लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८३-०८-०२
- A
- A-
- A+
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, मनहरी मकवानपुरबाट खटिएको गस्ती टोलीले जिल्ला
मकवानपुर मनहरी गाउँपालिका-०९ खरङ्गा स्थित महेन्द्र
राजमार्गमा चितवनबाट हेटौंडा
तर्फ जाँदै गरेको ना ५ ख ८३१३ नम्बरको
पिना लोड गरेको ट्रकलाई नियन्त्रणमा लिइ चेकजाँच गर्दा ट्रकको पछाडी ढाला भित्र
लुकाई छिपाई राखिएको ६
के.जी २३० ग्राम लागूऔषध गाजा फेला परेको हो । उक्त ट्रक
चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-०६ सुनाचुरी भुलचोक बस्ने वर्ष अन्दाजी ४३ को चन्द्र बहादुर तामाङ नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।