प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध खैरोहिरोईन सहित मानिस नियन्त्रणमा

२०८२-०३-२१

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१८, आरामपुर स्थित सोही स्थानको मानेडाँडा बस्ने सन्त बहादुर पाख्रिनको छोरा वर्ष अन्दाजी ३४ को बिनोद पाख्रिनले लागुऔषधको कारोवार गरिरहेको छ भन्ने  विशेष सुचनाको आधारमा खबर प्राप्त हुनासाथ प्रहरी नायव निरीक्षकको कमाण्डमा प्रहरी टोली खटि गई निजललाई शंका लागि चेकजाँच  गर्दा निजले लगाएको पाईन्टको गोजिमा लुकाइ छिपाइ गरीराखेको  सानो सानो ८ पुरीयामा अन्दाजी ०.९ मिली ग्राम लागु औषध खैरोहिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको । निजलाई लागुऔषध खैरोहिरोईन सहित नियन्त्रणमा लिई  थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।