प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रदेश स्तरीय सुरक्षा गोष्ठी सम्पन्न ।

२०८२-०३-२४

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश, धुलिखेल, काभ्रेपलाञ्चोक: आज मिति २०८२।०३।२४ गते तालुक नेपाल सरकार गृह मन्त्रालय र बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा धुलिखेल, काभ्रेपलाञ्चोकमा संचालन भएको एक दिवसीय “प्रदेशस्तरीय सुरक्षा गोष्ठी” कार्यक्रम बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरज चन्द्र लामिछानेज्यूको प्रमुख आतिथ्यता र श्रीमान गृह सचिव गोकर्णमणि दुवाडी ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा, विशिष्ट अतिथि बागमती प्रदेशका प्रमुख सचिव भुपाल बरालज्यू, नेपाली सेनाका बलाधिकृत रथी निर्मल कुमार थापाज्यू, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाज्यू, सशस्त्र प्रहरी बल नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालज्यू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाज्यू, NDRRMA कार्यकारी प्रमुख ई. दिनेश भट्टज्यू, नेपाल सरकार, गृह मन्त्रालय, सुरक्षा समन्वय महाशाखा प्रमुख, सहसचिव श्री रामचन्द्र तिवारीज्यू, प्रदेश सुरक्षा समितिका पदाधिकारीज्यूहरू, बागमती प्रदेशका (१३) वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीज्यूहरू, सिनियर प्रहरी अधिकृतज्यूहरू लगायत विभिन्न संञ्चार माध्यममा आबद्ध पत्रकार तथा सञ्चारकर्मीज्यूहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेश अन्तर्गतका १३ वटै जिल्लाहरूको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीज्यूहरूले आ-आफ्नो जिल्लाको समग्र विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौती र आगामी कार्यभार लगायतका विषयमा प्रस्तुतीकरण राख्नु भएको थियो । कार्यक्रमको अन्त्यमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री माननीय सुरज चन्द्र लामिछानेज्यूबाट “प्रदेश स्तरीय सुरक्षा गोष्ठी” मा बागमती प्रदेश अन्तर्गतका १३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरू एवं अन्य अतिथिज्यूबाट राख्नु भएका विषयवस्तुका सम्बन्धमा आवश्यक निर्देशन सम्बोधन पश्चात कार्यक्रमका अध्यक्ष श्रीमान् गृह सचिव गोकर्णमणि दुवाडीज्यूको मन्तव्य सहित “प्रदेशस्तरीय सुरक्षा गोष्ठी” कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०७-१९

जिल्ला मकवानपुर हेटौडा उप-महानगर पालिका-१९ बस्तिपुर स्थित शुसान तामाङ भन्ने ल्वाङ डिमडुङको घरमा लागुऔषध ब्राउन सुगर सेवन गरी रहेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी टोली खटिगई बुझ्दा निज बर्ष अन्दाजी २४ को शुसान तामाङ भन्ने ल्वाङ डिमडुङलाई निजको घरमा लागुऔषध सेवन गरी बसि रहेको अवस्थामा फेला पारि निजको शरिर खान तलासि गर्दा निजको साथबाट प्लाष्टिकले बेरेको पोका-११ र  सेतो प्लाष्टिकमा प्याकेट १ (एक) लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ तौल हुन बाकी अन्दाजी ५० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ।  

बाघको आक्रमणले १ जनाको मूत्यु
२०८३-०७-१७

जिल्ला चितवन भरतपुर महानगरपालिका-२७ राधा कृष्ण सामुदायिक वनको बेथरी खोलाको छेउमा निउरो टिप्न गएको ४ जना मानिसहरु मध्ये  ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ४६ को भिम महतोलाई जंगली जनावर बाघले आक्रमण गरि लगेको भनी निज भिम महतोसँग गएको साथीहरूले ऐ. १७:४५ बजेको समयमा इलाका प्रहरी कार्यालय दिब्यनगर चितवनमा जानकारी गराउना साथ उक्त स्थानमा प्रहरीको टोलि खटी गई चितवन राष्ट्रिय निकुञ्जको नेपाल आर्मी, कर्मचारी र स्थानियहरुको टोलिले खोजतलास गर्दै जाने क्रममा निज भिम महतो हराएको स्थान देखि अन्दाजी १ कि.मि. पुर्व चितवन राष्ट्रिय निकुञ्जमा टाउँकोको मासुको भाग, दाहिने खुट्टा र बायाँ हात खाएको अवस्थामा शव फेला परेको, बाघलाई डार्क गरी नियन्त्रणमा लिई, घटनास्थल प्रारम्भिक मुचुल्का कार्यकोलागि प्रहरीको टोलि खटि गई मुचुल्का कार्य भई रहेको ।

खैरो हिरोईन सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१७

मकवानपुर, हेटौडा उप-महानगरपालिका-४ मेन रोड रानी दरबार नजिकै लागुऔषध खैरो हिरोईन बिक्रि बितरण भईरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खटि गई हेटौंडा उप-महानगरपालिका-६ चौघडा घर भई हाल  हेटौंडा उप-महानगरपालिका -४ मेन रोड नजिकै ससुरा नाता पर्ने राजेन्द्र कुमार मानन्धरको घरमा बस्दै आएको वर्ष अन्दाजी-३४ को निर्णय राई बस्ने कोठा तथा निजको शरिर रितपूर्वक खानतलासी गर्दा निज निर्णय राईको खल्तीबाट १ वटा पुरिया लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला पारी शुद्ध तौल गर्दा ५० मिलिग्राम रहेको र निज सुत्ने कोठाको पलङको सिरानीको भागमा डिजिटल तराजु फेला पारी बरामद गरी बरामद सामान सहित निजलाई नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।