लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१
- A
- A-
- A+
जिल्ला सिन्धुली
कमलामाई नगरपालिका-४ ढुङ्ग्रेबास स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बर्दिबास र
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको संयुक्त टोलिले जिल्ला सिन्धुली
कमलामाई नगरपालिका-६ बस्ने बर्ष अन्दाजी ३५ को बिजय तोलाङ्गेको साथबाट लागुऔषध
खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ तौल गर्दा प्लास्टिक बाहेक १.६५० मिली ग्राम
र नगद रु.३०,६८०।– (तिस हजार छ सय असि) फेला पारी मानिस सहित नियन्त्रणमा लिएको र
ऐ. स्थितमा संजिव देवकोटाको घर खान तलासी गर्दा निजको घरबाट लागुऔषध खैरो हिरोईन जस्तो
देखिने गिलो पदार्थ तौल
गर्दा प्लास्टिक बाहेक ४.१६० मिलि ग्राम र नगद रु. ३१,५००।– (एकतिस हजार पाचँ सय)
फेला पारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,
संजिव देवकोटा घरमा फेला नपरेकोले आवश्यक खोजतलास कार्य भईरहेको ।