प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-१४

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, फारलाईन स्थित पारिश्रमिक टोल बस्ने अन्दाजी ३६ वर्षीय आनन्द गुरुङको घरमा लागू औषध बिक्रि वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी टोली खटि गई चेकजाँच गर्दा निज आनन्द गुरुङ र सोही स्थान बस्ने वर्ष अन्दाजी ३४।३५ को डम्मर बहादुर थापा फेला पारी नियन्त्रणमा लिई चेक गर्दा कोठामा झोलाभित्र लुकाइ छिपाइ राखेको लागू औषध Tramadol जम्मा ५ पिस र लागू औषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ २ पुरिया (पलास्टिक सहित तौल गर्दा ३९ मिलिग्राम) फेला पारी उक्त लागू औषध सहित दुबै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।