लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा ।
२०८३-०७-११
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ पिपलबोट स्थित महेन्द्र राजमार्गमा
प्रहरी चेकिङ टोलीले हेटौंडाबाट बारा तर्फ जाँदै गरेको BR1AP6073 नम्बरको भारतीय गाडीलाई शंका लागी चेकजाँच गर्दा गाडीको बोनट,
चालक सिट तल खुट्टा राख्ने स्थान र चालकको साइडको सिट तल खुट्टा
राख्ने स्थानमा फल्सबटम बनाई लुकाई छिपाइ राखेको अवस्थामा लागुऔषध गाँजा १९ पोका
शुद्ध तौल ४२ के.जी. ४१० ग्राम प्याक गरीएको प्लास्टिक सहित फेला पारी गाडी चालक
देश भारत जिल्ला बैसाली महुवा टोल बस्ने बर्ष अन्दाजी-२५ को बिर्जु कुमार राय र
सोहि गाडीमा सवार सोही स्थान बस्ने बर्ष अन्दाजी-२६ को मन्जय कुमार राय लाई
नियन्त्रणमा लिइ थप आवश्यक अनुसन्धान कार्य भईरहेको ।