प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८१-११-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोइन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा बिरगंज तर्फबाट काठमाण्डौँ तर्फ जादै गरेको बा ६४ प.३१७६ नम्बरको स्कुटरलाई शंका लागि चेकजाँच गर्दा स्कुटरको डिकिमा रहेको झोला भित्र कपडामा बेरि राखेको अबस्थामा NITRAVET-१० लेखेको ८० पत्ता ११८९ पिस सहित स्कुटर, स्कुटर चालक जिल्ला भक्तपुर, चाँगुनारायण नगरपालिका-०८ बस्ने अन्दाजी २६ वर्षीय प्रेम प्रसाद दाहाल र स्कुटर पछाडी सवार निजको श्रीमती अन्दाजी २२ वर्षीया निकिता पुडासैनी समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु
२०८२-०७-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।