प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बागमती प्रदेश प्रहरी गण, हेटौंडा, मकवानपुर

कार्यालय प्रमुख :- प्रहरी उपरीक्षक राकेश सिंह

सामान्य परिचय

 

 

 

 

 

               समाजमा तीब्रगतीमा बढो राजनीतिक, धार्मीक, सामुदायिक, साम्प्रदायिक, जातिय विभेद आदिबाट निस्किएका विकृतिका कारण श्रृजना हुने विभिन्न किसिमका दंगा, चक्का जाम, हुल(हुज्जत, नारा(जुलुस, घेराउ, धर्ना जस्ता सम्वेदनशील असामाजिक तथा आपरधिक गतिविधिहरुको नियन्त्रण गर्ने कार्य सदैव जनपद प्रहरीबाट मात्र समाधान गर्न असहज भएको कारण यस्ता गतिविधिहरु नियन्त्रण गर्न छुटै ईकाइको आवश्यकता महसुश गरी दंगा नियन्त्रण प्रहरी गण स्थापना गर्ने निर्णय अनुरुप मध्य क्षेत्रीय प्रहरी अन्तर्गत यस दंगा नियन्त्रण प्रहरी गण, हेटौंडा स्थापना भएको ।

               नेपाल सरकार (मन्त्री परिषद्) को मिति २०६३।१०।१९ गतेको निर्णय अनुसार मध्य क्षेत्रमा रहने गरी दंगा नियन्त्रण प्रहरी गण हेटौंडाको नयाँ दरबन्दी निकाशा गरी जिल्ला मकवानपुर हेटौंडा न.पा.वडा नं–११ थानाभर्‍याङ्ग स्थित मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौडाको स्वामित्वमा (नाममा) रहेको ७ बिघा ४ कठ्ठा जग्गामा कार्यालय स्थापना गरिएको ।

 

 

कार्य क्षेत्र :—
      यस बागमती प्रदेश प्रहरी गण हेटौडा मजकुर बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको प्रत्यक्ष मातहतमा रहने भएकोले मजकुर कार्यालयको मातहतमा रहने बागमती प्रदेश भित्र पर्ने  १० (दस) वटा जिल्ला प्रहरी कार्यालयहरुको कार्य क्षेत्र नै यस गणको कार्य क्षेत्र रहेको हुदा भिड तथा दंगा नियन्त्रण र अन्य विषम परिस्थितीमा माग भई आएको बखत तुरुन्त खटी गई त्यस्ता परिस्थिती सँग मुकाविला गर्नसक्ने गरी तयारी हालतमा रहने छ ।

 

गण परिचालन हुने अवस्था

  • आन्तरीक कार्यालय सुरक्षा डियूटीमा
  • बाह्य डियूटीमा
  • राजमार्ग सुरक्षामा
  • अपराध नियन्त्रणमा
  • मेला, पर्वमा
  • जुलुस तथा भिड नियन्त्रणमा साम्प्रदायिक, जातिय, क्षेत्रीय दंगा नियन्त्रणमा 
  • कर्फ्यू तथा अन्य असमान्य अवस्थामा
  • प्राकृतिक प्रकोप उद्धारमा
  • आतङ्ककारी गतिबधि नियन्त्रणमा
  • सशस्त्र द्वन्दको समयमा
  • निर्वाचनमा 
  • अति विशिष्ट तथा विशिष्ट व्यक्तीको सुरक्षामा
  • अन्य अवस्थामा