प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०७-१३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ स्थित पूर्व-पश्चिम सडक खण्डमा अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरी टोलीले चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ७७८१ नम्बरको यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा सो बसको ११ नम्बर सिटमा सवार जिल्ला मकवानपुर, राक्सिराङ गाउँपालिका-१ घर भएका अन्दाजी वर्ष १८/१९ को सबिन स्याङबोले पछाडी भिर्ने झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा अन्दाजी ३ किलोग्राम फेला पारी लागुऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।