७०० ग्राम लागूऔषध खैरो हेरोइन सहित चार जना पक्राउ
२०८३-०७-२३
- A
- A-
- A+
मिति २०८३।०७।२३ गते अन्दाजी
१८:३० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.-०२ दुबई होटल नजिकै बाल कृष्ण
शर्माको घरमा भाडा गरी बस्ने मानिसहरुले लागूऔषध सेवन गरिरहेको भन्ने विशेष सूचना
प्राप्त हुनासाथ प्रहरी चौकी चौकीटोल मकवानपुरबाट टोली खटि गई निजहरु बस्ने कोठाको
खानतलासी गर्दा निजहरुले लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ स्टिलको थालमा
राखी सेवन गरिरहेको बेला पक्राउ गरिएको हो । पक्राउ पर्नेमा जिल्ला मकवानपुर कैलाश
गा.पा.-१० घर भई हाल ऐ.हेटौडा उ.म.न.पा.०२ चौकीटोल स्थित बाल कृष्ण शर्माको घरमा डेरा
गरि बस्ने वर्ष अन्दाजी २२ को बिनोद थिङ, हेटौडा उ.म.न.पा.-१२ पदमपोखरी बस्ने वर्ष
अन्दाजी १८ को सुशान्त थिङ, ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ३३ को सुसन्देश लामा र हेटौंडा
उ.म.न.पा.-०७ कमाने बस्ने वर्ष अन्दाजी २६ को लक्ष्मण घलान रहेको छ । निजहरु मध्ये
हेटौंडा उ.म.न.पा.-०७ कमाने बस्ने वर्ष अन्दाजी २६ को लक्ष्मण घलानको ज्याकेटको
खल्तिमा प्लाष्टिकले बेरेर राखेको लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ स-साना ६ पोका तौल ७००
मिलिग्राम समेत फेला पारी बरामद लागूऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान
कार्य भईरहेको छ ।