लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा
२०८३-०७-३०
- A
- A-
- A+
मकवानपुर
थाहा नगरपालिका-९ चित्लाङ
स्थित इलाका प्रहरी कार्यालय
चित्लाङ मकवानपुरको चेकप्वाईन्टमा इलाका प्रहरी कार्यालय पालुङबाट
खटिगएको टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा गोर्खा, चितवन सौराह, हेटौंडा हुँदै
काठमाडौंतर्फ जान आउँदै गरेको बा.प्र. ०१ ०३५ च ४५६१ नम्बरको जिप गाडी
रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीपट्टी डिक्कीमा रहेको लगेज ब्यागहरु
चेकजाँच गर्दा लगेज भित्र लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा ६
किलो ४० ग्राम अबैध लागूऔषध चरेश जस्तो पदार्थ
फेला पारी नियन्त्रणमा लिईएको हो । पक्राउ पर्नेमा जिल्ला
काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका-३
सञ्जिवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका-०८
तिनदोबाटो बस्ने अन्दाजी वर्ष ३३ को हेविन श्रेष्ठ (गाडी चालक), जिल्ला
चितवन भरतपुर महानगरपालिका-११ कोल्टाँडी स्थायी घर
भई हाल भरतपुर महानगरपालिका-०२
क्षेत्रपुर बस्ने अन्दाजी वर्ष २१ की दिव्याश्री
काफ्ले रहेको छ ।