प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८१-०९-१९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज ३०३ नम्बरको यात्रुबाहक EV गाडीलाई रोकि चेकजाँच गर्ने क्रममा गाडीको पछाडी सिटमा सवार जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका-३, बसामाडी बस्ने अन्दाजी ४६ वर्षीय राज कुमार थिङ र जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका-३, लेवर्ट बस्ने अन्दाजी ३४ वर्षीय धन बहादुर भोलनको साथबाट क्रमशः अन्दाजी ५,५ किलोग्राम गरी जम्मा अन्दाजी १० किलोग्राम लागुऔषध गाँजा बरामद गरी उक्त लागुऔषध गाँजा सहित निजहरुलाई  नियन्त्रणमा लिई आवश्यक कारबाही भइरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।