प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-१२

  • A
  • A-
  • A+
Share

चितवनमाडी नगरपालिका-६ रिमाल खोलाको पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २२ ट्याब्लेट सहित सोही नगरपालिका-७ देवेन्द्रपुर बस्ने २६ वर्षीय आशिष भुजेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले ना.४५ प ७६५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा थप ट्रामाडोल ३ सय ट्याब्लेट फेला पारी प्रहरीले बरामद गरेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सेवन गर्ने चालक नियन्त्रण
२०८३-०५-३०

सिन्धुपाल्चोक चौतारा सागागढि नगरपालिका-११ बन्देउ स्थित अरनिको राजमार्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सि.पा., प्रहरी चौकीबन्देउ सि.पा.  र चौतारा सागागढि नगरपालिकाका स्वास्थय कर्मी १ जना सहित संयुक्त चेकिङ टोलीले २० वटा  सवारी चालकहरुलाई लागुऔषध पदार्थ सेवन र मा.प.से. स्वास्थ्य परिक्षण गर्दा बा.प्र.०६-००१ ज ७४७ नं.को EV चालक जिल्ला काभ्रे भुङ्लु गाँउपालिका-८ बस्ने बर्ष अन्दाजी २९ को सत्यनारायण आरनको ला.प.से. पोजेटिभ देखिएकोले निज लाई नियन्त्रणमा लिई कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय सि.पा. तर्फ पठाएको, आवश्यक अनुसन्धान कार्य भईरहेको ।

गाडी दुर्घटनामा ४ जानको मुत्यु र सवारी चलकक सहित ४ जना गम्भिर घाईते
२०८३-०५-३०

जिल्ला मकवानपुर इन्द्रसरोबर गाँउपालिका-२ सुकौरा स्थित हेटौडा भिमफेदी कुलेखानी फाखेल सडक खण्डमा काठमाण्डौबाट हेटौडा तर्फ आँउदै गरेको म.प्र.०३-००१ ज ०७२० नं.को यात्रु बाहक EV गाडी सडकबाट अन्दाजी १००० मिटर तल खसी दुर्घटना भएको भन्ने खबर प्राप्त हुनसाथ प्रहरीको टोली, नेपाली सेनाको टोली र शसस्त्र बिपद ब्यवस्थापन बेस कुलेखानीबाट शसस्त्र प्रहरीको टोली खटिगई उद्धार कार्य गरेको, गाडीमा चालक सहित ८ जना (६ जना पुरुष २ जना महिला)  सवार रहेकोमा ४ जना पुरुषको घट्ना स्थलमानै मृत्यु भएको, चलाक सहित ३ जनालाई ट्रमा सेन्टर काठमाडौ र १ जान लाई हेटौडा अस्पताल मकवानपुर पठाईएको, घाईतेहरुको उपचार तथा आवश्यक अनुसन्धान कार्य भई रहेको ।

फरार प्रतिवादीहरु पक्राउ सम्बन्धमा
२०८३-०५-२९

मिति २०८३।०५।२९ गते खटिएको प्रहरी टोलीले छुट्टा-छुट्टै मुद्दाका २ जना फरार प्रतिवादीहरु नकवजनी चोरी मुद्धामा ७ महिना कैद र रु.६,०००/- जरिवाना भई फरार रहेको प्रतिवादी जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१ चौकीटोल बस्ने वर्ष अन्दाजी २३ को शनि भन्ने सनिश श्रेष्ठ  र जवरजस्ती करणी उद्योगमा मकवानपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई वारदात पश्चात फरार रहेको प्रतिवादी जिल्ला मकवानपुर बकैया गाँउपालिका-०७ कोलखारे बस्ने वर्ष अन्दाजी ३० को  लिला सिलवाललाई ऐ. बागमति गाँउपालिका-०८ शान्तिपुर चोकबाट नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।