प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०४-०७

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट गाउँपालिका-५, बिशालटार स्थित पृथ्वी लोकमार्गमा ईलाका प्रहरी कार्यालय बेनिघाट अगाडी प्रहरी सहायक निरीक्षकको कमाणडमा खटिएको चेकिङ टोलिले  मलेखु बाट मुग्लिन तर्फ जाँदै गरेको ग १८ प ७११३ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा उक्त स्कुटरमा आर्मि रङ्गको झोलामा अन्दाजी ६ किलो गाँजा फेला परेको थियो ।  स्कुटर चालक जिल्ला कास्की पोखरा महानगरपालिका-२०, मालेपाटन बस्ने वर्ष २० को भुमिजङ खड्कालाई लागुऔषध गाँजा सहति नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।