प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

प्रहरी सहायक निरीक्षक तथा प्रहरी कार्यालय सहयोगी पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान

२०८३-०६-०२

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । प्रहरी सहायक निरीक्षक पदका लागि २ सय ११ जना र प्रहरी कार्यालय सहयोगी पदका लागि भान्छेतर्फ ८३ जना, हजामतर्फ १५ जना र कुचीकारतर्फ २५ जना गरी जम्मा १ सय २३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । 

            प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np मा गई दरखास्त फारम भर्न सकिनेछ । यसैगरी प्रहरी कार्यालय सहयोगी पदका लागि जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरू विराटनगर, जनकपुर (हाल राजविराज सप्तरी), दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत (हाल नेपालगंज बाँके) र दिपायल तथा सबै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त फारम पाइने र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले प्रहरी सहायक निरीक्षक र प्रहरी कार्यालय सहयोगी पदको लागि असोज १२ गतेदेखि कात्तिक १० गतेसम्म दरखास्त फारम भर्न सक्नेछन् ।

दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१८

मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने वर्ष अन्दाजी ३१ की सुष्मा तिमल्सिनाले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागूऔषध खैरो हिरोइन लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडा मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोहि स्थानमा गई रितपूर्वक खानतलासी गर्दा निज सुत्ने गरेको कोठा भित्र कपडा राख्ने स्टिलको दराजमा लुकाई छिपाई राखेको अवस्थामा ३ ग्राम ८५० मिलिग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्त फेला परेको हो । उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 

७१ औ प्रहरी दिवस २०८३ को अवसरमा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम
२०८३-०६-१७

जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२ कुर्लेदमार खेल मैदानमा “७१ औ प्रहरी दिवस २०८३” को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा तथा बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडा मकवानपुरको आयोजना र मकवानपुरगढी गाउँपालिकाको समन्वयमा स्थानिय सर्वसाधरण, बाहालवाला तथा पुर्व प्रहरी कर्मचारीको लागि नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम गरिएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी ज्युको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता/सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद धमला, बागमती प्रदेश प्रहरी अस्पताल हेटौडाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.बिकल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, मकवानपुरगढी गाँउपालिकाका जनप्रतिनिधी लगायत स्थानियबासी, पत्रकार, पुर्व प्रहरी कर्मचारी र बाहालवाला कर्मचारी सहित अन्दाजी ५०/६० जनाको उपस्थितीमा नि:शुल्क स्वास्थ्य शिविरको औपचारीक उद्घाटन कार्यक्रम सुरु भएको थियो ।