जिल्लाकाभ्रेपलाञ्चोक,
प्रहरी चौकी पाँचखालबाट खटिएको गस्ति प्रहरी टोलीले जिल्ला काभ्रे पाँचखाल नगरपालिका-४
स्थित तामाघाटमा बसिरहेको अवस्थामा जिल्ला काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने बर्ष
३२ को सरोज रम्तेल र ऐ.०७ बस्ने बर्ष २४ को सुदिप मिजार दुवै जना माथी संका लागी
सोधपुछ तथा चेकजाँच गर्दा निजहरुको साथबाट ट्रामाडोल ५ पत्ता (४७ ट्यावलेट), स्पास
२ पत्ता (१७ ट्यावलेट), डिवोमिन २ पत्ता (१७ ट्यावलेट) र खुल्ला रातो १ ट्यावलेट लागुऔषध
फेला पारी दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला
प्रहरी कार्यालय काभ्रेमा पठाएको, आवश्यक अनुसन्धान कार्य भई रहेको ।