पल्सर मोटरसाईकलमा भिमान बाट डकाहा तर्फ जाँदै गर्दा दुधौली नगरपालिका-२ गागन बजार स्थित मोटरसाईकल आफै अनियन्त्रित भई सडकबाट बायाँ तर्फ अन्दाजी ३५ फिट तल झरी दुर्घटना भएको हो । उक्त दुर्घटनामा निज मोटरसाईकल चालक अबिशेक भट्टराईको बायाँ हात, बायाँ खुट्टा भाँचिएको नाकबाट रगत बगि बेहोस रहेको अवस्थामा प्रहरीले फेला पारि निजको उपचारको लागी चन्दनपुर ओम साई मेडिकलमा लगिएकोमा डाक्टरले निजलाई हेर्दा मृत घोषणा गरेको थिए । घट्ना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको ।

लागु औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७८-१२-०७

सिन्धुली, मरिण गाउँपालिका-२ सानो गर्दवा स्थित विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्र.नि.को कमाण्डमा १० जनाको प्रहरी टोली खटिगई निम्न स्थान बस्ने निम्न मानिसहरुको घर तथा आसपास यरियाहरुमा खानतलासी गर्ने क्रममा घर देखी अन्दाजी ३०० मिटर नजिकै खेतको मकैबारीमा बोरामा प्याकिङ गरी लुकाई छुपाई राखेको अवस्थामा अन्दाजी २८ के.जि. लागु औषध गाँजा फेला पारि निजहरुलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कपिलाकोटमा आवश्यक अनुसन्धान कार्य भईरहेको ।निम्न स्थान बस्ने निम्न मानिसहरूः-१) जिल्ला सिन्धुली मरिण गा.पा. २ सानो गर्दवा बस्ने  शोभा सिंह मोक्तानको छोरा अन्दाजी वर्ष ४० को दल बहादुर मोक्तान २) सोहि स्थित बस्ने प्रेम कुमार जिम्बाको छोरा अन्दाजी बर्ष १८ को पेम्बा दोर्जे जिम्बा

आगलागीबाट लाखौंको क्षती
२०७८-१२-०४

चितवन, माडी नगरपालिका-४ खैरहनी स्थित रहेको माधब लामिछानेको धन्सारमा अचानक करेन्ट सर्ट भई आगोलागी भएको छ । आगो प्रहरी, स्थानिय र दमकलको सहायतामा र्णरुपमा नियन्त्रणमा आएको हो । उक्त आगलागीबाट धन्सार र नजिकै रहेको २ वटा कुखुराको फर्ममा रहेको निम्न सामान हरु नष्ट भई अन्दाजी बैसठी लाख (६२,००,०००) बराबरको क्षती भएको छ । आगोबाट कुनै मानबिय क्षती भने भएको छैन् । घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । निम्न१)     धन्सारमा रहेको ७४ क्विन्टल अन्न ,७० बोरा कुखुराको दाना, फ्रिज, सोलार प्यानल थान-४,ब्याट्री थान-३,ईन्भटर थान -१ २)     कुखुराको फर्ममा रहेको तयारी कुखुरा १५००,चल्ला १०००नष्ट भएको                    

लागु औषध सहित मानिस नियन्त्रणमा
२०७८-१२-०३

सिन्धुली, दुधौली नगरपालिका-९ दुधौली बजार स्थित रहेको स्ट्यान्डर होटलमा जिल्ला काठमाण्डौ काठमाण्डौ महानगरपालिका-३१ रातोपुल घर भई हाल दुधौली नगरपालिका-९ दुधौली बजारमा कोठा गरी बस्ने अन्दाजी २८ वर्षीय रमेश महतोलाई प्रहरीले लागु औषध सहित नियन्त्रणमा लिएको छ । निजको साथबाट पोका पारेको पलाष्टिक सहितको 0.230 ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरि पुन; निज बस्ने गरेको कोठामा समेत खानतलासी गर्दा निज सुत्ने गरेको खाटको डस्ना मुनि बाट पलाष्टिक सहितकको 16 पोकाको 1.750 ग्रामको खैरो हिरोइन जस्तो देखिने पदार्थ  र सोहि कोठामा रहेको काठको दराजको माथी बाट 55 ग्राम गाँजा जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको छ र बरामद गरेको लागु औषध सहित निज रमेश महतोलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा थप अनुसन्धान कार्य भैरहेको छ ।

लागुऔषध अफिम सहित मोटरसाईकल नियन्त्रणमा
२०७८-१२-०२

वनापुर, कैलाश गाउँपालिका-७ रतुवा स्थित भित्री ग्रामिण सडक खण्डमा विशेष सुचनाको आधारमा तामलाङबाट रतुवा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००३ प.१४१० नं. को १५० सि.सी.को पल्सर मोटरसाईकल र Ontest २२० सि.सि.को पल्सर मोटरसाईकललाई ई.प्र.का.मनहरी र प्र.चौ.भार्ताबाट प्र.स.नि.को कमाण्डमा तथा प्र.चौ.चैनपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले रोक्न खोज्दा दुवै जनाले मोटरसाईकल छोडि भागेकोमा Ontest मोटरसाईकल चालकले फालेको पछाडी भिर्ने झोला खोली चेकजाँच गर्ने क्रममा झोला भित्र ५ किलो अफिम, ५०० सयको दरले २०० थान नेपाली नोट रु.१,००,०००।– (एकलाख) र महालक्ष्मी विकाश बैंकको दिलिप कुमार लामाको नाममा रहेको ब्ल्यांक चेक थान-२ सहित फेला पारी ई.प्र.का.मनहरी मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको छ । २ वटै मोटरसाईकल प्रहरीको नियन्त्रणमा, फरार मोटरसाईकल चालकहरुको खोजतलाश कार्य जारी रहेको । 

सवारी दुर्घटनामा परी मृत्यु
२०७८-११-२९

सिन्धुली, दुधौली नगरपालिका-२ गागन पुलमा स्थित मोटरसाईकल दुर्घटनामा परी एक युवको मृत्यु भएको छ । मृत्यु हुने जिल्ला खोटाङ जन्तेढुङ्गे गाउँपालिका-६ निगालवास भन्ज्याङ घर भएका २८ वर्षीय अबिनास राई रहेका छन् । निजले चलाएको प्र. नं. १-०४-००१ प. १६०६ नं. को यामाहा मोटरसाईकल डकाहा बाट भिमान तर्फ जाँदै गर्दा दुधौली नगरपालिका-२ रहेको गागन पुलमा आँफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । मृतक अबिनास राई ईलाका प्रहरी कार्यालय बोयाङ भोजपुरमा कार्यरत रहेका थिए । दुर्घटनामा परेका निज राईको दाहिने पट्टिको छातिमा दरालिएको चोट भई ओमकृष्ण पोलिक्लिनिक्स चन्दनपुरमा उपचार भईरहेकोमा थप उपचारको लागी बर्दिबास स्थित जनसेवा अस्पतालमा लगिएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७८-११-२९

मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी खोलाको बगर स्थित राक्सिराङ मनहरी भित्री सडक खण्डमा प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ ।बिहान अन्दाजी ०६:२० बजेको समयमा प्रहरीले विशेष सूचनाको आधारमा राक्सिराङ बाट मनहरीतर्फ आउँदै गरेको बा.७ च १६०६ नं.को पिकअप गाडिलाई रोकी चेकजाँच गर्दा पिकअप पछाडिको ढालामा फल्स बटम बनाई लुकाई  छिपाई ल्याएको अन्दाजी १८० के.जि. लागुऔषध गाँजा फेला पारेको थियो । प्रहरीले पिकअप गाडि सहित सो गाडीमा सवार निम्न स्थान बस्ने निम्न मानिषहरु लाई नियन्त्रणमा लिई थप अनुसन्धान ईलाका प्रहरी कार्यालय मनहरी मा गरिरहेको छ ।निम्नः१)पिकअप चालक जि.मकवानपुर हेटौडा उ.म.न.पा.१६ बस्ने बर्ष २९ को बुद्धिमान वाईबा ।२) ऐ.ऐ.बस्ने बर्ष २९ को अर्जुन स्याङतान । ३) ऐ.ऐ.बस्ने बर्ष ३० को बिनोद पाख्रीन ।

काठ सहित सवारी नियन्त्रणमा
२०७८-१०-२०

चितवन, ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सुराकीको आधारमा राप्ती नगरपालिका-६ पम्फापुल नजिक पुर्व पश्चिम राजमार्गमा राप्ती नगरपालिका-१० दोबाटे तर्फबाट आईरहेको बागमती प्रदेश, ०३, ००१ च १३७१ नम्बरको टाटा योद्दा भ्यानलाई रोक्न खोज्दा नरोकी खैरहनि तर्फ भगेकोमा प्रहरीले पिछा गर्दै जाँदा खैरहनि नगरपालिका-१ सिमलघारीबाट उक्त गाडिलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त गाडिमा लुकाई छिपाई ल्याएको सालको चिरेको तयारी काठ अन्दाजी २९ क्यू . फिट फेला परेको, उक्त गाडि, बरामद भएको सालको काठ र चालक सहित निम्न ३ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।                                                 निम्नः-१.     चालक जिल्ला चितवन रत्ननगर नगरपालिका-४ वस्ने बर्ष ३३ को राजकुमार मर्दनिया२.     सवार जिल्ला चितवन, राप्ती नगरपालिका-१० वस्ने बर्ष २० को योगेन्द्र चेपाङ३.     जिल्ला चितवन कालिका नगरपालिका-११ वस्ने बर्ष २१ को रामलाल चेपाङ  

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१०-१८

मकवनापुर, राक्सिराङ गाउँपालिका-५ चैनपुर बगर स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरी बाट प्रहारी निरिक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले बिशेष सुचनाको आधारमा चैनपुर मनहरी सडक खण्डमा लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने सोहि गाउँपालिका-५ बस्ने ३६ वर्षीय राम कुमार प्रजा रहेका छन् । ठाडेचुरी बाट घट्टे खोला तर्फ जाँदै गरेको ४/५ जना मानिसहरु पिठ्युमा बोरा बोकी हिडी रहेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देख्ना साथ पिठ्युमा बोकेको बोरा फाली भाग्न खोज्दा उक्त प्रहरीको टोलीले निज राम कुमार प्रजालाई नियन्त्रणमा लिएको हो । अन्य मानिसहरु फरार रहेको निजहरुको खोजतलास कार्य प्रहरीले जारी राखेको छ । उक्त बोरा खोली हेर्दा बोरा भित्र लागुऔषध गाँजा अन्दाजी १ क्विनटल १० किलोग्राम फेला परेको छ । घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१०-१४

मकवनपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलिले हेटौडा उपमहानगरपालिका-४ कपुर कम्प्लेक्स स्थित बाट र सोहि उपमहानगरपालिका-१० बस पार्क स्थितबाट लागुऔषध सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलिले बा २४ प ४५९५ नं.को मोटरसाईकल लाई रोकि चेकजाँच गर्दा मोटरसाईकल चालक हेटौडा उपमहानगरपालिका-४ हुप्राचौर बस्ने २४ वर्षीय अनिल कुमार तामाङलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । निजको साथबाट लागुऔषध नाईट्रोभेट- ४८ पिस फेला परेको थियो । साथै सोहि टोलिले हेटौडा उपमहानगरपालिका-१० बस पार्क स्थितमा बसिरहेको एक युवक माथि शंका लागी निजलाई चेकजाँच गर्दा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ बस्ने २३ वर्षीय अनिस तामाङ लाई समेत नियन्त्रणमा लिएको हो । निज अनिस तामाङको साथबाट लागुऔषध नाईट्रोभेट ६९ पिस फेला पारेको थियो । प्रहरीले दुबैलाई थप अनुसन्धनको लागी जि.प्र.का.मकवानपुर ल्याई आवश्यक कारबाही गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-२८

मकवनापुर, मनहरी गाउँपालिका-८ सिमपानी स्थित पुर्व पश्चिम सडक खण्डमा खटियको प्रहरि टोलीले चिवतनबाट हेटौंडा तर्फ  जाँदै गरेको लु३च ९७४ नं. को योद्धा पिकअप गाडीलाई शंका लागी चेकजाच गर्दा सोही गाडीमा लुकाई छिपाई ल्याएको लागुऔषध चरेस २० किलो ५०० ग्राम, १० किलो गाजाको धुलो फेला परेकोले गाडी चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने बर्ष ३३ को सन्त बहादुर थिङ, सवार ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २७ को ललित बहादुर थिङ र जिल्ला चितवन राप्ती नगरपालिका-११ भण्डारा बस्ने बर्ष २८ को राम बहादुर तामाङलाई गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७८-०९-२१

धादिङ, गजुरी गाउँपालिका-६ आदमघाटबजार स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउँने गजुरी गाउँपालिका-४ भिरकोट बस्ने १९ वर्षीय प्रकाश प्रजा र सोहि बस्ने १९ वर्षीय बिक्रम प्रजा रहेका छन् । निजहरुलाई अस्थायी प्रहरी पोष्ट आदमघाट धादिङबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोली र शसस्त्र प्रहरी बल राजमार्ग सुरक्षा पोष्ट आदमघाटबाट स.प्र.ना.नि.को कमाण्डमा खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले निजहरु माथि शंका लागि चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको जेब्रा झोला र पछाडी भिर्ने झोलाभित्र अन्दाजी १०KG गाँजा फेला पारेको थियो । लागुऔषध गाँजा सहित निजहरुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध फेला
२०७८-०९-२०

मकवानपुर, मनहरी गाउँपालिका-९ ज्यामिरे स्थित पुर्व-पश्चिम सडक खण्डमा प्रहरीको गस्ति टोलिले भिर्ने झोलामा लागुऔषध फेला परेको छ ।ईलाका प्रहरी कार्यालय मनहरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको गस्ति टोलिले गस्ति गर्दै जाने क्रममा पुर्व-पश्चिम सडक खण्ड मनहरी गाउँपालिका-९ ज्यामिरे स्थित गस्ति टोलीलाई देखी सडक छेउमा उभिरहेको एक जना पुरुष ब्यक्तिले आफुले बोकी राखेको भिर्ने झोला फाली भागि फरार भएको उक्त झोलामा चेकजाँच गर्दा लागुऔषध डाईजेपाम-३० पम्पुल, नुरफिन-४२ एम्पुल, फेनारगन-३२ एम्पुल र लुफिजिसिस-३ पम्पुल सहित जम्मा १०७ एम्पुल लागुऔषध फेला परेको छ । यस घट्नाको सम्बन्धमा प्रहरीले फरार व्यक्तिको खोजतलाश कार्य जारी राखेको तथा घट्ना बारे थप अनुसन्धान गरिरहेको छ । 

सवारी दुर्घटनामा परी मृत्यु
२०७८-०९-१९

सिन्धुली, दुधौली नगरपालिका-७ डम्वरखाडी स्थित मदनभण्डारी राजमार्गमा सवारी दुर्घटना भई एक जनाको मृत्यु भएको छ । मृत्यु हुने दुधौली नगरपालिका-७ कत्ले खोला बस्ने ५५ वर्षीय बिर बहादुर मगर रहेका छन् । निज सोहि नगरपालिका-११ बस्ने लाल बहादुर मगरले चलाएको प्रदेश २-०१-००१ प. ५२०७ नं.को मोटरसाईकलमा सवार रहेका थिए । उक्त मोटरसाईकल र प्रदेश २-०१-००१ प. ८१५४ नं.को स्कुटी आफै अनियन्त्रित भई मदनभण्डारी राजमार्गमा दुधौली नगरपालिका-७ डम्वरखाडी स्थित एकआपसमा ठोकिन जाँदा स्कुटी चालक जिल्ला उदयपुर कटारी नगरपालिका-५ तिनतले बस्ने एक बहादुर आले, स्कुटीमा सवार सोहि बस्ने दिप पोखरेल र मोटरसाईकल चालक लाल बहादुर मगर समान्य घाईते भई कटारी अस्पतालमा उपचार भईरहेको छ भने उक्त मोटरसाईकलमा सवार बिर बहादुर मगर गम्भिर घाईते भई थप उपचारको लागी बिराटनगर लैजाँदै गर्दा बाटोमा नै निज लाल बहादुर मगरको मृत्यु भएको हो । यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-१६

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ स्थित भित्री रोडमामा विशेष सूचनाको आधारमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा आउने हेटौडा उप-महानगरपालिका-४ हुप्राचौर बस्ने २७ वर्षीय अमृत मैनाली रहेका छन् । निजलाई सोहि स्थित भित्री रोडमा विशेष सूचनाको आधारमा ना ४३ प ८२६८ नं.को मोटरसाईकलमा सवार निजलाई रोकी चेकजाँच गर्दा निजको साथमा रहेको लागुऔषध नाईट्रोभेट ८ ट्याब्लेट, ट्माडोल २२ ट्याब्लेट, फेला परेको थियो । यस सम्बन्धमा प्रहरीले मोटरसाईकल सहित निज अमृत मैनालीलाई नियन्त्रण लिई आवश्यक कारबाही तथा अनुसन्धान कार्य गरिरहेको छ । 

अचानक आगलागी हुँदा करोडौंको नोक्सान
२०७८-०९-१४

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-११ ख्याकु स्थित सिवानी काठ फर्निचर तथा सवमिलमा अचानक आगोलागी भएको छ । उक्त फर्निचर तथा सवमिल सोहि स्थित बस्ने सरोज थापाले संचालन गर्दै आएका थिए । फर्निचर मिलमा अचानक आगलागी हुँदा निजले संचालन गरेको काठको फर्निचर, सवमिल र राईस मिल पुर्ण रुपमा जलि नष्ट भएको तथा फर्निचर नजिकै रहेको सोहि बस्ने लुद्र थापाको तिन तले पक्की घरको उत्तर साईटमा रहेको झ्यालहरु जलि आम्सिक क्षति भएको र सोहि बस्ने श्रीकृष्ण थापाको बा ६ ख ४९५९ नं.को बोलेरो गाडीको अगाडी सिट र बाहिरी भागमा आम्सिक क्षति भएको उक्त स्थानमा साईट लगाई राखेको हाईलाईन बोर्डिङ स्कुलको बा ३ ख ६२०४ नं.को स्कुल बसको अगाडी बाहिरी भागमा आम्सिक क्षति भएको छ । उक्त आगो स्थानिय, प्रहरी, नेपाली सेना तथा दम्कलको सहयोग बाट पुर्ण रुपमा नियन्त्रणमा लिईएको थियो । आगलागी बाट कुनै मानविय क्षति नभएको तर जलि नष्ट भएको सम्पुर्ण धनसम्पत्ति गरी अन्दाजी १ करोड २० लाख बराबरको क्षति भएको छ । यस घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सवारी दुरघट्नामा परी मृत्यु
२०७८-०९-११

धादिङ, थाक्रे गाउँपालिका-१ खयरघारी स्थित पृथ्विलोकमार्गमा सवारी दुरघट्ना भई एक जनाको मृत्यु भएको छ । दुरघट्ना सोहि गाउँपालिका-१ खयरघारी स्थित पृथ्विलोकमार्गमा गल्छीबाट काठमाडौ तर्फ आउँदै गरेको प्रदेश नं.३-०२-००७प ९८९१ नं.को FZ मोटरसाईकल आफै अनियत्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसि दुर्घट्ना भएको हो । उक्त मोटरसाईकलको चालक जिल्ला धादिङ धुनिबेशि नगरपालिका-७ बस्ने २२ वर्षीय किशोर गिरि को पेट र छात्तिमा मध्यम चोट र सोहि मोटरसाईकलमा सवार सोहि बस्ने २२ वर्षीय श्रीजन पाठक को घट्नास्थलमै मृत्यु भएको छ । घाईते चालकको स्थानिय मेडिकल सिम्लेमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौ तर्फ पठाएको छ । घट्नाको बारेमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७८-०९-०९

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१५ रातोमाटे चेकपोष्ट स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ ।प्रहरीको नियन्त्रणमा आउने जिल्ला धनुषा नगराईन नगरपालिका-२ बस्ने ३६ वर्षीय सुबोध मण्डल र जिल्ला पर्सा पटेरवा सुगौली गाउँपालिका-३ सुनबर्सा बस्ने ३९ वर्षीय मुकेश राउत चौधरी रहेका छन् । निजहरुलाई पुर्व-पश्चिम सडक खण्डमा रातोमाटे चेकपोष्ट स्थित प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौडा तर्फबाट  बिरगंज तर्फ जाँदै गरेको NL01C3654 नं.को भारतिय स्कार्पिओ गाडीलाई शंका लागी रोकी चेकजाँच गर्दा उक्त गाडीको पछाडी पट्टिको सिट मुनि रातो प्लाष्टिकले बेरी पोका बनाई जेब्रा झोला र बोरामा राखी लुकाई छिपाई ल्याएको अवस्थामा ३ पोका अन्दाजी ३० किलो लागुऔषध गाँजा फेला पारी प्रहरीले नियन्त्रणमा लिईएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सवारी दुरघट्नामा परी मृत्यु
२०७८-०९-०८

सिन्धुली, सुनकोशी गाउँपालिका-६ रिठ्ठ भिर नजिक सवारी दुरघट्नामा परी एक जनाको मृत्यु भएको छ ।मृत्यु हुने जिल्ला सर्लाहि लालबन्दी नगरपालिका-१५ बस्ने २० वर्षीय कुनथाङ मोक्तान रहेका छन् । दुरघट्ना सुनकोशी गाउँपालिका-६ रिठ्ठ भिर नजिक वि.पि. राजमार्गमा भएको हो । कुखुरा लोड भएको प्रदेश २-०३-००१ च ४००८ नम्बरको बलेरो गाडी महोत्तरीबाट काठमाण्डौ तर्फ जाँदै गर्दा सोहि भिर नजिक सडकबाट अन्दाजी २०० फिट तल खस्न गई दुरघट्ना भएको थियो । उक्त बलेरोमा सवार चालक जिल्ला सर्लाहि लालबन्दी नगर पालिका-१५ परमानीपुर बस्ने ३० वर्षीय आईतसिह बम्जन, सोहि बस्ने मनिस परियार र कुनथाङ मोक्तान रहेका थिए । दुरघट्नामा चालक आईतसिह बम्जन र उक्त गाडीमा सवार मनिस परियार दुबै जना घाइते भएका थिए भने सोहि बलेरोमा सवार कुनथाङ मोक्तानको घट्नास्थल मै मृत्यु भएको थियो । यस दुरघट्नाको सम्बन्धमा प्रहरीले घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सवारी दुरघट्नामा परी मृत्यु
२०७८-०९-०६

मकवानपुर, हेटौडा उप-महानगरपालिका-१६ स्थित धरान-चतरा सडक खण्डमा सवारी दुरघट्नामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुने सोहि उप-महानगरपालिका-१६ बस्ने २५ वर्षीय सुमन बयलकोटी रहेका छन्  । निज हटियाबाट चौघडा बजार तर्फ आउँदै गर्दा निज सवार रहेको ONTEST स्कुटर आफै अनियन्त्रित भई दुरघट्ना भएको हो । दुरघट्नाबाट घाईते भएका मृतक सुमन बयलकोटी को उपचारको लागि हेटौडा अस्पताल ल्याएकोमा उपचारको क्रममा डाक्टरले निजलाई मृत घोषणा गरेको हो । घट्नाको बारेमा प्रहरीले बुझ्दा स्कुटरमा ३ जना सवार रहेको र निजहरुले माद्यक पदार्थ सेवन गरेको भन्ने बुझिएको थियो । प्रहरीले स्कुटर, स्कुटर चालक र स्कुटरमा पछाडि सवार रहेको व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागुऔषध गाजा सहित मानिस नियन्त्रणमा
२०७८-०९-०२

धादिङ, बेनिघाटरोराङ गाउँपालिका-२ ताल्ती स्थित बिशेष सूचना को आधारमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।पक्राउ पर्ने जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-९ बस्ने ३५ वर्षीय कृष्ण बहादुर तामाङ रहेका छन् । प्रहरी चौकी ताल्तीबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलिले मकवानपुरबाट भित्री बाटो हुदै मलेखु तर्फ पैदल आउँदै गरेको निज कृष्ण बहादुर तामाङलाई चेकजाँच गर्ने क्रममा निजले बोकेको जेब्रा झोला भित्र लुकाईछिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ५ के.जी. फेला पारी निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

अबैध काठ नियन्त्रणमा
२०७८-०९-०२

सिन्धुली, दुधौली नगरपालिका-१ स्थित रहेको प्रहरी चेकपोष्टले अबैध काठ नियन्त्रणमा लिएको छ ।चेकपोष्ट अगाडि सवारी साधनहरू चेकजाँच गर्ने क्रममा डकाहाबाट भिमान तर्फ जाँदै गरेको ना १ ज ८७६६ नं.को बोलेरो गाडि प्रहरीले रोक्न खोज्दा नरोकी भागेर गएकोमा उक्त गाडिको पिछा गरी कमलामाई नगरपालिका-१४ बयरबनि स्थित पुगि चालकले गाडि लक गरी गाडि छाडि फरार रहेको उक्त गाडि चेकजाँच गर्दा बिल नभएको ७ फिट १० ईन्च लम्बाई भएको ३/४ ईन्चको मोटाई भएको  अन्दाजी ४१ पिस चौकोष जम्मा अन्दाजी ३४.९३ क्युफिट सालको काठ फेला परेको थियो । अबैध काठ सहित उक्त गाडि प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाही गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-०२

चितवन, भरतपुर महानगरपालिका-१ भतेरी जंगलमा प्रहरीले एक मानिसलाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने जिल्ला तनहु म्याग्दे गाउँपालिका-१ बस्ने ४५ वर्षीय प्रकाश खनाल रहेका छन् । निज भरतपुर महानगरपालिका-१ भतेरी जंगलमा ग २० प ६१५५ नम्बरको मोटरसाईकल रोकी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय रामनगरबाट प्रहरी हवल्दारको कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथवाट लागुऔषध नोरफिन, डाईजेपाम र ट्रमा गरी जम्मा २४४ पिस फेला परि निजलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

करेण्ट लागि मृत्यु
२०७८-०८-२७

काभ्रे, पनौति नगरपालिका-५ चौकोट स्थित करेण्ट लागि एक मानिसको मृत्यु भएको छ ।मृत्यु हुने सोहि बस्ने ४० वर्षीय केदार पुतुवार रहेका छन् । घट्ना सोहि बस्ने २६ वर्षीय कबि नेपाली को घर अगाडि रहेको फलामको बिजुलीको पोल ढल्न गई निज कबि नेपालीले मृतक केदार पुतुवार लाई बोलाई दुबै जना मिलि उक्त बिजुलीको पोल उठाउने क्रममा नजिकै रहेको ११००० भोल्ट को तार मा छुन गई दुबै जना लाई करेण्ट लागेको थियो । करेण्ट लागि घाईते भएका निजहरुको उपचारको लागी धुलिखेल अस्पताल ल्याएकोमा उपचारको क्रममा डाक्टरले केदार पुतुवार लाई मृत घोषणा गरेको थियो । घाईते भएका कबि नेपालीको दाहिने हातखुट्टा नचल्ने अवस्था भएको छ । घट्ना बारे प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

मृत लाश फेला
२०७८-०८-२१

नुवाकोट, शिवपुरी गाउँपालिका-१ तलाखु स्थित मध्यपहाडी लोक मार्गमा एक मानिस मृत अवस्थामा शव फेला परेको छ । मृत्यु हुने सोहि जिल्ला पन्चकन्या गाउँपालिका-३ राहुटार बस्ने भिमसेन थापाको छोरा २० वर्षीय सुमन थापा रहेका छन् । निज त्रिशुलीबाट शिवपुरी तलाखु चल्ने बा. २ ख. ६६८७ नं.को बसको सह-चालक को रुपमा काम गर्दै आएका थिए । निजको शव शिवपुरी गाउँपालिका-१ तलाखु स्थित मध्यपहाडी लोक मार्गमा सडक छेउमा घोप्टो परी मृत अवस्थामा फेला परेको थियो । मृतकको नाक र कानबाट रगत बगेको अवस्थामा शव भेटिएको थियो । प्रहरीले अनुसन्धानको शिलशिलामा शंकास्पद निम्न व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य गरिरहेको छ ।निम्न१.      जिल्ला नुवाकोट शिवपुरी गा.पा. वडा नं. १ बस्ने बर्ष ४२ को कृष्ण श्रेष्ठ ।२.      जिल्ला नुवाकोट दुप्चेश्वर गा.पा. वडा नं. ७ बस्ने वर्ष ३३ को श्यामहरी पण्डित ।३.      ऐ.ऐ.बस्ने वर्ष २९ को कुमार पण्डित । (बस चालक) ४.      ऐ.ऐ.बस्ने वर्ष ३४ को राजेश कडेल ।

बिजुली सर्ट भई आगलागी
२०७८-०८-२०

चितवन, भरतपुर महानगरपालिका-१ रामनगर खानेपानि ट्याङ्की नजिक रहेको इको पाइप फ्याक्ट्रीमा अचानक आगलागी भएको छ ।उक्त फ्याक्ट्री सोहि महानगरपालिका-२ क्षेत्रपुर बस्ने राजुलाल श्रेष्ठले संचालन गर्दै आएका थिए । आगो अचानक बिजुली सर्ट भई लागेको थियो । आगलागीबाट कम्पनी को दुइ भाग मध्ये एक भागमा रहेको पाइप, कच्चापदार्थ बनाउने मेसिन समेत जलि नष्ट हुँदा अन्दाजी रु २०,००,०००।- (बिस लाख) बराबरको क्षती भएको छ । उक्त आगो दमकल, स्थानिय मानिस र प्रहरीको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०७८-०८-१९

मकवनापुर, मनहरी गाउँपालिका-७ मनहरी पुल छेउ स्थित प्रहरीले एक जनालाई लागुऔषध सहित नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा आउने राक्सिराङ गाउँपालिका-२ बस्ने २७ वर्षीय बिनोद मोक्तान रहेका छन् । निजलाई मा बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी बाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो । निज फलामे बाट मनहरी तर्फ पैदल आउँदै गर्दा पुर्व पश्चिम सडक खण्ड मनहरी पुल छेउ स्थित प्रहरीले निजलाई चेकजाच गर्दा निजले पछाडी भिर्ने कालो झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ५ किलो फेला परेको थियो । प्रहरीले लागुऔषध गाँजा सहित निज बिनोद मोक्तानलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य ईलाका प्रहरी कार्यालय मनहरीमा गरिरहेको छ । 

झुण्डी मृत्यु
२०७८-०८-१६

सिन्धुपालचोक, लिसंखुपाखर गाउँपालिका-७ ककलिङ स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।झुण्डी मृत्यु हुने सोहि गाउँपालिका-७ ककलिङ बस्ने अन्दाजी ७२ वर्षीय कर्मध्वज लामा रहेका छन् । निज आफ्नो घर देखी अन्दाजी १ कि.मि. उत्तर तर्फ पर्ने आईतबारे जंगलमा गुरासँको हाँगामा गलबन्दीको पासो घाँटीमा लगाई मृत अवस्थामा फेला परेका थिए । मिति २०७८।०८।१५ गते निजको श्रीमतीको हात भाँचिएकोले उपचारको लागी काठमाडौ लगिएको थियो । घर देखि निज श्रीमतीलाई भेटन जान्छु भनि काठमाडौं हिडेका निजको कुनै अतोपतो नलागी निजको छोरा र आफन्तले निजको खोजतलाश गर्दै जाँदा निज झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घट्नाको सम्बन्धमा प्रहरीले घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ । 

सवारी दुरघट्नामा परी मृत्यु
२०७८-०८-१५

चितवन, भरतपुर महानगरपालिका-११ विशालचोक स्थित ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।स्कुटर चालक जिल्ला नवलपुर मध्यबिन्दु नगरपालिका-७ बस्ने २० वर्षीय सन्जु ढकाल रहेकी छिन् । उक्त स्कुटरमा सवार सोहि बस्ने २२ वर्षीय मन्जु ढकाल सामान्य चोटपटक मात्र लागेको । ना४ख २१५७ नं.को ट्याङकर आँपटारीबाट केन्द्रिय बसपार्क तर्फ आउँदै गर्दा बिरेन्द्र क्याम्पसबाट मालपोतचोक तर्फ आउँदै गरेको बा.प्र.०३-००२प ९६३८ नं.को स्कुटरलाई ठक्कर दिएको थियो । उक्त दुरघट्नामा परी घाईते भएका निजहरुको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भईरहेकोमा स्कुटर चालकको उपचारको क्रममा मृत्यु भएको हो । यस घट्नाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सवारी दुर्घटनामा परी मृत्यु
२०७८-०८-१४

रामेछाप, मन्थली नगरपालिका-६ मसानटार स्थित खुर्कोट मन्थली सडक खण्डमा प्रदेश २-०३-००६ ख ४७६२ नं.को ट्रक दुरघट्ना भई ट्रक चालक को मृत्यु भएको छ । ट्रक चालक भरतपुर महानगरपालिका-८ बस्ने २८ वर्षीय सुर्य कुमार भाट रहेका छन् । उक्त ट्रकको सहचालक सोहि महानगरपालिका-५ बस्ने २४ वर्षीय किसन थापा सकुशल रहेका छन् । ट्रक नारायणगडबाट मन्थली तर्फ आउँदै गरेको बेला मन्थली नगरपालिका-६ मसानटार स्थित आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३०० मिटर तल खस्न गई दुरघट्ना भएको थियो । दुरघट्ना हुँदा चालकको टाउकोमा गहिरो चोट, बाँया खुट्टा भाँचिएको बेहोस अवस्थामा फेला परेका थिए भने सहचालक सकुशल अवस्थामा पाईएको थियो । घाइते चालकलाई उपचारको लागी खुर्कोट सुभजिवन अस्पताल पठाइएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

डुबी मृत्यु
२०७८-०८-१४

रामेछाप, लिखुतामाकोसी गाउँपालिका-६ पाखाबारी स्थित तामाकोसी नदि तर्ने क्रममा नदिले बगाई एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने सोहि बस्ने टक बहादुर कार्कीको श्रीमती ४९ वर्षीय एकमाया कार्की रहेकी छिन् । निज बगरबेसी स्थितबाट, सानिमा हाइड्रोको हाईटेशन लाईनको सामान ओसारपसार गर्न ४ वटा ड्रम डोरीले बाँधेर बनाएको फेरी (डुङ्गा) मा आफुखुसी चढी तामाकोसी नदी तर्ने क्रममा ड्रम बाँधेको डोरी फुस्किन गई तामाकोसी नदीले बगाई मृत्यु भएको थियो । प्रहरीले स्थानियको सहयोगमा निजको खोजतलाश गर्ने क्रममा अन्दाजी ५०० मिटर तल उक्त नदिको किनारमा मृत अवस्थामा फेला पारेको थियो । यस सम्बन्धमा लाशजाँच मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०८-१४

मकवनापुर, हेटौडा उपमहानगरपालिका-१४ कालापानी बोक्सिडाडा स्थित प्रहरीले बिशेष सुचनाको आधारमा लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा आउने सोहि बस्ने २६ वर्षीय रबिन तामाङ रहेका छन् । निजलाई जि.प्र.का.मकवानपुरबाट खटिएको बिशेष टोली र अस्थायी प्रहरी पोष्ट मयुरधापबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त टोलिले नियन्त्रणमा लिएको हो । निजको खानतलासी गर्ने क्रममा निजले लगाएको ज्याकेटबाट लागुऔषध नाईट्रोभेट ४९ ट्याबलेट, ट्रामा ३६० क्याप्सुल, स्टेगन ३५ ट्याबलेट, स्पासपेन ६ ट्याबलेट र नगद रु.४६,२५०।- (छयालिस हजार दुई सय पचास) फेला परेको थियो । प्रहरीले लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

पानीमा डुबि मृत्यु
२०७८-०८-१०

मकवानपुर, ईन्द्रसरोवर गाउँपालिका-१ जन्गीपहरा स्थित रहेको कुलेखानी तालमा डुबि मानिसको मृत्यु भएको छ ।मृत्यु हुने कैलाश गाउँपालिका-५ गोगने बस्ने ४८ वर्षीय बुद्धि लाल स्यान्ताङ रहेका छन् । निज ईन्द्रसरोबर गाउँपालिका-१ बस्ने  चन्द्र बहादुर बलामीको जग्गा कमाई गरि बसेकोमा मिति २०७८।०८।०६ गते देखि घरमा कोही कसैलाई जानकारी नदिई घरबाट हिडी वेपत्ता भएका थिए । निजको आफन्तहरुले निजको खोजतलाश गर्दै जाँदा कुलेखानी तालको छेउमा मृत अवस्थामा फेला पारेको थियो । प्रहरीले निजको बारेमा बुझ्दा मृतकको मानसिक सन्तुलन अलि ठिक नभएको भन्ने कुरा बुझिएको हो । यस सम्बन्धमा प्रहरीले अन्य अनुसन्धान कार्य गरिरहेको छ । 

आर्थिक प्रलोभनमा पार्न खोज्ने व्यक्ति प्रहरीको नियन्त्रणमा
२०७८-०८-०८

सिन्धुली, गोलन्जोर गाउँपालिका-७ खुर्कोट बजार स्थित प्रहरी चेकपोष्टमा डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।प्रकाउ हुने जिल्ला उदयपुर चौदण्डीगढि नगरपालिका-१ बस्ने वर्ष २२ को मनिष सुर्खेती रहेका छन् । निजले टाईमकार्ड भित्र रु ५०।– रुपैयाँ हाली डिउटीमा खटीएको प्रहरीलाई दिई आर्थिक प्रलोभन पार्न खोज्दा निज सह-चालकलाई नियन्त्रणमा लिईएको हो । विर्तामोडबाट काठमाण्डौ तर्फ जाँदै गरेको चलाक जिल्ला धनकुटा पाख्रीवास नगरपालिका-५ चुङवाङ बस्ने वर्ष ४३ को सुमन आलेले चलाएको बा ५ ख ६७९६ नम्बरको हाएस निर्धारित समय भन्दा अगाडी आएकोले समय मिलाई दिनको लागि सोही हाएसको सह-चालक डिउटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा निज सह-चालकलाई नियन्त्रणमा लिईएको हो । उक्त सवारी साधनलाई तिव्र गति चलाएको भनी रु २०००।– ट्राफिक जरिवना गरी गन्तव्य तर्फ छाडिएको छ । यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय खुर्कोटमा आवश्यक कामकारबाही भईरहेको छ । 

सिन्धुपाल्चोक:- सवारी दुरघट्नामा परी मृत्यु
२०७८-०८-०६

मङ्सिर ६, मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी बजार स्थित मेलम्चीबाट जिरोकिलो काभ्रे तर्फ जाँदै गरेको बा ४ ख ७७६६ नं.को बसले बिपरित दिशाबाट आउँदै गरेको बा प्र०२-०२० प ८११४ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक जिल्ला नुवाकोट बिदुर नगरपालिका घर भई हाल सोहि स्थित रहेको मेरो माईक्रो फाईनान्समा काम गर्ने अन्दाजी वर्ष २३ को बासु बस्नेतको घटनास्थलमा नै मृत्यु भएको, स्थानिय अन्दाजी ९०।१०० जनाको संख्यामा भेला जम्मा भएका समुहले बसको सिसाहरु तोडफोड गरेको, बस चालक फरार रहेको, फरार चालकको खोजतलाश भईरहेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

नुवाकोट:-आगलागी
२०७८-०८-०२

मङ्सिर २, ककनी गाउँपालिका-१ महालक्ष्मीथान स्थित दुर्गा बहादुर श्रेष्ठको दुई तल्ला पक्की घरमा भाडा लिई बस्ने बिकाश वलामीको कोठामा अचानक करेन्ट सर्ट भई आगलागी हुँदा अन्दाजी २,२६,०००।- (दुई लाख छबिस हजार) बराबरको क्षती भएको, उक्त आगो प्रहरी तथा स्थानियहरुको सहयोगमा नियन्त्रणमा लिएको, कुनै मानविय तथा चौपाया क्षती नभएको, उक्त आगो बाट निम्न सरसामानहरु जली नष्ट भएको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । निम्न:- १  १. अन्नपात रु.१०,०००।-, डि फ्रिज थान १ रु.६०,०००।-, सोभा सेट थान १ रु.२०,०००।- र भाँडाकुडा तथा लत्ताकपडा सहित अन्दाजी रु.२,२६,०००।- (दुई लाख छबिस हजार मात्र) बराबरको आगोलागी भई क्षती भएको ।

सिन्धुलीः- मोबाईल पसल चोरी
२०७८-०८-०१

मङ्सिर १, दुधौली नगरपालिका-४ डकाहा बजार स्थित कपडि जेण्डर स्टोर्स नाम गरेको मोबाईल पसल चोरी भएको छ । उक्त पसल सञ्चालक जिल्ला धनुषा सबैला नगरपालिका-१ बस्ने अन्दाजी वर्ष ३४ को दिनेश कपडि रहेको, निज विगत केहि वर्ष देखि डकाहा बजारमा घर भाडा लिई उक्त मोबाईल पसल संचालन गर्दै आईरहेको । चोरले पसलको उत्तर तर्फको काठको ढोकामा लगाएको ताल्चा लगाउने कब्जा काटी उक्त पसल भित्र प्रवेश गरी पसल भित्र काठको र्‍याकमा रहेको निम्न अनुसारको मोबाईल तथा सो को उपकरण लगाएत घडिहरु समेत गरी अन्दाजी रु ५,०७,०००।- (पाँच लाख सात हजार) मुल्य बराबरको सामान चोरी गरेको, चोरी गर्ने व्यक्तिको खोजतलाश कार्य तथा अनुसन्धान कार्य जारी रहेको ।निम्नः-१. जियोनि कम्पनिको मोबाईल थान ८ अं. मुल्य प्रतिगोटा २०,०००।-। गरी जम्मा १,६०,०००।– ( एक लाख साठि हजार )२. ओक्टेल कम्पनिको मोबाईल थान ६ ,प्रतिगोटा १८,०००।– गरी जम्मा १,०८,०००।-( एक लाख आठ हजार )३. ईन्टेक्स मोबाईल थान ४ प्रतिगोटा १२,०००।- गरी जम्मा ४८,०००।– ( अट्चालिस हाजर )४. राईट कम्पनिको मोबाईल थान ५ प्रतिगोटा १२,०००।– गरी जम्मा ६०,०००।– ( साठि हजार )५. प्राईम कम्पनिको मोबाईल थान ५, प्रतिगोटा १२,०००।– गरी  जम्मा ६०,०००।– ( साठि हजार )६. बटम कम्पनिको मोबाईल थान १५, प्रतिगोटा २,०००।– गरी  जम्मा ३०,०००।– ( तिस हजार )७. ईएरफोन १०, प्रतिगोटा ५००।– गरी  जम्मा ५,०००।– ( पाँच हजार )८. हेडफोन थान ५ , प्रतिगोटा १५००।– गरी जम्मा ७,५००।– ( सात हजार पाँच सय )९. ब्लुतुथ थान ५ , प्रतिगोटा ७००।–  गरी जम्मा ३,५००।– ( तिन हजार पाँच सय ) १०. घडि थान २५ , प्रतिगोटा १,०००।– गरी जम्मा २५,०००। ( पच्चिस हजार ) गरि जम्मा अं. मु. रु ५,०७,०००।– ( पाँच लाख सात हजार ) बराबरको चोरी भएको ।

सिन्धुलीः- सालको काठ सहित मानिस र ट्याकटर नियन्त्रणमा
२०७८-०७-२८

कार्तिक २८, तिनपाटन गाउँपालिका-१ नक्कले स्थित सिन्धुली चकमके कच्चि सडक खण्डमा ई.प्र.का.बेलघारी बाट प्र.ह.को कमाण्डमा खटिएको गस्ति टोलिले सोहि स्थानको छेरुवावाट तक्कले तर्फ आउँदै गरेको ना ६ त ८३५९ नं.को ट्याक्टरलाई चेकजाँच गर्दा उक्त ट्याकटरमा अवैधरुपमा ल्याईएको ९ हात लम्वाई अन्दाजी ८ ईन्च चौडाई भएका चारपाटा चिरेको ७ वटा सालको काठ फेला परेको, उक्त नम्वरको ट्याक्टर, ट्याक्टर चालक सहित निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य ई.प्र.का.बेलघारी मा भईरहेको । निम्नः-१) जिल्ला सिन्धुली तिपाटन गा.पा.१ नक्कले बस्ने वर्ष २७ को ट्याक्टर चालक ईन्द्र कुमार श्रेष्ठ २) ऐ.ऐ.बस्ने अं.वर्ष ७१ को पदम बहादुर तामाङ ( काठ  धनि)३) ऐ.ऐ.बस्ने अं.वर्ष २६ को कृष्ण बहादुर तामाङ ४) ऐ.ऐ.बस्ने अं.वर्ष १९ को दिपक थापामगर५) ऐ.ऐ.बस्ने अं.वर्ष ३० को कमल रम्तेल ६) ऐ.ऐ.बस्ने अं.वर्ष ३५ को बुद्दराम तामाङ

नुवाकोट: आगोमा परी मृत्यु
२०७८-०७-२२

कार्तिक २२, ककनी गाउँपालिका-१ ठुलो खोला पाँचमाने स्थित बस्ने वर्ष अन्दाजी ६१ को पहलमान तामाङको घर गोठमा अचानक आगोलागी भई जलेर पुर्ण रुपमा क्षति भएको, उक्त आगोमा परी बिदुर नगरपालिका-११ गेर्खु बढारे घर भई पहिले देखी नै अरुको काम गरी खाई हिडीबस्ने वर्ष अन्दाजी ५५ को बाबुराम तिमल्सिना सोहि घर गोठमा दिउसो काम गरी सुतेको अवस्थामा आगलागी हुँदा उक्त आगोमा परी जलेर मृत्यु भएको, गोठमा भएको ६ वटा बाख्रा जली मरेको, गोठमा राखेको पाईप ३ बण्डल जलेको, उक्त आगो स्थानिय र प्रहरी मिली पुर्ण रुमा नियन्त्रणमा लिएको, घट्नास्थल मुचुल्का पश्‍चात उक्त लाश पोष्टमार्टमको लागी जिल्ला अस्पताल त्रिशुली पठाईएको, घट्ना बारे थप अनुसन्धान कार्य भईरहेको । 

सिन्धुलीः लागुऔषध सहित मानिस पक्राउ
२०७८-०७-१५

कार्तिक १५, कमलामाई नगरपालिका-६ माझिटार स्थित बि.पि. राजमार्गमा रहेको प्रहरी चेकपोष्टमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्र.स.नि.को कमाण्डमा खटिएको ५ जना प्रहरी टोलीले आबत-जाबत गर्ने सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा सर्लाहीबाट काठमाण्डौको लागी जाँदै गरेको ना १ ज ७४३९ नं.को उइङगर गाडीमा सवार जिल्ला सर्लाही बागमती नगरपालिकस-११ बस्ने वर्ष २३ को डेनिस बानियाले बोकेको झोला भित्र रहेको खैरो रंगको जिन्स ज्याकेटको अगाडीको भित्री साईडको खल्तीमा लुकाई-छिपाई राखिएको अवस्थामा WINCIRES लेखिएको १००ml को २ वटा बोत्तलमा लागुऔषध जस्तो देखिने झोल पदार्थ फेला परेको, निजलाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जि.प्र.का. सिन्धुलीमा भईरहेको ।

सिन्धुलीः- लागुऔषध सहित मानिस नियन्‍त्रणमा
२०७८-०७-१५

कार्तिक १५, कमलामाई नगरपालिका-६ माझिटार स्थित बि.पि. राजमार्गमा रहेको प्रहरी चेकपोष्टमा प्र.स.नि.को कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले आबत-जाबत गर्ने सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा सिराहा बाट काठमाण्डौको लागी जाँदै गरेको बा५ख ८९०४ नं.को हाईस रोकी चेकजाँच गर्दा उक्त हाईसकोमा सवार जिल्ला सिराहा सिराहा नगरपालिका-१८ बस्ने वर्ष २५ को मनोज कुमार कुर्मीले बोकेको झोलामा निम्नानुसारको लागुऔषध जस्तो देखिने झोल पदार्थ र गाँजा फेला परेको, निजलाई उक्त लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जि.प्र.का. सिन्धुलीमा भईरहेको । निम्नः१) Codiwell लेखेको १००ml  को बोत्तल २ थान २) Head $hampoos लेखेको ४०० ml को स्याम्पुको  बट्टामा  १ थान३) Dove लेखेको ४०० ml  को स्याम्पुको बाट्टमा थान १ ४) गाँजा ४१ ग्राम३९० मिलिग्राम

मकवानपुर:- लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०७-११

कार्तिक ११, मनहरी गाउँपालिका-७ स्थित कार्यालय अगाडी पुर्व पश्चिम सडक खण्डमा बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.७ ख.२०१९ नं.को यात्रु बाहक बसलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट प्र.ना.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले रोकी चेकजाचँ गर्ने क्रममा उक्त बसको पछाडीको सिटमा बसी आएका देश भारत बिहार मोतिहारी बस्ने वर्ष २२ को सदाम अन्सारी र सोहि बस्ने वर्ष १६ को रोहन आलमको साथबाट नोरफिन ३४० एमपुल, फेनारगन ३०६ एमपुल र दाईजेपाम ३०० एमपुल गरी जम्मा ९४६ एमपुल लागुऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको । 

नुवाकोट:- लागुऔषध सहित मानिसहरु नियन्त्रण
२०७८-०७-१०

कार्तिक १०, बेलकोटगढी नगरपालिका-५ कोल्फुटार स्थित अस्थाई प्रहरी पोष्ट कोल्फुटारबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चेकिङ गर्ने क्रममा काठमाण्डौ बाट धुन्चे तर्फ आउँदै गरेको प्रदेश ३-०१ ००६ ख ०४०१ नं.को यात्रु बाहक बसमा सवार गरी आएको निम्न स्थान बस्ने निम्न व्यक्तिहरुको साथबाट निम्न लागुऔषध बरामत गरी निजहरुलाई नियन्त्रण लिई अनुसन्धान भईरहेको ।निम्न:-१. जिल्ला रसुवा कालिका गा.पा.२ घुम्ती बस्ने बर्ष २३ को रामलाल वाईवाको साथबाट नाईट्राभेट २६ ट्याबलेट,स्टागन १०ट्याबलेट ,KOFCABD५ ट्याबलेट र ट्यामा ६ ट्याबलेट ।   २. ऐ.२ काभ्रे बस्ने बर्ष २३ को विजय तामाङको साथ बाट नाईट्राभेट १२ ट्याबलेट । २)

मकवानपुर:- लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०७-०४

कार्तिक ४, हेटौडा उ.म.न.पा.१५ पिपल चौतरा स्थित पुर्व पश्चिम सडक खण्डमा ई.प्र.का. पशुपतिनगरबाट प्र.नि. को कमाण्डमा खटीएको चेकिङ् टोलिले हेटौडाबाट बिरगंज तर्फ जाँदै गरेको ना १ ज १६७६ नं. को माईक्रोबस लाई रोकी चेक जाँच गर्ने क्रममा माईक्रोबसमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-५ बस्ने वर्ष ४८ को प्रेम बहादुर पर्जा र सोहि बस्ने वर्ष २२ को रबिन्द्र प्रजा दुबै जनाको साथमा रहेको झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाजाँ अन्दाजी २/२kg गरी जम्मा ४ kg लागुऔषध फेला परेको, दुबै जनालाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जि.प्र.का. मकवानपुरमा भईरहेको । 

धादिङः- लागुऔषध सहित मानिस पक्राउ
२०७८-०६-१७

असोज १७, धुनिबेशी नगरपालिका-९ खत्रीपौवा स्थित त्रिभुवन राजपथमा अस्थाई प्रहरी पोष्ट खत्रिपौवाबाट प्र.स.नि.को कमाण्डमा खटि गएको टोलीले चेकजाँच गर्ने क्रममा मकवानपुरबाट काठमाण्डौँ तर्फ जाँदै गरेको ना १ ज ५५७० नं.को टाटा सुमोलाई चेकजाँच गर्दा उक्त गाडीमा रातो झोलामा १ के.जि. ९६० ग्राम लागुऔषध चरेश जस्तो देखिने खैरो धूलो सहित जिल्ला मकवानपुर थाहा नगरपालिका-७ पाखुरे बस्ने वर्ष ३७ को चन्द्र बहादुर स्याङ्ताङ, सोहि बस्ने वर्ष ३० को राम स्याङ्ताङ तथा थप अनुसन्धानको लागी टाटा सुमो र सुमो चालक जिल्ला मकवानपुर थाहा नगरपालिका-७ चल्ति बस्ने वर्ष २८ को नवराज खत्री लाई समेत नियन्त्रणमा लिई, आवश्यक अनुसन्धान ई.प्र.का.खानीखोलामा भईरहेको ।             

अधिक लोड >>
कम देखाउनुहोस्