प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-११-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा बिरगंज तर्फबाट काठमाण्डौँ तर्फ जादै गरेको बा ६४ प.३१७६ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा स्कुटरको डिकिमा रहेको झोला भित्र कपडामा बेरि राखेको अबस्थामा NITRAVET-१० लेखेको ८० पत्ता ११८९ पिस सहित स्कुटर, स्कुटर चालक जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिका-०८ बस्ने अन्दाजी २६ वर्षीय प्रेम प्रसाद दाहाल र स्कुटर पछाडी सवार निजको श्रीमती अन्दाजी २२ वर्षीया निकिता पुडासैनी समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।