प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-०४

  • A
  • A-
  • A+
Share

नुवाकोट, ककनि  गाउँपालिका-१, ओखरपौवा स्थित चेकपोईन्टमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको ४ जनाको चेकिङ टोलीले चित्रे तर्फबाट काठमाडौ तर्फ आउँदै गरेको बागमती प्रदेश ०१००६ख ४५७१ नं.को दुध बोकेको आईचर ट्रकलाई चेकजाँच गर्ने क्रममा ट्रकको पछाडी २ वटा बोरामा प्लास्टिकले बेरेको अवस्थामा अन्दाजी ४ किलोग्राम लागुऔषध गाँजा फेला परेको । ट्रकमा सवार हिलेखर्क-४ बस्ने वर्ष अन्दाजी ५५ कि कान्छी माया तामाङ र सोहि बस्ने वर्ष अन्दाजी ३९ कि सुनिता तामाङलाई लागुऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।