प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८२-०५-१२

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-६, महेश दोभान स्थित पृथ्वी लोकमार्गमा प्रहरी चौकी बैरेनीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा बैरेनीबाट पोखरा तर्फ जादै गरेको जिल्ला कास्की पोखरा उपमहानगरपालिका-९ बस्ने अन्दाजी २८ वर्षीय संजय के.सी.ले चलाएको ग २० प ४७२६ नम्बरको स्कुटीमा राखेको जेब्रा झोला भित्र प्लास्टिकले बेरिएको ८ पोका अन्दाजी ११ किलोग्राम लागू औषध गाँजा फेला पारी उक्त लागू औषध स्कुटी र चालक लाई नियन्त्रणमा लिई थप अनुसन्धन कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।