लागूऔषध खैरो हिरोइन सहित मानिस पक्राउ
२०८३-०७-३०
- A
- A-
- A+
लागूऔषध खैरो हिरोईन बिक्रि वितरण भईरहेको भन्ने विशेष सूचनाको
आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडा सहितको
संयुक्त टोलीले मकवानपुर हेटौंडा उ.म.न.पा.-११ स्मारक रोड स्थितमा भित्रि बाटोमा पैदल हिंडिरहेको हेटौंडा उ.म.न.पा.-०९ बस्ने वर्ष अन्दाजी
३३ को किरण तिवारीलाई चेकजाँच गर्दा निजको साथबाट लुकाई छिपाई राखेको अवस्थामा लागूऔषध
खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ स-सानो ४ पुरिया फेला पारी तौल गर्दा नेट
तौल २८० मिलिग्राम र नगद नेपाली रुपैयाँ रु.१०,०००।–(दश हजार) समेत फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।