यात्रुवाहक ईभी हाइस दुर्घटना
२०८३-०७-२६
- A
- A-
- A+
जिल्ला मकवानपुर, भीमफेदी गाउँपालिका –०६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक
खण्डमा यात्रुवाहक ईभी हाइस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ६ जना
घाइते भएका छन् ।
मिति २०८३ ।०७ ।२६ गते बिहान अन्दाजी ०५:४५ बजे काठमाडौंबाट
सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस सडकबाट
करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित २० जना सवार
रहेको खुलेको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय
भीमफेदीबाट प्रहरी टोली खटिई उद्धार कार्य सुरु गरिएको थियो भने उद्धारका लागि
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल,
नेपाल र नेपाली सेनाको टोलीसमेत परिचालन गरिएको थियो ।
उद्धारका क्रममा १४ जनाको शव फेला परेको छ भने ६ जना
घाइतेको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो । घाइतेमध्ये तीन
जना उपचारपछि डिस्चार्ज भएका छन् भने तीन लाई थप उपचारका लागि विभिन्न अस्पतालमा
रिफर गरिएको छ ।
मृतकहरूको विवरण :
१. जिल्ला सर्लाही, कबिलासी गाउँपालिका –०८ बस्ने वर्ष अन्दाजी ३० का हाइस चालक रविशंकर कुमार
मण्डल ।
२. जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका –०४ सुन्दरपुरटोल बस्ने वर्ष २६ का बिकेश यादव ।
३. ऐ.ऐ. बस्ने वर्ष २८ की पुनम यादव ।
४. ऐ.ऐ. बस्ने वर्ष ७ की दिक्षा यादव (बालिका) ।
५. ऐ.ऐ. बस्ने वर्ष ५ की दिपिका यादव (बालिका) ।
६. ऐ.ऐ. बस्ने वर्ष १० की अनु कुमारी यादव ।
७. ऐ.ऐ. बस्ने वर्ष ३५/३६ का गुड्डु यादव ।
८. ऐ.ऐ. बस्ने वर्ष ३०/३२ की गायत्री देवी ।
९. ऐ.ऐ. बस्ने वर्ष २५/२६ का राम दुलार यादव ।
१०. ऐ.ऐ. बस्ने वर्ष २४/२५ का सुबोध यादव ।
११. ऐ.ऐ. बस्ने वर्ष १५ का रोहन यादव ।
१२. ऐ.ऐ. बस्ने वर्ष ३५ का राकेश यादव ।
१३. ऐ.ऐ. बस्ने वर्ष २८ का छोटु राय भन्ने रामप्रसाद राय
यादव ।
१४. ऐ.ऐ. बस्ने वर्ष १७/१८ का सुधेश यादव ।
घाइतेहरूको विवरण:
१. जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने वर्ष अन्दाजी ३ को सुजन यादव,
टाउको र मुखमा चोट, अवस्था मध्यम, थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल रिफर ।
२. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ३१ का बेचु भन्ने देवेन्द्र राय, टाउको तथा शरीरका विभिन्न भागमा चोट,
अवस्था मध्यम, थप उपचारका लागि मनकामना
अस्पताल, भरतपुर रिफर ।
३. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी १४ महिनाका सुदिप यादव, थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी
अस्पताल रिफर ।
उपचारपछि डिस्चार्ज भएका घाइतेहरूको विवरण :
१. जिल्ला सर्लाही, चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोल बस्ने वर्ष अन्दाजी ३३ का मुकेश यादव,
मिति २०८३।०७।२६ गते १३:४० बजे डिस्चार्ज ।
२. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ५ का सक्षम कुमार यादव, मिति २०८३।०७।२६ गते १३:४० बजे डिस्चार्ज ।
३. ऐ.ऐ. बस्ने वर्ष अन्दाजी २६ का देवेन्द्र राय, मिति २०८३।०७।२६ गते ११:४५ बजे
उपचारपश्चात् डिस्चार्ज ।