चोरी गर्ने व्यक्ति नियन्त्रणमा
२०८३-०७-२५
- A
- A-
- A+
मिति २०८३।०७।२३ गते अन्दाजी २०;३० बजेको समयमा जिल्ला दोलखा भिमेश्वर न.पा.-४ अख्रेनिटोल डाडागाँउ बस्ने डम्बर चौलागाईको घरमा भरत साहले संचालन
गरेको मोटरसाइकल वर्कसवमा लक्ष्मी पुजा गरी ढोका खुल्ला राखी चरिकोट बजारतर्फ गएको
मौका छोपी वर्कसपको भित्र रहेको रेड्मी मोबाईल थान-१ (एक), कम्प्युटरको मोनिटर सहित १ सेट चोरी गरेको भनि
प्रहरी चौकी सातदोबाटोमा २५ गते निवेदन दिएको हुदा जिल्ला प्रहरी कार्यालय दोलखाबाट
टोली खटि गई संकित ब्यक्ति जिल्ला दोलखा कालिन्चोक गा.पा.-६ लेप्टुङ बस्ने वर्ष २५ को अनिल कुमार थापा माथि सोधपुछ तथा अनुसन्धान
गर्दा ऐ. वर्कसप भन्दा अन्दाजी ३०० मिटर तल लुकाई छिपाई
राखेको अवस्थामा उक्त चोरी भएको सामान बरामद गरी बरामद गरेको सामान र चोरी गर्ने निज
थापालाई ऐ.२५ गते १७;०० बजे
नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।