भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय १० जनाको शव फेला
२०८३-०६-०२
- A
- A-
- A+
रसुवाको भोटेकोशीमा आएको
विनाशकारी बाढीका कारण शुक्रबार १४:०० बजे सम्म १ हजार ४ सय १० जनाको शव फेला
परेको छ ।
जसमध्ये रसुवामा १ सय ९९ जना, नुवाकोटमा २ सय ३
जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६४
जना, गोरखामा ७८ जना, तनहुँमा ३८ जना,
नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्चिममा २ सय २२ जना गरी
१ हजार ४ सय ८ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा
मृत्यु भएको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक
प्रक्रिया पुरा गरी हाल सम्म १ हजार २ सय ४६ वटा शव व्यवस्थापन (माटो मुनि
सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १
हजार ९ सय ९१ गरी कुल ३ हजार २ सय ७७ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै
पहिचान नभएको १ हजार ३ सय ६२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत
अपलोड गरिएको छ ।
बाढी प्रभावित
क्षेत्रमा उद्दार, खोजी, राहत वितरण,
शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना
प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ९० जनाको खोजी
कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ८ सय
६ जना व्यक्तिहरूलाई राखिएको छ ।