लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१७
- A
- A-
- A+
जिल्ला चितवन माडी नगरपालिका-९ प्रहरी चौकी सोमेश्वरको कार्यालय स्थित हाइवेमा खटिएको चेकिङ
प्रहरी टोलिले ठोरिदेखी भरतपुर तर्फ जाँदै
गरेको ना ६ ख ४०१ नं.
को बस चेकजाँच गर्ने क्रममा सोही गाडिमा
सवार जिल्ला चितवन माडी नगरपालिका-६ कल्याणपुर बस्ने बर्ष अन्दाजी २४ को आशिष गुरुङको झोला चेकजाँच गर्दा लागुऔषध
NITRAZEPAM TABLETS I.P ४८ पिस र SPAAS २४०
पिस फेला पारी निजलाई नियन्त्रणमा लिइ थप अनुसन्धानको लागी इलाका
प्रहरी कार्यालय माडिमा ल्याइ राखेको आवश्यक
अनुसन्धान कार्य भई रहेको ।