प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गा‍ँजा सहित मानिस नियन्त्रणमा

२०७९-१२-०५

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९, माझीमटार स्थित पृथ्वी लोकमार्गमा प्रहरी चौकी जोगिमारा, धादिङको कार्यालय अगाडि चेकपोष्टमा खटिएको टोलीले काठमाण्डौबाट पोखरा जादै गरेको बा २ ख १४१० नम्बरको माईक्रोलाई चेकजाँच गर्ने क्रममा हाईसमा सवार यात्रु जिल्ला कास्की, पोखरा महानगरपालिका-११ बस्ने ३० वर्षीय कृष्ण नेपालीले बोकेको जेब्रा झोला अन्दाजी २ किलोग्राम लागुऔषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
दोलखामा भरुवा बन्दुकले लागी एकको मृत्यु
२०८०-०८-१७

दोलखा, तामाकोशी गाउँपालिका-२, झुले स्थित झुलेबाट ३ किलोमिटर दक्षिण डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएको ७ जना मध्ये जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-२, झुले बस्ने अन्दाजी २० वर्षीय सन्जीब सार्कीले चलाएको भरुवा बन्दुकको बट भाँचि अटोमेटिक फाएर भई निजलाई देब्रे भागको छातीमा छर्राले लागी घाईते हुदाँ तत्काल उपचारको तामाकोशी अस्पताल, दोलखामा सामान्य उपचार पश्चात थप उपचारको लागी पशुपती चौलागाँई स्मृति अस्पताल चरिकोट, दोलखामा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।