खैरो हिरोईन सहित मानिस पक्राउ
२०८३-०७-२१
- A
- A-
- A+
मिति २०८३।०७।२१ गतेको अन्दाजी १६:०७ बजेको समयमा जिल्ला मकवानपुर
हेटौडा उ.म.न.पा.-११ थानाभर्याङ मिलन चोक स्थित लागूऔषध बिक्री वितरण भएको भन्ने
सूचना प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली खटि गई
उल्लेखित स्थानको भित्रीबाटोमा हिडिरहेको अवस्थामा हेटौंडा उ.म.न.पा.-११ नमुनाचोक
डेरा गरी बस्ने वर्ष अन्दाजी २६ को सानु भाई नेपालीलाई चेकजाँच गर्दा निजको साथबाट
लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ तौल ३१० (तिन सय दश) मिलिग्राम फेला
परेको हुँदा लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।