प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०८३-०८-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९ कुखरेनी स्थितमा प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा बा.प्र. ०२-०५० प ६१३२ नं. को मोटरसाइकल रोकी सोही छेउमा शंकास्पद रुपमा उभिरहेको सोही स्थान-१३ बस्ने वर्ष अन्दाजी- २१ को जोसु तामाङ र वडा-१४ बस्ने वर्ष अन्दाजी-२३ को अमन तामाङलाई फेला पारी निजहरुको शरिर खानतलासी गर्दा निज जोसु तामाङको साथबाट नगद रु. ५,०००/- र  लागुऔषध गाँजाको धुलो जस्तो (पोलार) पदार्थ ९२० ग्राम फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।