प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली,सिन्धुली

 कार्यालय प्रमुख : प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर बुढा मगर 

सामान्य परिचय

 

 

 

परिचय:

वि. सं. २०३१ सालमा प्रचण्ड भवन रानीवारी, काठमाडौंमा स्थापना भई सुरुवात भएको यस तालिम केन्द्र वि. सं. २०४५ साल भाद्र ०८ गते चितवन जिल्लाको भरतपुरमा स्थानान्तरण  भई कार्य गरिरहेको थियो भने वि. सं. २०७२ साल कार्तिक १३ गतेको नेपाल सरकार सचिवस्तरीय निर्णयबाट सिन्धुली जिल्लाको दुधौली न.पा. वडा नं. १० मा मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्रको रुपमा स्थानान्तरण गर्ने निर्णय भएको थियो ।  वि. सं. २०६३ साल मंसिर देखि तत्कालीन माओवादी लडाकुको ३ नं. डिभिजन बस्दै आएकोमा तत्कालीन माओवादी लडाकुको व्यवस्थापन पश्चात वि. सं. २०६८ साल फाल्गुण ३० गते देखि नेपाली सेनाको श्री फष्ट राईफल गण सुरक्षा गुल्म टोली बस्दै आएको थियो । तत्पश्चात् नेपाली सेनाबाट उक्त भु-भागको स्वामित्व नेपाल प्रहरीलाई हस्तान्तरण भई वि. सं. २०७२ साल फाल्गुण ०४ गते तत्कालीन गृहमन्त्री शक्ति बहादुर बस्नेतबाट स्थानान्तरित यस केन्द्रको विधिवत रुपमा  कार्यारम्भ भएको हो । मिति २०७६/१०/१३ गतेबाट बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुली नामाकरण भई कार्य संचालन भई रहेको यस केन्द्रको जम्मा क्षेत्रफल २८ विगा ८ कठ्ठा रहेको छ ।