प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८२-०४-२२

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले चितवनबाट बिरगंञ्ज तर्फ आउँदै गरेको ना ६ ख ९५३३ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको A साईडको ९ र १० नं. सिटमा सवार भई आएका जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, बस्ने वर्ष अन्दाजी १८ को संघर्ष तामाङको साथमा रहेको झोलाबाट लागुऔषध गाँजा अन्दाजी ४ किलोग्राम र सोहि स्थान बस्ने वर्ष अन्दाजी १५ को योशेप प्रजाको साथमा रहेको झोलाबाट अन्दाजी ५ किलोग्रम लागुऔषध गाँजा फेला परेको ।  लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।