खैरो हिरोईन सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१७
- A
- A-
- A+
मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ मेन रोड रानी दरबार नजिकै लागुऔषध खैरो
हिरोईन बिक्रि बितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटि गई हेटौंडा
उप-महानगरपालिका-६ चौघडा घर भई हाल हेटौंडा
उप-महानगरपालिका -४ मेन रोड नजिकै ससुरा नाता पर्ने राजेन्द्र कुमार मानन्धरको
घरमा बस्दै आएको वर्ष अन्दाजी-३४ को निर्णय राई बस्ने कोठा तथा निजको शरिर
रितपूर्वक खानतलासी गर्दा निज निर्णय राईको खल्तीबाट १ वटा पुरिया लागुऔषध खैरो
हिरोईन जस्तो देखिने पदार्थ फेला पारी शुद्ध तौल गर्दा ५० मिलिग्राम रहेको र निज
सुत्ने कोठाको पलङको सिरानीको भागमा डिजिटल तराजु फेला पारी बरामद गरी बरामद सामान
सहित निजलाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।