लागुपदार्थ सेवन चेकिङको क्रममा ३ सवारी चालक सहित मोबाइल नियन्त्रणमा
२०८३-०७-१९
- A
- A-
- A+
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, प्रहरी चौकी रातोमाटे
मकवानपुर र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लगायत गरि १०
जनाको संख्यामा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका- १५ रातोमाटे चेकपोईन्ट
स्थितमा भएको चेकिङमा ५१ वटा सवारी साधनको लागुपदार्थ सेवन चेकजाँच गरेकोमा २ वटा
सवारी चालकको लागुपदार्थ सेवन पोजेटिभ (Positive) भएकोले २ वटै सवारी साधन लाई प्रहरी चौकी रातोमाटे मकवानपुरको नियन्त्रणमा
राखिएको, ना.१ ज.१९२२ नं. को सुमो चालकको साथमा ५ थान एप्पल कम्पनी (Iphone-13 सिरिजका कभर हटाई ल्याईएका) फोनको बिल बिजक नभएकोले उक्त ५ वटा फोन सहित सवारी
चालक समेत र ला.प.से.पोजेटिभ (positive) देखिएका २ जना चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई, आवश्यक
अनुसन्धान कार्य भईरहेको ।