लागुऔषध देखीने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८३-०६-०१
- A
- A-
- A+
जिल्ला धादिङ थाक्रे गाँउपालिका-६ देउडि स्थितमा खटिएको
प्रहरी टोलिले शंका लागि थाक्रे गाँउपालिका-३
मल्डुङ घर भई ऐ. स्थितमा चिया पसल (जस्ताले बारेको टिनको छानो भएको एकतले २ कोठे) गरि
बस्ने कान्छा तामाङको छोरा बर्ष अन्दाजी १७ को राजन तामाङले आफु सुत्ने कोठामा हरियो
प्लास्टिक भित्र लुकाई छिपाई राखेको लागुऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ तौल
गरी अन्दाजी ३९० ग्राम र गाँजा जस्तो देखीने पदार्थ अन्दाजी १६५ ग्राम सहित
नियन्त्रणमा लीई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा ल्याईएको,
आवश्यक अनुसन्धान कार्य भइरहेको ।