प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सामान्य परिचय

 

     

 

      मध्य क्षेत्रीय प्रहरी कार्यालय मिति २०२४/०३/२३ गते काठमाण्डौ स्थित भृकुटीमण्डपमा स्थापना भएको हो । तत्काल २६ जना प्रहरी कर्मचारीहरूको दरबन्दी रहेको यस कार्यालयमा प्रथम क्षेत्रीय प्रहरी प्रमुख प्र.ना.म.नि. मान बहादुर राई हुनु भएको हो । २०५४ साल चैत्र महिनामा काठमाण्डौ स्थित रानीपोखरीमा नयाँ कार्यालय भवन निर्माण भई कार्यालय संचालन गरिएकोमा तत्कालीन श्री ५ को सरकारको मिति २०५४/०५/०५ गतेको निर्णयले मकवानपुर जिल्लाको हेटौडा स्थित हुप्रा चौरमा कार्यालय स्थानान्तरण भई मिति २०५४/०५/११ गते भाडाको भवनमा कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरिएको हो । मिति २०५५।१२।२९ गते जिल्ला मकवानपुर, हेटौडा-११ स्थित थानाभर्‍याङ्गमा यस कार्यालयको आफ्नै भवन निर्माण भई हालसम्म कार्य संचालन गरिदै आएको  ।

      नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४।०४।३१ को निर्णयले तत्कालिन मध्य क्षेत्रीय प्रहरी कार्यालयलाई बागमती प्रदेश प्रहरी कार्यालयको रुपमा रुपान्तरण गरिएको हो साथै अञ्चल प्रहरी कार्यालयहरूलाई नेपाल प्रदेश प्रहरी कार्यालयमा रुपान्तरण गरिएको । यस कार्यालय मातहत बागमती प्रदेशका उपत्यकाका ३ जिल्लाहरू (काठमाण्डौ, ललितपुर तथा भक्तपुर) बाहेक १० जिल्लाहरू रहेका छन् ।

     यस कार्यालयको चार किल्ला पूर्व र दक्षिणमा राप्ती खोला, उत्तरमा लोकमार्ग र पश्चिममा बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण, हेटौडा रहेको छ । यस कार्यालय मकवानपुर जिल्ला, हेटौडा उप-महानगरपालिका वडा नं-११, थानाभर्‍याङ्ग स्थित लोकमार्गबाट २०० मिटर दक्षिण तर्फ अवस्थित रहेको छ । यस कार्यालयको भवन पश्चिम मोहडा, ३ तल्ला र २१ कोठाहरु रहेका छन । कार्यालय भवनको अगाडि दुर्गा मन्दिर, मेनगेट रहेको छ भने केही दक्षिण पश्चिम तर्फ कार्यालय प्रमूखको निवास र पूर्वपट्टी व्यारेक, मेश, संचार, सवारी मर्मत, हात हतियार मर्मत, मोटर ग्यारेज रहेको छ ।

      यस कार्यालयबाट प्रत्यक्ष मातहत बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौडा, जि.प्र.का. १०, जि.ट्रा.प्र.का. १० लगायत अन्य मातहत प्रहरी कार्यालयहरूको काम-कारवाही, परिचालन र प्रशासनिक गतिविधिहरूको अनुगमन तथा नियन्त्रण गरिन्छ । हाल यस कार्यालयको कूल दरबन्दी संख्या-२३८ जना रहेको छ भने मातहत समेतको कूल दरबन्दी संख्या ७,३०४ रहेको छ ।

स्थापना
:
२०२४।०३।२३ गते, भृकुटीमण्डप, काठमाण्डौ
स्थानन्तरण
:
२०५४।०५।११ गते हेटौंडा, मकवानपुर
गण
:
बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण, हेटौंडा
अक्षांस
:
२७ डि. २५'४५.८३ (उ)
देशान्तर
:
८५ डि. ००'३८.७८ (द)
चार किल्ला
पूर्व
:
कोशी प्रदेश
पश्चिम
:
गण्डकी प्रदेश
उत्तर
:
चिन स्वशासित क्षेत्र
दक्षिण
:
मधेश प्रदेश र दक्ष‍िण पश्चिममा भारतको विहार राज्य
 
प्रहरी युनिट संख्या
:
३३१
प्रहरी दरवन्दी संख्या
:
७,३०४
जनसंख्या (२०७८)
:
३०,९१,४८०
क्षेत्रफल
:
१९,४२१ (वर्ग कि.मि.)
प्रहरी र जनसंख्या अनुपात
:
१:४२३.२५८४
प्रहरी र क्षेत्रफल अनुपात
:
१:२.६५८९ वर्ग कि.मि.
महानगरपालिका
:
उप-महानगरपालिका
 
नगरपालिका
:
२५
गाउँपालिका
:
७१
निर्वाचन क्षेत्र
:
प्रतिनिधि सभा-१८, प्रदेश सभा-३६
सिमा स्तम्भ
:
६०

 

प्रदेश प्रहरी कार्यालयका हाल सम्मका कार्यालय प्रमुखहरू

सि.नं. नाम थर देखि सम्म
प्र.अ.म.नि. केशरी राज घिमिरे १५ भाद्र २०७४ २८ चैत्र २०७४
प्र.ना.म.नि.दिपक कुमार थापा ११ जेष्ठ २०७५ ०५ आषाढ २०७६
प्र.ना.म.नि. शेर बहादुर बस्‍नेत ०८ आषाढ २०७६ २८ माघ २०७६
प्र.ना.म.नि. बसन्त कुमार लामा ११ वैशाख २०७७ ११ आसाढ २०७८
प्र.ना.म.नि.प्रकाश जंग कार्की १४ आसाढ २०७८ ११ वैशाख २०७९
प्र.ना.म.नि.पुजा सिंह ११ वैशाख २०७९ २५ जेष्ठ २०७९
प्र.ना.म.नि.किरण बज्राचार्य २२ आषाढ २०७९ ०४ माघ २०७९
प्र.ना.म.नि. दिपक थापा १२ माघ २०७९ ०८ चैत्र २०७९
प्र.ना.म.नि. किरण राणा २२ चैत्र २०७९ २६ पौष २०८०
१० प्र.ना.म.नि. बिष्णु कुमार के.सी. ०२ माघ २०८०  

 

 

तत्कालिन मध्य क्षेत्रीय प्रहरी कार्यालयका कार्यालय प्रमुखहरू

सि.नं. नाम थर देखि सम्म
मान बहादुर राई २३ मार्ग २०२५ २८ जेष्ठ २०२७
खड्ग जित वराल २८ जेष्ठ २०२७ ३२ आषाढ २०२९
लोक बहादुर राना ३० भाद्र २०२९ १० श्रावण २०३२
पदम बहादुर मानान्धर ११ श्रावण २०३२ २१ आषाढ २०३४
दिल बहादुर लामा ३ श्रावण २०३४ ५ वैशाख २०३५
दुर्लभ कुमार थापा ५ वैशाख २०३५ ३० जेष्ठ २०३५
चन्द्र बिर राई १९ आषाढ २०३५ २ श्रावण २०३५
मोहन बहादुर कार्की २ श्रावण २०३५ ३१ जेष्ठ २०३६
रत्न शम्शेर ज.व.रा. ११ पौष २०३६ १५ फाल्गुन २०३८
१० दिल बहादुर लामा १५ फाल्गुन २०३८ १५ जेष्ठ २०३९
११ पूर्ण बहादुर लामा २९ भाद्र २०३९ २९ मार्ग २०४१
१२ हेम बहादुर सिंह ६ मार्ग २०४२ १५ जेष्ठ २०४३
१३ रण बहादुर चन्द ९ श्रावण २०४३ २९ भाद्र २०४६
१४ रुद्र बहादुर पाण्डे २९ भाद्र २०४६ ११ फाल्गुन २०४६
१५ अच्यूत कृष्ण खरेल (का.वा.) १२ फाल्गुन २०४६ १३ वैशाख २०४७
१६ ध्रुव बहादुर प्रधान ( का.वा.) ४ वैशाख २०४७ ८ वैशाख २०४८
१७ ध्रुव बहादुर प्रधान ९ वैशाख २०४८ १८ जेष्ठ २०४८
१८ मोतीलाल बोहोरा १९ जेष्ठ २०४८ २४ कार्तिक २०४९
१९ ध्रुव बहादुर प्रधान २६ कार्तिक २०४९ २० फाल्गुन २०४९
२० रामकाजी बान्तवा २० फाल्गुन २०४९ ६ माघ २०५१
२१ कृष्ण मोहन श्रेष्ठ ७ मार्ग २०५१ १९ फाल्गुन २०५३
२२ प्रदिप शम्शेर ज.ब.रा. १९ फाल्गुन २०५३ २६ चैत्र २०५३
२३ ढालमान थापा २६ चैत्र २०५३ १५ आषाढ २०५४
२४ राम बहादुर थापा    ८ श्रावण २०५४ १६ पौष २०५४
२५ रुपाल शम्शेर ज.ब.रा. १६ पौष २०५४ ३१ जेष्ठ २०५६
२६ अनन्तराम भट्टराई १२ श्रावण २०५६ ११ फाल्गुन २०५६
२७ सहविर थापा ११ फाल्गुन २०५६ ३ फाल्गुन २०५७
२८ रविकान्त अर्याल ८ चैत्र २०५७ ३२ श्रावण २०५८
२९ अच्युत प्रसाद चालिसे ३२ श्रावण २०५८ ६ मार्ग २०५९
३० रुपसागर मोक्तान ६ मार्ग २०५९ २० कात्तिक २०६०
३१ हिम बहादुर गुरुङ २० कात्तिक २०६० १७ जेष्ठ २०६२
३२ ज्ञानेन्द्र बिक्रम महत १८ जेष्ठ २०६२ ०२ चैत्र २०६२
३३ निरज पुन १५ चैत्र २०६२ ०८ जेष्ठ २०६३
३४ हेम बहादुर गुरुङ ८ जेष्ठ २०६३ १४ फाल्गुन २०६३
३५ किरण कुमार गौतम १८ फाल्गुन २०६३ ०६ आश्विन २०६५
३६ नरेश गुरुङ्ग ०८ आश्विन २०६५ १४ श्रावण २०६६
३७ नवराज ढकाल ०२ आश्विन २०६६ ११ पौष २०६७
३८ गंगा पाण्डे ११ पौष २०६७ ०४ भाद्र २०६८
३९ बीरेन्द्र बावु श्रेष्ठ ०६ भाद्र २०६८ ०५ कार्तिक २०६९
४० यादव अधिकारी ०७ कार्तिक २०६९ ३१ ज्येष्ठ २०७०
४१ विज्ञान राज शर्मा ०५ आषाढ २०७० १५ पौष २०७०
४२ प्रकाश अर्याल २२ पौष २०७० १५ माघ २०७१
४३ देवेन्द्र सुवेदी १६ माघ २०७१ २९ माघ २०७२
४४ पशुपति उपाध्याय ३ फाल्गुन २०७२ १३ फाल्गुन २०७३
४५ गणेश के.सी. १३ फाल्गुन २०७३ ११ भाद्र २०७४