प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध गाँजा सहित मानिस प्रकाउ

२०८०-०४-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक प्वाईन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा प्रहरी चौकी रातोमाटेबाट खटिएको चेकिङ टोलिले चितवनबाट बिरगंज तर्फ जादै गरेको BR01BA २०६९ नम्बरको ईण्डियन कारलाई  रोकी चेकजाँच गर्ने क्रममा कार चालक देश भारत वैशानी विहार किरापुर राजा राम बस्ने वर्ष अन्दाजी २३को नितेश कुमार र सो कारमा सवार वर्ष अन्दाजी २५ को रितेश कुमारले उक्त कारको पछाडिको डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध गाँजा अन्दाजी १७ के.जी. ५०० ग्राम फेला पारी नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।