पेस्तोल सहित मानिस नियन्त्रणमा
२०८३-०७-२८
- A
- A-
- A+
मिति २०८३।०७।२८ गतेको अन्दाजी १२:१५ बजेको समयमा सशस्त्र
प्रहरी बल,
नेपाल नं.१४ गण हे.क्वा. मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय ईन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलिले जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.-१ चौकी टोल स्थित हेटौडा-भैसे सडक खण्डमा
हेटौंडाबाट भैसे तर्फ जादै गरेको बा.प्र.०३-००१
ह ११८१ नम्बरको अटो
लाई चेकजाँच गर्ने क्रममा अटो भाग्न खोज्दा ब्युरोबाट खटिएको
टोलीले १ राउण्ड हवाई फायर गरी, 7.65 मि.मि. क्यालिवर भएको
सेमी अटोमेटिक पेस्तोल नाल-१, ऐ.म्याग्जिन थान-१ र म्याग्जिनमा लोड भएको अवस्थामा
पिन्दीमा चोट भएको (7.65 मि.मि) राउण्ड-१ सहित जिल्ला मकवानपुर मनहरी गा.पा.-६ नयाँ
बस्ती बस्ने वर्ष अन्दाजी२७ को सुन बहादुर तामाङ्ग र वर्ष अन्दाजी २२ को विश्वराज तामाङ्ग (अटो चालक) गरी दुई जनालाई
नियन्त्रणमा लिईएको छ ।