बिल नभएको युरिया मल नियन्त्रणमा ।
२०८३-०८-०३
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उप-महानगरपालिका-१०
बसपार्क स्थित खटिएको चेकिङ टोलिले चेकजाँच गर्ने क्रममा बिरगजंबाट चितवन तर्फ
जाँदै गरेको प्रदेश ३-०३-००१ ख ००८७ नम्बरको बसमा साथमा बिल नभएको ७२ बोरा
युरियामल फेला पारेको हुँदा बस, युरियामल सहित चालक जिल्ला पर्सा पर्सागढी गाउँपालिका
वडा नम्बर-१ मनवा बजार बस्ने वर्ष अन्दाजी-३० को मदन चौधरी, सहचालक जिल्ला रौतहट
वृन्दावन नगरपालिका वडा नम्बर-७ सखुवा धमौरा बस्ने वर्ष अन्दाजी-१८ को अभिमन्यु
पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धा कार्य भईरहेको ।