प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित ५ जना मानिस नियन्त्रणमा

२०८२-०७-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५, सानोपोखरा स्थित मनोज पराजुलीको घरको पछाडी रहेको खाली जग्गामा लागुऔषधको कारोबार तथा लुकाई छिपाई राख्न खाल्डो समेत खनेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सो स्थानबाट लागुऔषध ट्रामाडोल ट्याब्लेट ८३०० पिस  फेला परेको । लागुऔषध सहित सो स्थानमा रहेका जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-२, बस्ने वर्ष अन्दाजी ३५ को राजिव लामा, सोहि हेटौंडा उपमहानगरपालिका-१७, बस्ने वर्ष अन्दाजी २० को प्रवेश बरैली, सोहि हेटौंडा उपमहानगरपालिका-४, बस्ने वर्ष अन्दाजी २० को निशान कोईराला, जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२, कुर्ले बस्ने वर्ष अन्दाजी २३ को दिपेश संजेल र जिल्ला मकवानपुर बकैया गाउँपालिका-१२, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, बस्ने वर्ष अन्दाजी १९ को अशोक स्याङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
खैरो हिरोइन सहित ३ मानिसहरु नियन्त्रणमा
२०८३-०४-१९

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर-९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको ट्राफिक सहितको टोली र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दिवासको संयुक्त टोलीले मोरङबाट काठमाण्डौ तर्फ जाँदै गरेको चालक सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर- १२ बस्ने बर्ष अन्दाजी-२९ को चन्द्र बहादुर माझीले चलाएको म.प्र. व०४-००१ ज ००८६ नं. को यात्रुबाहक E.V. हायसमा सवार जिल्ला सिराह मिर्चैया नगरपालिका-५ बस्ने बर्ष अन्दाजी-२० को  सन्देश यादवलाई शंका लागि चेकजाचँ गर्दा निजले ल्याएको तरकारीको बोरा भित्र डब्बामा प्लास्टिकले पोका पारी लुकाई छिपाई ल्याएको लागु औषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ४५.१९० फेला पारी नियन्त्रणमा लिई सोधपुछ गर्दा पछाडी मोटरसाइकलमा सवार चालक अभिषेक कुमार साह र सवार राहुल कुमार मण्डलले उक्त सामान दिई पठाएको भनि खुल्न आएको हुँदा मोटरसाइकल सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।