प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०८-१०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बसपार्क स्थित प्रहरी चौकी बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले धनगढीबाट काकडभिट्टा तर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ३४११ नं.को यात्रुबाहक बसलाइ रोकी चेकजाँच गर्दा उक्त बसमा सवार जिल्ला चितवन रत्तननगर नगरपालिका-३, लौरीचोक बस्ने वर्ष अन्दाजी २० की सरिता लामाको साथमा रहेको झोला भित्र लागुऔषध गाँजा अन्दाजी ६ किलो फेला परेका थिए । निजलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार