प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०७९-११-१२

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-२, समानटार स्थित महादेवबेशी देखि मकवानपुरको मोहरीय जाने सडक खण्डमा प्रहरीले लागुऔषध सहित मानिस नियन्त्रणमा लिएको छ । महादेवबेशी तर्फ आउँदै गरेको जिल्ला मकवानपुर थाहा नगरपालिका-८ बस्ने २९ वर्षीय विजय घलानले बोकेको रातो झोला शंका लागि चेकजाँच गर्दा झोलाबाट लागुऔषध गाँजा अन्दाजी ४ किलो फेला परेको थियो । निज  विजय घलानलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार