प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध अफिम सहित मानिस नियन्त्रणमा

२०८२-०१-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, नेवारपानी चेकपोईन्ट स्थित पुर्ब पश्चिम सडकखण्डमा प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटीएको चेकिङ टोलीले नारायणगढबाट कलैया तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २८८७ नं.को यात्रुवाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसको अन्तिम सिटमा सवार जिल्ला चितवन राप्ती नगरपालिका-११, कोराक बस्ने वर्ष अन्दाजी २५ को बाबुराम तामाङले बसको दाहिने साइडको माथी र्‍याकमा राखेको खैरो रंगको झोला भित्र प्लाष्टिकको टेपले बेरिएको अवस्थामा ६ किलोग्राम लागुऔषध अफिम जस्तो देखिने पदार्थ फेला परेको । निज बाबुराम तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको । 

सम्बन्धित समाचार
निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८२-११-०३

तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकज्यूले यस कार्यालयले निर्वाचन सुरक्षार्थ तयार गरेको जनशक्ती परिचालन, स्रोतसाधनको व्यवस्थापन, योजना सम्बन्धि जानकारी लीनुभई आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा प्रहरी कर्मचारीहरुले आफ्नो तोकिएको जिम्मेवारी त्रुटि रहित ढंगबाट वहन गर्न आवश्यक निर्देशन दिनुभएको थियो ।