EV कारको ठक्करबाट पैदल यात्रीको मृत्यु
२०८३-०७-२७
- A
- A-
- A+
मिति २०८३/०७/२७ गते अन्दाजी
०९:०० बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.-१६
फुर्तिचोक स्थितमा फुर्तीचोकबाट नविनचोकतर्फ जाँदै गरेको बा.प्र.०१-०३४ च ९२२१ नं.
को EV कारले ३ जना पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्री जिल्ला चितवन भरतपुर
म.न.पा.-१५ बस्ने वर्ष ३० की पार्बती भुजेल गम्भिर घाईते भई भरतपुर सरकारी अस्पताल
भरतपुर पठाईएकोमा निजको ऐ. ०९:५४ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको छ भने २ जना पैदल यात्री सामान्य
घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको छ । सामान्य घाईते भई मेडिकल
केलज भरतपुरमा उपचार हुने घाईतेहरू जिल्ला रूपन्देही सिदार्थ न.पा.
४ बस्ने वर्ष ५० की मिठु गुरुङ र जिल्ला रूपन्देही सिदार्थ न.पा. ४ बस्ने वर्ष ५१
को रमेश क्षेत्री रहेको छ । उक्त कार र कार चालक जिल्ला चितवन भरतपुर म.न.पा.-१६
फुर्तिचोक बस्ने वर्ष ३३ को मनोज पौडेल प्रहरीको नियन्त्रणमा रहेको छ ।