प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर, चितवन

कार्यालय प्रमुखः- प्रहरी उपरीक्षक रवि कुमार पौडेल

परिचय:-

नेपालको संविधान २०७२ बमोजिम नेपाल सङ्घीय संरचनामा रुपान्तरित भएसँगै देशलाई बिभिन्न सात वटा प्रदेशमा वर्गिकरण गरी देशको शासकीय स्वरुपमा परिवर्तन भए बमोजिम नेपाल प्रहरीको सांगठनिक संरचनालाई समेत पुनरावलोकन गर्ने सन्दर्भमा श्री गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) बाट मिति २०७४/१२/२९ गते “संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति” को गठन भयो । सो समितिबाट बुझाएको प्रतिवेदन “संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५” बमोजिम पेश गरिएको नेपाल प्रहरीको पुनः संरचनामा हुने जनशक्ति विवरण, संगठनात्मक संरचना, नयाँ स्थापना हुने प्रहरी इकाईहरू समायोजन तथा स्थानान्तरण हुने प्रहरी इकाईहरू सहितको विवरण समेटिएको प्रतिवेदनलाई नेपाल सरकार (मन्त्री परिषद) ले मिति २०७५/०२/२७ गतेको बैठकबाट स्वीकृत गरेसँगै साबिक ३ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयको स्थापना समग्र प्रदेशको ट्राफिक व्यवस्थापन गर्ने उद्धेश्यका साथ भएको हो । ३ नं. प्रदेशको नामाकरण बागमती प्रदेश भएसँगै यस कार्यालयको नामाकरण समेत मिति २०७६/०९/२७ गते बाट बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रहन गएको हो । हाल यस कार्यालय चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १ रामनगर चितवनमा स्थापना भई कार्य संचालन गरिरहेको छ ।

 

कार्य क्षेत्रः-

 बागमती प्रदेश अन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर बाहेकका १० जिल्लाहरु मकवानपुर, चितवन, धादिङ, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट, रसुवा, दोलखा र रामेछापको ट्राफिक नियन्त्रण तथा व्यवस्थापनका लागि स्थापित जिल्ला ट्राफिक प्रहरी कार्यालयहरू यस कार्यालयको कार्य क्षेत्रभित्र पर्दछन् ।

 

 बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले सम्पादन गर्ने कार्य विवरण

 

यस बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगर मातहत बागमती प्रदेश अन्तर्गत १० वटा जिल्ला ट्राफिक प्रहरी कार्यालयहरूबाट कानूनको परिधिमा रही संगठनले अख्तियार गरेको शून्य सहनशीलताको सिद्धान्तलाई अक्षरशः पालना गर्दै उपलब्ध स्रोत साधन तथा जनशक्तिको समुचित परिचालन गरी पारदर्शिताका साथ ट्राफिक व्यवस्थापन गर्न सम्पूर्ण सेवाग्राहीहरू प्रति गरिने व्यवहार र ट्राफिक नियम उल्लङ्घनकर्ताहरूलाई गरिने कानूनी कारवाहीमा निष्पक्ष रूपमा सेवा प्रदान गर्दै ट्राफिक प्रहरीले गर्नुपर्ने ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू जस्तै: स्कूल/कलेजका विद्यार्थीहरूलाई कक्षा सञ्चालन, यातायात व्यवसायी, यातायात मजदुर, यातायात संगठनहरूसँग समन्वय गरी स्थानीय श्रोत र साधनको उपयोग गरी विविध सचेतनामूलक कार्यक्रम ट्राफिक सप्ताह सञ्चालन, गोष्ठी एवं सम्मेलन, चालक तथा सवारीसाधनको स्वास्थ्य र यान्त्रिक परीक्षण कार्यक्रम सञ्चालन गरी सहज एवं सुरक्षित आवागमनलाई व्यवस्थापन गरी यात्रु मैत्री कार्यक्रमहरूलाई निरन्तरता दिइँदै आइएको छ ।