प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली,सिन्धुली

 कार्यालय प्रमुख : प्रहरी वरिष्ठ उपरीक्षक प्रवीण पोखरेल 

सामान्य परिचय

 

 

 

नेपाल प्रहरीमा सेवा प्रवेश गरेका नव नियुक्त प्रहरी जवानहरुलाई संगठनको आवश्यकता अनुसार दक्ष, कुशल र व्यवसायिक प्रहरीको रुपमा रुपान्तरण गर्न र प्रहरी संगठनमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक्ता अनुसार विभिन्न विधाहरुमा सेवा कालिन ज्ञान, सीप, क्षमता तथा कार्यकुशलता प्रदान गर्ने गरी उन्नत तालिमहरु संचालन गर्ने लक्ष्य राखी मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीको स्थापना स्थापना भएको ।

  • मिति २०३१ सालमा प्रचण्ड भबन रानीबारी काठमाण्डौमा स्थापना भई कार्य संचालन सुरु गरिएको ।
  • मिति २०४५/०५/०८ मा चितवनको भरतपुरमा स्थापित यस केन्द्र मिति २०७२/०७/१३ गतेको नेपाल सरकार सचिव स्तरिय निर्णयबाट दुधौलीमा स्थानान्तरण गरिएको ।
  • प्र.म.नि. उपेन्द्र कान्त अर्यालज्यूको विशेष पहल तथा योगदानले तत्कालिन म.क्षे.प्र.ता.के. भरतपुरलाई जु.प्र.अ. शिक्षालयको रुपमा स्तरोन्नती गरी नेपाली सेनाबाट हालको भू-भाग प्राप्त भए सँगै यस केन्द्रको स्थानान्तरणमा सफलता हासिल भएको ।
  • मिति २०७२/०६/२७ गते नेपाली सेनाबाट नेपाल प्रहरीमा स्वामित्व हस्तान्तरण गरिएको ।
  • मिति २०७२/११/०४ गते माननीय गृहमन्त्री श्री शक्ति बहादुर बस्नेत ज्यूबाट समुद्घाटन सु-सम्पन्न भएको ।

यस केन्द्रको वर्तमान भौतिक पुर्वाधार तथा स्रोत साधनको अवस्था:

  • कुल २८.५ विगहा क्षेत्रफलमा फैलिएको (यस केन्द्रले ओगटेको १३ विगहा जमिनका साथै १५.५ विगहा जमिन जंगल क्षेत्र रहेको)

कार्य क्षेत्रः-

       यस बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुली मजकुर बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको प्रत्यक्ष मातहतमा रहने भएकोले मजकुर कार्यालयको मातहतमा रहने जिल्ला प्रहरी कार्यालयहरु लगायतका अन्य कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक्ता अनुसार विभिन्न विधाहरुमा सेवा कालिन ज्ञान, सीप, क्षमता तथा कार्यकुशलता प्रदान गरी उन्नत तालिमहरु संचालन गर्दै हुन सक्ने सम्भावित खतराहरुलाई मध्य नजर गरी आवश्यकता अनुसार तुरुन्त परिचालन गर्न सक्ने अवस्थामा तयारी हालतमा राखिएको ।

बा.प्र.प्र.ता.के.दुधौली, सिन्धुली परिचालन हुने अवस्था

  • आन्तरीक कार्यालय सुरक्षा डियूटीमा
  • प्राकृतिक प्रकोप उद्धारमा
  • निर्वाचनमा
  • मजकुर कार्यालहरुबाट खटाईएको अन्य अवस्थामा