लागूऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८३-०७-२०
- A
- A-
- A+
मिति
२०८३।०७।२० गते अन्दाजी ०५:३० बजेको समयमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय,
मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-०६
लोथर खोला स्थित भित्री कच्ची सडक खण्डमा कालो झोला बोकी पैदल आईरहेका जिल्ला
मकवानपुर राक्सिराङ गाउँपालिका-७
रिन्चिराङ बस्ने वर्ष २५ को रेवन प्रजा र वर्ष २० को जेन्सन प्रजालाई चेकजाँच
गर्दा कालो झोला भित्र लुकाई छिपाई राखेको प्लाष्टिकले बेरिएको अवस्थामा २२.०५४
के.जी. लागूऔषध गाँजा बरामद गरिएको हो । बरामद लागूऔषध गाँजा सहित निजहरूलाई नियन्त्रणमा
लिई थप अनुसन्धान कार्य भईरहेको छ ।