लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१९
- A
- A-
- A+
जिल्ला मकवानपुर हेटौडा उप-महानगर पालिका-१९ बस्तिपुर
स्थित शुसान तामाङ भन्ने ल्वाङ डिमडुङको घरमा लागुऔषध ब्राउन सुगर सेवन गरी रहेको भन्ने सुचनाको आधारमा इलाका
प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली खटिगई बुझ्दा निज
बर्ष अन्दाजी २४ को शुसान तामाङ
भन्ने ल्वाङ डिमडुङलाई निजको घरमा लागुऔषध सेवन गरी बसि रहेको अवस्थामा फेला पारि निजको शरिर खान तलासि गर्दा निजको साथबाट प्लाष्टिकले
बेरेको पोका-११ र सेतो प्लाष्टिकमा प्याकेट १ (एक) लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ तौल हुन बाकी अन्दाजी ५० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक
अनुसन्धान कार्य भई रहेको ।