प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८२-०२-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोष्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटेबाट प्रहरी सहायक निरीक्षक सागर लुङ्वाको कमाण्डमा खटिएको चेकिङ टोलिले नारायणगढबाट बिरगंज तर्फ आउँदै गरेको बा ४ ख ५९३७ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्दा बसमा सवार राक्सिराङ गाउँपालिका-७, बस्ने अन्दाजी वर्ष ४० को रामकृष्ण प्रजाले बोकेको कालो झोलाबाट लागुऔषध गाँजा ५ किलो फेला परेको । निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।