मानिस मृत अवस्थामा फेला
२०८३-०७-२६
- A
- A-
- A+
मिति २०८३।०७।२६ गते अन्दाजी ११;०० बजेको समयमा जिल्ला
सिन्धुली मरिण गा.पा.-०२ मुङ्ग्रे दोभान बस्ने वर्ष ६५ को मान बहादुर माझी घर देखि
अन्दाजी २.५ कि.मि. दक्षिण मरिण खोलापारी बगरमा गाई गोठाला गएकोमा बेलुका गाई
बस्तु घरमा आएको र गोठाला गएको मान बहादुर माझी घरमा अबेला सम्म नआएकोले आफन्तले खोजतलास
गर्ने क्रममा गाई बस्तु चराएको स्थान देखि ५०० मिटर तल मरिण खोलाको किनारमा पानीमा
घोप्टो अवस्थामा लाश फेला परेको भनि स्थानिय बुद्धिलाल बम्जनले ऐ. १८:३० बजेको समयमा इलाका प्रहरी कार्यालय
कपिलाकोट सिन्धुलीमा जानकारी गराएको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान
कार्य भईरहेको छ ।