१५० ग्राम लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८३-०७-२३
- A
- A-
- A+
मिति २०८३।०७।२३
गते अन्दाजी १९:०० बजेको समयमा जिल्ला मकवानपुर हेटौंडा उ.म.न.पा.-२ लोकप्रिय मोड
स्थितमा लागूऔषध बिक्री वितरण भइरहेको
भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय
मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडा सहितको
संयुक्त प्रहरी टोलीले सडक छेउमा
शंकास्पद रूपमा बसिरहेकी जिल्ला मकवानपुर बागमती गा.पा.-६ फापरबारी बस्ने वर्ष अन्दाजी
२५ की रुपा विश्वकर्मालाई रितपुर्वक खानतलासी गर्दा निजको
दाहिने हातमा समाती राखेको अवस्थामा लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ
स-साना प्लाष्टिकको २ वटा पुरिया तौल गर्दा १५०
मिलिग्राम फेला पारी लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको छ ।