फरार प्रतिवादी पक्राउ
२०८३-०६-०२
- A
- A-
- A+
लागुऔषध मुद्धाका फरार प्रतिवादी जिल्ला धादिङ बेनिघाट रोराङ
गाँउपालिका-१ बस्ने बुध बहादुर तामाङको छोरा बर्ष अन्दाजी २३ को सुमन भन्ने टेक
बहादुर तामाङ लागत नं.२२४६, लागुऔषध मुद्धाको १ बर्ष ३ महिना कैद र ५०००।– (पाँच
हजार) जरिवाना रहेको लाई खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा जिल्ला धादिङ
बेनीघाट रोराङ गाँउपालिका-३ मलेखु स्थित मलेखु बजारमा लुकिछीपी बसिरहेको अबस्थामा नियन्त्रणमा
लिई इलाका प्रहरी कार्यालय गजुरी धादिङ ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।